आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
در ابتدا خدا آسمان ها و زمین را آفرید.
2
R
पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
زمین خالی و بدون شکل بود. همه جا آب بود و تاریکی آنرا پوشانیده بود و روح خدا بر روی آبها حرکت می کرد.
3
R
तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।
خدا فرمود: «روشنی بشود» و روشنی شد.
4
R
परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।
خدا دید که روشنی نیکوست و روشنی را از تاریکی جدا کرد.
5
R
परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
خدا روشنی را روز و تاریکی را شب نام گذاشت. شب گذشت و صبح شد. این بود روز اول.
6
R
तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”
خدا فرمود: «فضا ساخته شود تا آبها را از یکدیگر جدا کند.»
7
R
यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।
خدا فضا را ساخت و آب های زیر فضا را از آب های بالای فضا جدا کرد.
8
R
परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
خدا فضا را آسمان نامید. شب گذشت و صبح شد. این بود روز دوم.
9
R
तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।
خدا فرمود: «آب های زیر آسمان در یک جا جمع شوند تا خشکه ظاهر گردد» و چنان شد.
10
R
त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
خدا خشکه را زمین نامید و آبها را که در یک جا جمع شده بودند بحر نام گذاشت. خدا دید که آنچه انجام شده بود نیکوست.
11
R
तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
سپس خدا فرمود: «زمین همه نوع نبات برویاند. نباتاتی که غلات و حبوبات بیاورند و نباتاتی که میوه بار آورند» و چنین شد.
12
R
पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
پس زمین همه نوع نبات رویانید و خدا دید که آنچه بوجود آمده بود نیکوست.
13साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
شب گذشت و صبح شد. این بود روز سوم.
14
R
तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।
بعد از آن خدا فرمود: «اجسام نورانی در آسمان بوجود آیند تا روز را از شب جدا کنند و روز ها، سال ها، آیات و زمان ها را نشان دهند.
15यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।
آن ها در آسمان بدرخشند تا بر زمین روشنی دهند» و چنین شد.
16
R
यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
پس از آن، خدا دو جسم نورانی بزرگتر ساخت، یکی آفتاب برای سلطنت در روز و یکی ماهتاب برای سلطنت در شب. همچنین ستارگان را ساخت.
17
R
पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो।
آن ها را در آسمان قرار داد تا بر زمین روشنی دهند
18
R
यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
و بر روز و شب سلطنت نمایند و روشنی را از تاریکی جدا کنند. خدا دید که نیکوست.
19त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।
شب گذشت و صبح شد. این بود روز چهارم.
20
R
तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।
پس از آن خدا فرمود: «آبها از انواع حیوانات و آسمان از انواع پرندگان پُر شوند.»
21
R
यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
پس خدا جانداران بزرگ بحری و همۀ حیواناتی که در آب زندگی می کنند و تمام پرندگان آسمان را آفرید. خدا دید که آنچه کرده بود نیکوست.
22
R
परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।
و همۀ آن ها را برکت داد و فرمود: «بارور و زیاد شوید و آب های بحر را پُر سازید و پرندگان در زمین زیاد شوند.»
23त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।
شب گذشت و صبح شد. این بود روز پنجم.
24
R
परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
بعد از آن خدا فرمود: «زمین همه نوع حیوانات بوجود آوَرَد، اهلی و وحشی، بزرگ و کوچک» و چنین شد.
25
R
यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
پس خدا همۀ آن ها را ساخت و دید که آنچه انجام داده بود نیکوست.
26
R
तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”
پس از آن خدا فرمود: «حالا انسان را می سازیم. آن ها به صورت ما و به شکل ما باشند و بر ماهیان بحری و پرندگان آسمان و همۀ حیوانات، اهلی و وحشی، بزرگ و کوچک و تمام زمین حکومت کنند.»
27
R
यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
پس خدا انسان را به صورت خود آفرید. انسان را به صورت خدا آفرید. آن ها را زن و مرد آفرید.
28
R
परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”
آن ها را برکت داد و فرمود: «بارور و زیاد شوید، زمین را پُر سازید و در آن تسلط نمائید. بر ماهیان و پرندگان و تمام حیوانات روی زمین حکومت کنید.»
29
R
“म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।
و خدا گفت: «هر نوع گیاهی را که غلات و حبوبات بیاورد و هر نوع درختی را که میوه بیاورد به شما دادم تا برای شما خوراک باشد.
30
R
म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।
اما هر نوع علف سبز را برای خوراک تمام حیوانات و پرندگان آماده کرده ام.» و چنین شد.آنگاه خدا کارهای آفرینش را ملاحظه کرد و همه را از هر جهت عالی یافت. شب گذشت و صبح شد، این بود روز ششم.
31
R
परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
آنگاه خدا کارهای آفرینش را ملاحظه کرد و همه را از هر جهت عالی یافت. شب گذشت و صبح شد، این بود روز ششم.