Nepali Turkish: New Testament
Matthew 1
1
R
यो येशू ख्रीष्टको परिवारिक इतिहास हो। उहाँ दाऊद परिवारबाट आउनु भयो। दाऊद अब्राहामको परिवारका हुन्।
İbrahim oğlu, Davut oğlu İsa Mesih'in soyuyla ilgili kayıt şöyledir: İbrahim, İshak'ın babasıydı. İshak, Yakup'un babası; Yakup da Yahuda ve onun kardeşlerinin babasıydı.
2
R
अब्राहाम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए। याकूब यहूदा र उनका दाज्यु-भाइहरूका पिता थिए।
Yahuda, Tamar'dan doğan Peres ve Zara'nın babasıydı. Peres, Hesron'un babası; Hesron da Ram'ın babasıydı.
3
R
यहूदा पेरेज र जाराका पिता थिए (तिनीहरूकी आमा तामार थिइन्।) पेरेज हेस्रोनका पिता थिए। हेस्रोन आरामका पिता थिए।
Ram, Aminadab'ın babası; Aminadab, Nahşon'un babası; Nahşon ise Salmon'un babasıydı.
4
R
आराम अमिनादाबका पिता थिए। अमिनादाब नास्सोनका पिता थिए। नास्सोन सल्मोनका पिता थिए।
Salmon, Rahav'dan doğan Boaz'ın babasıydı. Boaz, Rut'tan doğan Obed'in babası; Obed de İşay'ın babası;
5
R
सल्मोन बोअजका पिता थिए। (बोअजकी आमा राहाब थिइन्।) बोअज ओबेदका पिता थिए। (ओबेदकी आमा रूथ थिईन्)। ओबेद यस्सीका पिता थिए।
İşay da, kral Davut'un babasıydı. Davut, Uriya'nın karısından doğan Süleyman'ın babasıydı.
6
R
यस्सी राजा दाऊदका पिता थिए। दाऊद सुलेमानका पिता थिए। (सुलेमानकी आमा उरियाकी पत्नी थिइन्।)
Süleyman, Rehavam'ın babası; Rehavam, Abiya'nın babası; Abiya da Asa'nın babasıydı.
7
R
सुलेमान रोओबामका पिता थिए। रोओबान अबियाका पिता थिए। अबिया आसाफका पिता थिए।
Asa, Yehoşafat'ın babası; Yehoşafat, Yoram'ın babası; Yoram, Uziya'nın babasıydı.
8
R
आसाफ योसाफातका पिता थिए। योसाफात योरामका पिता थिए। योराम ओजियका पिता थिए।
Uziya, Yotam'ın babası; Yotam, Ahaz'ın babası; Ahaz da Hizkiya'nın babasıydı.
9
R
ओजिया योआथामका पिता थिए। योआथाम आहाजका पिता थिए। आहाज एजेकियाका पिता थिए।
Hizkiya, Manaşe'nin babası; Manaşe, Amon'un babası; Amon ise Yoşiya'nın babasıydı.
10
R
एजेकिया मनस्सेका पिता थिए। मनस्से आमोसका पिता थिए। आमोस योसियका पिता थिए।
Yoşiya, Babil sürgünü sırasında doğan Yekonya ve onun kardeşlerinin babasıydı.
11
R
M
योसिया येकोनिया र उसका भाइहरूका पिता थिए। (यो त्यसै समयको कुरा हो जुनबेला यहूदीहरूलाई दासका रूपमा बेबिलोनमा लगिएका थिए।)
Yekonya, Babil sürgününden sonra doğan Şaltiyel'in babası; Şaltiyel ise Zerubabel'in babasıydı.
12
R
M
तिनीहरूलाई बेबिलोनमा लगिएपछि येकोनियास शालतिएका पिता थिए। शालतिएल जरूबाबेलका पिता थिए।
Zerubabel, Abihud'un babası; Abihud, Elyakim'in babası; Elyakim de Azor'un babasıydı.
13
जरूबाबेल अबिउदका पिता थिए। अबिउद एलियाकिमका पिता थिए। एलियाकिम आजोरका पिता थिए।
Azor, Sadok'un babası; Sadok, Ahim'in babası; Ahim ise Elihud'un babasıydı.
14
आजोर सादोकका पिता थिए। सादोक आखिमका पिता थिए। आखिम एलिउदका पिता थिए।
Elihud, Elazar'ın babası; Elazar, Matan'ın babası; Matan da Yakup'un babasıydı.
15
एलिउद एलियाजरका पिता थिए। एलियाजर मत्थानका पिता थिए। मत्थान याकूबका पिता थिए।
Yakup, Meryem'in kocası Yusuf'un babasıydı. Meryem'den de Mesih denilen İsa doğdu.
16
R
याकूब यूसुफका पिता थिए। यूसुफ मरियमको लोग्ने थिए। अनि मरियमबाट ख्रीष्ट यशूको जन्म भयो।
Buna göre, İbrahim'den Davut'a kadar toplam on dört kuşak, Davut'tan Babil sürgününe kadar on dört kuşak ve Babil sürgününden Mesih'e kadar da on dört kuşak geçti.
17
R
M
यसरी अब्राहामदेखि दाऊदसम्म चौध पुस्ताहरू थिए। दाऊदको समयदेखि मानिसहरूलाई बेबिलोन पुर्याइने बेलासम्म चौध पुस्ताहरू थिए। अनि यहूदीहरूलाई बेबिलोनमा लगिएदेखि ख्रीष्टसम्म चौध पुस्ताहरू थिए।
İsa Mesih'in doğumu da şöyle oldu: annesi Meryem, Yusuf'la nişanlanmıştı. Ama evlenip birleşmelerinden önce Meryem'in Kutsal Ruh'tan gebe kaldığı anlaşıldı.
18
R
येशू ख्रीष्टकी आमा मरियमको मगनी यूसुफसँग भएको थियो। तर तिनीहरूको विवाह हुनु भन्दा अघिनै मरियम पवित्र आत्माको शक्तिद्वारा गर्भवती भएकी थिइन्।
Meryem'in nişanlısı Yusuf, doğru bir adam olduğu ve onu herkesin önünde utandırmak istemediği için ondan gizlice ayrılmak niyetindeydi.
19
R
मरियमका पति, यूसुफ एक धार्मिक मानिस थिए। उनीले मरियमलाई विवाह हुनु अघि मानिसहरूका माझमा लज्जित बनाउन चाँहदैन थिए। यसकारण उनी गोप्य प्रकारले मरियमलाई त्याग्ने पक्षमा थिए।
Ama böyle düşünmesi üzerine Rab'bin bir meleği ona rüyada görünerek şöyle dedi: «Davut oğlu Yusuf, Meryem'i kendine eş olarak almaktan korkma. Çünkü onun rahminde oluşan, Kutsal Ruh'tandır.
20
R
तर जब यूसुफले यसो गर्ने विचार लिए, परमप्रभुका एउटा दूत सपनामा उनीकहाँ आए। दूतले भने, “यूसुफ, दाऊदको पुत्र, मरियमलाई आफ्नी पत्नीको रूपमा ग्रहण गर्न तिमी डराउनु पर्दैन। उनको गर्भमा भएको नानी पवित्र आत्माबाट भएको हो।
Meryem bir oğul doğuracak. Adını İsa koyacaksın. Çünkü halkını günahlarından kurtaracak olan O'dur.»
21
R
उनले एउटा पुत्रको जन्म दिनेछिन्। तिमीले उहाँको नाउँ येशू राख्नु। उनलाई त्यो नाउँ दिनु, किनभने, उहाँले नै आफ्ना मानिसहरूलाई तिनीहरूका पापहरूबाट उद्वार गर्नुहुनेछ।
Bütün bunlar, Rab'bin peygamber aracılığıyla bildirdiği şu sözün yerine gelmesi için oldu: «İşte, kız gebe kalıp bir oğul doğuracak. O'nun adını İmanuel koyacaklar.» İmanuel, `Tanrı bizimle' demektir.
22
R
अगमवक्ताद्वारा परमप्रभुले बोल्नु भएको वचन पूरा होस् भनेर यी सबै भन्न आएका हुन्
Yusuf uyanınca Rab'bin meleğinin kendisine buyurduğu gibi yaptı ve Meryem'i eş olarak yanına aldı.
23
R
“कन्या गर्भवती हुनेछिन्, र एउटा पुत्र जन्माउने छिन्, तिनीहरूले उहाँको नाउ इम्मानुएल राख्नेछन्।” (इम्मानुएलको अर्थ हो “परमेश्वर हामीहरूसित हुनुहुन्छ।”)
Ne var ki, Meryem oğlunu doğuruncaya dek Yusuf onunla birleşmedi. Doğan çocuğun adını İsa koydu.
24
R
जब यूसुफ निद्राबाट ब्यूँझे; परमप्रभुका दूतले तिनलाई जे भनेका थिए त्यहि गरे। यूसुफले मरियमलाई विवाह गरे।
25
R
तर मरियमले पुत्र नजन्माउज्जेलसम्म यूसूफले तिनीसित सहवास गरेनन् अनि यूसुफले पूत्रको नाउँ येशू राखिदिए।