Nepali

聖經新譯本

Genesis

1

1आरम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नु भयो।
1創造天地萬物起初, 神創造天地。
2पृथ्वी शून्य थियो, पृथ्वीमा केही पनि थिएन। समुद्रलाई अँध्यारोले ढाकेको थियो अनि परमेश्वरको आत्मा पानीमाथि परिभ्रमण गरिरहन्थ्यो।
2地是空虛混沌;深淵上一片黑暗; 神的靈運行在水面上。
3तब परमेश्वरले भन्नुभयो, “उज्यालो होस्!” अनि उज्यालो चम्कन थाल्यो।
3 神說:“要有光!”就有了光。
4परमेश्वरले उज्यालो देख्नु भयो अनि त्यसलाई असल मान्नु भयो। तब परमेश्वरले उज्यालो र अँध्यारोलाई छुट्याउनु भयो।
4 神看光是好的,他就把光暗分開了。
5परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो पहिलो दिन थियो।
5 神稱光為晝,稱暗為夜。有晚上,有早晨;這是第一日。
6तब परमेश्वरले भन्नुभयो, “पानीलाई दुइ भाग पार्न त्यहाँ बतास होस्!”
6 神說:“眾水之間要有穹蒼,把水和水分開!”事就這樣成了。
7यसर्थ परमेश्वरले त्यहाँ बतास सृष्टि गर्नुभयो अनि पानी छुट्टियो। केही पानी बतासमाथि रहयो अनि केही पानी बतास मुनि।
7 神造了穹蒼,把穹蒼以下的水和穹蒼以上的水分開了。
8परमेश्वरले त्यस बतासलाई “आकाश” नाउँ दिनु भयो। साँझ पर्यो अनि बिहान भयो। यो दोस्रो दिन थियो। तेस्रो दिन - सुख्खा भूमि र उद्भिद
8 神稱穹蒼為天。有晚上,有早晨;這是第二日。
9तब परमेश्वरले भन्नुभयो, “आकाश मुनिको पानी एकै ठाउँमा जम्मा होस्, र त्यहाँ सुख्खा भूमि देखियोस्।” अनि त्यस्तै भयो।
9 神說:“天下的水要聚在一處,使旱地露出來!”事就這樣成了。
10त्यो सुख्खा भूमिलाई परमेश्वरले “पृथ्वी” नाउँ राख्नु भयो। अनि एकै ठाउँमा जम्मा भएको पानीलाई “समुद्र” नाउँ राख्नु भयो। परमेश्वरलाई यस्तो भएकोमा असल लाग्यो।
10 神稱旱地為地,稱水的聚處為海。 神看這是好的。
11तब परमेश्वरले भन्नुभयो, “पृथ्वीमा घाँस, अन्न उत्पन्न गर्ने उद्भिद तथा फल हुने बोटहरु उम्रियोस्। फल-रूखहरुले बीउ भएका फल फलाउने छन्। अनि प्रत्येक रूखले आफ्नै जातिका बीउ उब्जाउनेछ। यी उद्भिदहरू पृथवीमा उम्रिउन्।” अनि यस्तै भयो।
11 神說:“地上要長出青草、結種子的蔬菜和結果子的樹木,各從其類,在地上的果子都包著核!”事就這樣成了。
12पृथ्वीमा घाँस र उद्भिदहरू उम्रे अनि अन्नहरू फले। अनि पृथ्वीमा फलभित्र बीउहरु हुने फल फल्ने रुखहरु उम्रिए। प्रत्येक उद्भिदले आफ्नै प्रकारको बीउहरु सिर्जना गरे। अनि परमेश्वरले यिनलाई देखेर असल मान्नु भयो।
12於是,地上長出了青草和結種子的蔬菜,各從其類;又長出結果子的樹木,各從其類,果子都包著核。 神看這是好的。
13साँझ पर्यो अनि बिहान भयो। यो तेस्रो दिन थियो।
13有晚上,有早晨;這是第三日。
14तब परमेश्वरले भन्नुभयो, “आकाशमा उज्यालो होस्। यी उज्यालाहरुले दिनहरुबाट रातहरुलाई छुट्‌याउनेछन्। यो उज्यालाहरुलाई विशेष चिन्हहरुको निम्ति प्रयोग गरिनेछन् र यिनीहरुले सभाहरु कहिले हुने बताउनेछन्। अनि यिनीहरुलाई दिनहरु र वर्षहरु बताउनमा प्रयोग गरिनेछ।
14 神說:“在天上穹蒼中,要有光體來分晝夜;這些光體要作為記號,定節令、日子和年歲;
15यी उज्यालाहरु पृथ्वीमा ज्योति चम्काउनको निम्ति आकाशमा रहनेछन्।” अनि यस्तै भयो।
15它們要在天上穹蒼中發光,照耀地上!”事就這樣成了。
16यसर्थ परमेश्वरले दुईवटा ठूला-ठूला प्रकाश पुञ्जहरु निर्माण गर्नुभयो। दिनमा प्रयोग गर्नको निम्ति परमेश्वरले ठूलो प्रकाश-पुञ्ज बनाउनु भयो अनि रातको निम्ति सानो प्रकाश-पुञ्ज बनाउनु भयो। परमेश्वरले ताराहरु पनि सृष्टि गर्नु भयो।
16於是, 神造了兩個大光體,大的管晝,小的管夜;又造了星星。
17पृथ्वीलाई उज्यालो पार्नको निम्ति यी प्रकाश-पुञ्जहरु परमेश्वरले आकाशमा राख्नु भयो।
17 神把這些光體安放在天上穹蒼中,照耀地上,
18यसकारण उहाँले तिनीहरुलाई आकाशमा दिन र रातमाथि शासन गाराउनु भयो। यी प्रकाश पुञ्जहरुले अँध्यारोबाट उज्यालो छुट्याए अनि परमेश्वरलाई यो असल लाग्यो।
18管晝夜,分光暗。 神看這是好的。
19त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो चौथो दिन थियो।
19有晚上,有早晨;這是第四日。
20तब परमेश्वरले भन्नुभयो, “पानी धेरै-धेरै प्राणीहरुले भरियोस्।” अनि पृथ्वीमाथि आकाशको फैलावटमा चरा चुरुङ्गीहरु उड्न थाले।
20 神說:“水要滋長生物;地上和天空之中,要有雀鳥飛翔!”
21यसर्थ परमेश्वरले सामुद्रिक ठूला-ठूला प्राणीहरु र पानीमा पौडिने विभिन्न प्रकारका जीव जन्तुहरु सृष्टि गर्नुभयो। परमेश्वरले आकाशमा उड्ने जाति-जातिका प्राणीहरु सृष्टि गर्नुभयो। पृथ्वीमा जलचर र थलचर विभिन्न प्रकारका प्राणीहरु परमेश्वरले सृष्टि गरी हेर्नु भयो र ती सबै असल लाग्यो।
21於是, 神創造了大魚和在水中滋生各種能活動的生物,各從其類;又創造了各種有翅膀的飛鳥,各從其類。 神看這是好的。
22परमेश्वरले यी सबै प्राणीहरुलाई आशीर्वाद दिएर भन्नुभयो, पानीका प्राणीहरुले धेरै बच्चाहरु जन्माएर समुद्र भरियोस् अनि भूमिमा पनि चरा-चुरुङ्गीहरुले धेरै-धेरै बच्चाहरु जन्माएर पृथ्वी भरियोस्।
22 神就賜福給牠們,說:“要繁殖增多,充滿海洋;雀鳥也要在地上增多!”
23त्यहाँ साँझ पर्यो र फेरि अर्कौ बिहान भयो। यो पाँचौ दिन थियो।
23有晚上,有早晨;這是第五日。
24परमेश्वरले भन्नुभयो, “पृथवीले धेरै प्रकारका जीवित चीजहरु बनाओस्। त्यहाँ घरेलु पशुहरु, घस्त्रने जन्तुहरु अनि सबै प्रकारको जङ्गली जनावरहरु रहोस्।” अनि परमेश्वरले इच्छा गर्नु भएझैं नै यी सबै भए।
24 神說:“地上要生出活物來,各從其類;牲畜、昆蟲和地上的野獸,各從其類!”事就這樣成了。
25यसर्थ परमेश्वरले जङ्गली जनावरहरु, पाल्तू जनावर, सा-साना घस्रने जनावर विभिन्न प्रकारका प्राणीहरु सृष्टि गरेर हेर्दा उहाँलाई राम्रो लाग्यो।
25於是, 神造了地上的野獸,各從其類;牲畜,各從其類;地上的各種昆蟲,各從其類。 神看這是好的。
26तब परमेश्वरले भन्नुभयो, “अब हामी मानिस सृष्टि गरौं। हामी मानिस हाम्रै स्वरुप बनाउनेछौं र मानिस हामी जस्तै हुनेछन्। तिनीहरुले जलचर, नभचर, स्थलचरमा ठूला साना अनि घस्रने सबै प्राणीहरुमाथि शासन गर्नैछन्।”
26創造人類 神說:“我們要照著我們的形象,按著我們的樣式造人;使他們管理海裡的魚、空中的鳥、地上的牲畜,以及全地,和地上所有爬行的生物!”
27यसर्थ परमेश्वरले आफ्नै प्रतिरूपमा मानिसलाई सृष्टि गर्नुभयो। परमेश्वरले आफ्नै स्वरुपमा मानिसलाई सृष्टि गर्नु भयो। उहाँले पुरुष र स्त्री सृष्टि गर्नुभयो।
27於是, 神照著自己的形象創造人;就是照著他的形象創造了人;他所創造的有男有女。
28परमेश्वरले तिनीहरुलाई आशीर्वाद दिंदै भन्नुभयो, “धेरै सन्तानहरु उत्पति गराऊ र पृथवी भरेर तिनीहरुको हेरचाह गर। समुद्रका माछाहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीमा हिँडडुल गर्ने, सबै प्राणीहरुमाथि शासन गर।”
28 神就賜福給他們,對他們說:“要繁殖增多,充滿這地,征服它;也要管理海裡的魚、空中的鳥和地上爬行的所有生物。”
29“म तिमीहरुलाई अन्न हुने उद्भिद र फल फल्ने रूखहरु दिन्छु। ती रुखहरुले आफैं भित्र फेरि उम्रने बीउ भएका फलहरु दिनेछन् र यी अन्न र फलहरु तिमीहरुको निम्ति खाद्य-पदार्थ हुनेछन्।
29 神說:“看哪!我把全地上結種子的各樣蔬菜,和一切果樹上有種子的果子,都賜給你們作食物。
30म फेरि पशुहरुलाई खानका निम्ति हरियो घाँस तथा उद्भिद दिनेछु र पृथ्वीमा भएका प्रत्येक सा-साना घस्रने प्राणीहरु, आकाशमा उड्ने चराहरु अनि पृथ्वीका सबै जनावरहरुले, यी चीजहरु खानेछन्।” अनि यस्तै भयो।
30至於地上的各種野獸,空中的各種飛鳥,和地上爬行有生命的各種活物,我把一切青草蔬菜賜給牠們作食物。”事就這樣成了。
31परमेश्वरले आफूले सृष्टि गरेका प्रत्येक चीजको निरीक्षण गर्नु भयो अनि सबै असल लाग्यो। त्यहाँ साँझ पर्यो र फेरि अर्को बिहान भयो। यो छैटौं दिन थियो।
31 神看他所造的一切都很好。有晚上,有早晨;這是第六日。