Nepali

Estonian

Genesis

4

1आफ्नी पत्नी हव्वासंग आदमको सहवास भयो अनि तिनी गर्भवती भएर एउटा छोरो कयिनलाई जन्माइन। तिनले भनिन, “परमप्रभुको सहायताद्वारा मैले एउटा मानिसलाई जन्म दिएँ।”
1Ja Aadam sai ühte oma naise Eevaga, kes jäi lapseootele ja tõi Kaini ilmale ning ütles: 'Ma olen Issanda abiga mehe ilmale toonud.'
2तिनले फेरि अर्को छोरो हाबिललाई जन्माइन। हाबिल भेडा गोठालो भयो अनि कयिन खेतीवाला भयो।
2Ja tema sünnitas taas: ta venna Aabeli. Ja Aabel oli lambakarjane, Kain aga oli põllumees.
3केही समय पश्चात कयिनले भूमिको उब्जनीबाट केही खाने कुरो परमप्रभु कहाँ भेटीस्वरुप चढाउन ल्यायो।
3Ja mõne aja pärast juhtus, et Kain tõi Issandale roaohvri maaviljast,
4हाबिलले पनि आफ्नो भेडाको बथानबाट पहिले जन्मेको भेडाको उत्तम भाग चढाउन ल्यायो। अनि हाबिलले ल्याएको भेटी परमप्रभुले स्वीकार गर्नुभयो।
4ja ka Aabel tõi oma lammaste esimesest soost ning nende rasvast, ja Issand vaatas Aabeli ja tema roaohvri peale,
5तर परमप्रभुले कयिन र उनले चढाएको भेटी स्वीकार गर्नु भएन। यसर्थ कयिन साहै रिसायो र दुःखी भयो।
5aga Kaini ja tema roaohvri peale ta ei vaadanud. Siis Kain vihastus väga ja lõi pilgu maha.
6[This verse may not be a part of this translation]
6Ja Issand küsis Kainilt: 'Mispärast sa vihastud? Ja mispärast sa pilgu maha lööd?
7[This verse may not be a part of this translation]
7Eks ole: kui sa head teed, siis on su pilk tõstetud üles? Aga kui sa head ei tee, siis luurab patt ukse ees ja himustab sind. Kuid sina pead tema üle valitsema!'
8कयिनले उसको भाइलाई भने, “हामी खेतमा जाऔं!” अनि तिनीहरु खेतमा गएका थिए, कयिनले उसको भाइलाई आक्रमण गरी तिनलाई मार्यो।
8Ja Kain ütles oma vennale Aabelile: 'Lähme väljale!' Ja kui nad väljal olid, tungis Kain oma venna Aabeli kallale ja tappis tema.
9तब परमप्रभुले कयिनलाई भन्नुभयो, “तेरो भाइ हाबिल कहाँ छ?” तब कयिनले उत्तर दियो, “म जान्दिन, मेरो भाइको हेरचाह गर्ने काम मेरो हो र?”
9Aga Issand küsis Kainilt: 'Kus on su vend Aabel?' Ja tema vastas: 'Ei mina tea. Kas ma olen oma venna hoidja?'
10त्यसपछि, परमप्रभुले कयिनलाई सोध्नु भयो, “तैंले उसलाई के गरिस्? कारण भूमिबाट उसको रगत मसंग कराउँदैछ।
10Ja tema ütles: 'Mis sa oled teinud? Sinu venna vere hääl kisendab maa pealt minu poole!
11तैंले तेरो भाइको हत्या गरिस् र तेरो हातबाट रगत पिउनलाई भूमिले मुख बाही रहेकोछ। यसकारण अब म त्यस भूमिमा नराम्रो कुराहरु हुने बनाइदिनेछु।
11Aga nüüd ole sa neetud siit maa pealt, mis oma suu on avanud, su venna verd sinu käest vastu võttes!
12जब तैंले त्यो भूमिमा केही रोप्छस तेरो निम्ति त्यस भूमिले केही फसल दिने छैन। पृथ्वीमा तेरो एउटा घर पनि हुने छैन, तँ एक ठाउँदेखि अर्को ठाउँ घुमिहिंडने छस्।”
12Kui sa harid maad, siis see ei anna sulle enam oma rammu. Sa pead maa peal olema hulkur ja põgenik!'
13तब कयिनले परमप्रभुलाई भने, “यो दण्ड चाँहि मैले सहन सक्नेभन्दा धेरै भयो।
13Ja Kain ütles Issandale: 'Mu karistus on suurem, kui ma suudan kanda!
14हेर्नुहोस्, आज तपाईंले मलाई जमीनबाट निकालिदिनु भयो अनि म तपाईंको नजरबाट बाहिर रहनु पर्यो, यस पृथ्वीमा घरबेगरको घुमिहिंड्ने हुने भएँ र जसले पनि मलाई भेट्छ मलाई मार्नेछन्।”
14Vaata, sa oled mind täna ära ajanud siit maalt ja ma pean varjule minema su palge eest ning maa peal olema hulkur ja põgenik. Ja igaüks, kes mind leiab, tapab mu.'
15तब परमप्रभुले उसलाई भन्नुभयो, “यस्तो हुन पाउने छैन! यदि कसैले तलाईं मार्छ भने त्यसलाई म कठोर दण्ड दिनेछु।” तब परमप्रभुले कयिनमाथि यस्तो एउटा चिन्ह लगाउनु भयो जसले गर्दा त्यो देखेपछि कसैले कयिनलाई मार्ने छैन।”
15Ja Issand ütles temale: 'Ei, sugugi mitte, vaid igaühele, kes Kaini tapab, peab seitsmekordselt kätte makstama!' Ja Issand pani Kainile märgi, et leidja teda maha ei lööks.
16तब कयिन परमप्रभुको सामुन्नेबाट टाढा गएर अदनको पूर्वपट्टि नोद देशमा बस्न थाल्यो।
16Ja Kain läks ära Issanda palge eest ning elas Noodimaal, hommiku pool Eedenit.
17कयिनको उसकी पत्नीसित सहवास भयो र तिनी गर्भवती भईन र हनोक नाउँ भएको एउटा छोरा जन्माइन्। अनि कयिनले एउटा शहर बनायो र त्यो शाहरको नाउँ हनोक राख्यो।
17Ja Kain sai ühte oma naisega, kes jäi lapseootele ja tõi ilmale Hanoki; ja ta ehitas ühe linna ning nimetas selle linna oma poja Hanoki nime järgi.
18हनोकको ईराद नाउँको छोरा जन्म्यो। ईरादको एउटा छोरो भयो र उसको नाउँ महूयाएल राखियो। महूयाएलको पनि मतूशाएल नाउँको छोरो भयो अनि मतूशाएलको पनि लेमेक नाउँको छोरो भयो।
18Ja Hanokile sündis Iirad, Iiradile sündis Mehuujael, Mehuujaelile sündis Metuusael, Metuusaelile sündis Lemek.
19लेमेकले दुइवटी स्त्रीहरुसित विवाह गर्यो, तिनीहरुको नाउँ आदा र सिल्ला थियो।
19Ja Lemek võttis enesele kaks naist: ühe nimi oli Aada ja teise nimi oli Silla.
20आदाले याबाल नाउँको छोरोलाई जन्म दिइन्। याबाल पालमा बस्ने र गाई-वस्तुहरु पाल्नेहरुको पुर्खा थिए।
20Ja Aada tõi ilmale Jaabali, kes sai nende isaks, kes elasid telkides ja kasvatasid karja.
21याबालको भाइको नाउँ यूबाल थियो अनि तिनी नै वीणा र बाँसुरी बजाउनेहरु सबैका पुर्खा थिए।
21Ja tema venna nimi oli Juubal, kes sai kõigi kandlelööjate ja vilepuhujate isaks.
22सिल्लाले तूबल कयिनलाई जन्माइन् जो सबै प्रकारका पीतल र फलामको हतियारहरु बनाउँथ्यो। तूबल कयिनका बहिनीको नाउँ नामा थियो।
22Ja Silla tõi ilmale Tuubal-Kaini, kes õpetas sepist taguma kõiki, kes tegid vask- ja raudsepa tööd; ja Tuubal-Kaini õde oli Naama.
23लेमेकले आफ्ना पत्नीहरुलाई भने, “हे आदा र सिल्ला! लेमेकका पत्नीहरु हो, म के भन्छु, सुन। मलाई चोट पुर्याउने मानिसलाई मैले मारें, त्यस जवान केटोले मलाई हिर्कायो मैले उसलाई मारें।
23Ja Lemek ütles oma naistele: 'Aada ja Silla, kuulge mu häält, te Lemeki naised, pange tähele mu kõnet! Jah, haava pärast ma tapan mehe ja verme pärast nooruki!
24यदि कयिनलाई मारेकोमा सात गुणा बढी दण्ड भयो भने, लेमेकलाई मारेकोमा सतहत्तर गुणा बढी दण्ड हुनेछ।”
24Kui Kaini pärast makstakse kätte seitse korda, siis Lemeki pärast seitsekümmend seitse korda!'
25आदमको फेरि आफ्नी पत्नीसित सहवास भयो र तिनले फेरि एउटा छोरो जन्माइन् जसको नाउँ सेत राखियो। तिनले भनिन्, “कयिनले हाबिललाई मारेकोले उसको सट्टामा परमेश्वरले मलाई अर्को बालक दिनु भयो।”
25Ja Aadam sai taas ühte oma naisega, kes tõi ilmale poja ja pani temale nimeks Sett, öeldes: 'Jumal andis mulle teise järeltulija Aabeli asemele, kuna Kain ta tappis.'
26सेतको पनि एउटा छोरो भयो जसको नाउँ एनोश थियो। यही समयदेखि मानिसहरुले परमप्रभुलाई विश्वास गर्न थाले।
26Ja Setile sündis ka poeg, ja ta pani temale nimeks Enos. Sel ajal hakati Issanda nime appi hüüdma.