1[This verse may not be a part of this translation]2[This verse may not be a part of this translation]3[This verse may not be a part of this translation]4नूहका छोराहरू-शेम, हाम अनि येपेत थिए।5येपेतका छोराहरू-गोमेर, मागोग, मादै, यावान, तूबल, मेशेक अनि तीरास थिए।6गोमेरका छोराहरू-अश्कनज, दीपत अनि तोगर्मा थिए।7यावानका छोराहरू-एलीशा, तर्शीश, कित्तीम अनि रोदानीम थिए।8हामका छोराहरू- कूश, मिश्रेम, पूत र कनान थिए।9कूशका छोराहरू- सबा, हवीला, सबता, रामा अनि सबत्का थिए। रामाको छोराहरू शबा अनि ददान थिए।10कूशका छोरा, निम्रोद थिए जो पृथ्वीमा पहिलो साहसी योद्धा बनेका थिए।11मिश्रेमबाट, लूदीहरू, अनामीहरू, लहाबीहरू अनि नप्तूहीहरू,12पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए) अनि कप्तोरीहरू थिए।13कनान सीदोनका पिता थिए। सीदोन तिनका जेठा छोरा थिए। कनान र हेत,14यबूसी, एमोरी, गिर्गाशी,15हिव्वी अरकी, सीनी,16अर्वादी, समारी अनि हमातीहरूका पनि पिता थिए।17शेमका छोराहरू- एलाम, अश्शूर, अर्पक्षद, लूद अनि अराम थिए। अरामका छोराहरू-ऊज, हूल, गेतेर मेशेक थिए।18अर्पक्षद शेलहका पिता थिए। शेलह एबेरका पिता थिए।19एबेरका दुइ छोराहरू थिए। एउटा छोराको नाउँ पेलेग थियो, किनभने तिनको जीवनकालमा पृथ्वीका मानिसहरूको विभिन्न भाषाहरूमा विभाजन भएका थिए। पेलेगको भाइको नाउँ योक्तान थियो।20योक्तान, अल्मोदाद, शेलेप, हसर्मावेत, येरह,21हदोराम, ऊजाल, दिकला,22एबाल, अबीमाएल, शबा,23ओपीर, हवीला र योबाबका यी सबै योक्तानका छोराहरू थिए।24शेम, अर्पक्षद, शेलह,25एबेर, पेलेग, रऊ,26सरूग, नाहोर, तेरह27अनि अब्राम (अब्रामलाई अब्राहाम पनि भन्दछन्।)28अब्राहामका छोराहरू- इसहाक र इश्माएल थिए।29यी तिनीहरूका सन्तानहरू थिए। इश्माएलका जेठा छोरा नबायोत थिए। इश्माएलका अरू छोराहरू- केदार, अदबेल, मिब्साब,30मिश्मा, दूमा, मस्सा, हदद, तेमा,31यतूर, नापीश अनि केदमा थिए। यी इश्माएलका छोराहरू थिए। कतूराका छोराहरू32कतूरा अब्राहामको उप-पत्नी थिईन। तिनले जिम्रान, योक्षान, मदान, मिद्यान, यिश्बाक अनि शूअहलाई जन्म दिइन। योक्षानका छोराहरू शबा र ददान थिए।33मिद्यानका छोराहरू- एपा, एपेर, हनोक, अबीदा अनि एल्दा थिए। यी सबै कतूराका छोराहरू थिए।34अब्राहाम इसहाकका पिता थिए, इसहाकका छोराहरू एसाव अनि इस्राएल थिए।35एसावका छोराहरू- एलीपज, रूएल, यऊश, यालाम अनि कोरह थिए।36एलीपजका छोराहरू- तेमान, ओमार, एपी, गाताम र कनज थिए। एलीपज अनि तिम्नाका अमालेक नाउँ गरेको छोरा पनि थिए।37रूएलका छोराहरू- नहत, जेरह, शम्मा अनि मिज्जा थिए।38सेइरका छोराहरू- लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर अनि दीशान थिए।39लोतानका छोराहरू- होरी र होमाम थिए। लोतानकी तिम्ना नाउँ गरेकी बहिनी थिइन्।40शोबालका छोराहरू- अल्यान, मानहत, एबाल, शपी अनि ओनाम थिए। सिबोनका छोराहरू- अयीया अनि अना थिए।41अनाको छोरा दीशोन थिए। दीशोनका छोराहरू- हम्रान, एश्बान, यित्रान, अनि करान थिए।42एसेरका छोराहरू- बिल्हान, जावान अनि याकान थिए। दीशानका छोराहरू ऊज अनि अरान थिए।43इस्राएलमा राजाहरू हुनु भन्दा धेरै अघि नै एदोममा राजाहरू थिए, एदोमका राजाहरूका नाउँ यी हुनः पहिलो राजा बओरको छोरा बेला थिए। बेलाको शहरको नाउँ दिनहाबा थियो।44जब बेलाको मृत्यु भयो जेरहाका छोरा योबाब नयाँ राजा भए। योबाब बोस्राका छोरा थिए।45जब योबाबको मृत्यु भयो हूशाम नयाँ राजा भए। हूशाम तेमानी देशका थिए।46जब हूशामको मृत्यु भयो बददका छोरा हदद नयाँ राजा भए। हददले मोआब देशमा मिद्यानीहरूलाई परास्त गरे। हददको शहरको नाउँ अबीत थियो।47जब हददको मृत्यु भए पछि सम्ला नयाँ राजा भए। सम्ला मास्रेकाका थिए।48सम्लाको मृत्यु पछि शाऊल नयाँ राजा भए। शाऊल यूफ्रेटिस नदी किनारमा भएको रहोबोतका थिए।49जब शाऊलको मृत्यु भयो अकबोरका छोरा बाल-हनान नयाँ राजा भए।50जब बालहनानको मृत्यु भयो हदद नयाँ राजा भए। हददको शहरको नाउँ पाई थियो। हददकी पत्नीको नाउँ महतबेल थियो। महतबेल मत्रेदकी छोरी थिइन्। मत्रेद मेजाहाबकी छोरी थिइन्।51तब हददको मृत्यु भयो। एदोमका अगुवाहरू तिम्ना, अल्या, यतेत,52ओहोलीबामा, एला, पीनोन,53कनज, तेमान, मिबसार,54मग्दीएल अनि ईराम, थिए। एदोमका प्रधान व्यक्तिहरूको सूची यहि हो।