Nepali

John

1

1संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन थियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो। 2उहाँको वचन शुरूमा परमेश्वसंग हुनुहुन्थ्यो।3र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।4उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।5त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।6परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।7यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।8यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।9सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।10उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।11उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।12केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।13ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बद्लामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।14वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।15यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।16उहाँ वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।17मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।18कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ। : 1-12; मर्कूस 1:2-8; लूका 3:15-17)19यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हौ?” भनि सोध्न पठाए।20यूहन्नाले प्रत्युत्तर दिनलाई हिच्‌किचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”21यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हौ? तिमा एलिया हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।” यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हौ?” यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”22तब यहूदीहरूले सोधे, “तब तिमी को हौ? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”23यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने “मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ, ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।”‘ यशैया 40:324ती यहूदीहरूलाई फरिसीरूले पठाएका थिए।25तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौं, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”26यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।27ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुत्ताको फित्ता खोल्ने योग्य सम्म छैन।”28यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयमा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।29अर्को दिन येशूलाई आफूतिर आइरहनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।30त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान हुनुहुन्छ किनभने उहा मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’31उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँए ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।32[This verse may not be a part of this translation]33[This verse may not be a part of this translation]34मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”35अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।36यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”37यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।38येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” ती दूइजनाले भने, “रब्बी, तपाँईं कहाँ बस्नुहुन्छ?”39येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देख्नेछौ।” तब ती दुइजना येशूसंग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसंगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।40यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।41पहिले अन्द्रियसले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”42तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास भनेर भनिन्छ।” 43अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेटनुभयो र भन्नुभयो “मलाई पछ्याउ।”44अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।45फिलिपले नथानेललाई भेट्टाए र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”46तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?” फिलिपले उत्तर दिए, “आएर अनि हेर।”47येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चि नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”48नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?” येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखें।”49तब नथानेलले येशूलाई भने, “रब्बी तपाई परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईंनै इस्राएलका राजा हुनुहुन्छ।”50येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दैछौ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देख्नेछौ।”51तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देख्नेछौ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देख्नेछौं।”‘