1And it came to pass, when David dwelt in his house, that David said to Nathan the prophet, Lo, I dwell in a house of cedar, but the ark of the covenant of Jehovah [dwelleth] under curtains.
1दाऊद आफ्ना घर गए पछि तिनले अगमवक्ता नातानलाई भने, “हेर, म देवदारको काठले बनाएको घरमा बसिरहेछु, तर करारको सन्दूक पाल मुनि राखेको छ। म परमेश्वरको निम्ति एउटा मन्दिर बनाउन चाहन्छु।”
2And Nathan said unto David, Do all that is in thy heart; for God is with thee.
2नातानले दाऊदलाई उत्तर दिए, “तपाई जे गर्न चाहनुहुन्छ त्यो गर्न सक्नु हुन्छ। परमेश्वर तपाईसित हुनुहुन्छ।”
3And it came to pass the same night, that the word of God came to Nathan, saying,
3तर त्यो रात परमेश्वरको वचन नातान कहाँ आयो।
4Go and tell David my servant, Thus saith Jehovah, Thou shalt not build me a house to dwell in:
4परमेश्वरले भन्नु भयो, “जा, अनि यी कुराहरू मेरो दास दाऊदलाई भनः परमप्रभुले भन्नु हुन्छ, ‘दाऊद म बस्नको निम्ति मेरो मन्दिर निर्माण गर्ने व्यक्ति तँ होइनस्।
5for I have not dwelt in a house since the day that I brought up Israel, unto this day, but have gone from tent to tent, and from [one] tabernacle [to another].
5[This verse may not be a part of this translation]
6In all places wherein I have walked with all Israel, spake I a word with any of the judges of Israel, whom I commanded to be shepherd of my people, saying, Why have ye not built me a house of cedar?
6[This verse may not be a part of this translation]
7Now therefore thus shalt thou say unto my servant David, Thus saith Jehovah of hosts, I took thee from the sheepcote, from following the sheep, that thou shouldest be prince over my people Israel:
7“यसकारण अब, यी सबै कुराहरू मेरो सेवक दाऊदलाई भन, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, ‘मैले तँलाई गोठाला हुँदा खेतबाट ल्याएँ। मैले तँलाई मेरा इस्राएल मानिसहरूका राजा बनाएँ।
8and I have been with thee whithersoever thou hast gone, and have cut off all thine enemies from before thee; and I will make thee a name, like unto the name of the great ones that are in the earth.
8तँ जहाँ गए ता पनि म तेरो साथ थिएँ। म तँ भन्दा अघि गएँ र तेरा शुत्रहरूलाई मारिदिएँ। अब म तँलाई पृथ्वीको एक प्रसिद्ध मानिस बनाउनेछु।
9And I will appoint a place for my people Israel, and will plant them, that they may dwell in their own place, and be moved no more; neither shall the children of wickedness waste them any more, as at the first,
9म यो भूमि मेरो इस्राएली मानिसहरूलाई दिरहेकोछु। म उनिहरूलाई यस भूमिमा स्थापना गर्नेछु अनि तिनीहरू त्यहां बस्नेछन्। कसैले तिनीहरूलाई दिक्दारी दिनेछैन। नराम्रा मानिसहरूले तिनीहरूलाई चोट पुर्याउने छैनन्। जसरी तिनीहरूले पहिले गरेका थिए।
10and [as] from the day that I commanded judges to be over my people Israel; and I will subdue all thine enemies. Moreover I tell thee that Jehovah will build thee a house.
10ती नराम्रा कुराहरू भए, तर मैले मेरा इस्राएली मानिसहरूको हेरचाहको निम्ति प्रमुखहरू चुने अनि म तेरा सबै शत्रुहरूलाई पनि परास्त गर्नेछु। “‘म तँलाई भन्छु कि परमप्रभुले तेरो निम्ति एउटा राजकीय घरना निर्माण गरिदिनु हुनेछ।
11And it shall come to pass, when thy days are fulfilled that thou must go to be with thy fathers, that I will set up thy seed after thee, who shall be of thy sons; and I will establish his kingdom.
11जब तेरो मृत्यु हुनेछ अनि तँ तेरा पिता-पुर्खाहरूसित मिल्नेछस म तेरो आफ्नै छोरालाई नयाँ राजा बनाउनेछ। नयाँ राजा तेरा छोराहरू मध्ये एक जना हुनेछ। अनि म उसको राज्यलाई शक्तिशाली बनाउनेछु।
12He shall build me a house, and I will establish his throne for ever.
12तेरो छोराले मेरो निम्ति एक मन्दिर निर्माण गर्नेछ। म तेरो परिवारालाई सर्वदा शासन गर्ने बनाउनेछु।
13I will be his father, and he shall be my son: and I will not take my lovingkindness away from him, as I took it from him that was before thee;
13म उसको पिता हुनेछु अनि उ मेरो छोरा हुनेछ। तेरो अघि शाऊल राजा थियो। अनि मैले मेरो सहयोग शाऊलबाट हटाएँ। तर म तेरो छोरालाई प्रेम गर्न कहिले पनि छाडने छैन।
14but I will settle him in my house and in my kingdom for ever; and his throne shall be established for ever.
14म उसलाई मेरो मन्दिर अनि राज्यको जिम्मामा सर्वदा राख्ने छु। उसको शासन सर्वदा चलिरहने छ।”‘
15According to all these words, and according to all this vision, so did Nathan speak unto David.
15नातानले यो दर्शनबाट परमेश्वरले भन्नु भएका सबै कुराहरूको विषयमा दाऊदलाई भने।
16Then David the king went in, and sat before Jehovah; and he said, Who am I, O Jehovah God, and what is my house, that thou hast brought me thus far?
16तब, राजा दाऊद पवित्र पालमा गए र परमप्रभु समक्ष बसे। दाऊदले भने, “हे परमप्रभु परमेश्वर तपाईले मेरा निम्ति अनि मेरा परिवारका निम्ति यति बिघ्न वास्ता गरिदिनु भयो। म यो किन बुझ्दिन?
17And this was a small thing in thine eyes, O God; but thou hast spoken of thy servant's house for a great while to come, and hast regarded me according to the estate of a man of high degree, O Jehovah God.
17यिनीहरू बाहेक तपाईंले मलाई जान्न दिनु भयो कि भविष्यमा मेरा परिवारको भाग्य के हुन्छ भनि। तपाईले मलाई सधैं एउटा अनि प्रसिद्ध व्यक्तिलाई जस्तै व्यवहार गर्नुभयो।
18What can David [say] yet more unto thee concerning the honor which is done to thy servant? for thou knowest thy servant.
18यो भन्दा धेरै म के भन्न सक्छु र? तपाईले मेरो निम्ति यति धेरै गरिदिनु भयो। अनि म तपाईको मात्र दास हुँ। तपाईंले मलाई जान्नुहुन्छ।
19O Jehovah, for thy servant's sake, and according to thine own heart, hast thou wrought all this greatness, to make known all [these] great things.
19हे परमप्रभु, तपाईंले मेरा निम्ति यो अद्भुत कार्य गरिदिनु भयो। तपाईले यसो गर्नुभयो किनभने तपाई यो चाहनु हुन्थ्यो।
20O Jehovah, there is none like thee, neither is there any God besides thee, according to all that we have heard with our ears.
20हे परमप्रभु तपाई जस्तो अन्य कोही हुने छैन। तपाई बाहेक अन्य ईश्वर छैन। हामीले कहिले पनि कुनै ईश्वरले यस्तो अद्भुत कार्य गरेको सुनेका छैनौ।
21And what one nation in the earth is like thy people Israel, whom God went to redeem unto himself for a people, to make thee a name by great and terrible things, in driving out nations from before thy people, whom thou redeemest out of Egypt?
21इस्राएल जस्तै अन्य कुनै राष्ट्र छ? छैन पृथ्वीमा इस्राएल मात्र यस्तो राष्ट्र हो जसको निम्ति तपाईंले यस्ता अद्भुत कार्यहरू गर्नु भयो। हामीलाई मिश्रदेशबाहिर निकाल्नुभयो अनि तपाईले हामीलाई स्वतन्त्र बनाउनु भयो। तपाईले आफैं स्वयंलाई प्रसिद्ध तुल्याउनु भयो। तपाईले तपाईका मानिसहरूका अघि जानु भयो अनि अन्य मानिसहरूलाई हाम्रो निम्ति तिनीहरूको देश छोड्न बाध्य तुल्याउनु भयो।
22For thy people Israel didst thou make thine own people for ever; and thou, Jehovah, becamest their God.
22तपाईंले तपाईका इस्राएली मानिसहरूलाई सदा-सर्वदा तपाईंको बनाउनुभयो। अनि तपाई परमप्रभु तिनीहरूको परमेश्वर बन्नु भयो।
23And now, O Jehovah, let the word that thou hast spoken concerning thy servant, and concerning his house, be established for ever, and do as thou hast spoken.
23“त्यसैकारण परमप्रभु तपाईले म अनि मेरो सन्तानहरूको विषयमा के भन्नुभयो यो सदा-सर्वोदा सत्य रहोस्। तपाईले के भन्नुभयो त्यो गर्नुहोस् तपाईले गर्नु हुनेछ।
24And let thy name be established and magnified for ever, saying, Jehovah of hosts is the God of Israel, even a God to Israel: and the house of David thy servant is established before thee.
24तपाईका वचन राख्नुहोस् जस द्वारा मानिसहरूले सदैव तपाईको नाउँको सम्मान गर्नेछन्। तब मानिसहरूले भन्ने छन्, ‘सर्वशक्तिमान परमप्रभु इस्राएलका परमेश्वर हुनुहुन्छ।’ अनि दाऊद तपाईंको दासको साम्राज्य तपाईंको सामुन्ने स्थापित होस्।
25For thou, O my God, hast revealed to thy servant that thou wilt build him a house: therefore hath thy servant found [in his heart] to pray before thee.
25“तपाईं आफैले मलाई प्रकट गर्नु भएकोछ। त्यो तपाईंले मेरो परिवारलाई, राजाहरूको परिवार बनाउँनु हुनेछ। त्यसै कराण म निर्धक्क साथ तपाईलाई दयाहरू मागिरहेछु।
26And now, O Jehovah, thou art God, and hast promised this good thing unto thy servant:
26यसकरण अब मेरो परमप्रभु, तपाई नै परमेश्वर हुनुहुन्छ। परमेश्वर तपाई स्वयंले मेरा निम्ति यी असल कुराहरू गरिदिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।
27and now it hath pleased thee to bless the house of thy servant, that it may continue for ever before thee: for thou, O Jehovah, hast blessed, and it is blessed for ever.
27त्यसकारण मेरो परमप्रभुलाई इच्छा भए तपाईंले तपाईंको दासको राजवंशलाई आशिष दिनुहोस् यो तपाईंको उपस्थिमा सदा-सर्वदा लगातार रहनेछ। कारण परमप्रभु तपाईं आफैले यसलाई आशीर्वाद दिनु भएको छ। अनि तपाईंले जे आशीर्वाद दिनुभयो सदा-सर्वदै आशीष हुनेछ।”