1And David the king said unto all the assembly, Solomon my son, whom alone God hath chosen, is yet young and tender, and the work is great; for the palace is not for man, but for Jehovah God.
1राजा दाऊदले इस्राएलका सबै मानिसहरूलाई भने जो एकसाथ एकत्रित भएका थिए, “परमेश्वरले मेरो छोरा सुलेमानलाई मात्र चुन्नु भएको छ। सुलेमान सानै छ अनि यो काम गर्नका निम्ति चाहिने सबै कुरा त्यसले जान्दैन। तर यो काम अत्यन्त महत्वपूर्ण छ। यो मन्दिर मानिसहरूका निम्ति होइन, तर परमप्रभु परमेश्वरको निम्ति हो।
2Now I have prepared with all my might for the house of my God the gold for the [things of] gold, and the silver for the [things of] silver, and the brass for the [things of] brass, the iron for the [things of] iron, and wood for the [things of] wood; onyx stones, and [stones] to be set, stones for inlaid work, and of divers colors, and all manner of precious stones, and marble stones in abundance.
2मैले परमेश्वरको मन्दिर निर्माणका निम्ति योजना बनाउन मैले मेरो पूर्ण शक्ति लगाएको छु। सुनका वस्तुहरू बनाउनुका निम्ति मैले सुन दिएको छु। चाँदीका चीज-बीजहरू बनाउनुका निम्ति मैले चाँदी दिएको छु। काँसाका सामग्रीहरू बनाउनुका निम्ति मैले काँसा दिएको छु। फलामका वस्तुहरू बनाउनुका निम्ति मैले फलाम दिएको छु। काठका सामग्रीहरू बनाउनुका निम्ति मैले काठ दिएको छु। मैले जोडने स्थानका निम्ति गोमेदक रत्न, अलंकृत ईटे, सबै प्रकारका भिन्न-भिन्न रङ्गका बहुमूल्य रत्नहरू र सेतो संग मर्मरहरू पनि दिएको छु। मैले परमप्रभुको मन्दिरको निम्ति यस्ता धेरै-धेरै चीज-बीजहरू दिएको छु।
3Moreover also, because I have set my affection on the house of my God, seeing that I have a treasure of mine own of gold and silver, I give it unto the house of my God, over and above all that I have prepared for the holy house,
3मैले मेरो परमप्रभुको मन्दिरको निम्ति जे दिएको बाहेक म मेरो आफ्नै ढुकुटीबाट सुन र चाँदी दिदैछु किनभने म पवित्र मन्दिर निर्माण गर्नलाई लिप्त भएको छु।
4even three thousand talents of gold, of the gold of Ophir, and seven thousand talents of refined silver, wherewith to overlay the walls of the houses;
4मैले ओपेरको 3,000 तोडा शुद्ध सुन दिएको छु। मैले 7,000 तोडा शुद्ध चाँदी दिएको छु। चाँदी मन्दिरका भित्ताहरूमा लगाउनको निम्ति हो।
5of gold for the [things of] gold, and of silver for the [things of] silver, and for all manner of work [to be made] by the hands of artificers. Who then offereth willingly to consecrate himself this day unto Jehovah?
5मैले सुन र चाँदीका सबै चीज बीजका निम्ति सुन र चाँदी दिएको छु। जसमा कि कुशल कर्मीहरूले मन्दिरका निम्ति सबै भिन्न-भिन्न प्रकारका चीज बीजहरू बनाउँन सक्ने छन्। अब, इस्राएलका मानिसहरू, तिमीहरू कतिजना आज परमप्रभुका निम्ति स्वयंलाई अर्पण गर्न तयार छौ?”
6Then the princes of the fathers' [houses], and the princes of the tribes of Israel, and the captains of thousands and of hundreds, with the rulers over the king's work, offered willingly;
6परिवारहरूका अगुवाहरू, इस्राएली कुल समूहका अगुवाहरू, एकहजारका सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षहरू र अधिकारीहरू व्यस्त भएका सबै तयार थिए। अनि तिनीहरू सबैले आफ्ना मूल्यवान वस्तुहरू अर्पण गरे।
7and they gave for the service of the house of God of gold five thousand talents and ten thousand darics, and of silver ten thousand talents, and of brass eighteen thousand talents, and of iron a hundred thousand talents.
7यी ती वस्तुहरू हुन् जो तिनीहरूले परमेश्वरको मन्दिरका निम्ति अर्पण गरेका थिएः 5,000 तोडा सुन, 10,000 असर्फी, 10,000 तोडा चाँदी, 18,000 तोडा काँसा, अनि 1,00,000 तोडा फलाम।
8And they with whom [precious] stones were found gave them to the treasure of the house of Jehovah, under the hand of Jehiel the Gershonite.
8मानिसहरू जोसित मूल्यवान रत्नहरू थिए ती परमप्रभुको मन्दिरको निम्ति अर्पण गरे। यहीएलले ती मूल्यवान रत्नहरूको हेरचाह गरे। यहीएल गेर्शोन परिवारका थिए।
9Then the people rejoiced, for that they offered willingly, because with a perfect heart they offered willingly to Jehovah: and David the king also rejoiced with great joy.
9मानिसहरू अति आनन्दित थिए किनभने तिनीहरूले राजीखुसीसित दिएका थिए। अगुवाहरूले खुला हृदयले स्वतन्त्रता पूर्वक अर्पण गरेकाथिए र तिनीहरू आनन्दित थिए। राजा दाऊद पनि अत्यन्तै आनन्दित थिए।
10Wherefore David blessed Jehovah before all the assembly; and David said, Blessed be thou, O Jehovah, the God of Israel our father, for ever and ever.
10त्यस पछि दाऊदले सबै मानिसहरूलाई परमप्रभुको प्रशंसा गर्न भेला गराएका थिए। दाऊदले भनेः “परमप्रभु इस्राएलका परमेश्वर, हे हाम्रा पिता, सदा सर्वदाका निम्ति तपाईको प्रशंसा होईरहोस्।
11Thine, O Jehovah, is the greatness, and the power, and the glory, and the victory, and the majesty: for all that is in the heavens and in the earth [is thine]; thine is the kingdom, O Jehovah, and thou art exalted as head above all.
11महानता, शक्ति गौरव, विजय अनि सम्मान तपाई कै हुन। किन? किनभने पृथ्वी अनि स्वर्गका सबै कुरा तपाईकै हुन्। हे परमप्रभु, राज्य तपाईकै हो। तपाई शिर हुनुहुन्छ, हरेक बस्तु माथि शासक हुनुहुन्छ।
12Both riches and honor come of thee, and thou rulest over all; and in thy hand is power and might; and in thy hand it is to make great, and to give strength unto all.
12धन अनि सम्मान तपाई बाट नै आउँछन्। तपाई सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम अनि शक्ति तपाईकै हातमा छन्। अनि कसैलाई पनि महान अनि शक्तिशाली बनाउने शक्ति तपाईकै हातमा छन्।
13Now therefore, our God, we thank thee, and praise thy glorious name.
13यसकारण अब हाम्रा परमेश्वर, हामी तपाईलाई धन्यवाद चढाउँछौं, अनि हामी तपाईको महिमित नाउँको प्रशंसा गर्छौं।
14But who am I, and what is my people, that we should be able to offer so willingly after this sort? for all things come of thee, and of thine own have we given thee.
14“सबै सत्य कुराहरू चाँहि म अनि मेरा मानिसहरूबाट आएका होइनन्। यी सबै कुराहरू तपाईबाट मात्र आएका हुन्। हामी केवल तपाईबाट आएका कुराहरू तपाईलाई नै अर्पण गरिरहेकाछौं।
15For we are strangers before thee, and sojourners, as all our fathers were: our days on the earth are as a shadow, and there is no abiding.
15किनभने हामी हाम्रा पिता-पुर्खाहरू जस्तै यो संसारमा यात्रा गर्ने परदेशी मात्र हौं। यो पृथ्वीमा हाम्रो समय क्षणिक छन् वितीजाने छाया जस्तो हामी यसलाई रोक्ने आशा गर्देनौ।
16O Jehovah our God, all this store that we have prepared to build thee a house for thy holy name cometh of thy hand, and is all thine own.
16हे परमप्रभु हाम्रा परमेश्वर, हामीले यी सबै चिजहरू तपाईको मन्दिर निर्माण गर्नका निम्ति जम्मा गर्यौं। हामीले यो मन्दिर तपाईको नाउँको सम्मान गर्नका निम्ति निर्माण गर्दछौं। तर यी सबै वस्तुहरू तपाईबाट आएका हुन्। हरेक थोक तपाईकै हुन्।
17I know also, my God, that thou triest the heart, and hast pleasure in uprightness. As for me, in the uprightness of my heart I have willingly offered all these things: and now have I seen with joy thy people, that are present here, offer willingly unto thee.
17मेरा परमेश्वर, म जान्दछु कि तपाईले आफ्ना मानिसहरूको जाँज गर्नुहुन्छ अनि तपाईंले धार्मिकता मन पराउनु हुन्छ। म यी सबै वस्तुहरू स्वच्छ अनि ईमान्दार हृदयले तपाई प्रति अर्पण गर्छु। तपाईका मानिसहरू यहाँ एकत्रित भएका म देख्छु र तपाईलाई यी वस्तुहरू अर्पण गर्न तिनीहरू खुशीछन्।
18O Jehovah, the God of Abraham, of Isaac, and of Israel, our fathers, keep this for ever in the imagination of the thoughts of the heart of thy people, and prepare their heart unto thee;
18हे परमप्रभु तपाई हाम्रा पुर्खा अब्राहाम, इसहाक अनि इस्राएलका परमेश्वर हुनुहुन्छ। कृपया तपाईका मानिसहरूलाई तपाईको काम गर्नमा सहायता गर्नुहोस्। तिनीहरूलाई तपाईप्रति धन्यवादीहुनमा सहायता गर्नुहोस्।
19and give unto Solomon my son a perfect heart, to keep thy commandments, thy testimonies, and thy statutes, and to do all these things, and to build the palace, for which I have made provision.
19अनि मेरो छोरो सुलेमानलाई तपाई प्रति सत्य रहन सहायता गर्नुहोस्। तपाईको हुकूमहरू व्यवस्था अनि नियमहरूको सदा पालन गर्नमा सधैं त्यसलाई सहायता गर्नुहोस्। सुलेमानलाई यी कुराहरू सम्पन्न गर्नमा सहायता दिनुहोस् अनि यो किल्ला जो मैले योजना गरेकोछु, निर्माण गर्नमा त्यसलाई सहायता दिनुहोस्।”
20And David said to all the assembly, Now bless Jehovah your God. And all the assembly blessed Jehovah, the God of their fathers, and bowed down their heads, and worshipped Jehovah, and the king.
20तब दाऊदले भेला भएका सबै समूहका मानिसहरूलाई भने, “अब परमप्रभु तिमीहरूका परमेश्वर प्रति प्रशंसा अर्पण गर।” यसर्थ सारा समुदायले परमप्रभु आफ्ना पुर्खाहरूको परमेश्वरको प्रशंसा अनि आराधना गरे! तिनीहरूले परमप्रभु अनि राजा प्रति सम्मान जनाउन आफ्ना शिर भूँइतिर झुकाए।
21And they sacrificed sacrifices unto Jehovah, and offered burnt-offerings unto Jehovah, on the morrow after that day, even a thousand bullocks, a thousand rams, and a thousand lambs, with their drink-offerings, and sacrifices in abundance for all Israel,
21अर्को दिन मानिसहरूले परमप्रभु प्रति तिनीहरूको बलिहरू चढाए। तिनीहरूले होमबलि अर्पण गरे। तिनीहरूले 1,000 साँढेहरू, 1,000 भेडाहरू, 1,000 थुमाहरू अनि तिनीहरू साथमा चल्ने अर्घ-बली अर्पण गरे। तिनीहरूले धेरै बलिहरू इस्राएलका मानिसहरूका निम्ति अर्पण गरे।
22and did eat and drink before Jehovah on that day with great gladness. And they made Solomon the son of David king the second time, and anointed him unto Jehovah to be prince, and Zadok to be priest.
22त्यस दिन मानिसहरू अत्यन्त खुशी थिए किनभने तिनीहरूले त्यहाँ परमप्रभुका साथ खानपीन गरे। अनि तिनीहरूले दाऊदका छोरा सुलेमानलाई दोस्रो पल्ट राजा बनाए। तिनीहरूले सुलेमानलाई राजाको रूपमा नियुक्त गरे साथै सादोकलाई पनि पूजाहारीको रूपमा नियुक्त गरे। तिनीहरूले यो काम त्यस स्थानमा परमप्रभुको सामुन्ने गरे।
23Then Solomon sat on the throne of Jehovah as king instead of David his father, and prospered; and all Israel obeyed him.
23तब सुलेमान राजाको रूपमा परमप्रभुको सिंहासनमा बसे। सुलेमानले आफ्ना पिताको स्थान लिए। सुलेमान खूबै सफल भए। इस्राएलका सम्पूर्ण मानिसहरूले सुलेमानको आज्ञा पालन गरे।
24And all the princes, and the mighty men, and all the sons likewise of king David, submitted themselves unto Solomon the king.
24सबै अगुवाहरू, योद्धाहरू अनि दाऊदका सबै छोराहरूले पनि उसलाई राजाको रूपमा स्वीकार गरे र तिनको हुकुम पालन गरे।
25And Jehovah magnified Solomon exceedingly in the sight of all Israel, and bestowed upon him such royal majesty as had not been on any king before him in Israel.
25परमप्रभुले सुलेमानलाई अत्यन्त महान तुल्याउनु भयो। इस्राएलका सबै मानिसहरू जान्दथिए कि परमप्रभुले सुलेमानलाई महान बनाउँदै हुनुहुन्छ। परमप्रभुले सुलेमानलाई राजाले पाउनुपर्ने सम्मान प्रदान गर्नुभयो। सुलेमान अघि इस्राएलका कुनै पनि राजाले यस्तो सम्मान पाएका थिएनन्।
26Now David the son of Jesse reigned over all Israel.
26यसकारण यिशैका छोरा दाऊद सम्पूर्ण इस्राएल माथि चालीस वर्षसम्म राजा थिए।
27And the time that he reigned over Israel was forty years; seven years reigned he in Hebron, and thirty and three [years] reigned he in Jerusalem.
27दाऊद हेब्रोन शहरमा सात वर्षसम्म राज्य गरे। तब उनी यरूशलेम शहरमा तेत्तीस वर्षसम्म राज्य गरे।
28And he died in a good old age, full of days, riches, and honor: and Solomon his son reigned in his stead.
28दाऊदको त्यस बेला मृत्यु भयो जब तिनी बृद्ध भए। दाऊदले एक असल र दीर्घ जीवन बिताएका थिए। दाऊदका अनेक सम्पत्तिहरू अनि प्रतिष्ठाहरू थिए। अनि दाऊदका छोरा सुलेमान तिनी पछि नयाँ राजा भए।
29Now the acts of David the king, first and last, behold, they are written in the history of Samuel the seer, and in the history of Nathan the prophet, and in the history of Gad the seer,
29राजा दाऊदले शुरूदेखि अन्त सम्म जो कामहरू गरे ती दर्शी शमूएल, अगमवक्ता नातान अनि दर्शी गाद द्वारा लिखित पुस्तकहरूमा छन्।
30with all his reign and his might, and the times that went over him, and over Israel, and over all the kingdoms of the countries.
30ती लेखहरूले इस्राएलका राजाको रूपमा दाऊदले गरेका कामहरूको बारेमा बताउँछन्। तिनीहरूले दाऊदका पराक्रम अनि तिनी माथि घटेका घटूनाहरूको बारेमा देखाउँदछ। अनि तिनीहरूले इस्राएल र यसका वरिपरिका राज्यहरूमा जे भयो त्यसको बारेमा देखाउँदछ।