1And I, brethren, when I came unto you, came not with excellency of speech or of wisdom, proclaiming to you the testimony of God.
1प्यारा दाज्यू-भाइ, दिदी-बहिनीहरू हो, जब म तिमीहरू कहाँ आएँ, मैले तिमीहरूलाई परमेश्वरको सत्य घोषणा गरें। तर मैले आलंकारिक शब्द लगाएर वा ज्ञानको कुरा गरीनँ।
2For I determined not to know anything among you, save Jesus Christ, and him crucified.
2जतिञ्जेल सम्म म तिमीहरूसित थिँए, येशू ख्रीष्ट र उहाँको क्रूसको मृत्यु बाहेक अरू सब कुरा बिर्सौ भन्ने मैले निश्चय गरेको थिँए।
3And I was with you in weakness, and in fear, and in much trembling.
3जब म तिमीहरूकहाँ आएँ, म कमजोर थिँए अनि डरले कामिरहेको थिएँ।
4And my speech and my preaching were not in persuasive words of wisdom, but in demonstration of the Spirit and of power:
4मेरो वचन र प्रचार मानिसहरूलाई फुस्लाउने ज्ञानीका शब्दहरू थिए, तर मेरो शिक्षाको प्रमाण शक्ति थियो जुन आत्मादेखि आउँछ।
5that your faith should not stand in the wisdom of men, but in the power of God.
5तिमीहरूको विश्वास मानिसको ज्ञानमा होइन तर परमेश्वरको शक्तिमा आधारित होस् भनि मैले त्यसो गरें।
6We speak wisdom, however, among them that are fullgrown: yet a wisdom not of this world, nor of the rulers of this world, who are coming to nought:
6पाको भएका मानिसहरूलाई हामी ज्ञान दिंदछौं। तर हामी जुन ज्ञान सिकाउछौं सांसारिक ज्ञान होइन। यो यस संसारका शासकहरूको ज्ञान पनि होइन।
7but we speak God's wisdom in a mystery, [even] the [wisdom] that hath been hidden, which God foreordained before the worlds unto our glory:
7तर हामी परमेश्वरका गुप्त ज्ञान बताउँदछौ जुन ज्ञान लुकाइको छ। परमेश्वरले यस ज्ञान हाम्रो भलाईकोलागि तयार गर्नु भएको हो। संसार सृष्टि हुनु भन्दा अधि नै उहाँले यो योजना बनाइसक्नु भएको थियो।
8which none of the rulers of this world hath known: for had they known it, they would not have crucified the Lord of glory:
8यस संसारका कुनै शासकहरूले यो ज्ञान बुझेनन्। यदी तिनीहरूले बुझेका भए तिनीहरूले महिमाका प्रभुलाई क्रूसमा टाँग्ने नै थिएनन्।
9but as it is written, Things which eye saw not, and ear heard not, And [which] entered not into the heart of man, Whatsoever things God prepared for them that love him.
9तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।” यशैया 644
10But unto us God revealed [them] through the Spirit: for the Spirit searcheth all things, yea, the deep things of God.
10परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ।
11For who among men knoweth the things of a man, save the spirit of the man, which is in him? even so the things of God none knoweth, save the Spirit of God.
11जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ।
12But we received, not the spirit of the world, but the spirit which is from God; that we might know the things that were freely given to us of God.
12अब हामीले संसारमा भएको आत्मा पाएका छैनौं तर हामीले परमेश्वरबाट आत्मा पाएका छौं। हामीले यो आत्मा परमेश्वरले हामीलाई दिनु भएको कुराहरू जान्न सकौं भनेर पाएका हौं।
13Which things also we speak, not in words which man's wisdom teacheth, but which the Spirit teacheth; combining spiritual things with spiritual [words].
13जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बातउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं।
14Now the natural man receiveth not the things of the Spirit of God: for they are foolishness unto him; and he cannot know them, because they are spiritually judged.
14जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ।
15But he that is spiritual judgeth all things, and he himself is judged of no man.
15तर आत्मिक मानिस सबै कुराहरू खुट्ट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः
16For who hath known the mind of the Lord, that he should instruct him? But we have the mind of Christ.
16“परमप्रभुको मनलाई कसले जान्न सक्छ? परमप्रभुलाई कसैले अह्राउन सक्छ?” यशैया 40:13 तर हामीसँगत त ख्रीष्टको मन छ।