1Whosoever believeth that Jesus is the Christ is begotten of God: and whosoever loveth him that begat loveth him also that is begotten of him.
1प्रत्येक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, त्यो परमेश्वरको बालक हो। जसले पितालाई प्रेम गर्छ उसले उनको बालकलाई पनि प्रेम गर्छ।
2Hereby we know that we love the children of God, when we love God and do his commandments.
2हामी कसरी जान्दछौं कि हामी परमेश्वरका बालकहरुलाई प्रेम गर्छौं? हामी जान्दछौ, किनभने हामी परमेश्वरलाई प्रेम गर्छौ अनि हामी उनको आदेशहरु पालन गर्छौं।
3For this is the love of God, that we keep his commandments: and his commandments are not grievous.
3परमेश्वरलाई प्रेम गर्नुको अर्थ उनको आदेशहरु पालन गर्नु हो। अनि परमेश्वरका आदेशहरु हाम्रा निम्ति त्यति कठिन हुँदैन।
4For whatsoever is begotten of God overcometh the world: and this is the victory that hath overcome the world, [even] our faith.
4किनभने हरेक मानिस जो परमेश्वरको बालक हो, उसित यो संसारको विरुद्ध विजय गर्ने शक्ति हुन्छ।
5And who is he that overcometh the world, but he that believeth that Jesus is the Son of God?
5यो हाम्रो विश्वास हो जसले संसारलाई विजय गरेको छ। यसर्थ त्यो को मानिस हो जसले संसारमा वियज प्राप्त गर्छ? केवल त्यही व्यक्ति, जसले येशू परमेश्वरका पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। परमेश्वरले हामीलाई उहाँको पुत्रको बारेमा भन्नु भयो
6This is he that came by water and blood, [even] Jesus Christ; not with the water only, but with the water and with the blood.
6येशू ख्रीष्ट “उही नै” हुनुहुन्छ जो रगत र पानीसित आउनु भयो। येशू पानीबाट मात्र आउनु भएन। येशू पानी अनि रगत दुबैबाट आउनु भयो। अनि आत्मा नै एक छ जसले यो परिक्षा गर्छ। आत्मा सत्य हो।
7And it is the Spirit that beareth witness, because the Spirit is the truth.
7यसर्थ, येशूको विषयमा तीन साक्षीहरु छन्
8For there are three who bear witness, the Spirit, and the water, and the blood: and the three agree in one.
8पवित्र आत्मा, पानी अनि रगत। यी तीन साक्षीहरु परीक्षामा सहमत छन्।
9If we receive the witness of men, the witness of God is greater: for the witness of God is this, that he hath borne witness concerning his Son.
9[This verse may not be a part of this translation]
10He that believeth on the Son of God hath the witness in him: he that believeth not God hath made him a liar; because he hath not believed in the witness that God hath borne concerning his Son.
10मानिस जसले परमेश्वरका पुत्रमा विश्वास गर्छ उसमा परमेश्वर आफै साक्षी हुनुहुन्छ। मानिस जसले परमेश्वरलाई विश्वास गर्दैन उसले परमेश्वरलाई झूटो तुल्याउँछ। किनभने त्यस व्यक्तिले परमेश्वरले आफ्ना पुत्रको बारेमा हामीलाई दिएको साक्षीमा विश्वास गरेको छैन।
11And the witness is this, that God gave unto us eternal life, and this life is in his Son.
11परमेश्वरले दिएको साक्षी यो हो परमेश्वरले हामीलाई अनन्त जीवन दिनु भएको छ। अनि यो अनन्त जीवन उनका पुत्रमा छ।
12He that hath the Son hath the life; he that hath not the Son of God hath not the life.
12मानिस जोसित पुत्र छ उसित त्यो जीवन हुन्छ। तर मानिस जोसित परमेश्वरका पुत्र छैनन् उसको त्यो जीवन हुँदैन।
13These things have I written unto you, that ye may know that ye have eternal life, [even] unto you that believe on the name of the Son of God.
13तिमीहरु जो परमेश्वरका पुत्रमा विश्वास गर्छौं म तिमीहरुलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरुले अनन्त जीवन के रहेछ भनी जान्ने छौं।
14And this is the boldness which we have toward him, that, if we ask anything according to his will, he heareth us:
14अनि हामीमा भरोशा छ कि यदि कुनै वस्तुको लागि प्रार्थना गरे उनको इच्छा अनुसार उनले हामीलाई दिनेछन्।
15and if we know that he heareth us whatsoever we ask, we know that we have the petitions which we have asked of him.
15हामी जान्दछौं जब हामी परमेश्वरसंग केही विन्ती गर्छौ भने उहाँले हाम्रो बिन्ती सुन्नु हुन्छ। यसर्थ, हामी जान्दछौं कि, उहाँसंग हामीले जे पनि मागेका छौं, उहाँले हामीलाई दिनुहुन्छ।
16If any man see his brother sinning a sin not unto death, he shall ask, and [God] will give him life for them that sin not unto death. There is a sin unto death: not concerning this do I say that he should make request.
16यदि कुनै व्यक्तिले आफ्नो भाइ अथवा बहिनीले पाप गरेको देख्छ जुन पापले अनन्त मृत्यु पट्टि लान्छ, उसले आफ्नो भाइ अथवा बहिनीकोलागि प्रार्थना गर्नुपर्छ। तब परमेश्वरले तिनीहरुलाई जीवन प्रदान गर्नुहुन्छ। म ती मानिसहरुको बारेमा भनिरहेको छु, जसको पापले तिनीहरुलाई अनन्त जीवन तिर तान्दैन। पाप जसले अनन्त मृत्युतिर लैजान्छ। यो पापको निम्ति प्रार्थना गर भनी म भनिरहेको छैन।
17All unrighteousness is sin: and there is a sin not unto death.
17सबै अधर्म पाप हो, यस्तो पाप पनि हुन्छ जो मृत्युजनक हुदैन।
18We know that whosoever is begotten of God sinneth not; but he that was begotten of God keepeth himself, and the evil one toucheth him not.
18हामी जान्दछौं कि कुनै मानिस जसलाई परमेश्वरको बालक तुल्याइएको छ, उसले पाप गरिरहँदैन। परमेश्वरको पुत्रले परमेश्वरको बालकलाई सुरक्षित राख्नुहुन्छ। दुष्टले त्यस मानिसलाई आघात पुर्याउन सक्तैन।
19We know that we are of God, and the whole world lieth in the evil one.
19हामीलाई थाहा छ कि हामी परमेश्वरका हौं। तर दुष्टले सारा संसारलाई नियन्त्रणमा राख्छ।
20And we know that the Son of God is come, and hath given us an understanding, that we know him that is true, and we are in him that is true, [even] in his Son Jesus Christ. This is the true God, and eternal life.
20अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र आउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नु भएको छ अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशू ख्रीष्टमा छ।
21[My] little children, guard yourselves from idols.
21यसर्थ प्रिय बालकहरु! तिमीहरु स्वयंलाई झूटो देवताहरुबाट टाढा राख।