American Standard Version

Nepali

1 Kings

11

1Now king Solomon loved many foreign women, together with the daughter of Pharaoh, women of the Moabites, Ammonites, Edomites, Sidonians, and Hittites;
1राजा सुलेमान आइमाईहरूलाई माया गर्दथे। इस्राएल राष्ट्रका नभएतापनि उनी धेरै आइमाईहरूलाई माया गर्दथे। तिनीहरूमा फिरऊन की छोरी, हित्ती आइमाईहरू अनि मोआब, अम्मोन, एदोम र सीदोनका आइमाईहरू थिए।
2of the nations concerning which Jehovah said unto the children of Israel, Ye shall not go among them, neither shall they come among you; for surely they will turn away your heart after their gods: Solomon clave unto these in love.
2बितेको समयमा इस्राएलका मानिसहरूलाई परमप्रभुले भन्नु भएको थियो, “तिमीहरूले अर्को राष्ट्रका मानिसहरूसँग विवाह गर्नु हुँदैन। यदि तिमीले गर्यौ भने त्यहाँका मानिसहरूले उनीहरूकै देवताहरूको अनुसरण गर्न वाध्य गर्छन्।” तर सुलेमान ती सबै आइमाईहरूको प्रेममा परे।
3And he had seven hundred wives, princesses, and three hundred concubines; and his wives turned away his heart.
3सुलेमानका 700 पत्नीहरू थिए। (यी आइमाईहरू अर्को राष्ट्रका प्रमुखहरूका छोरीहरू थिए।) उनीसँग 300 दासीहरू पनि थिए जो उनका लागि पत्नी जस्तैं नै थिए। उनकी पत्नीहरूले उनलाई परमेश्वरबाट टाढा जान बाध्य गरे।
4For it came to pass, when Solomon was old, that his wives turned away his heart after other gods; and his heart was not perfect with Jehovah his God, as was the heart of David his father.
4जब सुलेमान बुढा भए, उनकी पत्नीहरूले उनलाई अरू देवताहरूको अनुसरण गर्नु लगाए। सुलेमानले आफ्नो परमप्रभुलाई सम्पूर्ण हृदयले अनुसरण गरेनन् जस्तो उनका पिता दाऊदले गरेका थिए।
5For Solomon went after Ashtoreth the goddess of the Sidonians, and after Milcom the abomination of the Ammonites.
5सुलेमानले सीदोन देवता अश्तारोतको पूजा गरे। अनि सुलेमानले अम्मोनीहरूका घिनलाग्दा देवता मिल्कोमको पूजा गरे।
6And Solomon did that which was evil in the sight of Jehovah, and went not fully after Jehovah, as did David his father.
6यसकारण सुलेमानले परमप्रभुको सामु अपराध गरे। उनले आफ्नो परमप्रभुको अनुसरण त्यस प्रकार गरेनन् जसरी उनका पिता दाऊदले गरेका थिए।
7Then did Solomon build a high place for Chemosh the abomination of Moab, in the mount that is before Jerusalem, and for Molech the abomination of the children of Ammon.
7सुलेमानले कमोसको पूजा गर्नका लागि एउटा स्थलको निर्माण गरे। कमोस मोआबीहरूको घृणास्पद देवमूर्ति थियो। सुलेमानले त्यो पूजा-स्थल यरूशलेम छेउको पहाडमा बनाए। त्यसै पहाडमा सुलेमानले मोलेकका लागि पूजा-स्थल बनाए। मोलेक अम्मोनीहरूको घृणास्पद देवमूर्ति थियो।
8And so did he for all his foreign wives, who burnt incense and sacrificed unto their gods.
8तब सुलेमानले अरू देशका सबै पत्नीहरूका लागि त्यसै नै गरे। उनकी पत्नीहरू धूप बाल्ने गर्दथे अनि आफ्ना देवताहरूलाई बलि चढाउने गर्दथे।
9And Jehovah was angry with Solomon, because his heart was turned away from Jehovah, the God of Israel, who had appeared unto him twice,
9सुलेमान परमप्रभु इस्राएलका परमेश्वरलाई पच्छ्याउन देखि टाढिंदै गए। यस कारण परमप्रभु सुलेमानसँग रिसाउनु भयो। परमप्रभु सुलेमानको सामु दुइ पटक देखा पर्नु भएको थियो।
10and had commanded him concerning this thing, that he should not go after other gods: but he kept not that which Jehovah commanded.
10परमप्रभुले सुलेमानलाई भन्नु भएको थियो, तिमीले अरू देवताहरूको अनुसरण गर्नु हुँदैन। तर सुलेमानले परमप्रभुको आदेश पालन गरेनन्।
11Wherefore Jehovah said unto Solomon, Forasmuch as this is done of thee, and thou hast not kept my covenant and my statutes, which I have commanded thee, I will surely rend the kingdom from thee, and will give it to thy servant.
11यसकारण परमप्रभुले सुलेमानलाई भन्नुभयो, “तिमीले मसित भएको करार भत्ताभुङ्ग बनाउन मन परायौ। तिमीले मेरो आदेश पालन गरेका छैनौ। यसकारण म प्रतिज्ञा गर्दछु, म तिमीबाट राज्य लिनेछु। म यसलाई तिम्रा सेवकहरू मध्ये एक जनालाई दिनेछु।
12Notwithstanding in thy days I will not do it, for David thy father's sake: but I will rend it out of the hand of thy son.
12तर म तिम्रा पिता दाऊदको कारण जबसम्म तिमी जीवित रहन्छौ, म तिम्रो राज्य लिने छैन। म तिम्रो छोरा राजा नभएसम्म पर्खिनेछु तब म तिनीबाट लिने छु।
13Howbeit I will not rend away all the kingdom; but I will give one tribe to thy son, for David my servant's sake, and for Jerusalem's sake which I have chosen.
13तैंपनि, म तिम्रो छोराबाट सबै राज्य लिने छैन। म एउटा वंशमाथि शासन गर्न दिनेछु। म यसो दाऊदका लागि नै गर्नेछु। तिनी राम्रा सेवक थिए। अनि म यो यरूशलेमका लागि गर्नेछु। मैले मन पराएको शहर यो नै थियो।
14And Jehovah raised up an adversary unto Solomon, Hadad the Edomite: he was of the king's seed in Edom.
14त्यस समयमा परमप्रभुले एदोमका हददलाई सुलेमानको शत्रु बनाउनु भयो। हदद एदोमका राजाको परिवारका थिए।
15For it came to pass, when David was in Edom, and Joab the captain of the host was gone up to bury the slain, and had smitten every male in Edom
15यस्तो यसरी नै भयो। पहिला दाऊदले एदोमलाई परास्त गरेका थिए। योआब दाऊदको फौजका सेनापति थिए। योआब एदोममा मरेका मानिसहरू गाडन गए। योआबले अझै जिउँदै रहेका सबै मानिसहरूलाई मारे।
16(for Joab and all Israel remained there six months, until he had cut off every male in Edom);
16योआब अनि सबै इस्राएलीहरू एदोममा छः महिना बसे। त्यस समयमा तिनीहरूले एदोमका सबै मानिसहरूलाई मारिदिए।
17that Hadad fled, he and certain Edomites of his father's servants with him, to go into Egypt, Hadad being yet a little child.
17तर त्यस समयमा हदद मात्र सानो केटा थियो। यसकारण हदद मिश्रतिर भाग्यो। उसको पिताका केही सेवकहरू ऊसँगै गए।
18And they arose out of Midian, and came to Paran; and they took men with them out of Paran, and they came to Egypt, unto Pharaoh king of Egypt, who gave him a house, and appointed him victuals, and gave him land.
18तिनीहरूले मिद्यान छोडे अनि पारान गए। पारानमा केही अरू मानिसहरू तिनीहरूसँग मिसिए। तब सम्पूर्ण दल मिश्र गए। तिनीहरू मिश्रका राजा फिरऊनकहाँ गए अनि गुहार मागे। फिरऊनले हददलाई एउटा घर अनि केही जग्गा दिए। फिरऊनले उनलाई समर्थन गरे अनि खानका लागि खाद्य दिए।
19And Hadad found great favor in the sight of Pharaoh, so that he gave him to wife the sister of his own wife, the sister of Tahpenes the queen.
19फिरऊनले हददलाई साह्रै नै मन पराए। उसले उसको विवाहको व्यवस्ता गरिददिए फिरऊनकी साली थिइन् रानी तहपनेसकी बहिनी थिइन्।
20And the sister of Tahpenes bare him Genubath his son, whom Tahpenes weaned in Pharaoh's house; and Genubath was in Pharaoh's house among the sons of Pharaoh.
20यसकारण तहपनेसकी बहिनीको विवाह हददसँग भयो। तिनीहरूको एउटा छोरा जन्मियो जसको नाउँ गन्‌बत राखे। रानी तहपनेसले गन्‌बतलाई आफ्ना नानीहरू सँग फिरऊनको महलमा हुर्किने अनुमति दिइन्।
21And when Hadad heard in Egypt that David slept with his fathers, and that Joab the captain of the host was dead, Hadad said to Pharaoh, Let me depart, that I may go to mine own country.
21मिश्रमा हददले सुने, दाऊदको चोला उठ्‌यो। उनले यो पनि सुने, फौजका सेनापति योआबको मृत्यु भयो। यसकारण हददले फिरऊनलाई भने, “दयागरी मलाई मेरो देशमा आफ्नो घर जान दिनुहोस्।”
22Then Pharaoh said unto him, But what hast thou lacked with me, that, behold, thou seekest to go to thine own country? And he answered, Nothing: howbeit only let me depart.
22तर फिरऊनले भने, “मैंले तिमीलाई चाहिएको प्रत्येक वस्तु यहाँ दिएको छु! तिमी किन तिम्रो देशमा फर्किन चाहन्छौ?” हददले उत्तर दिए, “कृपा गरेर मलाई घर फर्किन दिनुस्।”
23And God raised up [another] adversary unto him, Rezon the son of Eliada, who had fled from his lord Hadadezer king of Zobah.
23परमेश्वरले अर्को एक जना मानिसलाई पनि सुलेमानको शत्रु बनाउनुभयो। उनी एल्यादाका छोरा रसोन थिए। रसोन आफ्नो मालिकबाट भागेका थिए। उनका मालिक सोबाका राजा हददेजेर थिए।
24And he gathered men unto him, and became captain over a troop, when David slew them [of Zobah]: and they went to Damascus, and dwelt therein, and reigned in Damascus.
24दाऊदले जब सोबाको सैनिकलाई परास्त गरेका थिए तब रसोनले केही मानिसहरूलाई जम्मा गरे अनि एउटा सानो फौजको प्रमुख भए। रसोन दमीशक गए अनि उहीं बसे। रसोन दमीशकका राजा भए।
25And he was an adversary to Israel all the days of Solomon, besides the mischief that Hadad [did]: and he abhorred Israel, and reigned over Syria.
25रसोनले अराममा शासन गरे। उनी इस्राएलीलाई घृणा गर्दथे, यसकारण सुलेमान जीवित रहुञ्जेलसम्म इस्राएलको शत्रु भए। रसोन र हददले इस्राएलका लागि धेरै समस्याहरू सृष्टि गरे।
26And Jeroboam the son of Nebat, an Ephraimite of Zeredah, a servant of Solomon, whose mother's name was Zeruah, a widow, he also lifted up his hand against the king.
26नबातका छोरा यारोबाम सुलेमानका सेवकहरू मध्ये एक जना थिए। यारोबाम एप्रैम कुल समूहका थिए। उनी सरेदा शहरका थिए। यारोबामकी आमा सरूआ नाउँकी विधवा थिइन। उनी राजाको विरोधमा गईन्।
27And this was the reason why he lifted up his hand against the king: Solomon built Millo, and repaired the breach of the city of David his father.
27यही कारण हो कसरी यरोबाम राजाको विरूद्ध बागी भए। सुलेमानले मिलो बनाउँदै थिए अनि आफ्ना पिताको नाउँमा बनिएको दाऊदको शहरको पर्खाल भित्रको खाली जग्गा मर्मत गराउँदै थिए।
28And the man Jeroboam was a mighty man of valor; and Solomon saw the young man that he was industrious, and he gave him charge over all the labor of the house of Joseph.
28यारोबाम एकदमै योग्यवान व्यक्ति थिए। सुलेमानले उसलाई भएको थाहा गर्नुभयो। यस कराण सुलेमानले यूसुफको कुल समूहको कर्मीहरूको जिम्मावाला बनाए।
29And it came to pass at that time, when Jeroboam went out of Jerusalem, that the prophet Ahijah the Shilonite found him in the way; now [Ahijah] had clad himself with a new garment; and they two were alone in the field.
29एक दिन यारोबाम यरूशलेम यात्रा गरिरहेका थिए। शीलोका अगमवक्ता अहियाहले उनलाई बाटोमा भेटे। अहियाहले नयाँ खास्टो ओढेका थिए। ती दुइ जना मानिस बाटोमा एक्लै थिए।
30And Ahijah laid hold of the new garment that was on him, and rent it in twelve pieces.
30अहियाहले खास्टो खोले अनि च्यातेर बाह्र टुक्रा पारे।
31And he said to Jeroboam, Take thee ten pieces; for thus saith Jehovah, the God of Israel, Behold, I will rend the kingdom out of the hand of Solomon, and will give ten tribes to thee
31तब अहियाहले यारोबामलाई भने, “यस खास्टोको दश टुक्रा तिमी आफ्नोलागि लेऊ। परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छः ‘म सुलेमानको राज्यलाई टुक्राउनेछु अनि तँलाई दश कुलहरू दिनेछु।
32(but he shall have one tribe, for my servant David's sake and for Jerusalem's sake, the city which I have chosen out of all the tribes of Israel);
32अनि म दाऊदको परिवारलाई मात्र एउटा वंशमाथि शासन गर्न दिनेछु। म तिनीहरूलाई यस वंशलाई मात्र लिन दिनेछु। म यो सब मेरो सेवक दाऊद अनि यरूशलेमका लागि गर्नेछु। यरूशालेम त्यो शहर हो जसलाई इस्राएलका सबै कुलहरूबाट रोजेको थिएँ।
33because that they have forsaken me, and have worshipped Ashtoreth the goddess of the Sidonians, Chemosh the god of Moab, and Milcom the god of the children of Ammon; and they have not walked in my ways, to do that which is right in mine eyes, and [to keep] my statutes and mine ordinances, as did David his father.
33म राज्यलाई सुलेमानबाट लिनेछु किनभने उसले मेरो अनुसरण गर्न छोेडेको छ। ऊ सीदोनकी अश्तारोको पूजा गर्दैछ। ऊ मोआबका देवता कमोस अनि अम्मोनी देवता मिल्कोमको पूजा गर्दैछ। सुलेमानले साँचो र राम्रो काम गर्न छोडिसकेको छ। ऊ मेरो विधि-विधान र आदेशको पालन गर्दैन। ऊ त्यस प्रकार हिेडेन जसरी उसका पिता दाऊद हिंेडेका थिए।
34Howbeit I will not take the whole kingdom out of his hand; but I will make him prince all the days of his life, for David my servant's sake whom I chose, who kept my commandments and my statutes;
34यसकारण नै सुलेमानको कुलबाट राज्यलाइ लिनेछु। तर म सुलेमानलाई उसको रहल जीवन सम्म शासन गर्न दिनेछु। यो म मेरो सेवक दाऊदका लागि गर्नेछु। मैले दाऊदलाई मन पराएँ किनभने उनले मेरो सबै आदेश र नियमहरू पालन गरे।
35but I will take the kingdom out of his son's hand, and will give it unto thee, even ten tribes.
35तर म उसको छोराबाट राज्यलाई लिनेछु अनि यारोबाम म तिमीलाई दशवटा कुलहरूमाथि शासन गर्ने अनुमति दिनेछु।
36And unto his son will I give one tribe, that David my servant may have a lamp alway before me in Jerusalem, the city which I have chosen me to put my name there.
36म सुलेमानको छोरालाई एउटा वंशमाथि मात्र शासन गर्ने अनुमति दिनेछु। म यसो यस कारण गर्छु किनभने मेरो सेवक दाऊदको शासन यरूशलेममा मेरोसम्म सँधै रहनेछ। यरूशलेमलाई मैंले आफ्नो शहर रोजेको थिएँ।
37And I will take thee, and thou shalt reign according to all that thy soul desireth, and shalt be king over Israel.
37तर म तिमीले चाहेको प्रत्येक कुरामथि तिमीलाई शासन गर्ने मौका दिनेछु। तिमी सम्पूर्ण इस्राएल माथि शासन गर्नेछौ।
38And it shall be, if thou wilt hearken unto all that I command thee, and wilt walk in my ways, and do that which is right in mine eyes, to keep my statutes and my commandments, as David my servant did; that I will be with thee, and will build thee a sure house, as I built for David, and will give Israel unto thee.
38यी सबै काम म तिम्रो लागि गर्नेछु यदि तिमीले मेरो आदेश पालन गर्यो सबै मेरो आदेशहरू मान्यो भने, यदि तिमी दाऊदले गरे जस्तैं मेरो सबै नियम र आदेशहरू पालन गर्यो भने, म तँ सित हुनेछु अनि तेरो सन्तानहरूलाई तँ पछि मैले दाऊदलाई गरे जस्तैं शासन गर्न अनुमति दिनेछु! म इस्राएललाई तँलाई सोप्ने छु।
39And I will for this afflict the seed of David, but not for ever.
39म दाऊदका सन्ताहरूलाई दण्ड दिनेछु किन भने सुलेमानले यस्तो कार्य गर्यो। तर म तिमीहरूलाई कहिले पनि दण्ड दिने छैन।”‘
40Solomon sought therefore to kill Jeroboam; but Jeroboam arose, and fled into Egypt, unto Shishak king of Egypt, and was in Egypt until the death of Solomon.
40सुलेमानले यारोबामलाई मार्ने चेष्टा गरे। तर यारोबाम भागेर मिश्र गए। तिनी मिश्रका राजा शीशककहाँ गए। यारोबाम त्यहाँ सुलेमानको मृत्यु नहुञ्जेलसम्म बसें।
41Now the rest of the acts of Solomon, and all that he did, and his wisdom, are they not written in the book of the acts of Solomon?
41सुलेमानले आफ्नो शासन कालमा धेरै महान् अनि विवेकपूर्ण काम गरेका थिए। यी सबै काम सुलेमानको इतिहास नाउँक पुस्तकमा लेखिएका छन्।
42And the time that Solomon reigned in Jerusalem over all Israel was forty years.
42सुलेमानले सारा इस्राएलमाथि यरूशलेमा चालीस वर्षसम्म शासन गरे।
43And Solomon slept with his fathers, and was buried in the city of David his father: and Rehoboam his son reigned in his stead.
43सुलेमानको मृत्यु पछि उनलाई उनका पूर्खाहरू सँगै गाडीयो। आफ्ना पिता दाऊदको नाउँ भएको दाऊद शहरमा उनलाई गाडीयो। तब सुलेमानका छोरा रहबाम उनीपछि अर्को राजा भए।