1And it came to pass after many days, that the word of Jehovah came to Elijah, in the third year, saying, Go, show thyself unto Ahab; and I will send rain upon the earth.
1खडेरी परेको तेस्रो वर्ष परमप्रभुले एलियालाई भन्नुभयो, “जाऊ र राजा आहाबसँग भेटं गर। म चाँच्च्ै पानी पठाउने छु।”
2And Elijah went to show himself unto Ahab. And the famine was sore in Samaria.
2यस कारण एलिया आहाब सँग भेंट गर्न गए। त्यस समयमा सामरियामा खाद्य थिएन।
3And Ahab called Obadiah, who was over the household. (Now Obadiah feared Jehovah greatly:
3यसकारण राजा आहाबले ओबद्यालाई आफ्नो समक्ष बोलाए। ओबद्या राजाको महलको दायित्वमा थिए। ओबद्या परमप्रभुको साँचो भक्त थिए।
4for it was so, when Jezebel cut off the prophets of Jehovah, that Obadiah took a hundred prophets, and hid them by fifty in a cave, and fed them with bread and water.)
4एक समय जब ईजेबेल सबै परमप्रभुका अगमवक्ताहरूको हत्या गरिहरेकी थिई, त्यस बेला ओबद्याले 100 अगमवक्ताहरूलाई लिएर गए अनि तिनीहरूलाई दुइवटा ओढारमा लुकाए। ओबद्याले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 जनालाई अर्को ओढारमा लुकाए। तब ओबद्याले तिनीहरूका लागि खाद्य र पानी ल्याए।
5And Ahab said unto Obadiah, Go through the land, unto all the fountains of water, and unto all the brooks: peradventure we may find grass and save the horses and mules alive, that we lose not all the beasts.
5राजा आहाबले ओबद्यालाई भने, “म सित आऊ। हामीले प्रत्येक पानीको मुहान र नदीको किनार पाउनेछौ। हुनु सक्छ हाम्रा घोडाहरू र गधाहरू जीवित राख्नुलाई प्रशस्त मात्रमा घाँस पाउनु सक्छौ। होइन भने, हामी तिनीहरूलाई गुमाउने छौ।”
6So they divided the land between them to pass throughout it: Ahab went one way by himself, and Obadiah went another way by himself.
6प्रत्येक मानिसले देशको एउटा अंश छाने जहाँ तिनीहरू पानी खोज्न जाने छन्। तब दुइ जना मानिसहरूले सम्पूर्ण देश भ्रमण गरे। आहाब एउटा दिशातिर एक्लै हिंडे। ओबद्या अर्को दिशातिर एक्लै हिंडे।
7And as Obadiah was in the way, behold, Elijah met him: and he knew him, and fell on his face, and said, Is it thou, my lord Elijah?
7ओबद्या भ्रमण गरिरहेको बेला उनले एलियालाई भेटे। ओबद्याले एलियालाई चिने जब उनले उनलाई देखे। ओबद्याले एलिया अघि टाउको निहुराए। उनले भने, “एलिया? के तिमी साँच्चै मालिक हौ?”
8And he answered him, It is I: go, tell thy lord, Behold, Elijah [is here].
8एलियाले उत्तर दिए, “हो म नै हुँ। जाऊ अनि आफ्नो मालिक राजालाई भन, म यहाँ छु।”
9And he said, Wherein have I sinned, that thou wouldest deliver thy servant into the hand of Ahab, to slay me?
9तब ओबद्याले भने, “यदि मैले आहाबलाई तिमी कहाँ छौ बताएँ भने उनले मलाई मार्नेछन्। मैले तिमी प्रति कुनै भूल गरेको छैन! तिमी किन मलाई मार्न चाहन्छौ?
10As Jehovah thy God liveth, there is no nation or kingdom, whither my lord hath not sent to seek thee: and when they said, He is not here, he took an oath of the kingdom and nation, that they found thee not.
10परमप्रभु जस्तैं तिम्रा परमेश्वर निश्चित रूपले जीवित हुनुहुन्छ राजा हरेक ठाउँमा तिमीलाई खोजी रहेका छन् ! उनले तिमीलाई खोज्न प्रत्येक देशमा मानिसहरू पठाए। यदि एउटा देशका शासकले भने, तिमी यस देशमा छैनौ, तब आहाबले शासकलाई तिमी यहाँ छैनौ भनी प्रतिज्ञा गर्न लगाए।
11And now thou sayest, Go, tell thy lord, Behold, Elijah [is here].
11अहिले तपाईं चहानुहुन्छ म त्यहाँ जाऊँ अनि उसलाई तपाईं यहाँ हुनुहुन्छ भनी बताऊँ।
12And it will come to pass, as soon as I am gone from thee, that the Spirit of Jehovah will carry thee whither I know not; and so when I come and tell Ahab, and he cannot find thee, he will slay me: but I thy servant fear Jehovah from my youth.
12यदि म राजा आहाबलाई तपाईं यहाँ हुनुहुन्छ भनेर बताउन गएँ भने, परमप्रभुको आत्माले तपाईंलाई अन्य कही पुर्याउनेछ। राजा आहाब यहाँ आउने छन् अनि उसले तपाईंलाई पाउने छैनन्। तब उहाँले मलाई मार्ने छन् ! जब म बालक थिए त्यस बेलादेखि नै परमप्रभुको अनुसरण गरें।
13Was it not told my lord what I did when Jezebel slew the prophets of Jehovah, how I hid a hundred men of Jehovah's prophets by fifty in a cave, and fed them with bread and water?
13तिमीले थाह पायौ मैले के गरें ! ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मारिरहेकी थिई अनि मैले 100 अगमवक्ताहरूलाई ओढारमा लुकाएँ। मैले 50 जना अगमवक्ताहरूलाई एउटा ओढारमा अनि अरू 50 अगमवक्ताहरूलाई अर्को ओढारमा राखें। मैले तिनीहरूका लागि खाद्य र पानी ल्याएँ।
14And now thou sayest, Go, tell thy lord, Behold, Elijah [is here]; and he will slay me.
14अहिले तपाईं चाहानुहुन्छ म त्यहाँ गएर तपाईं यहाँ हुनुहुन्छ भनी भन्दा राजाले मलाई मार्नेछन् ! “
15And Elijah said, As Jehovah of hosts liveth, before whom I stand, I will surely show myself unto him to-day.
15एलियाले उत्तर दिए, “परमप्रभु सर्वशक्तिमानको नाउँमा निश्चित रूपमा रहे झैं जसको म सेवा गर्छु। म शपथ खाएर भन्दछु कि आज म राजा अघि उभिनेछु।”
16So Obadiah went to meet Ahab, and told him; and Ahab went to meet Elijah.
16यसकारण ओबद्या राजा आहाब कहाँ गए। उनले एलिया कहाँछन् भनी उनलाई बताए। राजा आहाब एलियालाई भेट्न गए।
17And it came to pass, when Ahab saw Elijah, that Ahab said unto him, Is it thou, thou troubler of Israel?
17जब आहाबले एलियालाई देखे उनले भने, “के यो तिमी नै हौ? तिमी नै त्यो मानिस हौ जसले इस्राएलमा संकट सृष्टि गरेको छ!”
18And he answered, I have not troubled Israel; but thou, and thy father's house, in that ye have forsaken the commandments of Jehovah, and thou hast followed the Baalim.
18तब एलियाले उत्तर दिए, “मैले इस्राएलमा संकट सृष्टि गरेको होइन। तपाईं र तपाईंका परिवारले यो संकट सृष्टि गरेको हुन्। तपाईंले संकट त्यस बेला सृष्टि गर्नुभयो जति बेला तपाईंले परमप्रभुको आदेश पालन गर्नुभएन अनि बालको अनुसरण गर्नुभयो।
19Now therefore send, and gather to me all Israel unto mount Carmel, and the prophets of Baal four hundred and fifty, and the prophets of the Asherah four hundred, that eat at Jezebel's table.
19अहिले, सबै इस्राएलीहरूलाई डाँडामाथि मलाई भेट्न भन्नुहोस्। त्यस ठाउँमा बालका 450 जना अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। अनि असत्य देवी अशेराका 400 अगमवक्ताहरूलाई पनि ल्याउनुहोस। रानी इजेबेलले ती अगमवक्ताहरूको समर्थन र्गछिन्।”
20So Ahab sent unto all the children of Israel, and gathered the prophets together unto mount Carmel.
20यसकारण आहाबले सबै इस्राएलीहरू र अगमवक्ताहरूलाई कर्मेल डाँडामा बोलाए।
21And Elijah came near unto all the people, and said, How long go ye limping between the two sides? if Jehovah be God, follow him; but if Baal, then follow him. And the people answered him not a word.
21एलिया ती मानिसहरू समक्ष आएर। उनले भने, “तिमीहरू कसलाई अनुसरण गर्ने हौ यसका निर्णय कहिले लिनेहो। यदि परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ भने तिमीहरू उहाँलाई नै अनुसरण गर। यदि बाल नै सत्य देवता हो भने तब उनैलाई अनुसरण गर!” मानिसहरूले केही बोलेनन्।
22Then said Elijah unto the people, I, even I only, am left a prophet of Jehovah; but Baal's prophets are four hundred and fifty men.
22एलियाले भने, “म परमप्रभुको एक मात्र अगमवक्ता हुँ! यहाँ म एक्लै छु। तर यहाँ बालका 450 जना अगमवक्ताहरू छन्।
23Let them therefore give us two bullocks; and let them choose one bullock for themselves, and cut it in pieces, and lay it on the wood, and put no fire under; and I will dress the other bullock, and lay it on the wood, and put no fire under.
23यसकारण दुइवटा साँढे ल्याऊ। बालका अगमवक्ताहरूले एउटा साँढे लिऊन्। तिनीहरूले त्यसलाई मारून् र काटेर टुक्रा-टुक्रा पारून्। त्यसपछि तिनीहरूले मासु दाउरमाथि राखून्। तर तिनीहरू आगो बाल्न पाउने छैनन्। त्यसपछि अर्को साँढेलाई म त्यसै गर्छु। म पनि आगो बाल्न शुरू गर्दिन।
24And call ye on the name of your god, and I will call on the name of Jehovah; and the God that answereth by fire, let him be God. And all the people answered and said, It is well spoken.
24बालका अगमवक्ताहरूले उनीहरूको देवतालाई प्रार्थना गर्नेछन् अनि म मेरा परमप्रभुलाई प्रार्थना गर्नेछु। जुन परमेश्वरले प्रार्थना सुनेर दाउरा बल्न शुरू गर्छन, तिनै सत्य परमेश्वर हुनेछन्।” सबै मानिसहरूले यसलाई राम्रो विचार भनेर समर्थन गरे।
25And Elijah said unto the prophets of Baal, Choose you one bullock for yourselves, and dress it first; for ye are many; and call on the name of your god, but put no fire under.
25तब एलियाले बालका अगमवक्ताहरूलाई भने, “तिमीहरू धेरै छौ। यसकारण पहिला तिमीहरूनै शुरू गर। एउटा साँढे छान अनि तयार गर। तिम्रा देवतालाई पुकार तर आगो बाल्न पाइनेछैन।”
26And they took the bullock which was given them, and they dressed it, and called on the name of Baal from morning even until noon, saying, O Baal, hear us. But there was no voice, nor any that answered. And they leaped about the altar which was made.
26यसकारण अगमवक्ताहरूले साँढे लिए, जो उनीहरूलाई दिइएको थियो। तिनीहरूले त्यसलाई तयार बनाए। तिनीहरूले विहान देखि मध्यानसम्म प्रार्थना गरे। तिनीहरूले प्रार्थना गरे, “हे बाल, कृपया हामीलाई उत्तर देऊ ! “ तर कुनै आवाज आएन। कसैले उत्तर दिएन। अगमवक्ताहरू वेदीको वरिपरि नाचे जसलाई तिनीहरूले बनाएका थिए। तर आगो बल्दै बलेन।
27And it came to pass at noon, that Elijah mocked them, and said, Cry aloud; for he is a god: either he is musing, or he is gone aside, or he is on a journey, or peradventure he sleepeth and must be awaked.
27दिउँसोतिर एलियाले तिनीहरूको खिसी गरे। एलियाले भने, “यदि बाल साँच्चै नै देवता हुन् भने हुन्छ, जोडसित प्रार्थना गर्नुपर्छ ! हुन सक्छ, उनी सोच्दै छन्! अथवा हुन सक्छ उनी व्यस्त छन् ! अथवा हुन सक्छ उनी भ्रमण गरदैछन्! उनी सुती रहेको हुन सक्छ। हुन सक्छ तपाईंहरूले जोरसित प्रार्थना गर्दा उनी उठ्न सक्छन् ! “
28And they cried aloud, and cut themselves after their manner with knives and lances, till the blood gushed out upon them.
28अनि ती अगमवक्ताहरूले जोरसित प्रार्थना गरे। तिनीहरूले तरवार र भालाले काटे। (तिनीहरूले पूजा गर्ने यस्तैं तरीका थियो।) तिनीहरूले आफूमाथि प्रहार गरिरहे जबसम्म तिनीहरूको शरीर रक्ताम्मे भएन।
29And it was so, when midday was past, that they prophesied until the time of the offering of the [evening] oblation; but there was neither voice, nor any to answer, nor any that regarded.
29मध्यदिन बित्यो तर आगो बलेको थिएन। अगमवक्ताहरू बेलुकीको बलिदान चढाउने समयसम्म तिनीहरूको व्याकुलता कार्यहरू गरिरहे, तर केही पनि भएन। बालबाट कुनै उत्तर आएन। कुनै आवाज थिएन। कसैले पनि सुनेको थिएन।
30And Elijah said unto all the people, Come near unto me; and all the people came near unto him. And he repaired the altar of Jehovah that was thrown down.
30तब एलियाले मानिसहरूलाई भने, “अब मेरो सामु आओ।” यसकारण सबै मानिसहरू एलियाको वरिपरि थुप्रिए। परमप्रभुको वेदी भत्किएको थियो। यसकारण एलियाले ठीक पारे।
31And Elijah took twelve stones, according to the number of the tribes of the sons of Jacob, unto whom the word of Jehovah came, saying, Israel shall be thy name.
31एलियाले 12 वटा ढुङ्गाहरू पाए। प्रत्येक ढुङ्गा याकूबका सन्तानबाटका त्यो एउटा कुल समूहको निम्ति खडा थियो। याकूब त्यो मानिस थियो जसलाई परमप्रभुले इस्राएल नाउ दिनुभयोको थियो।
32And with the stones he built an altar in the name of Jehovah; and he made a trench about the altar, as great as would contain two measures of seed.
32एलियाले परमप्रभुको वेदी स्थापित गर्न यी ढुङ्गाहरू प्रयोगगरे। उनले वेदीको वरिपरि एउटा खाडल खने। त्यो खाडल दुइ माना पानी राख्नका लागि पर्याप्त चौडा र गहिरो थियो।
33And he put the wood in order, and cut the bullock in pieces, and laid it on the wood. And he said, Fill four jars with water, and pour it on the burnt-offering, and on the wood.
33तब एलियाले वेदीमाथि दाऊरा राखे। उनले साँढेलाई टुक्रा-टुक्रा पारेर काटे। उनले टुक्राहरू दाउरामाथि राखे।
34And he said, Do it the second time; and they did it the second time. And he said, Do it the third time; and they did it the third time.
34तब एलियाले भने, “चारैवटा भाँडाहरूमा पानी भर। पानी मासुका टुक्रा र दाउरामा खन्याऊ।” फेरि एलियाले भने, “फेरि यसै गर।” तब उनले भने, “फेरि यस्तै तेस्रो पटक गर।”
35And the water ran round about the altar; and he filled the trench also with water.
35पानी वेदीबाट तल बग्यो अनि खाडलमा भरियो।
36And it came to pass at the time of the offering of the [evening] oblation, that Elijah the prophet came near, and said, O Jehovah, the God of Abraham, of Isaac, and of Israel, let it be known this day that thou art God in Israel, and that I am thy servant, and that I have done all these things at thy word.
36यो बेलुकीपखको बलिदानको समय भएको थियो। त्यसपछि अगमवक्ता एलिया वेदी समक्ष गए अनि प्रार्थना गरे, “हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर। म तपाईंलाई इस्राएलका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्ने बिन्ती गर्छु। अनि प्रमाणित गर्नुहोस् म तपाईंको सेवक हुँ। मानिसहरूलाई देखाउनुहोस्, यी सब काम गर्नका लागि तपाईंले मलाईं आदेश दिनुभएको हो।
37Hear me, O Jehovah, hear me, that this people may know that thou, Jehovah, art God, and [that] thou hast turned their heart back again.
37मेरो परमप्रभु, मेरो प्रार्थनाको उत्तर दिनहोस्। मानिसहरूलाई देखाइ दिनुहोस्, परमप्रभु तपाईं नै परमेश्वर हुनुहुन्छ। तब तपाईंले मानिसहरूलाई तपाईंतिर फर्काएर ल्याउनु सक्नु हुन्छ।”
38Then the fire of Jehovah fell, and consumed the burnt-offering, and the wood, and the stones, and the dust, and licked up the water that was in the trench.
38यसकारण परमप्रभुले आगो पठाउनुभयो। आगोले बलिदान, दाउरा, ढुङ्गा र वेदीको वरिपरिको भूमिलाई जलायो। आगोले खाडलको पानीलाई पनि सूख्खा बनायो।
39And when all the people saw it, they fell on their faces: and they said, Jehovah, he is God; Jehovah, he is God.
39सबै मानिसहरूले यस्तो भएको देखे। मानिसहरू भूमिमा निहुरिए अनि भन्न थाले, “परमप्रभु नै परमेश्वर हुनु हुन्छ! परमप्रभु नै परमेश्वर हुनुहुन्छ!”
40and Elijah said unto them, Take the prophets of Baal; let not one of them escape. And they took them; and Elijah brought them down to the brook Kishon, and slew them there.
40तब एलियाले भने, “बालका सबै अगमवक्ताहरूलाई पक्रा। कसैलाई भाग्न नदोऊ!” यसकारण मानिसहरूले सबै अगमवक्ताहरूलाई पक्रिाए। तब एलियाले तिनीहरूलाई कीशोन खोलामा लगे अनि त्यस ठाउँमा तिनीहरूलाई मारे।
41And Elijah said unto Ahab, Get thee up, eat and drink; for there is the sound of abundance of rain.
41तब एलियाले राजा आहाबलाई भने, “अब, जाऊ खान-पीन गर। मूसलाधारे पानी परेको आवाज सुन्छौ।”
42So Ahab went up to eat and to drink. And Elijah went up to the top of Carmel; and he bowed himself down upon the earth, and put his face between his knees.
42यसकारण राजा आहाब खान गए। त्यस बेला एलिया कर्मेल डाँडा माथि चढे। पर्वतको चुचुरामा पुगेर तिनी निहुरिए। उनले आफ्नो टाउको दुइवटा घुँडाबीच राखे।
43And he said to his servant, Go up now, look toward the sea. And he went up, and looked, and said, There is nothing. And he said, Go again seven times.
43तब एलियाले आफ्नो सेवकलाई भने, “समुद्रतिर हेर।” सेवक त्यस ठाउँमा गयो जहाँबाट ऊ समुद्र हेर्न सक्थ्यो। तब सेवक फर्कियो अनि भन्यो, “मैले केही देखिन।” एलियाले उसलाई फेरि जानु र हेर्नु भने। यस्तो सात पटक भयो।
44And it came to pass at the seventh time, that he said, Behold, there ariseth a cloud out of the sea, as small as a man's hand. And he said, Go up, say unto Ahab, Make ready [thy chariot], and get thee down, that the rain stop thee not.
44सातौं पटक सेवक फर्कियो अनि भन्यो, “मैले मानिसको मुठ्ठीको आकार जस्तैं सानो बादल देखें। बादल समुद्रबाट आउँदै थियो।” एलियाले सेवकलाई भने, “राजा आहाब कहाँ जा अनि उनलाई आफ्नो रथ लिनु अनि अहिले घर जानु भन। यदि उनी अहिले जाँदैनन् भने पानीले उनलाई रोक्नेछ।”
45And it came to pass in a little while, that the heavens grew black with clouds and wind, and there was a great rain. And Ahab rode, and went to Jezreel:
45केही छिनपछि आकाश कालो बादलले ढाकियो। हावा बहनु थाल्यो अनि मूसलाधारे पानी पर्न थाल्यो। आहाब आफ्नो रथमा चढे अनि यीज्रेलतिर यात्रा शुरू गरे।
46and the hand of Jehovah was on Elijah; and he girded up his loins, and ran before Ahab to the entrance of Jezreel.
46परमप्रभुको शक्ति एलियामाथि आएको थियो। एलियाले आफ्नो चारैतिर लुगा कसे जसले गर्दा ऊ दगुर्न सकोस्। तब एलिया राजा आहाबभन्दा अघि यीज्रेलतिर दगुरे र पुगे।