1Then came David to Nob to Ahimelech the priest: and Ahimelech came to meet David trembling, and said unto him, Why art thou alone, and no man with thee?
1त्यसपछि दाऊद गए जोनाथन शहरमा फर्किए।
2And David said unto Ahimelech the priest, The king hath commanded me a business, and hath said unto me, Let no man know anything of the business whereabout I send thee, and what I have commanded thee: and I have appointed the young men to such and such a place.
2दाऊद पूजाहारी अहीमेलेकलाई भेट्न नोब नाउँको शहरमा गए। अहीमेलेक दाऊदलाई भेट्न बाहिर गए। अहीमेलेक डरले कामिरहेका थिए। अहीमेलेकले दाऊदलाई भने, “तपाईं किन एकलै हुनुहुन्छ? तपाईंसित कोही पनि छैनन्?”
3Now therefore what is under thy hand? give me five loaves of bread in my hand, or whatsoever there is present.
3दाऊदले अहीमेलेकलाई जवाफ दिए, “राजाले मलाई विशेष आदेश दिनुभएको छ। उहाँले भन्नु भएको छ, ‘यो यात्राको उद्देश्य कसैले पनि थाहा नपाओस्। कुनै पनि मानिसले थाहा नपाओस्। जो मैले भने।’ मैले आफ्ना मानिसहरूलाई कहाँ भेट्नुपर्ने हो बताइदिएको छु।
4And the priest answered David, and said, There is no common bread under my hand, but there is holy bread; if only the young men have kept themselves from women.
4अब यो भन तिम्रोमा खानेकुरो के छ? मलाई पाँचवटा रोटी वा जे छ देऊ।”
5And David answered the priest, and said unto him, Of a truth women have been kept from us about these three days; when I came out, the vessels of the young men were holy, though it was but a common journey; how much more then to-day shall their vessels be holy?
5पूजाहारीले दाऊदलाई भने, “मेरोमा त्यस्तो साधारण रोटी छैन। तर मसँग केही पवित्र रोटी छन्, यदि तपाईंका अधिकारीहरूले कुनै स्त्रीहरूसँग सहवास गरेका छैनन्, भने यो रोटी खान सक्छन्।”
6So the priest gave him holy [bread]; for there was no bread there but the showbread, that was taken from before Jehovah, to put hot bread in the day when it was taken away.
6दाऊदले पूजाहारीलाई जवाफ दिए, “आज भोलि हामीले कुनै स्त्री साथमा राखेका छैनौ। युद्धमा जाँदा हाम्रा मानिसहरू सधैं पवित्र भएर जान्छन् यहाँसम्म साधारण उद्देश्य सोध्न जाँदा पनि। आज त यो कुरा झन् साँचो हो कारण अति विशेष कुरा सोध्नु छ।”
7Now a certain man of the servants of Saul was there that day, detained before Jehovah; and his name was Doeg the Edomite, the chiefest of the herdsmen that belonged to Saul.
7त्यहाँ पवित्र रोटी बाहेक अरू कुनै रोटी थिएन। यसर्थ पूजाहारीले दाऊदलाई त्यही रोटी दिए। यो त्यही रोटी थियो जो पूजाहारीले परमप्रभुमा चढाएका थिए। पूजाहारीले प्रत्येक दिन त्यो रोटी बाहिर राखेर त्यसको सट्टामा ताजा रोटी राख्थे।”
8And David said unto Ahimelech, And is there not here under thy hand spear or sword? for I have neither brought my sword nor my weapons with me, because the king's business required haste.
8त्यस दिन शाऊलका अधिकारीहरू मध्ये एकजना त्यहीं थिए। उनी हुन एदोमी दोएग। दोएगलाई त्यहाँ परमप्रभुको अघि राखेको थियो। दोएग शाऊलका गोठालाहरूका प्रमुख थिए।
9And the priest said, The sword of Goliath the Philistine, whom thou slewest in the vale of Elah, behold, it is here wrapped in a cloth behind the ephod: if thou wilt take that, take it; for there is no other save that here. And David said, There is none like that; give it me.
9दाऊदले अहीमेलेकलाई सोधे, “यहाँ एउटा भाला अथवा तरवार केही छ? राजाको ज्यादै जरूरी काम छ। मलाई छिटै जानु छ। मैले तरवार अथवा अन्य कुनै शस्त्र साथमा लिएर आइनँ।”
10And David arose, and fled that day for fear of Saul, and went to Achish the king of Gath.
10पूजाहारीले भने, “यहाँ खालि एउटा तरवार छ त्यो पनि पलिश्ती गोल्यतको हो। तपाईंले एलाको बेंसीमा त्यसलाई मारेर लिएको तरवार हो। त्यो तरवार एउटा लुगामा बेह्रेर एपोदको पछाडि राखेको छ। यदि तपाईंलाई चाहिन्छ भने लिए हुन्छ।” दाऊदले भने, “त्यो मलाई देऊ। गोल्यतको जस्तो तरवार अरू कसैको छैन।”
11And the servants of Achish said unto him, Is not this David the king of the land? did they not sing one to another of him in dances, saying, Saul hath slain his thousands, And David his ten thousands?
11शाऊलबाट भागेर दाऊद गातका राजा आकीश कहाँ पुगे।
12And David laid up these words in his heart, and was sore afraid of Achish the king of Gath.
12आकीशका अधिकारीहरूलाई यो राम्रो लागेन। तिनीहरूले भन्छन्, “यो दाऊद हो, इस्राएली भूमिको राजा। यो त्यही व्यक्ति हो जसको गीत इस्राएलीहरू गाउँछन्। तिनीहरू नाच्दै उसको बारेमा यस्तो गाउँछन्; “शाऊलले हजार शत्रुहरू मारे तर दाऊदले दश हजार मारे।”
13And he changed his behavior before them, and feigned himself mad in their hands, and scrabbled on the doors of the gate, and let his spittle fall down upon his beard.
13तिनीहरूले के भन्दैछन् दाऊदले ध्यान दिए। दाऊद गातका राजा आकीशसँग डराए।
14Then said Achish unto his servants, Lo, ye see the man is mad; wherefore then have ye brought him to me?
14यसर्थ दाऊदले आकीश र तिनका अधिकारीहरू अघि बौलाहाको बहाना गरे। तिनीहरूका अघि दाऊदले बौलाहा भएको नाटक गरे। उनले मूल दोकामा नै थुके र दाह्रीमा थुक चुहुनु दिए।
15Do I lack madmen, that ye have brought this fellow to play the madman in my presence? shall this fellow come into my house?
15आकीशले आफ्ना अधिकारीहरूलाई भने, “हेर यो मानिसलाई! यो त पागल हो। यस मानिसलाई मेरो उपस्थितिमा पागल कार्य गर्न यहाँ ल्याउनु अवश्यक छैन। भविष्यमा फेरि यो मानिसलाई मेरो घरमा नल्याउनु।