1Hezekiah began to reign when he was five and twenty years old; and he reigned nine and twenty years in Jerusalem: and his mother's name was Abijah, the daughter of Zechariah.
1हिजकियाह जब पच्चीस वर्ष पुगे तब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्षसम्म राज गरे। तिनकी आमाको नाउँ अबियाह थियो। अबियाह जकर्याहकी छोरी थिइन्।
2And he did that which was right in the eyes of Jehovah, according to all that David his father had done.
2हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे।
3He in the first year of his reign, in the first month, opened the doors of the house of Jehovah, and repaired them.
3हिजकियाहले परमप्रभुको मन्दिरका ढोकाहरू लगाइ दिए अनि तिनीहरूलाई दृढ बनाए। हिजकियाहले मन्दिर फेरि खुल्ला गरि दिए। तिनले यो काम आफू राजा भएको पहिलो वर्षको पहिलो महीनामा गरे।
4And he brought in the priests and the Levites, and gathered them together into the broad place on the east,
4[This verse may not be a part of this translation]
5and said unto them, Hear me, ye Levites; now sanctify yourselves, and sanctify the house of Jehovah, the God of your fathers, and carry forth the filthiness out of the holy place.
5[This verse may not be a part of this translation]
6For our fathers have trespassed, and done that which was evil in the sight of Jehovah our God, and have forsaken him, and have turned away their faces from the habitation of Jehovah, and turned their backs.
6हाम्रा पुर्खाहरूले परमप्रभुलाई त्याग गरे अनि आफ्ना अनुहार परमप्रभुको मन्दिरबाट टाढा फर्काए।
7Also they have shut up the doors of the porch, and put out the lamps, and have not burned incense nor offered burnt-offerings in the holy place unto the God of Israel.
7तिनीहरूले मन्दिरको दलानका ढोकाहरू थुनि दिए अनि दीपहरूमा बत्ती निभ्न दिए। तिनीहरूले इस्राएलका परमेश्वरलाई पवित्र स्थानमा धूप बाल्न अनि होमबलि चढाउन बन्द गरे।
8Wherefore the wrath of Jehovah was upon Judah and Jerusalem, and he hath delivered them to be tossed to and fro, to be an astonishment, and a hissing, as ye see with your eyes.
8यसर्थ परमप्रभु यहूदा अनि यरूशलेमका मानिसहरू प्रति अत्यन्त क्रोधित हुनु भयो। परमप्रभुले तिनीहरूलाई दण्ड दिनु भयो। अरू मानिसहरू भयभीत भए अनि विचलित भए जब तिनीहरूले देखे परमप्रभुले यहूदा अनि यरूशलेमका मानिसहरूलाई के गरे। ती अन्य मानिसहरूले यहूदाका मानिसहरूका निम्ति घृणा अनि लाजले आफ्ना शिरहरू हल्लाए। तिमीहरू जान्दछौ, यी कुराहरू सत्य हुन्। तिमीहरू आफ्नै आँखाले देख्न सक्छौ।
9For, lo, our fathers have fallen by the sword, and our sons and our daughters and our wives are in captivity for this.
9अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए।
10Now it is in my heart to make a covenant with Jehovah, the God of Israel, that his fierce anger may turn away from us.
10यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।
11My sons, be not now negligent; for Jehovah hath chosen you to stand before him, to minister unto him, and that ye should be his ministers, and burn incense.
11यसकारण मेरो छोराहरू, अल्छे नबन वा अझ अधिक समय खेर नफाल। परमप्रभुले उहाँको सेवा गर्नका निम्ति तिमीहरूलाई चुन्नु भएको छ। उहाँले तिमीहरूलाई उँहाको मन्दिरमा सेवा गर्न अनि धूप बाल्नका निम्ति चुन्नु भएको छ।”
12Then the Levites arose, Mahath, the son of Amasai, and Joel the son of Azariah, of the sons of the Kohathites; and of the sons of Merari, Kish the son of Abdi, and Azariah the son of Jehallelel; and of the Gershonites, Joah the son of Zimmah, and Eden the son of Joah;
12[This verse may not be a part of this translation]
13and of the sons of Elizaphan, Shimri and Jeuel; and of the sons of Asaph, Zechariah and Mattaniah;
13[This verse may not be a part of this translation]
14and of the sons of Heman, Jehuel and Shimei; and of the sons of Jeduthun, Shemaiah and Uzziel.
14[This verse may not be a part of this translation]
15And they gathered their brethren, and sanctified themselves, and went in, according to the commandment of the king by the words of Jehovah, to cleanse the house of Jehovah.
15तब, यी लेवीहरूले आफ्ना दाज्यू-भाइहरूलाई पनि तिनीहरू सित भेला गरे अनि स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। तिनीहरूले राजाका आदेशको पालन गरे जो परमप्रभुबाट आएको थियो। तिनीहरूले यसलाई शुद्ध पार्नका निम्ति परमप्रभुको मन्दिर भित्र गए।
16And the priests went in unto the inner part of the house of Jehovah, to cleanse it, and brought out all the uncleanness that they found in the temple of Jehovah into the court of the house of Jehovah. And the Levites took it, to carry it out abroad to the brook Kidron.
16पूजाहारीहरू परमप्रभुको मन्दिरको भित्री भाग शुद्ध गर्न गए। तिनीहरूले भेट्टाएका सबै अशुद्ध चीज-बीजहरू निकाले। तिनीहरूले अशुद्ध चीज-बीजहरू परमप्रभुको मन्दिरको आँगनमा ल्याए। तब लेवीहरूले ती अशुद्ध चीज-बीजहरू बाहिर किद्रोन बेंसीमा लगे।
17Now they began on the first [day] of the first month to sanctify, and on the eighth day of the month came they to the porch of Jehovah; and they sanctified the house of Jehovah in eight days: and on the sixteenth day of the first month they made an end.
17पहिलो महीनाको पहिलो दिनमा लेवीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार पार्न शुरू गरे। त्यो महीनाको आठौं दिनमा लेवीहरू परमप्रभुको मन्दिरको दलानमा आए। अझ आठ दिन तिनीहरूले परमप्रभुको मन्दिरलाई पवित्र प्रयोगका निम्ति तयार पार्नका निम्ति सफा गरे। तिनीहरूले पहिलो महीनाको सोह्रौं दिनमा काम पूर्ण गरे।
18Then they went in to Hezekiah the king within [the palace], and said, We have cleansed all the house of Jehovah, and the altar of burnt-offering, with all the vessels thereof, and the table of showbread, with all the vessels thereof.
18तब तिनीहरू राजा हिजकियाह कहाँ गए। तिनीहरूले तिनलाई भने, “राजा हिजकियाह, हामीले परमप्रभुको मन्दिरको, होमबलिको वेदी अनि मन्दिरका सबै चीजहरू सफा गर्यौं। हामीले रोटीका लहर राख्ने मेच त्यस मेच सित प्रयोग गरिने सबै चीहरू सहित सफा गर्यौं।
19Moreover all the vessels, which king Ahaz in his reign did cast away when he trespassed, have we prepared and sanctified; and, behold, they are before the altar of Jehovah.
19आहाज राजा रहेको समयमा तिनले परमेश्वरको विरूद्ध विद्रोह गरे। तिनले मन्दिरमा भएका धेरै चीजहरू फ्याँकी दिए। तर हामीले ती सबै चीजहरू राखि दियौं अनि तिनीहरूलाई तिनीहरूको विशेष प्रयोगका निम्ति तयार पार्यौं। अहिले तिनीहरू परमप्रभुको वेदी सामुन्ने छन्।”
20Then Hezekiah the king arose early, and gathered the princes of the city, and went up to the house of Jehovah.
20राजा हिजकियाहले शहर अधिकारीहरूलाई भेला गरे अनि भोलि पल्ट बिहानै परमप्रभुको मन्दिर सम्म गए।
21And they brought seven bullocks, and seven rams, and seven lambs, and seven he-goats, for a sin-offering for the kingdom and for the sanctuary and for Judah. And he commanded the priests the sons of Aaron to offer them on the altar of Jehovah.
21तिनीहरूले सातवटा गोरूहरू सातवटा भेडाहरू, सातवटा भेडाका थुमाहरू अनि सातवटा भेडका पाठाहरू ल्याए। यी पशुहरू राज्यका पापबलिको निम्ति थिए, पवित्र स्थानलाई शुद्ध तुल्याउन अनि यहूदाका मानिसहरूका निम्ति थिए। राजा हिजकियाहले ती पशुहरूलाई परमप्रभुको वेदीमाथि अर्पण गर्नु भनी पूजाहारीहरूलाई आज्ञा दिए जो हारूनका सन्तानहरू थिए, तिनीहरूलाई आदेश दिए।
22So they killed the bullocks, and the priests received the blood, and sprinkled it on the altar: and they killed the rams, and sprinkled the blood upon the altar: they killed also the lambs, and sprinkled the blood upon the altar.
22यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए।
23And they brought near the he-goats for the sin-offering before the king and the assembly; and they laid their hands upon them:
23[This verse may not be a part of this translation]
24and the priests killed them, and they made a sin-offering with their blood upon the altar, to make atonement for all Israel; for the king commanded [that] the burnt-offering and the sin-offering [should be made] for all Israel.
24[This verse may not be a part of this translation]
25And he set the Levites in the house of Jehovah with cymbals, with psalteries, and with harps, according to the commandment of David, and of Gad the king's seer, and Nathan the prophet; for the commandment was of Jehovah by his prophets.
25राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो।
26And the Levites stood with the instruments of David, and the priests with the trumpets.
26यसर्थ लेवीहरू दाऊदका वाद्य यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए।
27And Hezekiah commanded to offer the burnt-offering upon the altar. And when the burnt-offering began, the song of Jehovah began also, and the trumpets, together with the instruments of David king of Israel.
27तब हिजकियाहले वेदीमा होमबलि चढाउने आदेश दिए। जब होमबलि शुरू भयो परमप्रभुको स्तुति गान पनि शुरू भयो। तुरहीहरू फुके अनि इस्राएलका राजा दाऊदका बाजा बजाइए।
28And all the assembly worshipped, and the singers sang, and the trumpeters sounded; all this [continued] until the burnt-offering was finished.
28सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।
29And when they had made an end of offering, the king and all that were present with him bowed themselves and worshipped.
29बलिदानहरू पूरा भए पछि राजा हिजकियाह अनि तिनका साथ भएका सबै मानिसहरू तल झुके र आराधना गरे।
30Moreover Hezekiah the king and the princes commanded the Levites to sing praises unto Jehovah with the words of David, and of Asaph the seer. And they sang praises with gladness, and they bowed their heads and worshipped.
30राजा हिजकियाह अनि तिनका अधिकारीहरूले लेवीहरूलाई परमप्रभुको प्रशंसा गर्ने आज्ञा दिए। तिनीहरूले ती गीतहरू गाए जो दाऊद अनि दर्शी आसापले लेखेका थिए। तिनीहरूले परमेश्वरको प्रशंसा गरे अनि प्रशन्न भए। तिनीहरू सबै झुके र परमेश्वरको आराधना गरे।
31Then Hezekiah answered and said, Now ye have consecrated yourselves unto Jehovah; come near and bring sacrifices and thank-offerings into the house of Jehovah. And the assembly brought in sacrifices and thank-offerings; and as many as were of a willing heart [brought] burnt-offerings.
31हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए।
32And the number of the burnt-offerings which the assembly brought was threescore and ten bullocks, a hundred rams, and two hundred lambs: all these were for a burnt-offering to Jehovah.
32सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100वटा भेडाहरू अनि 200 भेडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए।
33And the consecrated things were six hundred oxen and three thousand sheep.
33परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेडा अनि बाख्रहरू थिए।
34But the priests were too few, so that they could not flay all the burnt-offerings: wherefore their brethren the Levites did help them, till the work was ended, and until the priests had sanctified themselves; for the Levites were more upright in heart to sanctify themselves than the priests.
34तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुञ्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारूञ्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।
35And also the burnt-offerings were in abundance, with the fat of the peace-offerings, and with the drink-offerings for every burnt-offering. So the service of the house of Jehovah was set in order.
35त्यहाँ अनेक होमबलि, अनि मेलबलिको बोसो अनि अर्घबलिहरू थिए। यसरी परमप्रभुको मन्दिरमा सेवा कार्य फेरि शुरू भयो।
36And Hezekiah rejoiced, and all the people, because of that which God had prepared for the people: for the thing was done suddenly.
36हिजकियाह अनि मानिसहरू अति प्रशन्न थिए परमेश्वरले मानिसहरूका निम्ति प्रस्तुत गर्नु भएका कुराहरूको बारेमा। अनि तिनीहरू उहाँले यति चाँडो गर्नु भएकोमा खुशी थिए।