1Now Jehoram the son of Ahab began to reign over Israel in Samaria in the eighteenth year of Jehoshaphat king of Judah, and reigned twelve years.
1आहाबका छोरा योराम सामरियामा इस्राएलका राजा भए। यहोशापात यहुदाको राजा हुँदा अठाह्रौं वर्षकोसमयमा उनले शासन शुरू गरे। योरामले बाह्र वर्ष शासन गरे।
2And he did that which was evil in the sight of Jehovah, but not like his father, and like his mother; for he put away the pillar of Baal that his father had made.
2योरामले ती कामहरू गरे जसलाई परमप्रभुले भूल कार्य भन्नु भएको थियो। तर योराम आफ्ना पिता र माता जस्ता थिएनन् किनभने उनले ती खाँबाहरू उखाले जसलाई उनका पिताले बालको पूजा गर्नका लागि बनाएका थिए।
3Nevertheless he cleaved unto the sins of Jeroboam the son of Nebat, wherewith he made Israel to sin; he departed not therefrom.
3तर उनले नबातका छोरा यरोबामको जस्तो पाप गरिनै रहे। यारोबामले इस्राएलीहरूलाई पाप गर्न लगाए। योरामले यारोबामको पाप गर्न रोकेनन्।
4Now Mesha king of Moab was a sheep-master; and he rendered unto the king of Israel the wool of a hundred thousand lambs, and of a hundred thousand rams.
4मेशा मोआबका राजा थिए। मेशासँग धेरै भेडा थिए। मेशाले एक लाख भेडा र एक लाख भेडाका ऊन इस्राएलका राजालाई दिए।
5But it came to pass, when Ahab was dead, that the king of Moab rebelled against the king of Israel.
5तर जब आहाब मोआबका राजा इस्राएलका राजाको विरूद्धमा बागी भए।
6And king Jehoram went out of Samaria at that time, and mustered all Israel.
6तब राजा योराम सामरियाबाट निस्किए अनि इस्राएलका मानिसहरूलाई भेला गरे।
7And he went and sent to Jehoshaphat the king of Judah, saying, The king of Moab hath rebelled against me: wilt thou go with me against Moab to battle? And he said, I will go up: I am as thou art, my people as thy people, my horses as thy horses.
7योरामले यहूदाका राजा यहोशापात कहाँ दूतहरूलाई पठाए। योरामले भने, “मोआबका राजा मेरो विरूद्धमा बागी भएका छन्। के तिमी मोआबको विरूद्धमा लड्न मसँग जाने छौ?” यहोशापातले भने, “अवश्य, म तिमीसँग जानेछु। मेरो मानिसहरू तिम्रा मानिसहरू जस्तै हुनेछन्। र मेरो घोडाहरू तिम्रा घोडाहरू जस्तै हुनेछन्।”
8And he said, Which way shall we go up? And he answered, The way of the wilderness of Edom.
8यहोशापातले योरामलाई सोधे, “हामी कुन बाटोबाट जाऊँ?” योरामले जवाफ दिए, “हामी एदोमको मरूभूमिबाट जानुपर्छ।”
9So the king of Israel went, and the king of Judah, and the king of Edom; and they made a circuit of seven days' journey: and there was no water for the host, nor for the beasts that followed them.
9यसकारण इस्राएलका राजा यहूदा र एदोमका राजाहरूसँगै गए। तिनीहरूलाई यात्रा गर्न सात दिन लाग्यो, त्यहाँ सेना र अरू पशुहरूका लागि पर्याप्त पानी थिएन।
10And the king of Israel said, Alas! for Jehovah hath called these three kings together to deliver them into the hand of Moab.
10अन्तमा, इस्राएलका राजा योरामले भने, “हाय, मेरो विचारमा मोआबीलीहरूबाट परास्त गर्नका लागि परमप्रभुले हामी तीन जना राजाहरूलाई एउटा ठाउँमा ल्याउनुभयो।”
11But Jehoshaphat said, Is there not here a prophet of Jehovah, that we may inquire of Jehovah by him? And one of the king of Israel's servants answered and said, Elisha the son of Shaphat is here, who poured water on the hands of Elijah.
11तर यहोशापातले भने, “के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ताछन् यदि यहाँ छन भने हामी अगमवक्तालाई सोध्नु पर्छ जे परमप्रभु भन्नु हुन्छ हामीले त्यही गर्नु पर्छ।” इस्राएलका राजाका सेवकहरूमध्ये एक जनाले भने, “शापातका छोरा एलीशा यहाँ छन्। एलीशा एलियाका सेवक थिए।”
12And Jehoshaphat said, The word of Jehovah is with him. So the king of Israel and Jehoshaphat and the king of Edom went down to him.
12यहोशापातले भने, “परमप्रभुको वाणी एलीशासँग छ।” यसकारण इस्राएलका राजा योराम, यहोशापात अनि एदोमका राजा एलीशालाई भेट्न गए।
13And Elisha said unto the king of Israel, What have I to do with thee? get thee to the prophets of thy father, and to the prophets of thy mother. And the king of Israel said unto him, Nay; for Jehovah hath called these three kings together to deliver them into the hand of Moab.
13एलीशाले इस्राएलका राजा (योरामलाई) भने, “तपाईं मबाट के चाहनुहुन्छ? आफ्ना माता-पिताका अगमवक्ताहरूकहाँ जानुहोस्!” इस्राएलका राजाले एलीशालाई भने, “होइन, हामी तपाईसँग भेट्न आएका छौं किनभने परमप्रभुले हामी तीन जना राजाहरूलाई सँगै भेला हुन बोलाउनु भएको छ ताकि मोआबीहरूले हामीलाई परास्त गर्न नसकोस्।”
14And Elisha said, As Jehovah of hosts liveth, before whom I stand, surely, were it not that I regard the presence of Jehoshaphat the king of Judah, I would not look toward thee, nor see thee.
14एलीशाले भने, “यहूदाका राजा यहोशापातको म सम्मान गर्छु अनि म सर्वशक्तिमान परमप्रभुको सेवा गर्दछु। उनी जिउँदै छन् भनेर नै म यहोशापातसँग मात्र भेट्न यहाँ आएँ। म तिम्रो अघि साँचो कुरा भन्छु, यदि यहोशापात यहाँ नभए, म तिमी प्रति ध्यान दिने थिईंन। म सम्पूर्ण रूपमा तिम्रो अवहेलना गर्ने थिएँ।
15But now bring me a minstrel. And it came to pass, when the minstrel played, that the hand of Jehovah came upon him.
15तर अब मकहाँ यस्तो मानिस ल्याऊ जसले वीणा बजाउँछ।” जब मानिसले वीणा बजायो, एलीशामा परमप्रभुको आत्मा आउनुभयो।
16And he said, Thus saith Jehovah, Make this valley full of trenches.
16तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।
17For thus saith Jehovah, Ye shall not see wind, neither shall ye see rain; yet that valley shall be filled with water, and ye shall drink, both ye and your cattle and your beasts.
17परमप्रभु भन्नुहुन्छः तिमीले हावा देख्ने छैनौं, तिमीले पानी परेको देख्ने छैनौं। तर त्यो बेंसी पानीले भरिने छ। तब तिमी र तिम्रा गाईहरू र अरू पशुहरूले पिउने पानी पाउने छन्।
18And this is but a light thing in the sight of Jehovah: he will also deliver the Moabites into your hand.
18परमप्रभुका लागि यो गर्न सजिलो छ। उहाँले तिमीहरूलाई मोआबीलीहरूलाई जिताउनुहुनेछ।
19And ye shall smite every fortified city, and every choice city, and shall fell every good tree, and stop all fountains of water, and mar every good piece of land with stones.
19तिमीहरूले प्रत्येक दरिलो शहर अनि प्रत्येक राम्रो शहरमाथि आक्रमण गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो रूख काट्ने छौ। तिमीहरूले सबै पानीको श्रोतहरू बन्द गर्ने छौ। तिमीहरूले प्रत्येक राम्रो खेतलाई ढुंङ्गाले नष्ट पार्ने छौ जुन तिमीले फ्याँक्ने छौ।”
20And it came to pass in the morning, about the time of offering the oblation, that, behold, there came water by the way of Edom, and the country was filled with water.
20बिहानै बिहानको बलि दिने समयमा एदोमतिरबाट पानी बग्नथाल्यो अनि बेंसी भरियो।
21Now when all the Moabites heard that the kings were come up to fight against them, they gathered themselves together, all that were able to put on armor, and upward, and stood on the border.
21मोआबका मानिसहरूले सुने, राजाहरू तिनीहरूको विरोधमा लडाइँ गर्न आएका छन्। यसकारण मोआबमा मानिसहरूले ती सबै मानिसहरूलाई जो बूढो भए पनि कवच धारणगर्न सक्थे तिनीहरूलाई जम्मा गरे। तिनीहरूले तयार भएर लडाइँका लागि सीमानामा पर्खिने काम गरे।
22And they rose up early in the morning, and the sun shone upon the water, and the Moabites saw the water over against them as red as blood:
22मोआबका मानिसहरू त्यस बिहान सबेरै उठे। उदाउँदै गरेको घाम घाँटीको पानी माथि चम्किरहेको थियो, अनि यो मोआबका मानिसहरूको रगत जस्तो देखिन्थ्यो।
23and they said, This is blood; the kings are surely destroyed, and they have smitten each man his fellow: now therefore, Moab, to the spoil.
23मोआबका मानिसहरूले भने, “रगत हेर! राजाहरूले अवश्य नै एक अर्कासँग लडाइँ गरे। तिनीहरूले एक अर्कालाई सर्वनाश पारे होलान्। हामी लाशहरूबाट बहुमूल्य वस्तुहरू लिन जाऔं।”
24And when they came to the camp of Israel, the Israelites rose up and smote the Moabites, so that they fled before them; and they went forward into the land smiting the Moabites.
24मोआबीली मानिसहरू इस्राएलीहरूको शिबिरमा आए। तर इस्राएलीहरू बाहिर निस्किए अनि मोआबी सेनामाथि आक्रमण गरे। इस्राएलीहरूले मोआबीहरूलाई लखेटे। इस्राएलीहरूले मोआबीसँग लडाइँ गर्न तिनीहरूलाई मोआबसम्म पछ्याए।
25And they beat down the cities; and on every good piece of land they cast every man his stone, and filled it; and they stopped all the fountains of water, and felled all the good trees, until in Kir-hareseth [only] they left the stones thereof; howbeit the slingers went about it, and smote it.
25इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे। र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसंग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।
26And when the king of Moab saw that the battle was too sore for him, he took with him seven hundred men that drew sword, to break through unto the king of Edom; but they could not.
26मोआबका राजाले थाह पाए, युद्ध जित्न उनकालागि साह्रै नै मुश्किल छ। यसकारण उनले तरवारसमेत सात सय मानिसहरूलाई एदोमका राजाको हत्या गर्न अनि सेनालाई परास्त गर्न पठाए। तर तिनीहरूले एदोमका राजालाई परास्त गर्न सकेनन्।
27Then he took his eldest son that should have reigned in his stead, and offered him for a burnt-offering upon the wall. And there was great wrath against Israel: and they departed from him, and returned to their own land.
27तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए।