American Standard Version

Nepali

3 John

1

1The elder unto Gaius the beloved, whom I love in truth.
1मेरा प्रिय मित्र गायस, जसलाई म सत्यमा प्रेम गर्छु।
2Beloved, I pray that in all things thou mayest prosper and be in health, even as thy soul prospereth.
2मेरा प्रिय मित्र, म जान्दछु तिमी आत्मिक रुपले असल गरिरहेछौ। यसर्थ म प्रार्थना गर्छु कि तिमीमा प्रत्येक कुरो असल भइरहोस् अनि तिम्रो स्वस्थ राम्रो रहोस्।
3For I rejoiced greatly, when brethren came and bare witness unto thy truth, even as thou walkest in truth.
3ख्रीष्टमा विश्वास रहेका कोही भाइहरु आए अनि तिम्रो जीवनमा रहेको सत्य बताए। तिनीहरुले भने कि तिमीले सत्यको मार्ग अनुसरण गरिरहेका छौ। यसले मलाई अति आनन्दित तुल्यायो।
4Greater joy have I none than this, to hear of my children walking in the truth.
4जब म मेरा बालकहरु सत्यको बाटोमा हिडिरहेका छन् भन्ने सुन्छु त्यसले मलाई अति आनन्द दिन्छ।
5Beloved, thou doest a faithful work in whatsoever thou doest toward them that are brethren and strangers withal;
5मेरा प्रिय मित्र, तिमी ख्रीष्टमा रहेका भाइहरुलाई सहायता गरेर विश्वासयोग्यता देखाइरहेछौ। तिमीले ती अपरिचीत भाइहरुलाई पनि सहयोग गरिरहेछौ।
6who bare witness to thy love before the church: whom thou wilt do well to set forward on their journey worthily of God:
6यी भाइहरुले तिम्रो प्रेमको बारेमा मण्डलीलाई भने। दया गरि तिनीहरुलाई आफ्नो यात्रा जारी राख्न सहयोग गरिदेऊ। तिनीहरुलाई यस्तो तरिकाले सहयोग गर जसले परमेश्वरलाई खुशी तुल्याउनेछन्।
7because that for the sake of the Name they went forth, taking nothing of the Gentiles.
7यी भाइहरु ख्रीष्टको सेवाकोलागि यात्रामा गए। तिनीहरुले ती मानिसहरुबाट कुनै सहायता स्वीकार गरेनन् जो विश्वासीहरू होइनन्।
8We therefore ought to welcome such, that we may be fellow-workers for the truth.
8यसर्थ हामीले यस्ता भाइहरुलाई सहयोग प्रदान गर्नुपर्छ। जब हामी तिनीहरुलाई सहयोग गर्छौ, हामी सत्यको निम्ति तिनीहरुले गरेको कार्यमा सहभागी बर्न्छौं।
9I wrote somewhat unto the church: but Diotrephes, who loveth to have the preeminence among them, receiveth us not.
9[This verse may not be a part of this translation]
10Therefore, if I come, I will bring to remembrance his works which he doeth, prating against us with wicked words: and not content therewith, neither doth he himself receive the brethren, and them that would he forbiddeth and casteth [them] out of the church.
10जब म आउँछु, डियोत्रिफसले के गरिरहेछ त्यसबारे भन्नेछु। उसले ढाँट्छ अनि हाम्रो निन्दा गर्छ। तर उसले यो भन्दा अझ धेरै गर्छ। उसले ती भाइहरुलाई सहायता गर्न अस्वीकार गर्छ। जसले ख्रीष्टको सेवा गरिरहेका छन्। उसले ती मानिसहरु जसले भाइहरुलाई सहयोग गर्न चहान्छन् तिनीहरुलाई पनि वाधा दिन्छ अनि तिनीहरुलाई मण्डलीबाट बाहिर निकाली दिन्छ
11Beloved, imitate not that which is evil, but that which is good. He that doeth good is of God: he that doeth evil hath not seen God.
11मेरा प्रिय मित्रहरु! जे नराम्रो छ त्यसको अनुसरण नगर, जे राम्रो छ त्यसको अनुकरण गर। मानिस जसले जे राम्रो छ त्यो गर्छ भने उ परमेश्वरबाट आएको मानिस हो। तर कुनै एक जसले नराम्रो काम गर्छ त्यसले कहिल्यै पनि परमेश्वरलाई देखेको हुँदैन।
12Demetrius hath the witness of all [men], and of the truth itself: yea, we also bear witness: and thou knowest that our witness is true.
12सबै मानिसहरुले डेमेत्रियसको विषयमा असल कुराहरु गर्छन्। अनि त्यो सत्य तिनीहरुले भनेको कुरासित मिल्छ। हामी पनि उसको विषयमा असल कुरा गर्छो। अनि तिमीहरु जान्दछौ कि हामी जे भन्छौ त्यो सत्य हो।
13I had many things to write unto thee, but I am unwilling to write [them] to thee with ink and pen:
13मेरो तिमीहरुलाई धैरे कुराहरु भन्ने इच्छा छ। तर म कलम अनि मसी यसकोलागि उपयोग गर्न चाहन्नँ।
14but I hope shortly to see thee, and we shall speak face to face.
14म तिमीहरुसित चाँडै भेट्ने आशा गर्छु। तब हामी एकसाथ बसेर आमने-सामने बात गर्न सक्छौ।
15Peace [be] unto thee. The friends salute thee. Salute the friends by name.