1Nebuchadnezzar the king made an image of gold, whose height was threescore cubits, and the breadth thereof six cubits: he set it up in the plain of Dura, in the province of Babylon.
1राजा नबूकदनेस्सरले सुनको मूर्ति बनाए। मूर्ति 60 हात अग्लो अनि 6 हात चौडा थियो। उनले त्यो मूर्ति बाबेल प्रदेशको दुरा मैदानमा स्थापित गरे।
2Then Nebuchadnezzar the king sent to gather together the satraps, the deputies, and the governors, the judges, the treasurers, the counsellors, the sheriffs, and all the rulers of the provinces, to come to the dedication of the image which Nebuchadnezzar the king had set up.
2तब राजा नबूकदनेस्सरले विभिन्न प्रान्तका सबै राज्यपाल, शासक, सल्लाहकार, कोषाध्यक्ष, न्यायधीशहरू, अधिकारीहरू र प्रान्तका सबै राज-कर्मचारीहरूलाई उनले स्थापित गरेको मूर्ति समक्ष समर्पण हुन भेला हुनु भनी आदेश दिए।
3Then the satraps, the deputies, and the governors, the judges, the treasurers, the counsellors, the sheriffs, and all the rulers of the provinces, were gathered together unto the dedication of the image that Nebuchadnezzar the king had set up; and they stood before the image that Nebuchadnezzar had set up.
3ती सबै प्रान्तका बडा हाकिम, न्यायधीश, राज्यपाल, सल्लाहकार, खजाञ्ची, पुलिस प्रमुख अनि सबै अरू हाकिम, राजकर्मचारीहरू भेला भए अनि राजा नबूकदनेस्सरले स्थापना गरेको मूर्तिको अघाडी उभिए।
4Then the herald cried aloud, To you it is commanded, O peoples, nations, and languages,
4त्यसपछि प्रवक्ताहरूले ठूलो स्वरमा कराएर भने, “हे विभिन्न राष्ट्र र विभिन्न भाषाका मानिसहरू ध्यान देऊ।
5that at what time ye hear the sound of the cornet, flute, harp, sackbut, psaltery, dulcimer, and all kinds of music, ye fall down and worship the golden image that Nebuchadnezzar the king hath set up;
5जब तिमीहरू विभिन्न वाध्य-यंन्त्र, नरसिंङ्गा, बाँसुरी, वीणा, साराङ्गी, सितार, मसकहरू बाजाहरू बजेको सुन्छौ, तिमीहरू सबै निहुरिनु पर्छ अनि राजा नबूकदनेस्सरले उभ्याएको सुनको मूर्तिको पूजा गर्नु पर्छ।
6and whoso falleth not down and worshippeth shall the same hour be cast into the midst of a burning fiery furnace.
6यदि कसैले यो सुनको मूर्तिलाई निहुरेर दण्डवत् गर्दैन अनि पूजा गर्दैन भने त्यस मानिसलाई तुरन्तै दनदन बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदिइनेछ।”
7Therefore at that time, when all the peoples heard the sound of the cornet, flute, harp, sackbut, psaltery, and all kinds of music, all the peoples, the nations, and the languages, fell down and worshipped the golden image that Nebuchadnezzar the king had set up.
7यसकारण जब तिनीहरूले नरसिंङ्गा, बाँसुरी, सितार, साराङ्गी, मसक र अरू बाजा बजेको सुने, तिनीहरू निहुरिए अनि सुनको मूर्तिको पूजा गरे।
8Wherefore at that time certain Chaldeans came near, and brought accusation against the Jews.
8यस घटना पछि तुरन्तै कल्दीहरू राजाकहाँ आए, ती मानिसहरूले यहूदीहरूको विरूद्धमा बोले।
9They answered and said to Nebuchadnezzar the king, O king, live for ever.
9तिनीहरूले राजा नबूकदनेस्सरलाई भने, “हे राजन, तपाईं अमर हुनुहुन्छ।
10Thou, O king, hast made a decree, that every man that shall hear the sound of the cornet, flute, harp, sackbut, psaltery, and dulcimer, and all kinds of music, shall fall down and worship the golden image;
10महाराज, तपाईंले यस्तो आदेश दिनु भएकोछ कि प्रत्येक जसले नरसिंङ्गा, बाँसुरी, साराङ्गी, सितार, मसक र अरू सबै किसिमका बाजाहरूको स्वर सुन्छ, त्यसले निहुरिएर सुनको मूर्तिलाई पूजा गर्नुपर्छ।
11and whoso falleth not down and worshippeth, shall be cast into the midst of a burning fiery furnace.
11अनि जसले घोप्टो परेर पूजा गर्दैन त्यसलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।
12There are certain Jews whom thou hast appointed over the affairs of the province of Babylon: Shadrach, Meshach, and Abed-nego; these men, O king, have not regarded thee: they serve not thy gods, nor worship the golden image which thou hast set up.
12यहाँ केही यस्तो यहूदीहरू छन् जसले तपाईंको यो आदेशलाई पालन गर्दैनन्। तपाईंले ती यहूदीहरूलाई बाबेल प्रदेशमा महत्वपूर्ण हाकिम बनाउनु भएको छ। यिनीहरूको नाउँ यस प्रकार छ शद्रक, मेशक अनि अबेदनगो। यिनीहरूले तपाईंका देवताको पूजा गर्दैनन् अनि जुन सुनको मूर्ति तपाईंले स्थापित गर्नु भएको छ उनीहरू न त त्यस मूर्तिको सामने झुक्छन् न त पूजा नै गर्छन।”
13Then Nebuchadnezzar in [his] rage and fury commanded to bring Shadrach, Meshach, and Abed-nego. Then they brought these men before the king.
13यो सुन्ने बित्तिकै नबूकदनेस्सर रिसले चूर भएर भने शद्रक, मेशक, अबेदनगोलाई लिएर आऊ। त्यस पछि उनीहरू राजाको सामुन्ने हाजिर भए।
14Nebuchadnezzar answered and said unto them, Is it of purpose, O Shadrach, Meshach, and Abed-nego, that ye serve not my god, nor worship the golden image which I have set up?
14नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगो के यो कुरा साँच्चो हो, तिमीहरूले मेरो देवताको पूजा गर्दैनौ अनि मैले स्थापित गरेको सुनको मूर्तिलाई निहुरिएर पूजा गर्दैनौ?
15Now if ye be ready that at what time ye hear the sound of the cornet, flute, harp, sackbut, psaltery, and dulcimer, and all kinds of music, ye fall down and worship the image which I have made, [well]: but if ye worship not, ye shall be cast the same hour into the midst of a burning fiery furnace; and who is that god that shall deliver you out of my hands?
15अब हेर, तिमीहरूले जब नरसिंङ्ग, बाँसुरी, सितार, सात वटा तार भएको बाजा, वीणाहरू, मसक तथा प्रत्येक प्रकारको अर्को वाद्य यन्त्रहरूको ध्वनी सुन्यौ अनि सुनको मूर्तिको साम्ने झुकेर पूजा गर्नु पर्नेछ। यदि तिमीहरूले मैले बनाएको सुनको मूर्तिको पूजा गर्न तयार भयौ भने राम्रो हो तर यदि त्यसको पूजा गर्न अस्वीकार गर्यौ भने तिमीहरूलाई तुरन्तै दन्-दन् बल्दै गरेको आगोको भट्टीमा हालिनेछ। त्यस पछि तिमीहरूलाई कुनै पनि अरू देवताहरूले बचाउँन सक्ने छैन।”
16Shadrach, Meshach, and Abed-nego answered and said to the king, O Nebuchadnezzar, we have no need to answer thee in this matter.
16शद्रक, मेशक अनि अबेदनगोले जवाफमा भने, “महाराज नबूकदनेस्सर, हामीलाई अझै व्याख्या गर्ने आवश्यक्ता छैन; हामी आफ्नो मन परिवर्तन गर्ने छैनौं।
17If it be [so], our God whom we serve is able to deliver us from the burning fiery furnace; and he will deliver us out of thy hand, O king.
17यदि, हाम्रो परमेश्वर जसको हामी उपसना गर्छौ उहाँको अस्तित्व छ भने, दन्किरहेको आगोको भट्टीबाट हामीलाई बचाउँने उहाँको सामर्थ छ। यसैले हे राजा उहाँले हामीलाई तपाईंको शक्तिदेखि बचाउँनुहुन्छ।
18But if not, be it known unto thee, O king, that we will not serve thy gods, nor worship the golden image which thou hast set up.
18तर राजा तपाईंले यो जान्नु पर्ने छ, हामी तपाईं को देवताहरूलाई पूजा गर्ने छैनौं अथवा सुनको मूर्तिको अघाडी झुकेर दण्डवत पनि गर्ने छैनौं।”
19Then was Nebuchadnezzar full of fury, and the form of his visage was changed against Shadrach, Meshach, and Abed-nego: [therefore] he spake, and commanded that they should heat the furnace seven times more than it was wont to be heated.
19यस कुरामा नबूकदनेस्सर राजा शद्रक, मेशक अनि अबेद्नगोमाथि साह्रै रिसाए। उनको अनुहार रातो भयो।
20And he commanded certain mighty men that were in his army to bind Shadrach, Meshach, and Abed-nego, [and] to cast them into the burning fiery furnace.
20त्यस पछि उनले आफ्ना केही सैनिकहरूलाई हुकूम गरे, ती शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँध अनि बल्दै गरेको आगोको भट्टीमा फ्याँकिदेऊ।
21Then these men were bound in their hosen, their tunics, and their mantles, and their [other] garments, and were cast into the midst of the burning fiery furnace.
21सैनिकहरूले शद्रक, मेशक अनि अबेदनगोलाई बाँधे अनि आगोमा फ्याँकिदिए। तिनीहरूले आफ्नो पोशाकहरू, सुरूवाल, टोपी लगाएका थिए।
22Therefore because the king's commandment was urgent, and the furnace exceeding hot, the flame of the fire slew those men that took up Shadrach, Meshach, and Abed-nego.
22रिसाएका राजाद्वारा दिइएको कठोर आदेशको कारणले ती सेनाहरूले भट्टी यथास्थिती भन्दा सात गुणा बेशी तताए अनि ती सेनाहरू जब शद्रक, मेशक अनि अबेद्नगोलाई आगोमा हाल्न नजिक गए त्यसको तातोले ती सेनाहरू मारिए।
23And these three men, Shadrach, Meshach, and Abed-nego, fell down bound into the midst of the burning fiery furnace.
23ती तीनजना शद्रक, मेशक अनि अबेद्नगोलाई कस्सेर बाँधी दन्किरहेको आगोमा फ्याँकिदिए।
24Then Nebuchadnezzar the king was astonished, and rose up in haste: he spake and said unto his counsellors, Did not we cast three men bound into the midst of the fire? They answered and said unto the king, True, O king.
24त्यस पछि राजा नबूकदनेस्सर छक्क परे र साह्रै उत्तेजित भएर उभिए अनि आफ्ना सल्लाकारहरूलाई भने, “के हामीले आगोमा तीन जनालाई बाँधेर हालेको होइनौ?” तिनीहरूले उत्तर दिए, “हो, अवश्य हो महाराज!”
25He answered and said, Lo, I see four men loose, walking in the midst of the fire, and they have no hurt; and the aspect of the fourth is like a son of the gods.
25तब राजाले भने, “तब कसरी म चार जना मानिसहरू खुल्ला भएर आगोमा हिँडको देख्दैछु। त्यो चौथौ मानिस परमेश्वरको पुत्र जस्तै छ।”
26Then Nebuchadnezzar came near to the mouth of the burning fiery furnace: he spake and said, Shadrach, Meshach, and Abed-nego, ye servants of the Most High God, come forth, and come hither. Then Shadrach, Meshach, and Abed-nego came forth out of the midst of the fire.
26त्यस पछि नबूकदनेस्सरले त्यस दन्किरहेको भट्टीको ढोका नजिक आएर भने, “हे शद्रक, मेशक अनि अबेद्नगो सर्वोच्च परमेश्वरका सेवक हो, निस्केर आऊ।” त्यस पछि शद्रक, मेशक र अबेदनगो आगोबाट निस्केर आए।
27And the satraps, the deputies, and the governors, and the king's counsellors, being gathered together, saw these men, that the fire had no power upon their bodies, nor was the hair of their head singed, neither were their hosen changed, nor had the smell of fire passed on them.
27प्रान्त, प्रान्तका बडा हाकिम, राज्यपाल, सल्लाहकार र भारदारहरू जम्मा भए अनि आगोले यी मानिसहरूको शरीरमा हानी गर्न नसकेको देखे। तिनीहरूको टाउकाको केश पनि खुइलेको थिएन। तिनीहरूको लुगा पनि आगोले डढेन र तिनीहरूमा आगोको रापसम्म पर्न पाएन।
28Nebuchadnezzar spake and said, Blessed be the God of Shadrach, Meshach, and Abed-nego, who hath sent his angel, and delivered his servants that trusted in him, and have changed the king's word, and have yielded their bodies, that they might not serve nor worship any god, except their own God.
28त्यस पछि नबूकदनेस्सरले भने, “शद्रक, मेशक र अबेद्नगोका परमेश्वर धन्य होऊन जसले उहाँ माथि विश्वास गर्ने र राजाको हुकुमलाई आफ्नै परमेश्वर बाहेक हामी अरू देवताको सेवा गर्ने छैनौं भनी आफूलाई आगोमा फ्याँकिदिने आफ्ना यी दासहरूलाई बचाउन आफ्नो स्वर्ग दूतहरू पठाउँनु भयो।
29Therefore I make a decree, that every people, nation, and language, which speak anything amiss against the God of Shadrach, Meshach, and Abed-nego, shall be cut in pieces, and their houses shall be made a dunghill; because there is no other god that is able to deliver after this sort.
29अब म हुकुम गर्दैछु, कुनै पनि मानिस जुन सुकै जाति वा राष्ट्र अथवा जुनसुकै भाषा बोल्ने होस्, जसले शद्रक मेशक अनि अबेद्नगोको परमेश्वरको निन्दा गर्ला त्यसलाई टुक्रा-टुक्रा बनाइनेछ र त्यसको घर उजाड पारिनेछ। किनभने यस किसिमले उद्धार गर्ने अरू कुनै पनि देवता छैनन्।”
30Then the king promoted Shadrach, Meshach, and Abed-nego in the province of Babylon.
30त्यस पछि राजाले बाबेलको प्रान्तमा शद्रक, मेशक र अबेद्नगोको मान बढाई दिए।