1In the first year of Belshazzar king of Babylon Daniel had a dream and visions of his head upon his bed: then he wrote the dream and told the sum of the matters.
1बाबेलको राजा बेलसजरको शासन कालको पहिलो वर्ष दानियल आफ्नो ओछ्यानमा सुतिरहेको बेला सपनामा एउटा दर्शन देखे। उनले तुरन्तै त्यो सपना लेखे, त्यसको प्रमुख विवरण र विशेषताहरू
2Daniel spake and said, I saw in my vision by night, and, behold, the four winds of heaven brake forth upon the great sea.
2दानियलले भने, “राती मैले वरिपरि हावा चलिरहेको एउटा दर्शन पाएँ, हावाले सागर उचालिरहेको थियो।
3And four great beasts came up from the sea, diverse one from another.
3तब मैले चारवटा ठूल्ठूला पशुहरू समुद्रबाट बाहिर आइरहेको देखें। तिनीहरू चार विभिन्न प्रकारका पशुहरू थिए।
4The first was like a lion, and had eagle's wings: I beheld till the wings thereof were plucked, and it was lifted up from the earth, and made to stand upon two feet as a man; and a man's heart was given to it.
4“तिनीहरूमध्ये पहिलो पशु सिंह जस्तै थियो तर त्यसका पंखेटाहरू चीलका जस्तै थिए। मैले त्यो पशुको पंखेटाहरू उखेलिएको देखें। अनि त्यो जमीनमा मानिस जस्तै दुइ खुट्टामा उभियो अनि त्यसलाई मानिसको मन दिइएको थियो।
5And, behold, another beast, a second, like to a bear; and it was raised up on one side, and three ribs were in its mouth between its teeth: and they said thus unto it, Arise, devour much flesh.
5“तब मैले भालू जस्तै अर्को एउटा पशु देखें। त्यसले शरीरको एक भाग उठाएर उभिएको थियो। यसका दाँतहरूको बीचमा तीनवटा करङ्गहरू थिए। त्यस भालूलाई आदेश दिइयो ‘उठ् अनि तँलाई जति चाहिन्छ सबै मासु खा।’
6After this I beheld, and, lo, another, like a leopard, which had upon its back four wings of a bird; the beast had also four heads; and dominion was given to it.
6“त्यसपछि मैले देखें त्यहाँ मेरो सामुन्ने अर्को पशु थियो। त्यो एउटा चितुवा जस्तो थियो अनि त्यसका चारवटा पंखेटाहरू अनि चारवटा टाउकाहरू थिए। यसलाई शासन गर्ने अधिकार स्वीकार गरिएको थियो।
7After this I saw in the night-visions, and, behold, a fourth beast, terrible and powerful, and strong exceedingly; and it had great iron teeth; it devoured and brake in pieces, and stamped the residue with its feet: and it was diverse from all the beasts that were before it; and it had ten horns.
7“यसपछि मैले चौथो पशु मेरो दर्शनमा पाएँ। त्यो एउटा साह्रै डरलाग्दो हिंस्रक पशु थियो। यो फलामको लामो दाँत भएको साह्रै बलियो थियो। यसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दै खाँदै थियो। खाइसके पछि यसले आफ्नो बाँचेको शिकार कुल्चियो। त्यो पशु मैले सपनामा देखेको अरू पशुहरू भन्दा एकदमै बेग्लै थियो। त्यसका सिङ्गहरू दशवटा थिए।
8I considered the horns, and, behold, there came up among them another horn, a little one, before which three of the first horns were plucked up by the roots: and, behold, in this horn were eyes like the eyes of a man, and a mouth speaking great things.
8“अहिले म त्यो सिङ्गको विषयमा नै सोच्दै थिएँ, हेर्दा हेर्दै अर्को सींङ उम्रियो ती सींङहरूको बीचमा त्यो सींङअरू सीङहरू भन्दा एकदमै सानो थियो। यो सींङमा मानिसको जस्तो आँखा थियो। यो सानो सींङमा एउटा मुख पनि थियो अनि स्वंयले प्रशंसा गरिरहेको थियो। यो सानो सींङले अरू तीनवटा सींङहरूलाई उचालेर फ्याँकि दियो।
9I beheld till thrones were placed, and one that was ancient of days did sit: his raiment was white as snow, and the hair of his head like pure wool; his throne was fiery flames, [and] the wheels thereof burning fire.
9“मैले हेर्दा हेर्दै त्यसको ठाउँमा सिंहासन राखियो अनि त्यसमा प्राचीन राजा बस्नु भयो। उहाँले हिँउ जस्तो सेतो लुगा लगाउनु भएको थियो, अनि कपाल सेतो ऊन जस्तो थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला जस्तै थियो र त्यसको चक्काहरू दन्केको आगो जस्ता थिए।
10A fiery stream issued and came forth from before him: thousands of thousands ministered unto him, and ten thousand times ten thousand stood before him: the judgment was set, and the books were opened.
10“उहाँको छेउमा एउटा आगोको खोला बगेर आयो। हजारौं-हजार स्वर्गदूतहरूले उहाँको सेवा गर्दैथिए। दश-दशहजार स्वर्गदूतहरू उहाँको अघाडी सेवा गरिरहेका थिए। तब न्यायधीश न्याय दिन बसे अनि किताबहरू खोले।
11I beheld at that time because of the voice of the great words which the horn spake; I beheld even till the beast was slain, and its body destroyed, and it was given to be burned with fire.
11“मैले हेरिरहेको थिएँ कि त्यो सानो सींङले अभिमानी शब्दहरू प्रयोग गरिरहेको थियो। त्यसैले कठोर जनावरले त्यो चौथो जनावरलाई मारिदियो अनि त्यसको शरीर बल्दै गरेको आगोमा फ्याँकिदियो।
12And as for the rest of the beasts, their dominion was taken away: yet their lives were prolonged for a season and a time.
12अरू जनवारहरूको सर्वाधिकार खोसियो, ता पनि केही समय सम्म तथा ऋतुका निम्ति तिनीहरूलाई अझ बाँच्न दिइयो।
13I saw in the night-visions, and, behold, there came with the clouds of heaven one like unto a son of man, and he came even to the ancient of days, and they brought him near before him.
13“मैले राती मेरो दर्शनमा हेरिरहेको थिएँ अनि मैले आकाशको बादलमाथि मानिसको पुत्र जस्तै कोही आउँदै गरेको देखें। उहाँ त्यहाँ प्राचीन राजाकहाँ आउनु भयो अनि उहाँको सामु उपस्थित गराइयो।
14And there was given him dominion, and glory, and a kingdom, that all the peoples, nations, and languages should serve him: his dominion is an everlasting dominion, which shall not pass away, and his kingdom that which shall not be destroyed.
14“एउटा मनुष्य जस्तो देखिने मानिसलाई अधिकार, महिमा अनि सम्पूर्ण शासन गर्ने शक्ति दिइयो। प्रत्येक जाति र भाषाबाट मानिसहरूले उहाँको आराधना गर्नेछन्। उहाँको शासन सदा-सर्वदा रहनेछ। उहाँको राज्य लगातार सदा-सर्वदा रहनेछ। त्यो नष्ट हुनेछैन।
15As for me, Daniel, my spirit was grieved in the midst of my body, and the visions of my head troubled me.
15“मेरो आत्मा मभित्र व्याकुल भयो कारण मैले पाएको दर्शनले नै म डराएँ।
16I came near unto one of them that stood by, and asked him the truth concerning all this. So he told me, and made me know the interpretation of the things.
16त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो।
17These great beasts, which are four, are four kings, that shall arise out of the earth.
17उहाँले भन्नु भयो, ‘ती चारवटा डरलाग्दा पशुहरूले चार राज्यहरूको प्रतिनिधित्व गर्छन् जो पृथ्वीमा उदय हुनेवाला छ।
18But the saints of the Most High shall receive the kingdom, and possess the kingdom for ever, even for ever and ever.
18तर सर्वोच्चका पवित्र जनहरूले राज्याधिकार पाउनेछन् र सदा सर्वदाका निम्ति त्यो कायम रहने छ।’
19Then I desired to know the truth concerning the fourth beast, which was diverse from all of them, exceeding terrible, whose teeth were of iron, and its nails of brass; which devoured, brake in pieces, and stamped the residue with its feet;
19“त्यसपछि त्यो चौथो जन्तुको अर्थ जान्ने मलाई इच्छा भयो। त्यो अरूहरू भन्दा बेग्लै थियो जुन अत्यन्तै डरलाग्दो थियो। त्यसका फलामका दाँतहरू र काँसाको नङ्ग्राहरू थिए र जसले सबै कुरा चबाएर निल्थ्यो र बाँकी रहेको खुट्टाले कुल्चिन्थ्यो।
20and concerning the ten horns that were on its head, and the other [horn] which came up, and before which three fell, even that horn that had eyes, and a mouth that spake great things, whose look was more stout than its fellows.
20त्यसको टाउकोमा दशवटा सींङहरू थिए अनि बीचमा अर्को सींङ उम्रियो। त्यस सींङले अरू दशवटा सींङहरूबाट तीनवटा उखेल्यो। त्यस सींङको घमण्डसित बोल्न एउटा आँखा एउटा मुख थियो। यो अरू सींङहरू भन्दा ठूलो देखिन्थ्यो। म यस दर्शनको विषयमा जान्न चाहन्थें।
21I beheld, and the same horn made war with the saints, and prevailed against them;
21मैले हेर्दा हेदै त्यो सींङले पवित्र मानिसहरूसँग युद्ध अनि अरू माथि आक्रमण गर्न शुरू गर्यो।
22until the ancient of days came, and judgment was given to the saints of the Most High, and the time came that the saints possessed the kingdom.
22जब सम्म त्यो अति प्राचीन राजा आएर न्याय गरेनन्, प्राचीन राजाले सींङको न्यायको घोषणा गरे अनि ती पवित्र जनहरूले राज्य अधिकार प्राप्त गर्ने समय आयो।
23Thus he said, The fourth beast shall be a fourth kingdom upon earth, which shall be diverse from all the kingdoms, and shall devour the whole earth, and shall tread it down, and break it in pieces.
23“उहाँले मलाई यो जवाफ दिनुभयो ‘चौथो डरलाग्दो पशुले एउटा अर्को चौथो राज्यको प्रतिनिधित्व गर्छ। यो अरू राज्यहरू भन्दा बेग्लै हुनेछ। यस चौथो राज्यले समस्त पृथ्वीलाई निल्नेछन्, यसलाई कुल्चेर धूलो-पीठो पार्नेछ।
24And as for the ten horns, out of this kingdom shall ten kings arise: and another shall arise after them; and he shall be diverse from the former, and he shall put down three kings.
24त्यो दशबटा सीङले दशजना राजाहरू यस राज्यबाट खडा गर्नेछ। अनि त्यसपछि अर्को एउटा राजा खडा हुनेछ। त्यो चाहिँ अघिका राजाहरू भन्दा बेग्लै हुनेछ। त्यसले तीन राजाहरूलाई परास्त गर्नेछ।
25And he shall speak words against the Most High, and shall wear out the saints of the Most High; and he shall think to change the times and the law; and they shall be given into his hand until a time and times and half a time.
25त्यसले सर्वोच्चको विरूद्धमा नै बोल्नेछ, सर्वोच्चका पवित्र जनहरूलाई धुजा-धुजा पार्नेछ। त्यसले तोकिएको समय र व्यवस्थाहरू बद्लने विचार गर्नेछ अनि पवित्र जनहरूले त्यसको शक्तिमा, साढे तीन वर्ष राज्यको शक्ति सुम्पिदिनेछन्।
26But the judgment shall be set, and they shall take away his dominion, to consume and to destroy it unto the end.
26“‘तब न्यायको दरवार बस्नेछ र आखिरमा त्यसलाई शेष पार्न त्यसको सर्वाधिकार खोसिने छ।
27And the kingdom and the dominion, and the greatness of the kingdoms under the whole heaven, shall be given to the people of the saints of the Most High: his kingdom is an everlasting kingdom, and all dominions shall serve and obey him.
27अनि राज्यधिकार र सर्वाधिकार र स्वर्ग मुनिका सारा राज्यहरूको महिमा सर्वोच्चका पवित्र जनहरूलाई दिइनेछ। तिनीहरूको राज्यधिकार सदा सर्वदा हुनेछ। अनि सर्वाधिकार राख्नेहरूले तिनीहरूकै सेवा गर्नेछन् र तिनीहरूकै आज्ञा पालन गर्नेछन्।’
28Here is the end of the matter. As for me, Daniel, my thoughts much troubled me, and my countenance was changed in me: but I kept the matter in my heart.
28“विवरण यहीं अन्त हुन्छ। म दानियल चाँहि मेरो विचारले गर्दा साह्रै डराएँ, र मेरो अनुहारको रंग पहेंलो भयो र मैले यो कुरा आफ्नो मनमै राखें।”