1If there be a controversy between men, and they come unto judgment, and [the judges] judge them; then they shall justify the righteous, and condemn the wicked;
1“जब दुईजना मानिसहरूमाझ वाद-विवाद हुन्छ, तिनीहरू अदालतमा जानु पर्छ। कुन मानिस वेकसूर छ अनि कुन मानिस कसूरदार छ न्यायकर्त्ताले निर्णय गर्ने छन।
2and it shall be, if the wicked man be worthy to be beaten, that the judge shall cause him to lie down, and to be beaten before his face, according to his wickedness, by number.
2यदि न्यायकर्त्ताले निर्णय गर्छन् त्यो कसुरदार मानिसलाई कोर्रा लगाउनु पर्छ तब न्यायकर्त्ताले त्यस मानिसलाई घोप्टो परेर सुत्नु लाउनु पर्छ। एकजनाले कोर्रा लगाउनेछ जब न्यायकर्त्ताले हेर्नेछन्। उसले गरेको अपराधमाथि कोर्राको संख्या निर्भर गर्नेछ।
3Forty stripes he may give him, he shall not exceed; lest, if he should exceed, and beat him above these with many stripes, then thy brother should seem vile unto thee.
3कुनै मानिसलाई पनि चालीस कोर्रा भन्दा वेशी लगाउनु हुँदैन, यदि तिमीले कसैलाई चालीसभन्दा धेरै कोर्रा लगायौ भने यो बुझिन्छ त्यस मानिसको जीवनको तिमीलाई केही महत्व छैन।
4Thou shalt not muzzle the ox when he treadeth out [the grain].
4“जब गोरूहरूलाई दाँई गर्न लगाइन्छ तिनीहरूले अन्न खान नपाओस भनेर महला लगाउनु हुँदैन।
5If brethren dwell together, and one of them die, and have no son, the wife of the dead shall not be married without unto a stranger: her husband's brother shall go in unto her, and take her to him to wife, and perform the duty of a husband's brother unto her.
5“यदि दाज्यू-भाइ सँगै बस्छन् र तिनीहरू मध्ये एक छोरा नभई मर्छ तब मर्ने भाइकी पत्नीले आफ्नो परिवार बाहिर कसैसित विवाह गर्नु हुँदैन। मर्नेको दाज्यू-भाइले उसलाई पत्नी बनाउनु पर्छ अनि उसँगै लैंगिक सम्बन्ध राख्नु पर्छ। यसप्रकार आफ्नो पतिको दाज्यू-भाइले कर्त्तव्य गर्नु पर्छ।
6And it shall be, that the first-born that she beareth shall succeed in the name of his brother that is dead, that his name be not blotted out of Israel.
6त्यसपछि उसले जन्माएको पहिलो छोराले आफ्नो मृत पिताको स्थान ओगट्नु पर्छ। तब मरेको दाज्यूको नाउँ इस्राएलबाट कहिल्यै नमेटियोस्।
7And if the man like not to take his brother's wife, then his brother's wife shall go up to the gate unto the elders, and say, My husband's brother refuseth to raise up unto his brother a name in Israel; he will not perform the duty of a husband's brother unto me.
7यदि मानिसले आफ्नो दाज्यू-भाइकी पत्नीलाई राख्न चाहँदैन भने दाज्यूकी पत्नीले शहरको सभा घरमा अगुवाहरू अघि जानु पर्छ। अनि तिनेले बूढा-प्रधानलाई भन्नु पर्छ, ‘मेरो मृत पति दाज्यू-भाइले आफ्नो दाज्यू-भाइको नाउँ इस्राएलमा जीवित राख्न चाँहदैनन्। मेरो मृत लोग्नेको दाज्यू-भाई भएको नातले ऊ आफ्नो कर्त्तव्य मसँग पूरा गर्न चाँहदैन।’
8Then the elders of his city shall call him, and speak unto him: and if he stand, and say, I like not to take her;
8तब शहरका बूढा-प्रधानहरूले त्यसलाई कुरा गर्छन बोलाउँछन् तर यदि ऊ अझै भन्छ, ‘म उसलाई विवाह गर्दिनँ,’
9then shall his brother's wife come unto him in the presence of the elders, and loose his shoe from off his foot, and spit in his face; and she shall answer and say, So shall it be done unto the man that doth not build up his brother's house.
9तब उसको दाज्यू-भाइकी पत्नी बूढा-प्रधानहरूको अगि आउनु पर्छ उसको एउटा खुट्टाको जुत्ता खोल्नु पर्छ उसको अनुहारमा उसले थूक्नु पर्छ तिनले भन्नु पर्छ, ‘मानिस जसले आफ्नो दाज्यूको सन्तानलाई वृद्धि गर्न चाहन्दैन यस्तो व्यवहार गर्नु पर्छ।’
10And his name shall be called in Israel, The house of him that hath his shoe loosed.
10तब उसो त्यो मानिसको परिवारलाई इस्राएलमा, ‘जुन मानिसको जुत्ता खोलियो त्यसको परिवार’ भनी चिनिने छ।
11When men strive together one with another, and the wife of the one draweth near to deliver her husband out of the hand of him that smiteth him, and putteth forth her hand, and taketh him by the secrets;
11“यदि दुई जना मानिस लडाइँ गरिरहेका छन् र तिनीहरू मध्ये एक जनाकी पत्नी आफ्नो पतिको सहायतामा आउँछे तर उसले पतिसित लडाइँ गर्ने अर्को मानिसको गुप्त अंग समात्नु हुदैन।
12then thou shalt cut off her hand, thine eye shall have no pity.
12यदि उसले त्यसो गर्छे भने तिनको हात काटिदेऊ तिनको लागि दुःख नमान।
13Thou shalt not have in thy bag diverse weights, a great and a small.
13“मानिसहरूलाई ठग्न कम र ज्यादा दुई प्रकारका ढकहरू नराख। एउटै ओजनको निम्ति दुई प्रकारका ठग्ने ढकहरू नराख।
14Thou shalt not have in thy house diverse measures, a great and a small.
14आफ्नो घरमा केही चीज नाप्ने लामो र छोटो दुई प्रकारको नाप दण्ड नराख।
15A perfect and just weight shalt thou have; a perfect and just measure shalt thou have: that thy days may be long in the land which Jehovah thy God giveth thee.
15तिमीहरूले ठीक र शुद्ध ढक तथा नाप दण्ड मात्र प्रयोग गर्नु पर्छ, तब मात्र परमप्रभु तिमीहरूका परमेश्वरले दिनु लाग्नु भएको भूमिमा दीर्घायु भएर बाँच्नेछौ।
16For all that do such things, [even] all that do unrighteously, are an abomination unto Jehovah thy God.
16परमप्रभु तिमीहरूका परमेश्वरले ती मानिसहरूलाई घृणा गर्नु हुन्छ जसले भूल तथा झूटा ढक-तराजु उपयोग गरेर ठग्छन्। सही अर्थमा, उहाँ सबै मानिसलाई घृणा गर्नु हुन्छ जो गल्ती काम गर्छन्।
17Remember what Amalek did unto thee by the way as ye came forth out of Egypt;
17“जब तिमीहरू मिश्रबाट आउँदै थियौ, सम्झना गर अमालेकीहरूले के गरेका थिए।
18how he met thee by the way, and smote the hindmost of thee, all that were feeble behind thee, when thou wast faint and weary; and he feared not God.
18तिनीहरूले तिमीहरूलाई आक्रमण गरे जब तिमीहरू कमजोर र थकित थियौ। तिनीहरूले तिमीहरूको मानिसहरूलाई मारे जो बिस्तारै पछि पछि आउँदै थिए। अमिलेकीहरूले परमेश्वरको सम्मान गरेनन्।
19Therefore it shall be, when Jehovah thy God hath given thee rest from all thine enemies round about, in the land which Jehovah thy God giveth thee for an inheritance to possess it, that thou shalt blot out the remembrance of Amalek from under heaven; thou shalt not forget.
19यसकारण संसारबाट नै अमालेकीहरूको नाउँ ध्वंश पार्नु पर्छ। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनु हुने भूमिमा प्रवेश गरे पछि यो काम गर्नेछौ। त्यस भूमिमा उहाँले तिमीहरूलाई सबै प्रकारका शत्रुहरूबाट विश्राम दिनु हुनेछ, तर अमालेकीहरूलाई ध्वंश पार्न र्नबिस।