1And now, O Israel, hearken unto the statutes and unto the ordinances, which I teach you, to do them; that ye may live, and go in and possess the land which Jehovah, the God of your fathers, giveth you.
1“अब, हे इस्राएलका हो! मैले सिकाएको विधिहरू तथा आदेशहरू सुन। तब तिनीहरू बाँच्नेछौ। तब तिमीहरू जान सक्छौ तिमीहरूका पिता-पुर्खाहरूका परमेश्वर परमप्रभुले दिनु भएको भूमि अधिकारमा लिन सक्छौ।
2Ye shall not add unto the word which I command you, neither shall ye diminish from it, that ye may keep the commandments of Jehovah your God which I command you.
2मैले दिएको आज्ञामा तिमीहरूले थप्न सक्दैनौ। अनि तिमीहरूले केही पनि लिन हुँदैन। मैले तिमीहरूलाई दिएको परमप्रभु तिमीहरूको परमेश्वरको आज्ञा पालन गर्नुपर्छ।
3Your eyes have seen what Jehovah did because of Baal-peor; for all the men that followed Baal-peor, Jehovah thy God hath destroyed them from the midst of thee.
3“बाल पोरमा तिमीहरूले आफ्नो आँखाले तिनीलाई परमप्रभु तिमीहरूको परमेश्वरद्वारा नष्ट गरेको देख्यौ जसले झूटा परमेश्वर बाललाई अनुसरण गरेका थिए।
4But ye that did cleave unto Jehovah your God are alive every one of you this day.
4तर जो परमप्रभु तिमीहरूका परमेश्वरसित थिए, तिनीहरू सबै आज पनि जीवित छन्।
5Behold, I have taught you statutes and ordinances, even as Jehovah my God commanded me, that ye should do so in the midst of the land whither ye go in to possess it.
5“परमप्रभु मेरो परमेश्वरले मलाई जे जति आज्ञा गर्नु भएको थियो, त्यो मैले तिमीहरूलाई सिकाएँ। मैले तिमीहरूलाई यी विधि-विधानहरू यसकारण सिकाएँ तिमीहरू जुन भूमि आफ्नो बनाई बस्न जाँदैछौ त्यहाँ यी विधि-विधानहरू पालन गर्नेछौ।
6Keep therefore and do them; for this is your wisdom and your understanding in the sight of the peoples, that shall hear all these statutes, and say, Surely this great nation is a wise and understanding people.
6यी विधि-विधानहरू सावधानीपूर्वक पालन गर, यसो गर्नाले अन्य राष्ट्रहरूका मानिसहरूले तिमीहरूलाई ज्ञानी तथा बुज्जकी सम्झनेछन्। ती राष्ट्रहरूका मानिसहरूले यी विधि-विधानहरूको विषयमा सुन्नेछन्। ‘तब तिनीहरूले भन्नेछन्। साँच्चैनै यस राज्यका मानिसहरू ज्ञानी अनि बुज्जकी छन्।’
7For what great nation is there, that hath a god so nigh unto them, as Jehovah our God is whensoever we call upon him?
7“जब हामी सहायता माग्छौ परमप्रभु हाम्रा परमेश्वर हाम्रै नजिकमा हुनुहुन्छ र यस्ता ईश्वर अन्य कुनै राष्ट्रमा छैनन्।
8And what great nation is there, that hath statutes and ordinances so righteous as all this law, which I set before you this day?
8आज मैले सिकाएको विधि-विधानहरू र व्यवस्थाहरू भएको हाम्रो देश जस्तो अरू कुनै देश पनि छैन।
9Only take heed to thyself, and keep thy soul diligently, lest thou forget the things which thine eyes saw, and lest they depart from thy heart all the days of thy life; but make them known unto thy children and thy children's children;
9तर तिमीहरू होशियारीसँग बस्नुपर्छ, जबसम्म तिमीहरू जीवित हुन्छौ तबसम्म तिमीहरूले देखेको कुरो बिर्सनु हुँदैन। तिमीहरूले यी चीजहरू तिमीहरूका छोरा-छोरी तथा नाता-नातिनाहरूलाई सिकाउनु पर्छ।
10the day that thou stoodest before Jehovah thy God in Horeb, when Jehovah said unto me, Assemble me the people, and I will make them hear my words, that they may learn to fear me all the days that they live upon the earth, and that they may teach their children.
10होरेब पर्वतमाथि परमप्रभु तिमीहरूका परमेश्वरको अघि उभिएको दिन सम्झना गर। त्यस समय परमप्रभुले मलाई भन्नुभयो, ‘मेरो कुरा सुन्न मानिसहरू भेला गर, तब तिनीहरूले मलाई सम्मान गर्न सिक्ने छन् जबसम्म तिनीहरू पृथ्वीमा बाँच्छन्। अनि तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई मेरो इज्जत गर्न सिकाउने छन्।’
11And ye came near and stood under the mountain; and the mountain burned with fire unto the heart of heaven, with darkness, cloud, and thick darkness.
11तिमी नजिकै आयौ अनि पहाक्को फेदमा उभियौ। त्यो पहाक् जलेर आकाशसम्म पुग्यो र त्यहाँ कालो, बाक्लो अँध्यारो बादल थियो।
12And Jehovah spake unto you out of the midst of the fire: ye heard the voice of words, but ye saw no form; only [ye heard] a voice.
12परमप्रभुले आगोबाट तिमीहरूलाई भन्नुभयो तर तिमीहरूले कसैलाई बोल्दै गरेको आवाज मात्र सुन्यौ, तर तिमीहरूले आकृति देखेनौ। त्यहाँ आवाज मात्र थियो।
13And he declared unto you his covenant, which he commanded you to perform, even the ten commandments; and he wrote them upon two tables of stone.
13परमप्रभुले तिमीहरूलाई दश आज्ञा, आफ्नो करार र ती पालन गर्नु भनी आज्ञा दिनु भयो, अनि परमप्रभुले करारका विधि-विधानहरू दुइवटा शिलापाटीमा लेखिदिनु भयो।
14And Jehovah commanded me at that time to teach you statutes and ordinances, that ye might do them in the land whither ye go over to possess it.
14त्यही समयमा परमप्रभुले यी नियमहरू तिमीहरूलाई सिकाउने आदेश दिनु भयो जुन यर्दन नदीको वरिपरिको भूमिमा तिमीहरूले अनुसरण गर्नुपर्छ जसलाई तिमीहरू आफ्नो बनाएर बाँच्न जाँदैछौ।
15Take ye therefore good heed unto yourselves; for ye saw no manner of form on the day that Jehovah spake unto you in Horeb out of the midst of the fire.
15“त्यस दिन जतिबेला होरेब पहाडमा आगोबाट परमप्रभु तिमीहरूसित बोल्नु भयो, तिमीहरूले उहाँलाई देखेनौ कारण उहाँ निराकार हुनुहुन्थ्यो।
16Lest ye corrupt yourselves, and make you a graven image in the form of any figure, the likeness of male or female,
16यसकारण होशियार बस, जीवित प्राणीहरूको आकारमा मिथ्या देवताहरूको मूर्तिहरू बनाउने पाप गरी आफैं ध्वंश नबन। पुरूष तथा स्त्रीको आकारमा मूर्ति नबनाऊ।
17the likeness of any beast that is on the earth, the likeness of any winged bird that flieth in the heavens,
17पृथ्वीमा हिंडने पशुहरू तथा आकाशमा उडने चराहरूको मूर्तिहरू नबनाऊ।
18the likeness of anything that creepeth on the ground, the likeness of any fish that is in the water under the earth;
18भूइँमा घस्रिने जन्तु अथवा पानीमा पौरडने प्राणीहरूको मूर्तिहरू पनि नबनाऊ।
19and lest thou lift up thine eyes unto heaven, and when thou seest the sun and the moon and the stars, even all the host of heaven, thou be drawn away and worship them, and serve them, which Jehovah thy God hath allotted unto all the peoples under the whole heaven.
19अनि सावधान होऊ कारण आकाशमा सूर्य, जून, ताराहरूलाई पूजा गर्न आकृष्ट नहोऊ। ती वस्तुहरूलाई पूजा नगर। परमप्रभु तिमीहरूका परमेश्वरले संसारमा त्यसो गर्ने अरू सबै जातिहरूलाई छोडदिनु भएको छ।
20But Jehovah hath taken you, and brought you forth out of the iron furnace, out of Egypt, to be unto him a people of inheritance, as at this day.
20तर परमप्रभुले तिमीहरूलाई मिश्रबाट ल्याई आफ्नो विशेष मानिसहरू बनाउनु भएको छ। मानौं परमप्रभुले फलाम पगाल्नु जल्दै गरेको आगोको आरानबाट तिमीहरूलाई बाहिर निकाल्नु भयो अनि अहिले तिमीहरू उहाँका मानिसहरू बनिएका छौ।
21Furthermore Jehovah was angry with me for your sakes, and sware that I should not go over the Jordan, and that I should not go in unto that good land, which Jehovah thy God giveth thee for an inheritance:
21“तिमीहरूको निम्ति परमप्रभु मसित रिसाउनु भयो। त्यो असल भूमि जहाँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई राख्नु हुँदैछ त्यहाँ मलाई यर्दन नदीपारि जान नदिने कठोर प्रतिज्ञा गर्नु भयो।
22but I must die in this land, I must not go over the Jordan; but ye shall go over, and possess that good land.
22तिमीहरू यर्दन नदी पारिको असल भूमिमा गएर बस्न सक्छौ तर म त्यहाँ पस्न सक्तिनँ, मैले यहीं मर्नुपर्छ।
23Take heed unto yourselves, lest ye forget the covenant of Jehovah your God, which he made with you, and make you a graven image in the form of anything which Jehovah thy God hath forbidden thee.
23तिमीहरू त्यस नयाँ भूमिमा सावधानी पूर्वक बस्नुपर्छ र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसित गरेको करार बिर्सनु हुदैन। परमप्रभुको आदेश पालन गर र कुनै पनि आकारमा मूर्ति नबनाऊ।
24For Jehovah thy God is a devouring fire, a jealous God.
24किन? किनभने, अरू देवता मान्ने मानिसहरूसित परमप्रभु तिमीहरूका परमेश्वर रिसाएर आगो भई जलाएर नष्ट पार्नु हुनेछ।
25When thou shalt beget children, and children's children, and ye shall have been long in the land, and shall corrupt yourselves, and make a graven image in the form of anything, and shall do that which is evil in the sight of Jehovah thy God, to provoke him to anger;
25“तिमीहरू त्यहाँ धेरै समयसम्म रहनेछौ र त्यहाँ तिमीहरूको नानीहरू अनि नाता-नातिनहरू हुनेछन्। तिमीहरू नराम्रो काम गर्नु थाल्छौ। त्यहाँ तिमीहरूले नाना प्रकारको मूर्तिहरू बनाउनेछौ जसले परमप्रभुलाई रीस उठाउनेछ।
26I call heaven and earth to witness against you this day, that ye shall soon utterly perish from off the land whereunto ye go over the Jordan to possess it; ye shall not prolong your days upon it, but shall utterly be destroyed.
26यसकारण, म तिमीहरूलाई चेताउनी दिंदैछु स्वर्ग र पृथ्वी मेरा साक्षीहरू हुनेछन् र यदि तिमीहरूले त्यस्तो कुकर्म गरेको खण्डमा पुग्नलाई अहिले तिमीहरू यर्दन नदी पार गर्दैछौ तर यदि तिमीहरूले मूर्तिहरू निर्माण गर्यौ भने त्यहाँ धेरै समय बस्न सक्ने छैनौ। यति मात्र कहाँ? तिमीहरू सम्पूर्ण प्रकारले ध्वंश हुनेछौ।
27And Jehovah will scatter you among the peoples, and ye shall be left few in number among the nations, whither Jehovah shall lead you away.
27परमप्रभुले तिमीहरूलाई राष्ट्रहरूमा छरपष्ट पार्नु हुनेछ र तिमीहरू मध्ये केही मात्र जीवित रहेर परमप्रभुले पठाएको भूमिमा जानेछौ।
28And there ye shall serve gods, the work of men's hands, wood and stone, which neither see, nor hear, nor eat, nor smell.
28त्यहाँ तिमीहरूले मानिसले बनाएको यस्तो देवता मूर्तिको सेवा गर्नेछौ, जसले न सुन्छ, न खान्छ न त गन्ध नै थाह पाउँछ कारण तिनीहरू केवल काठ अथवा ढुङ्गाका मूर्तिहरू हुनेछन्।
29But from thence ye shall seek Jehovah thy God, and thou shalt find him, when thou searchest after him with all thy heart and with all thy soul.
29तर अरू भूमिहरू तिर यदि तिमीहरूले आफ्नो सम्पूर्ण हृदय र प्राणले परमप्रभु तिमीहरूका परमेशवरलाई खोज्छौ भने तिमीहरूले उहाँलाई पाउनेछौ।
30When thou art in tribulation, and all these things are come upon thee, in the latter days thou shalt return to Jehovah thy God, and hearken unto his voice:
30जब तिमीहरूमाथि मैले भनेको कुराहरू आइपर्नेछन्, संकष्टमा पर्नेछौ, तब तिमीहरू परमप्रभु आफ्नो परमेशवरको शरणमा पर्नेछौ अनि उहाँको आज्ञा पालन गर्नेछौ।
31for Jehovah thy God is a merciful God; he will not fail thee, neither destroy thee, nor forget the covenant of thy fathers which he sware unto them.
31परमप्रभु तिमीहरूका परमेश्वर कृपालु हुनुहुन्छ, यसकारण उहाँले तिमीहरूलाई त्याग्नुहुन्न, तिमीहरूलाई नष्ट पार्नुहुन्न। उहाँले तिमीहरूका पिता-पुर्खाहरूसित गर्नु भएको करार कहिल्यै विर्सनु हुँदैन।
32For ask now of the days that are past, which were before thee, since the day that God created man upon the earth, and from the one end of heaven unto the other, whether there hath been [any such thing] as this great thing is, or hath been heard like it?
32“अतीतमा यस्तो कुनै महाकार्य भएको थियो? कहिल्यै पनि भएन। तिमीहरू जन्मनु अघिको कुराहरूलाई नियालेर हेर। सृष्टिकालको अवस्थालाई सम्झ जुन समयमा परमेश्वरले मानिस-जातिको सृष्टि गर्नु भयो। संसारमा भएको सबै कुराहरूलाई गहिरो प्रकारले नियालेर हेर, यो भन्दा महान् कार्य कहिल्यै कतै घटेको कसैले सुनेको छ? छैन!
33Did ever a people hear the voice of God speaking out of the midst of the fire, as thou hast heard, and live?
33तिमीहरूले परमेश्वरलाई आगोबाट बोल्नु भएको सुनेका छौ र पनि तिमीहरू जीवित नै छौ। तर तिमीहरूलाई थाहा छ अरू मानिसहरूसित यस्तो भएको छ? कहिले पनि भएको छैन।
34Or hath God assayed to go and take him a nation from the midst of [another] nation, by trials, by signs, and by wonders, and by war, and by a mighty hand, and by an outstretched arm, and by great terrors, according to all that Jehovah your God did for you in Egypt before your eyes?
34अनि कतै अरू ईश्वरले अर्कै देशमा गएर आफ्नो निम्ति मानिसहरू ल्याउने चेष्टा गरेका छन्? कहिले पनि त्यस्तो गरेका छैनन्। तर तिमीहरू आफैंले परमप्रभु तिमीहरूका परमेश्वरलाई यी सब आश्चर्य कार्यहरू सम्पन्न गरेको देखेका छौ। उहाँले तिमीहरूलाई आफ्नो शक्ति प्रदर्शन गर्नु भयो। मानिसहरूले कष्ट अनुभव गरेको पनि तिमीहरूले देखेका छौ। तिमीहरूले अचम्मित अनि आश्चर्य कर्महरू तथा युद्ध अनि डरलाग्दा घट्नाहरू भएको पनि देखेका छौ।
35Unto thee it was showed, that thou mightest know that Jehovah he is God; there is none else besides him.
35परमप्रभुले यी सब घट्नाहरू तिमीहरूलाई देखाउनु भयो जसले गर्दा उहाँ परमेश्वर हुनुहुन्छ भनी तिमीहरू जान्नेछौ। उहाँको बराबर अरू कुनै ईश्वर छैन।
36Out of heaven he made thee to hear his voice, that he might instruct thee: and upon earth he made thee to see his great fire; and thou heardest his words out of the midst of the fire.
36तिमीहरूलाई शिक्षा दिनको निम्ति उहाँले स्वर्गबाट आफ्नो आवाज सुनाउनु भयो, पृथ्वीमा उहाँले तिमीहरूको अघि आगोमा देखिनु भयो अनि त्यहाँबाट बोल्नु भयो।
37And because he loved thy fathers, therefore he chose their seed after them, and brought thee out with his presence, with his great power, out of Egypt;
37“तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नु हुन्थ्यो यसैकारण तिमीहरूलाई उहाँले उनीहरूका सन्तान बनाउन रोज्नु भयो। यसकारण आफ्नो महान् शक्तिद्वारा परमप्रभुले तिमीहरूलाई मिश्रदेशदेखि बाहिर ल्याउनु भयो।
38to drive out nations from before thee greater and mightier than thou, to bring thee in, to give thee their land for an inheritance, as at this day.
38उहाँले तिमीहरूलाई तिमीहरूको भन्दा महान् अनि शक्तिशाली जातिहरूको भूमिमा पस्ने अनि त्यसलाई तिमीहरूको आफ्नै बनाउनु भयो। उहाँले तिमीहरूलाई तिनीहरूको भूमिमा बस्न दिनु भयो। अनि उहाँले अझै गर्नु हुँदैछ।
39Know therefore this day, and lay it to thy heart, that Jehovah he is God in heaven above and upon the earth beneath; there is none else.
39“तिमीहरूले बुझ्नु पर्छ अनि मगजमा राख्नु पर्छ, परमप्रभु नै पृथ्वीमा अनि स्वर्गमा परमेश्वर हुनु हुन्छ, अरू परमेश्वर छैनन्।
40And thou shalt keep his statutes, and his commandments, which I command thee this day, that it may go well with thee, and with thy children after thee, and that thou mayest prolong thy days in the land, which Jehovah thy God giveth thee, for ever.
40आज मैले तिमीहरूलाई दिनु लागेको उहाँको आज्ञाहरू र विधिहरू तिमीहरूले पालन गर्नैपर्छ र तिमीहरूसँगै तिमीहरूका सन्तानको भलो हुनेछ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएको भूमि सदा-सर्वदाको निम्ति तिमीहरूकै हुनेछ।”
41Then Moses set apart three cities beyond the Jordan toward the sunrising;
41यर्दन नदीको पूर्व भागमा मोशाले तीनवटा शहरहरू छान्नु भयो
42that the manslayer might flee thither, that slayeth his neighbor unawares, and hated him not in time past; and that fleeing unto one of these cities he might live:
42यदि कुनै मानिसले अञ्जानमा अथवा कुनै शुत्रता बिनै कुनै अर्को मानिसलाई मार्यो भने त्यो मानिस आफ्नो बचाऊको निम्ति ती तीन शहरहरू मध्ये कुनै एउटामा भागेर जान सक्थ्यो। तर यदि मारिने मानिससित उसको कुनै शत्रुता थिएन भने मात्र त्यो मार्ने मानिसको सुरक्षा त्यस अवस्थामा हुन सक्थ्यो।
43[namely], Bezer in the wilderness, in the plain country, for the Reubenites; and Ramoth in Gilead, for the Gadites; and Golan in Bashan, for the Manassites.
43मोशाले चुनेका तीन शहरहरू यी नै थिएः रूबेनीहरूको निम्ति बेसेरको अग्लो तराई गादीहरूको निम्ति गिलादमा रामोत अनि मनश्शेहरूको निम्ति बाशानको गोलन।
44And this is the law which Moses set before the children of Israel:
44मोशाले इस्राएलीहरूलाई परमेश्वरका व्यवस्थाहरू दिए।
45these are the testimonies, and the statutes, and the ordinances, which Moses spake unto the children of Israel, when they came forth out of Egypt,
45इस्राएली मानिसहरू मिश्रदेशबाट आएपछि मोशाले यी शिक्षा, विधि-विधान, र नियमहरू तिनीहरूलाई बताए।
46beyond the Jordan, in the valley over against Beth-peor, in the land of Sihon king of the Amorites, who dwelt at Heshbon, whom Moses and the children of Israel smote, when they came forth out of Egypt.
46जुन समयमा तिनीहरू यर्दन नदी पूर्वपट्टि अवस्थित बेतपोर पारीको बेंसीमा थिए मोशाले तिनीहरूलाई यी विधि-विधानहरू दिए। तिनीहरू हेश्बोनमा बस्ने एमोरीहरूका राजा सिहोनको देशमा थिए। (मिश्रदेशबाट आउँदा मोशा अनि इस्राएलका मानिसहरूले तिनलाई पराजित गरेका थिए।
47And they took his land in possession, and the land of Og king of Bashan, the two kings of the Amorites, who were beyond the Jordan toward the sunrising;
47तिनीहरूले सिहोनको राज्य र बाशानका राजा ओगको राज्य कब्जा गरे। यी दुवै एमोरी राजाहरू यर्दन नदीको पूर्वपट्टि बस्थे।
48from Aroer, which is on the edge of the valley of the Arnon, even unto mount Sion (the same is Hermon),
48यो भूमि अर्नोन बेंसीको किनारमा अरोएरदेखि पर्वत सियोन (हर्मोन पर्वत) सम्म फिंजिएको थियो।)
49and all the Arabah beyond the Jordan eastward, even unto the sea of the Arabah, under the slopes of Pisgah.
49यस भूमि अन्तर्गत यर्दन नदी पूर्वी भागको सम्पूर्ण बेंसी, दक्षिणमा अराबा समुद्रसम्म र पूर्वमा पिस्गा पर्वत पथ्यर्रो।