1Then sang Moses and the children of Israel this song unto Jehovah, and spake, saying, I will sing unto Jehovah, for he hath triumphed gloriously: The horse and his rider hath he thrown into the sea.
1त्यसपछि मोशा अनि इस्राएलीहरूले परमप्रभुको निम्ति यो गीत गाउन थाले। “म परमप्रभुको निम्ति गाउनेछु। उहाँले महान कार्य गर्नु भयो। उहाँले घोडाहरू तथा सवारीहरूलाई समुद्रमा फ्याँकि दिनुभयो।
2Jehovah is my strength and song, And he is become my salvation: This is my God, and I will praise him; My father's God, and I will exalt him.
2परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँले मलाई बचाउनु हुन्छ। परमप्रभु मेरो परमेश्वर हुनुहुन्छ, अनि म उहाँको स्तुति गर्छु। परमप्रभु मेरो पिता-पुर्खाहरूको परमेश्वर हुनुहुन्छ अनि म उहाँको आदर गर्छु।
3Jehovah is a man of war: Jehovah is his name.
3परमप्रभु एउटा योद्धा हुनुहुन्छ, उहाँको नाउँ परमप्रभु हो।
4Pharaoh's chariots and his host hath he cast into the sea; And his chosen captains are sunk in the Red Sea.
4उहाँले फिरऊनका रथहरू र सेनालाई समुद्रमा मिल्काई दिनु भयो। फिरऊनका अत्यन्तै असल सैनिकहरू लाल समुद्रमा डुबे।
5The deeps cover them: They went down into the depths like a stone.
5गहिरो पानीले तिनीहरूलाई डुबायो अनि तिनीहरू ढुङ्गा झै गहिराईमा भासिए।
6Thy right hand, O Jehovah, is glorious in power, Thy right hand, O Jehovah, dasheth in pieces the enemy.
6“तपाईंको दाहिने बाहुली अद्भूत शक्तिशाली छ। हे परमप्रभु, तपाईंको दाहिने बाहुलीले शत्रुको विनाश गर्यो।
7And in the greatness of thine excellency thou overthrowest them that rise up against thee: Thou sendest forth thy wrath, it consumeth them as stubble.
7आफ्नो महान महिमामा तपाईंले ती मानिसहरूको नाश गर्नु भयो जसले तपाईंको विरोध गरे। तपाईंको रीसले परालको आगोले झैं तपाईंका शत्रुहरूलाई जलायो।
8And with the blast of thy nostrils the waters were piled up, The floods stood upright as a heap; The deeps were congealed in the heart of the sea.
8तपाईंको नाकबाट निस्केको सासले पानीलाई एक ठाउँमा थुपारी दियो। बगिरहेको पानी पर्खाल झैं उभियो। समुद्रको गहिराइ सतहमा ठोस बनियो।
9The enemy said, I will pursue, I will overtake, I will divide the spoil; My desire shall be satisfied upon them; I will draw my sword, my hand shall destroy them.
9“शत्रुले भन्यो, ‘म तिनीहरूलाई खेद्नेछु र समात्नेछु, म तिनीहरूको सम्पूर्ण सम्पति लुट्नेछु। म मेरो तरवार निकाल्नेछु र तिनीहरूलाई पराजित गर्नेछु।’
10Thou didst blow with thy wind, the sea covered them: They sank as lead in the mighty waters.
10तर तपाईंले तिनीहरूमाथि फुकिदिनु भयो अनि तिनीहरू समुद्रमा ढाकिए। तिनीहरू नाप्न नसकिने गहिरो समुद्रमा डुबे।
11Who is like unto thee, O Jehovah, among the gods? Who is like thee, glorious in holiness, Fearful in praises, doing wonders?
11“के कतै परमप्रभु जस्तो अन्य देवाताहरू छन्? अँह, तपाईं झै अन्य देवता कतै छैनन्-तपाईं आश्चर्यपूर्ण पवित्र हुनुहुन्छ! तपाईं विष्मय पूर्ण शक्तिशाली हुनुहुन्छ! तपाईं अचम्मको काम गर्नुहुन्छ।
12Thou stretchedst out thy right hand, The earth swallowed them.
12तपाईं आफ्नो दाहिने बाहुली तेर्साउनु हुन्छ अनि पृथ्वीलाई नाश गर्नु हुन्छ।
13Thou in thy lovingkindness hast led the people that thou hast redeemed: Thou hast guided them in thy strength to thy holy habitation.
13तर आफ्नो दयाद्वारा आफूले बचाएका मानिसहरूलाई तपाईंको दयाले डोर्याउनु हुन्छ। अनि आफ्नो क्षमताले तिनीहरूलाई पवित्र प्रसन्न भूमिमा डोर्याउनु हुन्छ।
14The peoples have heard, they tremble: Pangs have taken hold on the inhabitants of Philistia.
14“अरू राष्ट्रहरूले यो कथा सुन्ने छन् र तिनीहरू डराउने छन्। पलिश्तीका मानिसहरू डरले काम्ने छन्।
15Then were the chiefs of Edom dismayed; The mighty men of Moab, trembling taketh hold upon them: All the inhabitants of Canaan are melted away.
15एदोमका प्रमुखहरू डरले काम्नेछन्, मोआबका प्रमुखहरू डरले काम्नेछन्। कनानीहरूले तिनीहरूको साहस हराउनेछन्।
16Terror and dread falleth upon them; By the greatness of thine arm they are as still as a stone; Till thy people pass over, O Jehovah, Till the people pass over that thou hast purchased.
16जब मानिसहरूले तपाईंको शक्ति चाल पाउँछन् तिनीहरू भयभीत हुनेछन्। जबसम्म तपाईंका मानिसहरू पार हुँदैनन्, तिनीहरू चट्टान जस्ता हुनेछन्।
17Thou wilt bring them in, and plant them in the mountain of thine inheritance, The place, O Jehovah, which thou hast made for thee to dwell in, The sanctuary, O Lord, which thy hands have established.
17हे परमप्रभु तपाईंले आफ्नो मानिसहरूलाई आफ्नो पर्वतमा डोर्याउनु हुनेछ। तपाईंले बसोबासो गर्न बनाएको सिंहासनको नजिकमा तपाईंले तिनीहरूलाई बस्न दिनु हुनेछ।
18Jehovah shall reign for ever and ever.
18परमप्रभुले सदा-सर्वदाको निम्ति शासन गर्नुहुनेछ।”
19For the horses of Pharaoh went in with his chariots and with his horsemen into the sea, and Jehovah brought back the waters of the sea upon them; but the children of Israel walked on dry land in the midst of the sea.
19हो, साँच्चै नै यस्तै भयो। फिरऊनका घोडाहरू, घोडसवार र रथहरू सबै समुद्रमा डुबे। अनि परमेश्वरले तिनीहरूमाथि समुद्रको सबै पानी ल्याउनुभयो। इस्राएलीहरू समुद्रको माझबाट सूखा भूमिमा हिंडे।
20And Miriam the prophetess, the sister of Aaron, took a timbrel in her hand; and all the women went out after her with timbrels and with dances.
20त्यसपछि हारूनकी दिदी महिला अगमवादिनी मरियमले खैंजडी समातिन मरियम र अरू स्त्रीहरू गाउन र नाच्न थाले। मरियमले यी शब्दहरू दोहर्याइन।
21And Miriam answered them, Sing ye to Jehovah, for he hath triumphed gloriously; The horse and his rider hath he thrown into the sea.
21“परमप्रभुप्रति गीत गाऊ, उहाँले महान कार्य गर्नु भएको छ, उहाँले घोडाहरू र सवारहरूलाई समुद्रमा फ्याँकिदिनु भयो।”
22And Moses led Israel onward from the Red Sea, and they went out into the wilderness of Shur; and they went three days in the wilderness, and found no water.
22मोशाले इस्राएलीहरूलाई लाल समुद्रदेखि शूरको मरूभूमितिर डोर्याउने गरे। तिनीहरू मरूभूमिमा तीन दिनसम्म यात्रा गरे। तिनीहरूले पिउने पानी कतै भेटेनन्।
23And when they came to Marah, they could not drink of the waters of Marah, for they were bitter: therefore the name of it was called Marah.
23तीन दिनपछि ती मानिसहरू मारामा आइपुगे। मारामा पानी त थियो तर पिउँन नसकिने तीतो थियो। (यसकारण मानिसहरूले त्यस ठाउँको नाउँ मारा राखे।)
24And the people murmured against Moses, saying, What shall we drink?
24मानिसहरू मोशासित गुनासो पोख्न थाले। मानिसहरूले भने, “अब हामीहरूले के पिउने छौं?”
25An he cried unto Jehovah; And Jehovah showed him a tree, and he cast it into the waters, and the waters were made sweet. There he made for them a statute and an ordinance, and there he proved them;
25मोशाले परमप्रभुलाई पुकार गरे। यसर्थ परमप्रभुले तिनलाई एउटा रूख देखाउनु भयो। मोशाले त्यस रूखलाई पानीमा डुबाए अनि पानी पिउने लायकको भयो। त्यस ठाउँमा परमप्रभुले मानिसहरूको परीक्षा लिनु भयो अनि तिनीहरूका निम्ति उहाँले नियम बनाइ दिनु भयो। परमप्रभुले ती मानिसहरूमा विश्वासको पनि परीक्षा गर्नुभयो।
26and he said, If thou wilt diligently hearken to the voice of Jehovah thy God, and wilt do that which is right in his eyes, and wilt give ear to his commandments, and keep all his statutes, I will put none of the diseases upon thee, which I have put upon the Egyptians: for I am Jehovah that healeth thee.
26परमप्रभुले भन्नु भयो, “तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा पालन गर्नु पर्छ। उहाँले भन्नु भएको आज्ञाहरू तिमीहरूले मान्नै पर्छ। यदि तिमीहरूले उहाँका आज्ञाहरू पालन गर्यौ र नियमहरू मान्यौ भने मिश्रवासीहरू जस्तै तिमीहरू रोगी हुने छैनौ म परमप्रभु हुँ। म एक जना हुँ जसले तिमीहरूलाई स्वस्थ राख्छ।”
27And they came to Elim, where were twelve springs of water, and threescore and ten palm-trees: and they encamped there by the waters.
27तब मानिसहरू एलीमतिर लागे। एलीममा बाह्रवटा जलस्रोत र सत्तरीवटा खजूरको रूखहरू थिए। यसर्थ मानिसहरूले त्यस पानीको नजिक आफ्नो छाउनी बनाए।