1Now Jethro, the priest of Midian, Moses' father-in-law, heard of all that God had done for Moses, and for Israel his people, how that Jehovah had brought Israel out of Egypt.
1मोशाका ससूरा यित्रो मिद्यानका पूजाहारी थिए। यित्रोले इस्राएली मानिसहरूलाई परमेश्वरले धैरे प्रकारले सघाएको सुन्नुभयो यित्रोले इस्राएली मानिसहरूलाई परमप्रभुले मिश्रबाट बाहिर ल्याएको कुरा पनि सुने।
2And Jethro, Moses' father-in-law, took Zipporah, Moses' wife, after he had sent her away,
2यसर्थ यित्रो मोशा कहाँ गए, यित्रोले मोशाकी पत्नी सिप्पोराहलाई पनि संगै ल्याए (मोशाले सिप्पोरालाई तिनको घरमा पठाएका थिए) किनभने मोशाले उसलाई घर पठाएका थिए।
3and her two sons; of whom the name of the one was Gershom; for he said, I have been a sojourner in a foreign land:
3यित्रोले मोशाका दुइ छोराहरूलाई पनि संगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।”
4and the name of the other was Eliezer; for [he said], The God of my father was my help, and delivered me from the sword of Pharaoh.
4अर्को छोरोको नाउँ एलीएजेर राखियो, किनभने जब ऊ जन्मियो तब मोशाले भने, “मेरो पिता-पुर्खाहरू परमेश्वरले मलाई सहायता गर्नु भयो अनि फिरऊनको तरवारबाट मलाई बचाउनु भयो।”
5And Jethro, Moses' father-in-law, came with his sons and his wife unto Moses into the wilderness where he was encamped, at the mount of God:
5यित्रो मोशा कहाँ गए जब मोशाले परमेश्वरको पर्वतमाथि मरूभूमिमा छाउनी बनाएका थिए। यित्रोसित मोशाकी पत्नी र दुइजना छोराहरू थिए।
6and he said unto Moses, I, thy father-in-law Jethro, am come unto thee, and thy wife, and her two sons with her.
6यित्रोले मोशाकहाँ समाचार पठाए। यित्रोले भने, “म तिम्रा ससूरा यित्रो हुँ। म तिमी कहाँ तिम्री पत्नी र दुवै छोराहरूलाई लिएर आउँदैछु।”
7And Moses went out to meet his father-in-law, and did obeisance, and kissed him: and they asked each other of their welfare; and they came into the tent.
7यसकारण मोशा आफ्नो ससुरालाई भेट्न गए। मोशा उसकोअघि निहुरिए अनि उसलाई चुम्बन गरे। तिनीहरूले एका-अर्काको स्वस्थको बारेमा सोधपूछ गरे। तिनीहरू मोशाको पालमा गए।
8And Moses told his father-in-law all that Jehovah had done unto Pharaoh and to the Egyptians for Israel's sake, all the travail that had come upon them by the way, and how Jehovah delivered them.
8मोशाले यित्रोलाई प्रत्येक कुरा भने जे परमप्रभुले इस्राएलीहरूको निम्ति फिरऊन र मिश्रलाई गर्नु भएको थियो। मोशाले यित्रोलाई तिनीहरूले यात्रा गर्दा सामना गर्नु परेको स्थितिहरू पनि बताए। परमप्रभुले इस्राएलीहरूलाई सकंट घडीमा कसरी बचाउनु भयो त्यो पनि मोशाले आफ्नो ससुरालाई बताए।
9And Jethro rejoiced for all the goodness which Jehovah had done to Israel, in that he had delivered them out of the hand of the Egyptians.
9परमप्रभुले इस्राएलका मानिसहरूका निम्ति गर्नु भएका असल कुराहरू सुनेर यित्रो खुशी भए। मिश्र देशीहरूबाट इस्राएलका मानिसहरूलाई परमप्रभुले मुक्त गर्नु भएकोलागि यित्रो आनन्दित थिए।
10And Jethro said, Blessed be Jehovah, who hath delivered you out of the hand of the Egyptians, and out of the hand of Pharaoh; who hath delivered the people from under the hand of the Egyptians.
10यित्रोले भने, “परमप्रभुको स्तुति होस। उहाँले तिमीहरूलाई मिश्रका मानिसहरूबाट स्वतन्त्र गराउनु भयो। परमप्रभुले तिमीहरूलाई फिरऊनबाट बचाउनु भयो।
11Now I know that Jehovah is greater than all gods; yea, in the thing wherein they dealt proudly against them.
11अब म जान्दछु परमप्रभु सबै देवताहरूभन्दा महान हुनुहुन्छ। तिनीहरूले सोचे तिनीहरू नियन्त्रणमा थिए तर परमप्रभुले के गर्नु भयो।”
12And Jethro, Moses' father-in-law, took a burnt-offering and sacrifices for God: and Aaron came, and all the elders of Israel, to eat bread with Moses' father-in-law before God.
12तब यित्रोले परमेश्वरलाई बलिहरू र भेटी चढाए। तब हारून र इस्राएलका सबै बूढा-प्रधानहरू मोशाका ससूरा यित्रोसित परमेश्वरसंगै भोजन गरे।
13And it came to pass on the morrow, that Moses sat to judge the people: and the people stood about Moses from the morning unto the evening.
13अर्को दिन मोशाको मानिसहरूको न्याय गर्ने काम थियो। मानिसहरू दिनभरी नै मोशाकहाँ आए।
14And when Moses' father-in-law saw all that he did to the people, he said, What is this thing that thou doest to the people? why sittest thou thyself alone, and all the people stand about thee from morning unto even?
14मोशाले मानिसहरूको न्याय गरेको यित्रोले देखे। उनले सोधे, “यो तिमी एक्लै किन गरिरहेका छौ? तिमी एक्लै न्यायधीश छौ? अनि किन दिनभरी मानिसहरू तिमीकहाँ आइरहन्छन्?”
15And Moses said unto his father-in-law, Because the people come unto me to inquire of God:
15तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्।
16when they have a matter, they come unto me; and I judge between a man and his neighbor, and I make them know the statutes of God, and his laws.
16यदि तिनीहरूसित भन्ने कुरो छ भने तिनीहरू मकहाँ आउँछन्। कुन मानिस सही छ म निर्णय गर्छु। यसरी म मानिसहरूलाई परमेश्वरले बताउनु भएको नियम र शिक्षाहरू सिकाउँछु।”
17And Moses' father-in-law said unto him, The thing that thou doest is not good.
17तर मोशाका ससूराले उसलाई भने, “यस्तो कार्य गर्ने यो सही तरीका होइन।
18Thou wilt surely wear away, both thou, and this people that is with thee: for the thing is too heavy for thee; thou art not able to perform it thyself alone.
18एक्लो मानिसको निम्ति यो वेशी काम हो। तिमी एक्लै यी सबै कार्यहरू गर्न सक्तैनौ, तिमी थाक्छौ अनि मानिसहरू पनि थाक्छन्।
19Hearken now unto my voice, I will give thee counsel, and God be with thee: be thou for the people to God-ward, and bring thou the causes unto God:
19अब मेरो कुरा सुन। मलाई केही सल्लाह दिनु देऊ, अनि म प्रार्थना गर्छु परमेश्वर तिमीसंग हुनु हुनेछ। तिमीले मानिसहरूका निम्ति परमेश्वरको अघि बोल्नु पर्छ, अनि मानिसहरूका मुद्दाहरू सुन्नु पर्छ।
20and thou shalt teach them the statutes and the laws, and shalt show them the way wherein they must walk, and the work that they must do.
20तिमीले परमेश्वरका नियम र विधि विधानहरू मानिसहरूलाई सिकाउनु पर्छ। नियमहरू नभत्काउने चेताउनी देऊ। मानिसहरू कसरी बाँच्नु पर्छ सिकाऊ। तिनीहरूले के गर्नु पर्छ बताऊ।
21Moreover thou shalt provide out of all the people able men, such as fear God, men of truth, hating unjust gain; and place such over them, to be rulers of thousands, rulers of hundreds, rulers of fifties, and rulers of tens:
21तर तिमीले ती मानिसहरू मध्ये कोही मानिसहरू न्यायधीश र अगुवाहरू हुने पनि रोज्नु पर्छ। “जसमाथि भरोसा गर्न सक्छौ त्यस्ता असल मानिसहरूलाई छान जो परमेश्वरको सम्मान मान्छन्। यस्ता मानिसहरूलाई रोज जो पैसामा आफ्नो निर्णय परिवर्त्तन गर्दैनन्। अनि यी मानिसहरूलाई मानिसहरूमाथि शासकहरू नियुक्त गर। एक हजार, एक सय, पचास अनि दश मानिसहरूका समूहहरूका शासकहरू हुनु पर्छ।
22and let them judge the people at all seasons: and it shall be, that every great matter they shall bring unto thee, but every small matter they shall judge themselves: so shall it be easier for thyself, and they shall bear [the burden] with thee.
22यी अगुवाहरूले मानिसहरूलाई न्याय गरून्। यदि कतै महत्वपूर्ण मामला रहे ती शासकहरू तिमीकहाँ आउन सक्छन्। तर अन्य मामलामा तिनीहरूले नै न्याय दिऊन्। यसरी तिम्रो कार्य भारहरू हल्का हुन्छ।
23If thou shalt do this thing, and God command thee so, then thou shalt be able to endure, and all this people also shall go to their place in peace.
23यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”
24So Moses hearkened to the voice of his father-in-law, and did all that he had said.
24यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे।
25And Moses chose able men out of all Israel, and made them heads over the people, rulers of thousands, rulers of hundreds, rulers of fifties, and rulers of tens.
25उनले इस्राएलीहरूबाट योग्य मानिसहरू छाने। उनले तिनीहरूलाई अरू मानिसहरूमाझ नायक बनाए। उनले मानिसहरूलाई हजार, एक सय, पचास अनि दसको समूहको शासक बनाए।
26And they judged the people at all seasons: the hard causes they brought unto Moses, but every small matter they judged themselves.
26यी अगुवाहरूका लागि मानिसहरूको न्यायधीश थिए। मानिसहरू यी अगुवाहरू कहाँ सधैं आफ्नो कुराहरू लिएर आउँथे।
27And Moses let his father-in-law depart; and he went his way into his own land.
27केही समय पछि मोशाले आफ्नो ससूरा यित्रोलाई विदा दिए र यित्रो फर्केर आफ्नो घर गए।