American Standard Version

Nepali

Exodus

20

1And God spake all these words, saying,
1तब परमप्रभुले भन्नुभयो,
2I am Jehovah thy God, who brought thee out of the land of Egypt, out of the house of bondage.
2“म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। मैले तिमीहरूलाई मिश्र देशबाट बाहिर ल्याएँ जहाँ तिमीहरू कमारा-कमारीहरू थियौ।
3Thou shalt have no other gods before me.
3“तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।
4Thou shalt not make unto thee a graven image, nor any likeness [of any thing] that is in heaven above, or that is in the earth beneath, or that is in the water under the earth.
4“तिमीहरूले कुनै मूर्ति बनाउनु हुँदैन। कुनै प्रकारको मूर्ति अथवा नक्सा नबनाऊ जो आकाशमा अथवा तल पृथ्वीमाथि, पृथ्वी मुनि पानीमा छ।
5Thou shalt not bow down thyself unto them, nor serve them, for I Jehovah thy God am a jealous God, visiting the iniquity of the fathers upon the children, upon the third and upon the fourth generation of them that hate me,
5कुनै पनि प्रकारको मूर्ति त्यस्तो प्रतिरूपको पूजा नगर र त्यसको अगाडी ननिहुर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। म मेरा मानिसहरूले अरू देवताहरूको पूजा गरेको घृणा गर्छु। यदि कसैले मलाई घृणा गर्छ भने, तिनीहरूका सन्तानहरू, नाती-नातिनाहरूलाई म तिनीहरूको अपराधका निम्ति जिम्मेवार ठह्राउनेछु।
6and showing lovingkindness unto thousands of them that love me and keep my commandments.
6तर म हजारौं पुस्तासम्म ती सन्तानहरूसित दयालु हनेछु जसले मलाई प्रेम गर्छ र मेरो आज्ञाहरू पालन गर्छ।
7Thou shalt not take the name of Jehovah thy God in vain; for Jehovah will not hold him guiltless that taketh his name in vain.
7“तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरको नाउँ दुरूपयोग गर्नु हुँदैन। जसले परमप्रभुको नाउँको दुरूपयोग गर्छन् तिनीहरूलाई बाँच्न दिनु हुँदैन।
8Remember the sabbath day, to keep it holy.
8“विश्राम दिनलाई एक विशेष दिन भनी मान्नु पर्छ भनी सधैं ध्यानमा राख।
9Six days shalt thou labor, and do all thy work;
9हप्तामा छ दिन आफ्नो काम गर।
10but the seventh day is a sabbath unto Jehovah thy God: [in it] thou shalt not do any work, thou, nor thy son, nor thy daughter, thy man-servant, nor thy maid-servant, nor thy cattle, nor thy stranger that is within thy gates:
10“तर सातौं दिन परमप्रभु तिमीहरूका परमेश्वरको सम्मानमा विश्रामको दिन हो। यसर्थ त्यो दिन कसैले पनि काम गर्नु हुँदैन तिमीहरूका कमारा-कमारीहरू, छोरा-छोरीहरू अनि तिमीहरूका पशुहरू तथा तिमीहरूका शहरहरूमा भएका विदेशीहरूले पनि काम गर्नु हुँदैन।
11for in six days Jehovah made heaven and earth, the sea, and all that in them is, and rested the seventh day: wherefore Jehovah blessed the sabbath day, and hallowed it.
11किन? किनभने परमप्रभुले छ दिनमा आकाश, पृथ्वी, समुद्र अनि तिनीहरूमा भएका प्रत्येक चीज सृष्टि गर्नु लगाउनु भयो अनि सातौं दिनमा उहाँले विश्राम लिनु भयो। यस प्रकारले विश्राम दिनलाई परमप्रभुले आशीर्वाद दिनु भयो। त्यस दिनलाई परमप्रभुले विशेष दिन बनाउनु भयो।
12Honor thy father and thy mother, that thy days may be long in the land which Jehovah thy God giveth thee.
12तिमीहरूले आफ्नो आमा-बाबुलाई आदर गर्न पर्छ। यसो गर्यौ भने तिमीहरू परमप्रभु तिमीहरूको परमेश्वरद्वारा दिइने भूमिमा धेरै समयसम्म बाँच्न सक्नेछौ।
13Thou shalt not kill.
13“तिमीहरूले कसैको हत्या गर्नु हुँदैन।
14Thou shalt not commit adultery.
14“तिमीले व्यभिचार गर्नु हुँदैन।
15Thou shalt not steal.
15“तिमीले कुनै चीज चोरी गर्नु हुँदैन।
16Thou shalt not bear false witness against thy neighbor.
16“तिमीले अरूको विषयमा झूटो गवाही दिनु हुँदैन।
17Thou shalt not covet thy neighbor's house, thou shalt not covet thy neighbor's wife, nor his man-servant, nor his maid-servant, nor his ox, nor his ass, nor anything that is thy neighbor's.
17“तिमीहरूले छिमेकीहरूका घर, पत्नी, पुरूष अनि स्त्री, कमारा, कमारीहरू अथवा तिनीहरूको केही चीजहरूको चाहना गर्नु हुँदैन” मानिसहरू परमेश्वरसित डराउँछन्
18And all the people perceived the thunderings, and the lightnings, and the voice of the trumpet, and the mountain smoking: and when the people saw it, they trembled, and stood afar off.
18यस समयमा मानिसहरूले बेंसीमा गर्जनहरू सुने अनि पहाडमा आगो देखे। तिनीहरूले तुरहीको आवाज सुने। तिनीहरूले पर्वतबाट धुवाँ निस्केको देखे। मानिसहरू डराए र डरले कामे। तिनीहरू पर्वतदेखि धेरै टाढा उभिएर हेरे।
19And they said unto Moses, Speak thou with us, and we will hear; but let not God speak with us, lest we die.
19तब मानिसहरूले मोशालाई भने, “यदि तपाईं हामीसित कुरा गर्न चाहनु हुन्छ भने हामीहरू तपाईंका कुरा सुन्छौ तर दया गरेर परमेश्वरले हामीसंग कुरा नगरून। यदि त्यस्तो भयो भने, हामी मर्नेछौं।”
20And Moses said unto the people, Fear not: for God is come to prove you, and that his fear may be before you, that ye sin not.
20तब मोशाले मानिसहरूलाई भने, “नडराऊ, परमेश्वर तिमीहरूलाई जाँच्न आउनु भएकोछ। उहाँ चाहनु हुन्छ तिमीहरूले उहाँको डर मान्नु पर्छ। जसले गर्दा तिमीहरूले पाप गर्ने छैनौं।”
21And the people stood afar off, and Moses drew near unto the thick darkness where God was.
21जब मोशा कालो बादलभित्र गए जहाँ परमेश्वर हुनु हुन्थ्यो मानिसहरू पर्वतदेखि टाढै उभिए।
22And Jehovah said unto Moses, Thus thou shalt say unto the children of Israel, Ye yourselves have seen that I have talked with you from heaven.
22तब परमप्रभुले इस्राएली मानिसहरूलाई यी कुराहरू भन्नु भनी मोशालाई भन्नु भयो, “स्वर्गबाट मैले तिमीसित कुरा गरेको तिम्रा मानिसहरूले देखे।
23Ye shall not make [other gods] with me; gods of silver, or gods of gold, ye shall not make unto you.
23यसकारण म संग-संगै पूज्नको निम्ति चाँदी अथवा सुनको मूर्तिहरू नबनाऊ।
24An altar of earth thou shalt make unto me, and shalt sacrifice thereon thy burnt-offerings, and thy peace-offerings, thy sheep, and thine oxen: in every place where I record my name I will come unto thee and I will bless thee.
24मेरो निम्ति एउटा विशेष वेदी बनाऊ। त्यो वेदी बनाउन माटो प्रयोग गर। यो वेदीमा बलिको रूपमा होमबलि अथवा मेलबलि चढाऊ र त्यसको निम्ति आफ्नो भेडा, गाई तथा बाख्राहरूको उपयोग गर। यो काम तिमीहरूले प्रत्येक ठाउँमा गर जहाँ म तिमीहरूलाई मेरो सम्झना गर भन्छु। तब म आउँछु अनि तिमीहरूलाई आशिर्वाद दिन्छु।
25And if thou make me an altar of stone, thou shalt not build it of hewn stones; for if thou lift up thy tool upon it, thou hast polluted it.
25यदि ढुङ्गाको वेदी बनायौ भने फलामको हतियारले काटेको ढुङ्गाहरू नलगाऊ। तिमीहरूको धातुका हतियारले गर्दा वेदी अपवित्र हुन्छ।
26Neither shalt thou go up by steps unto mine altar, that thy nakedness be not uncovered thereon.
26वेदीसम्म पुग्ने सिंढीहरू नबनाऊ। वेदीसम्म जाने सिंढी बनाएर नउक्लनु किनभने त्यसो गर्दा त्यसमाथि तिमीहरूको नग्नता देखिनेछन।”तिमीहरूको शरीर लुगाभित्र तलबाट देखिनेछ।”