American Standard Version

Nepali

Exodus

24

1And he said unto Moses, Come up unto Jehovah, thou, and Aaron, Nadab, and Abihu, and seventy of the elders of Israel; and worship ye afar off:
1परमेश्वरले मोशालाई भन्नु भयो, “तिमी, हारून, नादाब, अबीहू अनि सत्तरी इस्राएलका जना अरू बूढा-प्रधानहरूसित पर्वतमाथि आउनु पर्छ अनि टाढोबाट मेरो आराधना गर्नु पर्छ।
2and Moses alone shall come near unto Jehovah; but they shall not come near; neither shall the people go up with him.
2तब मोशा परमप्रभु सामुन्ने आफैं आउनेछन् तर अन्य मानिसहरू परमप्रभु नजिक जाने छैनन् अनि रहल मानिसहरूले पर्वतमाथिसम्म पनि जानु हुँदैन।”
3And Moses came and told the people all the words of Jehovah, and all the ordinances: and all the people answered with one voice, and said, All the words which Jehovah hath spoken will we do.
3मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
4And Moses wrote all the words of Jehovah, and rose up early in the morning, and builded an altar under the mount, and twelve pillars, according to the twelve tribes of Israel.
4अनि मोशाले परमप्रभुका सबै आज्ञाहरू लेखे। अर्को बिहान मोशाले पर्वतको फेदीमा एउटा वेदी बनाए अनि इस्राएलीहरूको बाह्र कुल समूहहरूलाई प्रतिनिधित्व गराउनु बाह्रबटा ढुङ्गाहरू राखे।
5And he sent young men of the children of Israel, who offered burnt-offerings, and sacrificed peace-offerings of oxen unto Jehovah.
5तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।
6And Moses took half of the blood, and put it in basins; and half of the blood he sprinkled on the altar.
6मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।
7And he took the book of the covenant, and read in the audience of the people: and they said, All that Jehovah hath spoken will we do, and be obedient.
7मोशाले करारको पुस्तक मानिसहरूका निम्ति पढे अनि मानिसहरूले भने, “परमप्रभुले आदेश गर्नु भएको प्रत्येक चीज हामी गर्ने छौं।”
8And Moses took the blood, and sprinkled it on the people, and said, Behold the blood of the covenant, which Jehovah hath made with you concerning all these words.
8तब मोशाले बलिको गोरूको रगत भएको कचौरा लिए अनि मानिसहरूमाथि छर्के। उनले भने, “परमप्रभुले तिमीहरूसित विशेष करार गर्नु भएकोछ भनी यस रगतले देखाउँछ। परमेश्वरले बनाउनु भएका नियमहरू यस करारको एउटा अंश हो।”
9Then went up Moses, and Aaron, Nadab, and Abihu, and seventy of the elders of Israel.
9तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे।
10And they saw the God of Israel; and there was under his feet as it were a paved work of sapphire stone, and as it were the very heaven for clearness.
10इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।
11And upon the nobles of the children of Israel he laid not his hand: and they beheld God, and did eat and drink.
11इस्राएलीहरूको अगुवाहरूले परमेश्वरलाई देखे तर उहाँले तिनीहरूलाई ध्वंश पार्नु भएन। तिनीहरू सबैले संगै खाए अनि पिए।
12And Jehovah said unto Moses, Come up to me into the mount, and be there: and I will give thee the tables of stone, and the law and the commandment, which I have written, that thou mayest teach them.
12परमप्रभुले, मोशालाई भन्नु भयो, “पर्वतमाथि मकहाँ आऊ। मैले मेरा शिक्षाहरू र नियमहरू ढुङ्गाको पाटीहरूमा लेखेको छु। ती पाटीहरू म तिमीलाई दिनेछु।”
13And Moses rose up, and Joshua his minister: and Moses went up into the mount of God.
13यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे।
14And he said unto the elders, Tarry ye here for us, until we come again unto you: and, behold, Aaron and Hur are with you: whosoever hath a cause, let him come near unto them.
14मोशाले बूढा-प्रधानहरूलाई भने, “हामीहरू नफर्कुञ्जेल यही पर्ख। जब म जान्छु, तिमीहरूबीच कसैको झगडा भए हारून र हूर कहाँ लानु पर्छ।”
15And Moses went up into the mount, and the cloud covered the mount.
15तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो।
16And the glory of Jehovah abode upon mount Sinai, and the cloud covered it six days: and the seventh day he called unto Moses out of the midst of the cloud.
16परमप्रभुको महिमा सीनै पर्वतमा आयो। बादलले छ दिनसम्म पर्वतलाई ढाक्यो। सातौं दिनमा परमप्रभुले मोशासंग बादलबाट कुरा गर्नु भयो।
17And the appearance of the glory of Jehovah was like devouring fire on the top of the mount in the eyes of the children of Israel.
17परमप्रभुको महिमा इस्राएलीहरूको दृष्टिमा पर्वतमाथि जलिरहको आगो झैं प्रकट भयो।
18And Moses entered into the midst of the cloud, and went up into the mount: and Moses was in the mount forty days and forty nights.
18तब मोशा अझै धेरै बादलभित्र गए। पर्वतमाथि मोशा चालीस दिन र चालीस रात बसे।