American Standard Version

Nepali

Exodus

40

1And Jehovah spake unto Moses, saying,
1तब परमप्रभु मोशालाई भन्नु हुन्छ,
2On the first day of the first month shalt thou rear up the tabernacle of the tent of meeting.
2“पवित्र पाललाई जुन भेट हुने पाल पनि भनिन्छ पहिलो महीनाको पहिलो दिन स्थापना गरिनु पर्छ।
3And thou shalt put therein the ark of the testimony, and thou shalt screen the ark with the veil.
3पवित्र पालभित्र करारको सन्दूक राखेर त्यसलाई पर्दाले ढाकिदेऊ।
4And thou shalt bring in the table, and set in order the things that are upon it; and thou shalt bring in the candlestick, and light the lamps thereof.
4त्यसपछि टेबल ल्याऊ र त्यसमाथि राखिनु पर्ने प्रत्येक चीज राख। सामदानलाई पालभित्र ल्याऊ अनि त्यसमा दियोहरू जलाऊ।
5And thou shalt set the golden altar for incense before the ark of the testimony, and put the screen of the door to the tabernacle.
5धूप चढाउनलाई सुनको वेदीको पालभित्र राख। वेदीलाई करारको सन्दूक अघि राख। तब पवित्र पालको प्रवेशद्वारमा पर्दा लगाऊ।
6And thou shalt set the altar of burnt-offering before the door of the tabernacle of the tent of meeting.
6“तब होम बलिको लागि पवित्र पालको प्रवेशद्वारमा जसलाई भेट हुने पाल पनि भनिन्छ वेदी राख।
7And thou shalt set the laver between the tent of meeting and the altar, and shalt put water therein.
7भेट हुने पाल र वेदीको बीचमा बाटा राख। त्यस बाटामा पानी हाल।
8And thou shalt set up the court round about, and hang up the screen of the gate of the court.
8आँगनको वरिपरि पर्दाको पर्खाल लगाऊ। तब आँगनको प्रवेश द्वारको अघि पर्दा लगाऊ।
9And thou shalt take the anointing oil, and anoint the tabernacle, and all that is therein, and shalt hallow it, and all the furniture thereof: and it shall be holy.
9“अभिषेक गर्ने तेल लिएर पाल तथा त्यसमा भएका प्रत्येक चीजलाई अभिषेक गर। यदि तिमीले ती सबै चीजमा अभिषेक तेलले अभिषेक गरेर तिनीहरू सबैलाई पवित्र पार्नेछौ।
10And thou shalt anoint the altar of burnt-offering, and all its vessels, and sanctify the altar: and the altar shall be most holy.
100होमबलिको वेदीमाथि अनि वेदीको निम्ति प्रयोग गरिने सबै चीजहरूमा तेल छर्क। यसले ती सबै चीजहरूलाई पवित्र अनि वेदी अति पवित्र बनाउँछ।
11And thou shalt anoint the laver and its base, and sanctify it.
11बाटा र त्यस मुनिको आधार पवित्र पार्न तिनीहरूमाथि अभिषेक गर।
12And thou shalt bring Aaron and his sons unto the door of the tent of meeting, and shalt wash them with water.
12“हारून र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेश द्वारमा ल्याएर पानीले नुहाउन लगाऊ।
13And thou shalt put upon Aaron the holy garments; and thou shalt anoint him, and sanctify him, that he may minister unto me in the priest's office.
13त्यसपछि हारूनलाई विशेष लुगा लगाई पवित्र पार्न तेलले अभिषेक गर। त्यसपछि उसले पूजाहारी भई मेरो सेवा गर्न सक्छ।
14And thou shalt bring his sons, and put coats upon them;
14त्यसपछि उसका छोराहरूलाई लुगा लगई देऊ।
15and thou shalt anoint them, as thou didst anoint their father, that they may minister unto me in the priest's office: and their anointing shall be to them for an everlasting priesthood throughout their generations.
15छोराहरूलाई पनि बुबालाई गरेकै प्रकारले अभिषेक गरिदेऊ। तब तिनीहरूले पनि पूजाहारी भई मेरो सेवा गर्न सक्छन्। जब तिमी तिनीहरूलाई अभिषेक गर्छौ तब तिनीहरू पूजाहारी हुन्छन्। भविष्यमा पनि त्यो परिवार पूजाहारी नै भइरहनेछ।”
16Thus did Moses: according to all that Jehovah commanded him, so did he.
16परमप्रभुले आज्ञा गर्नु भए अनुसार नै मोशाले प्रत्येक चीज गरे।
17And it came to pass in the first month in the second year, on the first day of the month, that the tabernacle was reared up.
17त्यसकारण पवित्र पाल ठीक समयमा स्थापन गरियो। इस्राएलीहरूले मिश्र छोडेको यो दोस्रो वर्षको पहिलो महीनाको पहिलो दिन थियो।
18And Moses reared up the tabernacle, and laid its sockets, and set up the boards thereof, and put in the bars thereof, and reared up its pillars.
18मोशाले पवित्र पाल स्थापित गरे। तिनले पहिले आधारहरू राखे अनि त्यसपछि आधारहरूमाथि फल्याकहरू राखे। तब उसले बार र तक्ताहरू भित्र लगाए अनि खम्बाहरू ठडाए।
19And he spread the tent over the tabernacle, and put the covering of the tent above upon it; as Jehovah commanded Moses.
19तब मोशाले पवित्र पालमाथि कृपा-आसान राखे परमप्रभुले दिनु भएको आज्ञा अनुसार तिनले यसो गरे।
20And he took and put the testimony into the ark, and set the staves on the ark, and put the mercy-seat above upon the ark:
20मोशाले करार पत्र पवित्र सन्दूकभित्र राखे। मोशाले सन्दूकमाथि डण्डाहरू राखे अनि ढकनीले ढाके।
21and he brought the ark into the tabernacle, and set up the veil of the screen, and screened the ark of the testimony; as Jehovah commanded Moses.
21तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।
22And he put the table in the tent of meeting, upon the side of the tabernacle northward, without the veil.
22तब मोशाले भेट हुने पालमा टेबल राखे। यो तिनले पवित्र सन्दूकको उत्तर तिर राखे। यो तिनले पवित्र पालभित्र पर्दाको अघाडी राखे।
23And he set the bread in order upon it before Jehovah; as Jehovah commanded Moses.
23तब उनले टेबलमाथि परमप्रभुको सामने रोटी राखे। तिनले परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार यसो गरे।
24And he put the candlestick in the tent of meeting, over against the table, on the side of the tabernacle southward.
24उनले सामदान भेट हुने पालको दक्षिण भागमा टेबलको अघाडी राखे।
25And he lighted the lamps before Jehovah; as Jehovah commanded Moses.
25उनले परमप्रभुको अघि दियोहरू बाले। तिनले यी सब कामहरू परमप्रभुले तिनलाई दिनु भएको आज्ञा अनुसार गरे।
26And he put the golden altar in the tent of meeting before the veil:
26तब तिनले सुनको वेदी भेट हुने पाल भित्र राखे। वेदी पर्दाको अघिललातिर राखे।
27and he burnt thereon incense of sweet spices; as Jehovah commanded Moses.
27तब तिनले वेदीमा सुगन्धित धूप बाले। उनले यो परमप्रभुले दिनु भएको आज्ञा अनुसार गरे।
28And he put the screen of the door to the tabernacle.
28तब मोशाले पवित्र पालको प्रवेश द्वारमा पर्दा लगाए।
29And he set the altar of burnt-offering at the door of the tabernacle of the tent of meeting, and offered upon it the burnt-offering and the meal-offering; as Jehovah commanded Moses.
29मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।
30And he set the laver between the tent of meeting and the altar, and put water therein, wherewith to wash.
30तब मोशाले बाटा भेट हुने पाल र वेदीको माझमा राखे। तिनले बाटामा हात धुनलाई पानी पनि राखे।
31And Moses and Aaron and his sons washed their hands and their feet thereat;
31मोशा, हारून र तिनका छोराहरूले आफ्नो हात-खुट्टा धुन यो बाटामा प्रयोग गरे।
32when they went into the tent of meeting, and when they came near unto the altar, they washed; as Jehovah commanded Moses.
32तिनीहरू भेट हुने पालमा पस्दा प्रत्येक पल्ट आफ्नो हात-खुट्टा धोए अनि त्यसरी नै तिनीहरू वेदी सामने जाँदा पनि हात-खुट्टा धोए। तिनीहरूले परमप्रभुले आज्ञा गरे अनुसार यसो गरे।
33And he reared up the court round about the tabernacle and the altar, and set up the screen of the gate of the court. So Moses finished the work.
33मोशाले पवित्र पालको आँगन वरिपरि पर्दा लगाए। तिनले आँगनमा वेदी राखे। अनि आँगनको प्रवेशद्वारमा पर्दा लगाए। मोशाले यी सबै काम समाप्त गरे।
34Then the cloud covered the tent of meeting, and the glory of Jehovah filled the tabernacle.
34भेट हुने पाललाई बादलले ढाक्यो र परमप्रभुको महिमाले पवित्र पाल परिपूर्ण भयो।
35And Moses was not able to enter into the tent of meeting, because the cloud abode thereon, and the glory of Jehovah filled the tabernacle.
35बादल त्यहाँ बसेकोले र पवित्र पालभित्र परमप्रभुको महिमा भरिएकोले मोशा भेट हुने पालभित्र जान सकेनन्।
36And when the cloud was taken up from over the tabernacle, the children of Israel went onward, throughout all their journeys:
36जब बादल पवित्र पालबाटमाथि उठ्थ्यो इस्राएलीहरूले आफ्नो यात्रा शुरू गर्थे।
37but if the cloud was not taken up, then they journeyed not till the day that it was taken up.
37तर जब बादल पवित्र पालबाटमाथि उठ्दैनथ्यो भने मानिसहरू हिंड्ने चेष्टा गर्दैनथे। तिनीहरू बादलमाथि नउठुञ्जेलसम्म एकै ठाउँमा बसिरहन्थे।
38For the cloud of Jehovah was upon the tabernacle by day, and there was fire therein by night, in the sight of all the house of Israel, throughout all their journeys.
38यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।