1And afterward Moses and Aaron came, and said unto Pharaoh, Thus saith Jehovah, the God of Israel, Let my people go, that they may hold a feast unto me in the wilderness.
1मानिसहरूसंग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।”
2And Pharaoh said, Who is Jehovah, that I should hearken unto his voice to let Israel go? I know not Jehovah, and moreover I will not let Israel go.
2तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”
3And they said, The God of the Hebrews hath met with us: let us go, we pray thee, three days' journey into the wilderness, and sacrifice unto Jehovah our God, lest he fall upon us with pestilence, or with the sword.
3तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”
4And the king of Egypt said unto them, Wherefore do ye, Moses and Aaron, loose the people from their works? get you unto your burdens.
4तर फिरऊनले तिनीहरूलाई भने, “हारून र मोशा! तिमीहरूले कर्मचारीहरूलाई विरक्त पारिरहेका छौ। तिनीहरूलाई आफ्नो काम गर्न देऊ! जाऊ तिमीहरू आफ्नो काम गर।
5And Pharaoh said, Behold, the people of the land are now many, and ye make them rest from their burdens.
5हिब्रूहरू ती मिश्रीहरूभन्दा ज्यादै संख्यामा छन्, अनि तिमीहरू उनीहरूलाई काम गर्नबाट रोक्न चाहन्छौ।”
6And the same day Pharaoh commanded the taskmasters of the people, and their officers, saying,
6त्यही दिन इस्राएलीहरूको निम्ति कठोर काम दिनु भनी फिरऊनले आदेश दिए। फिरऊनले कमारा मालिकहरू र हिब्रू परिदर्शकहरूलाई भने,
7Ye shall no more give the people straw to make brick, as heretofore: let them go and gather straw for themselves.
7“अहिलेसम्म ईंटा बनाउने कर्मीहरूलाई तिमीहरूले पराल दिइरहेका छौ। अब उसो तिनीहरू आफैले पराल बटुल्नु पर्छ अनि ईंटा बनाउनु पर्छ।
8And the number of the bricks, which they did make heretofore, ye shall lay upon them; ye shall not diminish aught thereof: for they are idle; therefore they cry, saying, Let us go and sacrifice to our God.
8तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्।
9Let heavier work be laid upon the men, that they may labor therein; and let them not regard lying words.
9यसर्थ तिनीहरूलाई कठोर काम दिएर व्यस्त राख। तिनीहरूले मोशाका झूटा कुराहरू सुन्ने समय पाउने छैनन्।”
10And the taskmasters of the people went out, and their officers, and they spake to the people, saying, Thus saith Pharaoh, I will not give you straw.
10यसर्थ मिश्र देशका कमारा मालिकहरू र हिब्रू परिदर्शकहरू इस्राएली मानिसहरू कहाँ गए र भने, “तिमीहरूलाई ईंटा बनाउन फिरऊनले पराल नदिने निर्णय लिएका छन्।
11Go yourselves, get you straw where ye can find it: for nought of your work shall be diminished.
11तिमीहरू आफै गएर आफ्नो ईंटा बनाउने पराल खोज। तर तिमीहरूले आफ्नो निम्ति पराल खोजेर पनि ईंटा चाँहि पहिले जति बनाउँथ्यौ त्यति नै संख्यामा बनाउनु पर्छ।”
12So the people were scattered abroad throughout all the land of Egypt to gather stubble for straw.
12यसर्थ ती मानिसहरू पराल बटुल्नलाई मिश्र देशमा प्रत्येक ठाउँमा गए।
13And the taskmasters were urgent saying, Fulfil your works, [your] daily tasks, as when there was straw.
13कमारा मालिकहरूले मानिसहरूलाई झन कठोर काममा लगाए। तिनीहरूलाई बलपूर्वक पहिले बनाए जति नै ईंटा बाउने आदेश दिए।
14And the officers of the children of Israel, whom Pharaoh's taskmasters had set over them, were beaten, and demanded, Wherefore have ye not fulfilled your task both yesterday and to-day, in making brick as heretofore?
14मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सकथ्यौ भने अहिले बनाउन सक्छौ?”
15Then the officers of the children of Israel came and cried unto Pharaoh, saying, Wherefore dealest thou thus with thy servants?
15त्यसपछि हिब्रू परिदर्शकहरू फिरऊनकहाँ गए। तिनीहरूले अर्जी गरे। “हामी तपाईंका सेवकहरू हौ, किन हामीसित यस्तो व्यवहार गर्नु हुँदैछ?
16There is no straw given unto thy servants, and they say to us, Make brick: and, behold, thy servants are beaten; but the fault it in thine own people.
16तपाईंले हामीलाई पहिला पराल दिंदै हुनु हुन्थ्यो। तर अहिले आफ्नो आफ्नो निम्ति पराल जम्मा गर्नु पर्छ। तर पहिलेको जति नै ईंटाहरू बनाउन हामीलाई भन्नुहुन्छ। अहिले हामीलाई मालिकहरूले कुट्छन्। तपाईंहरूका मानिसहरू यस्तो गरेर गल्ती गर्दैछन्।”
17But he said, Ye are idle, ye are idle: therefore ye say, Let us go and sacrifice to Jehovah.
17फिरऊनले जवाफ दिए, “तिमीहरू अल्छे छौ र तिमीहरू काम गर्न चाहदैनौ यसकारण तिमीहरू मलाई छोडी दिनु भन्छौ। त्यसैले यहाँको काम छोडेर तिमीहरू आफ्नो परमप्रभुलाई बलि चढाउन खोज्छौ।
18Go therefore now, and work; for there shall no straw be given you, yet shall ye deliver the number of bricks.
18अब तिमीहरू आ-आफ्नो काममा जाऊ तर तिमीहरूलाई पराल दिने छैनौ। र तिमीहरूले अब पनि त्यति नै ईंटाहरू बनाउनु पर्छ जति पहिले बनाउँथ्यौ।”
19And the officers of the children of Israel did see that they were in evil case, when it was said, Ye shall not diminish aught from your bricks, [your] daily tasks.
19हिब्रू परिदर्शकहरूले बुझे तिनीहरूले पहिले जाति ईंटा बनाउन सक्ने छैनन् र तिनीहरू अप्ठेरोमा पर्नेछन्।
20And they met Moses and Aaron, who stood in the way, as they came forth from Pharaoh:
20जब तिनीहरू फिरऊनलाई भेटेर जाँदैथे तिनीहरूले मोशा र हारूनलाई भेटे। मोशा र हारूनले तिनीहरूलाई पर्खिरहेका थिए।
21and they said unto them, Jehovah look upon you, and judge: because ye have made our savor to be abhorred in the eyes of Pharaoh, and in the eyes of his servants, to put a sword in their hand to slay us.
21यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”
22And Moses returned unto Jehovah, and said, Lord, wherefore hast thou dealt ill with this people? why is it that thou hast sent me?
22तब मोशाले परमप्रभुसित प्रार्थना गर्दै भने, “हे मालिक! तपाईंले आफ्नो मानिसहरूसित किन नराम्रो व्यवहार गर्नु भयो? तपाईंले मलाई यहाँ किन पठाउनु भयो?
23For since I came to Pharaoh to speak in thy name, he hath dealt ill with this people; neither hast thou delivered thy people at all.
23म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”