American Standard Version

Nepali

Exodus

9

1Then Jehovah said unto Moses, Go in unto Pharaoh, and tell him, Thus saith Jehovah, the God of the Hebrews, Let my people go, that they may serve me.
1तब परमप्रभुले मोशालाई फिरऊनकहाँ गएर यसो भन, “परमप्रभु, हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई मेरो आराधना गर्न जान देऊ।’
2For if thou refuse to let them go, and wilt hold them still,
2यदि मेरो मानिसहरूलाई जान दिएनौ र रोकी राख्यौ भने,
3behold, the hand of Jehovah is upon thy cattle which are in the field, upon the horses, upon the asses, upon the camels, upon the herds, and upon the flocks: [there shall be] a very grievous murrain.
3तब परमप्रभुले आफ्नो शक्ति तिम्रा खेतका पशुहरूमाथि प्रयोग गर्नुहुनेछ। तिम्रा सबै घोडाहरू, गधाहरू, ऊँटहरू, गाई वस्तुहरू अनि भेडाहरूमाथि भयानक रोगले ग्रस्त हुनेछन्।
4And Jehovah shall make a distinction between the cattle of Israel and the cattle of Egypt; and there shall nothing die of all that belongeth to the children of Israel.
4परमप्रभुले इस्राएलीहरूको र मिश्रीहरूका पशुहरूलाई भिन्दा भिन्दै व्यवहार गर्नु हुनेछ। इस्राएलीहरूका कुनै पशु मर्ने छैनन्।
5And Jehovah appointed a set time, saying, To-morrow Jehovah shall do this thing in the land.
5यस्तो अनिष्ट हुने समय परमप्रभुले तोक्नु भएको छ। परमप्रभुले यस्तो विपत्ति यस भूमिमा भोलि ल्याउनु हुनेछ।”‘
6And Jehovah did that thing on the morrow; and all the cattle of Egypt died; but of the cattle of the children of Israel died not one.
6परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यसै गर्नु भयो। अर्को दिन बिहान मिश्रका सबै पशुहरू मरे। तर इस्राएलीहरूका एउटा पनि पशु मरेनन्।
7And Pharaoh sent, and, behold, there was not so much as one of the cattle of the Israelites dead. But the heart of Pharaoh was stubborn, and he did not let the people go.
7फिरऊनले आफ्नो मानिस इस्राएलीहरूका कुनै पशु मरे कि मरेन पत्तो लगाउन पठायो। तर इस्राएलीहरूका कुनै पशु मरेनन्। फिरऊन अट्टेरी थियो इस्राएली मानिसहरूलाई उसले जानु दिएन।
8And Jehovah said unto Moses and unto Aaron, Take to you handfuls of ashes of the furnace, and let Moses sprinkle it toward heaven in the sight of Pharaoh.
8परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “चुल्हाको खरानी हत्केलाभरी लेऊ। मोशा, फिरऊन अधि त्यो खरानी हावामा उडाईदेऊ।
9And it shall become small dust over all the land of Egypt, and shall be a boil breaking forth with blains upon man and upon beast, throughout all the land of Egypt.
9[This verse may not be a part of this translation]
10And they took ashes of the furnace, and stood before Pharaoh; and Moses sprinkled it up toward heaven; and it became a boil breaking forth with blains upon man and upon beast.
10यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो।
11And the magicians could not stand before Moses because of the boils; for the boils were upon the magicians, and upon all the Egyptians.
11मोशाले गरे जस्तो जादूगरहरूले गर्न सकेनन् कारण तिनीहरू पनि यस रोगले ग्रस्त थिए। यस्तो मिश्र देशमा जता-ततै भयो।
12And Jehovah hardened the heart of Pharaoh, and he hearkened not unto them, as Jehovah had spoken unto Moses.
12तर परमप्रभुले फिरऊनलाई अट्टेरी नै बनाई राख्नु भयो, यसर्थ मोशा र हारूनका कुरा सुन्न उसले अस्वीकार गर्यो। परमप्रभुले मोशालाई भन्नु जस्तै नै भयो असिना
13And Jehovah said unto Moses, Rise up early in the morning, and stand before Pharaoh, and say unto him, Thus saith Jehovah, the God of the Hebrews, Let my people go, that they may serve me.
13तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।
14For I will this time send all my plagues upon thy heart, and upon thy servants, and upon thy people; that thou mayest know that there is none like me in all the earth.
14यदि मेरा मानिसहरूलाई यसो गर्न दिएनौ भने म मेरो सम्पूर्ण शक्ति तिमी, तिम्रा मानिसहरू अनि तिम्रा अधिकारीहरूमाथि प्रयोग गर्नेछु। तब तिमीले जान्ने छौ संसारमा म जस्तो परमेश्वर अरू छैन।
15For now I had put forth my hand, and smitten thee and thy people with pestilence, and thou hadst been cut off from the earth:
15तिमी र तिम्रा मानिसहरूलाई यस भूमिबाट बाहिर ल्याउन म मेरो शक्ति प्रयोग गर्न सक्छु।
16but in very deed for this cause have I made thee to stand, to show thee my power, and that my name may be declared throughout all the earth.
16तर मैले तिमीलाई मेरो शक्ति प्रकटको निम्ति राखेको हुँ। यसो गर्दा संसारका मानिसहरूले मेरो विषयमा बुझ्ने छन्।
17As yet exaltest thou thyself against my people, that thou wilt not let them go?
17तिमी अझै पनि मेरो मानिसहरूको विरोधमा छौ कारण तिमीले अझसम्म मुक्ति दिएका छैनौं।
18Behold, to-morrow about this time I will cause it to rain a very grievous hail, such as hath not been in Egypt since the day it was founded even until now.
18यसर्थ भोलि यही समयमा अत्यन्तै नराम्रो असिना पार्नेछु। यस प्रकारको असिना मिश्र एउटा राष्ट्र बनिएदेखि कहिल्यै परेको थिएन।
19Now therefore send, hasten in thy cattle and all that thou hast in the field; [for] every man and beast that shall be found in the field, and shall not be brought home, the hail shall come down upon them, and they shall die.
19अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीच जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किन? किनभने मानिस होस् अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।”‘
20He that feared the word of Jehovah among the servants of Pharaoh made his servants and his cattle flee into the houses.
20फिरऊनका केही अधिकारीहरू ज-जसले परमप्रभुको वचनलाई आदर गरेका थिए, तिनीहरूले आफ्नो पशुहरू र कमारा-कमारीहरू घरभित्र राखे।
21And he that regarded not the word of Jehovah left his servants and his cattle in the field.
21तर अरू मानिसहरूले परमप्रभुको वचन ध्यान दिएका थिएनन् तिनीहरूका पशुहरू अनि कमारा-कमारीहरू खेतमा नै छोडी दिए।
22And Jehovah said unto Moses, Stretch forth thy hand toward heaven, that there may be hail in all the land of Egypt, upon man, and upon beast, and upon every herb of the field, throughout the land of Egypt.
22परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।”
23And Moses stretched forth his rod toward heaven: and Jehovah sent thunder and hail, and fire ran down unto the earth; and Jehovah rained hail upon the land of Egypt.
23तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो।
24So there was hail, and fire mingled with the hail, very grievous, such as had not been in all the land of Egypt since it became a nation.
24असिना परिरहेको थियो र संग-संगै बिजुली पनि चम्किरहेको थियो। मिश्र एउटा राष्ट्र भए पछि सब भन्दा बढी असिना परेको यही थियो।
25And the hail smote throughout all the land of Egypt all that was in the field, both man and beast; and the hail smote every herb of the field, and brake every tree of the field.
25मिश्रका सबै मानिसहरू, पशु अनि उद्भिद आँधी-बेरीले ध्वंश पार्यो। असिनाले खेतका रूखहरू पनि भाँचिदियो।
26Only in the land of Goshen, where the children of Israel were, was there no hail.
26असिना नपरेको ठाउँ चाँहि गोशेन मात्र थियो जहाँ इस्राएलका मानिसहरू बस्थे।
27And Pharaoh sent, and called for Moses and Aaron, and said unto them, I have sinned this time: Jehovah is righteous, and I and my people are wicked.
27फिरऊनले मोशा र हारूनलाई बोलाए। तिनीहरूलाई भने, “यस पल्ट मैले पाप गरेकोछु। परमप्रभु सही हुनुहुन्छ। म र मेरा मानिसहरू गलत छौं।
28Entreat Jehovah; for there hath been enough of [these] mighty thunderings and hail; and I will let you go, and ye shall stay no longer.
28परमेश्वर द्वारा परेको असिना अनि गर्जन एकदमै बेशी भयो। परमेश्वरसित आँधी थाम्नको निम्ति प्रार्थना गर, म तिमीहरूलाई जान दिनेछु। तिमीहरूले यहाँ बस्नु पर्ने छैन।”
29And Moses said unto him, As soon as I am gone out of the city, I will spread abroad my hands unto Jehovah; the thunders shall cease, neither shall there be any more hail; that thou mayest know that the earth is Jehovah's.
29मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।
30But as for thee and thy servants, I know that ye will not yet fear Jehovah God.
30तर म जान्दछु तिमी अनि तिम्रा अधिकारीहरू अझै पनि परमप्रभु परमेश्वरसित डराएका छैनौ अनि सम्मान गर्दैनौ।”
31And the flax and the barley were smitten: for the barley was in the ear, and the flax was in bloom.
31पातमा बिउहरू लागि सकेको थियो अनि जौमा फूल फूलिसकेको थियो। यसकारण यो उद्भिदहरू नष्ट भयो।
32But the wheat and the spelt were not smitten: for they were not grown up.
32गहूँ र कठिया गहूँ अरू अन्नहरू भन्दा ढिलो उम्रन्छ यसकारण यो नष्ट भएन।
33And Moses went out of the city from Pharaoh, and spread abroad his hands unto Jehovah: and the thunders and hail ceased, and the rain was not poured upon the earth.
33मोशाले फिरऊनबाट विदा लिए अनि शहर बाहिर गए। उनले आफ्नो हात प्रार्थनामा उठाए गर्जन र असिना रोकियो अनि त्यसपछि पानी पर्न थामियो।
34And when Pharaoh saw that the rain and the hail and the thunders were ceased, he sinned yet more, and hardened his heart, he and his servants.
34जब फिरऊनले असिना पानी अनि गर्जन रोकिएको देखे उनले फेरि परमेश्वरको विरूद्ध पाप गरे, फिरऊन र उसका अधिकारीहरू अट्टेरी भए।
35And the heart of Pharaoh was hardened, and he did not let the children of Israel go, as Jehovah had spoken by Moses.
35उनले इस्राएलका मानिसहरूलाई स्वतन्त्रता गर्नु अस्वीकार गरे। परमेश्वरले मोशालाई जे भन्नु भएको थियो त्यो पूरा भयो।