American Standard Version

Nepali

Ezekiel

15

1And the word of Jehovah came unto me, saying,
1तब परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2Son of man, what is the vine-tree more than any tree, the vine-branch which is among the trees of the forest?
2“हे मानिसको छोरो! के दाखको बोटको दाउरा जङ्गलको कुनै अर्को रूखको काठको सानो हाँगाभन्दा अधिक राम्रो हुन्छ? अहँ।
3Shall wood be taken thereof to make any work? or will men take a pin of it to hang any vessel thereon?
3के तिमीहरू दाखको बोटको दाउरा कुनै काममा उपयोग गर्न सक्छौ? अहँ! के तिमीहरू त्यसबाट केही चीज बनाउँनको निम्ति काठ निकाल्न सक्छौ? अँहँ!
4Behold, it is cast into the fire for fuel; the fire hath devoured both the ends of it, and the midst of it is burned: is it profitable for any work?
4यो आगो बाल्नु मात्र प्रयोग गरिन्छ। सुकेको दाउरा छेउबाट बल्छ? बल्दैन, बीचको भाग आगोले जलेर कालो हुन्छ, तर दाउरा पूर्ण रूपमा जल्दैन्। के तिमी त्यो जलेको दाउराबाट कुनै चीज बनाउँन सक्छौ?
5Behold, when it was whole, it was meet for no work: how much less, when the fire hath devoured it, and it is burned, shall it yet be meet for any work!
5यदि बल्नु भन्दा पहिला तिमीले त्यस दाउराको केही चीज बनाउँन सक्छौ भने पनि निश्चय नै त्यो जलिसके पछि त्यसबाट केही बनाउँन सक्तैनौ!
6Therefore thus saith the Lord Jehovah: As the vine-tree among the trees of the forest, which I have given to the fire for fuel, so will I give the inhabitants of Jerusalem.
6यसैले दाखको बोटको दाउराको टुक्रा जङ्गलको ती कुनै पनि दाउराको टुक्राको बराबर छ। मानिसहरू त्यो दाउराको टुक्रा आगोमा हाल्छन् अनि आगोले त्यसलाई जलाउँछ। त्यस्तै प्रकारले, म यरूशलेमका मानिसहरूलाई आगोमा फ्याँक्छु!” परमप्रभु मेरो मालिकले यो सबै कुराहरू भन्नुभयो।
7And I will set my face against them; they shall go forth from the fire, but the fire shall devour them; and ye shall know that I am Jehovah, when I set my face against them.
7“म तिनीहरूलाई दण्ड दिनेछु, अनि तिनीहरू आगोबाट उम्के तापनि त्यसले तिनीहरूलाई अझै जलाउनेछ। अनि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्। मैले तिनीहरूलाई दण्ड दिएँ भनेर जान्नेछन्।
8And I will make the land desolate, because they have committed a trespass, saith the Lord Jehovah.
8म त्यस देशलाई पुरै नष्ट गर्नेछु किनभने तिनीहरूले मलाई धोका दिए।” यो सबै कुरा परमप्रभु मेरो मालिकले भन्नुभयो।