1And the word of Jehovah came unto me, saying,
1त्यसपछि परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
2Son of man, put forth a riddle, and speak a parable unto the house of Israel;
2“हे मानिसको छोरो, इस्राएलका घरानालाई यो कथा सुनाऊ! तिनीहरूलाई प्रश्न गर यसको अर्थ के हो?
3and say, Thus saith the Lord Jehovah: A great eagle with great wings and long pinions, full of feathers, which had divers colors, came unto Lebanon, and took the top of the cedar:
3तिनीहरूलाई भन, यो त्यही हो जुन परमप्रभु मेरा मालिकले भन्नुहुन्छु “एउटा विशाल चील विशाल पखेटासित लबानोन आउँदैछ। चीलको धेरै रंगहरू भएको लामो लामो प्वाँखहरू थिए। त्यो लबानोनमा आयो अनि देवदारू रूखको टुप्पा लग्यो।
4he cropped off the topmost of the young twigs thereof, and carried it unto a land of traffic; he set it in a city of merchants.
4त्यो गरूडले त्यो विशाल देवदारूको (लबानोन) रूखको टुप्पो चुडाँयो अनि कनान लिएर गयो। गरूडले व्यापारीको शहरमा त्यो रोप्यो।”
5He took also of the seed of the land, and planted it in a fruitful soil; he placed it beside many waters; he set it as a willow-tree.
5त्यसपछि गरूडले केही बिऊहरू (मानिसहरू) कनानबाट केही भाग लिएर गयो। त्यसले त्यो मलिलो जमीनमा रोप्यो। त्यसले प्रशस्त पानी भएको छेउमा रोप्यो।
6And it grew, and became a spreading vine of low stature, whose branches turned toward him, and the roots thereof were under him: so it became a vine, and brought forth branches, and shot forth sprigs.
6बिऊ उम्रियो अनि त्यो दाखको बोट बनियो। यो बोट राम्रो थियो। बोट अग्लो थिएन। तर यो एउटा ठूलो क्षेत्रभरि ढाक्ने गरी फैलियो। दाखको काण्ड बढ्यो अनि लामो भएर हाँगाहरू र पातहरू पलायो।
7There was also another great eagle with great wings and many feathers: and, behold, this vine did bend its roots toward him, and shot forth its branches toward him, from the beds of its plantation, that he might water it.
7त्यसपछि अर्को ठूलो पखेटा भएको गरूडले दाखको बोट देख्यो। गरूडको लामो पंखेटा थियो। दाखको बोटले चाहन्थ्यो कि यो नयाँ गरूडले उसको देख रेख गरोस्। यसकारण त्यसले आफ्नो जराहरू त्यो गरूड भए पट्टि फैलायो। यसको हाँगाहरू गरूड भएको पट्टि फैलिन थाल्यो। यसको हाँगाहरू त्यो खेतदेखि टाढो सम्म फैलिन थाल्यो, जहाँ यो रोपेको थियो। दाखको बोटले चाहन्थ्यो नयाँ गरूडले उसलाई पानी हालोस्।
8It was planted in a good soil by many waters, that it might bring forth branches, and that it might bear fruit, that it might be a goodly vine.
8दाखको बोट अर्को मलिलो खेतमा सारियो। यो प्रशस्त पानी भएको भूमिमा रोपिएको थियो। यसले हाँगाहरू अनि फल दिन सक्थ्यो। यो एउटा साह्रै राम्रो दाखको बोट हुन सक्थ्यो।”
9Say thou, Thus saith the Lord Jehovah: Shall it prosper? shall he not pull up the roots thereof, and cut off the fruit thereof, that it may wither; that all its fresh springing leaves may wither? and not by a strong arm or much people can it be raised from the roots thereof.
9परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “के तिमी सम्झन्छौ कि बोट सफल हुन्छ? अहँ! नयाँ गरूडले बोटलाई जमीनदेखि उखेलिदिन्छ अनि पक्षीले बोटलाई जरासँगै उखेलिदिन्छ। त्यसले सबै दाख खान्छ। त्यसपक्षि नयाँ पातहरू सुक्छ अनि मर्छ। त्यो बोट एकदमै कमजोर हुन्छ। त्यो बोटलाई जरैसँग उखाल्नका निम्ति शक्तिशाली अस्त्र-शस्त्र अथवा शक्तिशाली देशको आवश्यकता पर्दैन।
10Yea, behold, being planted, shall it prosper? shall it not utterly wither, when the east wind toucheth it? it shall wither in the beds where it grew.
10के त्यो बोट त्यहाँ बढ्छ जहाँ रोपेको छ? अँहँ! गरम पूर्वीय बतास चल्ने छ; अनि बोट सुकेर मर्नेछ। यो त्यहीं मर्छ जहाँ रोपेको थियो।”
11Moreover the word of Jehovah came unto me, saying,
11परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
12Say now to the rebellious house, Know ye not what these things mean? tell them, Behold, the king of Babylon came to Jerusalem, and took the king thereof, and the princes thereof, and brought them to him to Babylon:
12“यो कुराको व्याख्या इस्राएलका मानिसहरूको बीचमा गर, तिनीहरू सधैं मेरो विरूद्धमा जान्छन्। तिनीहरूलाई यो भन, पहिलो गरूड (नबूकदनेस्सर) बाबेलको राजा हो। उ यरूशलेममा आयो अनि राजा तथा अन्य प्रमुखहरूलाई लिएर गयो। उसले तिनीहरूलाई बाबेल लिएर आयो।
13and he took of the seed royal, and made a covenant with him; he also brought him under an oath, and took away the mighty of the land;
13त्यसपछि नबूकदनेस्सरले राजाको परिवारको एउटा मानिससँग सन्धि गर्यो। नबूकदनेस्सरले त्यस मानिसलाई शपथ गर्नका निम्ति वाध्य पार्यो। यस प्रकार त्यस नबूकदनेस्सरले मानिसलाई राजभक्त राख्ने शपथ गर्यो। नबूकदनेस्सरले यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। त्यसपछि उसले सबै शक्तिशाली मानिसलाई यहूदाबाट बाहिर निकाल्यो।
14that the kingdom might be base, that it might not lift itself up, but that by keeping his covenant it might stand.
14यस प्रकार यहूदा एक दुर्बल राज्य बनियो, जुन राजा नबूकदनेस्सरको विरूद्ध उठ्न सक्तैनथ्यो। यहूदाको नयाँ राजासँग नबूकदनेस्सरले जुन संधि गरेको थियो त्यो पालन गर्नका निम्ति त्यो मानिस बाध्य भयो।
15But he rebelled against him in sending his ambassadors into Egypt, that they might give him horses and much people. Shall he prosper? shall he escape that doeth such things? shall he break the covenant, and yet escape?
15तर यो नयाँ राजाले कुनै न कुनै प्रकारले नबूकदनेस्सरको विरूद्ध विद्रोह गर्ने प्रयत्न गर्यो। उसले सहायताको लागि मिश्रमा राजदूतहरू पठायो। नयाँ राजाले धेरै घोडा अनि सैनिक मागे। यस्तो दशामा के तिमी सम्झन्छौ कि यहूदाको राजा सफल हुन्छ? के तिमी सम्झन्छौ कि नयाँ राजासँग प्रयाप्त शक्ति हुन्छ अनि उसले करार भङ्ग गरी दण्डबाट बाँच्न सक्छ?”
16As I live, saith the Lord Jehovah, surely in the place where the king dwelleth that made him king, whose oath he despised, and whose covenant he brake, even with him in the midst of Babylon he shall die.
16परमप्रभु मेरा मालिक भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर वचन दिन्छु कि यो नँया राजा बाबेलमा मर्नेछ। नबूकदनेस्सरले त्यो मानिसलाई यहूदाको नयाँ राजा बनायो। तर त्यो मानिसले नबूकदनेस्सरसँग भएको शपथ तोड्यो। यो नयाँ राजाले त्यो सन्धि तोडयो।
17Neither shall Pharaoh with his mighty army and great company help him in the war, when they cast up mounds and build forts, to cut off many persons.
17मिश्रको राजा यहूदाको राजाको रक्षा गर्नमा समर्थ हुँदैन। उसले धेरै संख्यामा सैनिक पठाउँन सक्छ, तर मिश्रको महान शक्तिले यहूदाको रक्षा गर्न सक्तैन। नबूकदनेस्सरको सेनाहरूले शहरमा अधिकार गर्नका निम्ति कच्चा बाटो अनि माटोको पर्खाल बनाउँछन्। धेरै संख्यामा मानिसहरू मर्नेछन्।
18For he hath despised the oath by breaking the covenant; and behold, he had given his hand, and yet hath done all these things; he shall not escape.
18तर यहूदाको राजा बाँचेर निक्लन सक्तैन। किन? किनकि उसले आफ्नो सन्धिको उपेक्षा गर्यो। उसले नबूकदनेस्सरलाई दिएको शपथ भङ्ग गर्यो।”
19Therefore thus saith the Lord Jehovah: As I live, surely mine oath that he hath despised, and my covenant that he hath broken, I will even bring it upon his own head.
19परमप्रभु मेरो मालिकले यो प्रतिज्ञा गर्नुभयो “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म यहूदाको राजालाई दण्ड दिन्छु। किन? किनकि उसले मेरो चेताउनीहरूको उपेक्षा गर्यो। उसले हाम्रो करार भङ्ग गर्यो।
20And I will spread my net upon him, and he shall be taken in my snare, and I will bring him to Babylon, and will enter into judgment with him there for his trespass that he hath trespassed against me.
20म आफ्नो जाल फैलाउँछु अनि उ त्यसमा फँस्नेछ। म उसलाई बाबेलमा ल्याउँछु अनि हाम्रो मामला त्यहीं फैसला हुनेछ, किनभने उसले मलाई धोका दियो।
21And all his fugitives in all his bands shall fall by the sword, and they that remain shall be scattered toward every wind: and ye shall know that I, Jehovah, have spoken it.
21म उसको सेनाहरू नष्ट पारिदिन्छु। म उसको सर्वश्रेष्ट सैनिकहरू नष्ट पारिदिन्छु अनि बाँचेका मानिसहरूलाई हावामा उडाइदिन्छु। तब तिमीले जान्नेछौ कि म नै परमप्रभु हुँ अनि मैले यो कुराहरू तिमीसित गरें।”
22Thus saith the Lord Jehovah: I will also take of the lofty top of the cedar, and will set it; I will crop off from the topmost of its young twigs a tender one, and I will plant it upon a high and lofty mountain:
22परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो, “म लामो देवदार वृक्षको एउटा हाँगा लिन्छु। म बृक्षको टुप्पाको एउटा सानो हाँगा लिन्छु। अनि म स्वंय त्यसलाई अग्लो पर्वतमा रोप्छु।
23in the mountain of the height of Israel will I plant it; and it shall bring forth boughs, and bear fruit, and be a goodly cedar: and under it shall dwell all birds of every wing; in the shade of the branches thereof shall they dwell.
23“म स्वंयले यसलाई इस्राएलको अग्लो पर्वतमा रोप्नेछु। यो हाँगा एउटा सुन्दर देवदारको रूखमा परिणत हुनेछ। यसको हाँगा निक्लन्छ अनि यसले फल दिन्छ अनि यसका हाँगामा सबै प्रकारका चराहरूले गुँड बनाउँनेछन्।
24And all the trees of the field shall know that I, Jehovah, have brought down the high tree, have exalted the low tree, have dried up the green tree, and have made the dry tree to flourish; I, Jehovah, have spoken and have done it.
24“तब अर्को वृक्षले थाहा पाउँछ कि म अग्लो रूखलाई भूईंमा लडाई दिन्छु अनि म सानो रूखलाई बढाउँछु। त्यसलाई लामो बनाउँछु म हरियो रूखलाई सुकाई दिन्छु। म सुकेको रूखलाई हरियो बनाई दिन्छु म परमप्रभु हुँ। यदि मैले गर्छु भने पछि त्यो निश्चय गर्नेछु।”