1And the whole earth was of one language and of one speech.
1यतिबेला समस्त पृथ्वीमा एउटै भाषा थियो अनि थोरै शब्दहरु थिए।
2And it came to pass, as they journeyed east, that they found a plain in the land of Shinar; and they dwelt there.
2जब मानिसहरू पूर्वबाट बसाइँ सर्न थाले शिनार देशमा तिनीहरूले समतल भूमि भेटे अनि तिनीहरूले त्यहाँ बसोबास शुरू गरे।
3And they said one to another, Come, let us make brick, and burn them thoroughly. And they had brick for stone, and slime had they for mortar.
3तिनीहरू आपसमा कुरा गरे, “हामीले ईंटा बनाउनु पर्छ अनि त्यसलाई कडा बनाउनको लागि आगोमा पोल्नु पर्छ।” यसर्थ तिनीहरुको घर बनाउदा ढुङ्गाको सट्चामा ईंटालाई प्रयोग गरे अनि ईंटा जोड्न माटोको सट्टामा मसला प्रयोग गरे।
4And they said, Come, let us build us a city, and a tower, whose top [may reach] unto heaven, and let us make us a name; lest we be scattered abroad upon the face of the whole earth.
4तिनीहरूले भने, “आऊ, हामी आफ्नो निम्ति एउटा शहर बनाऔं अनि एउटा धरहरा बनाऔं जसको शिखर स्वर्ग पुग्छ। हामी प्रख्यात हुनु पर्छ र यसले हामीलाई संगठित राख्नेछ। नत्र हामी संसारभरि छरपष्ट हुनेछौं।”
5And Jehovah came down to see the city and the tower, which the children of men builded.
5परमप्रभु मानिसहरूले बनाउदै गरेको किल्ला र शहर हेर्न तल आउनु भयो।
6And Jehovah said, Behold, they are one people, and they have all one language; and this is what they begin to do: and now nothing will be withholden from them, which they purpose to do.
6तब परमप्रभुले भन्नुभयो, “हेर, तिनीहरू मिलेर एक भएका छन्, तिनीहरूले एउटै भाषा बोल्दैछन्। तिनीहरूले के गर्ने छन् यो एउटा शुरू मात्र हो, अब चाँडै तिनीहरूले के गर्न खोज्छन् त्यही गर्न सक्ने हुन्छन्।
7Come, let us go down, and there confound their language, that they may not understand one another's speech.
7यसर्थ हामी तिनीहरूको माझमा जाऔं र तिनीहरूको भाषामा खलबल पारिदिऔं जसले गर्दा तिनीहरू एक-अर्काले बोलेको भाषा बुझ्न नसकून्।”
8So Jehovah scattered them abroad from thence upon the face of all the earth: and they left off building the city.
8यसरी परमप्रभुले तिनीहरूलाई पृथ्वीको सम्पूर्ण सतहभरि छरपष्ट पारिदिनु भयो। यसर्थ उहाँले भवन निर्माणको काम रोकिदिनु भयो।
9Therefore was the name of it called Babel; because Jehovah did there confound the language of all the earth: and from thence did Jehovah scatter them abroad upon the face of all the earth.
9त्यसकारण यो शहरको नाउँ बाबेल राखियो। यसप्रकार त्यस ठाउँबाट परमप्रभुले मानिसहरूलाई पृथ्वीको सतहभरि छरपष्ट पार्नु भएको थियो।
10These are the generations of Shem. Shem was a hundred years old, and begat Arpachshad two years after the flood.
10शेमको पारिवारिक इतिहास यही हो। जल प्रलय भएको दुइ वर्षपछि शेम जब एक सय वर्ष पुगेका थिए तिनी अर्पक्षदका पिता भए।
11and Shem lived after he begat Arpachshad five hundred years, and begat sons and daughters.
11अर्पक्षद जन्मेपछि शेम पाँच सय वर्षसम्म बाँचे अनि तिनका अन्य छोरा-छोरीहरू पनि जन्मे।
12And Arpachshad lived five and thirty years, and begat Shelah.
12जब अर्पक्षद पैतीस वर्षका भए तिनको एउटा छोरो जन्म्यो जसको नाउँ शेलह थियो।
13and Arpachshad lived after he begat Shelah four hundred and three years, and begat sons and daughters.
13शेलह पछि अर्पक्षद चार सय तीन वर्ष सम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू पनि भए।
14And Shelah lived thirty years, and begat Eber:
14शेलह तीस वर्ष पुगेपछि तिनको एउटा छोरो जन्मियो जसको नाउँ एबेर थियो।
15and Shelah lived after he begat Eber four hundred and three years, and begat sons and daughters.
15एबेर जन्मेपछि शेलह चार सय तीन वर्षसम्म जीवित रहे। त्यस अवधिमा शेलहका अन्य छोरा-छोरीहरू जन्मे।
16And Eber lived four and thirty years, and begat Peleg:
16एबेर चौंतीस वर्षको भएपछि तिनको एउटा पेलेग नाउँका छोरो जन्मियो।
17and Eber lived after he begat Peleg four hundred and thirty years, and begat sons and daughters.
17पेलेग जन्मेपछि पनि एबेर चार सय तीस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अन्य छोरा-छोरीहरू जन्मे।
18And Peleg lived thirty years, and begat Reu:
18पेलेगको उमेर तीस वर्ष पुग्दा तिनको रऊ नाउँका छोरो जन्मियो।
19and Peleg lived after he begat Reu two hundred and nine years, and begat sons and daughters.
19रऊ जन्मेपछि पेलेग अर्को दुइ सय नौ वर्षसम्म बाँचे अनि यस अवधिमा तिनका अरू छोरा-छोरीहरू पनि जन्मिए।
20And Reu lived two and thirty years, and begat Serug:
20रऊको उमेर बत्तीस वर्ष पुग्दा तिनको सरूग नाउँका छोरो जन्मियो।
21and Reu lived after he begat Serug two hundred and seven years, and begat sons and daughters.
21सरूगको जन्म पछि रऊ अर्को दुई सय सात वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरु पनि जन्मिए।
22And Serug lived thirty years, and begat Nahor:
22सरूगको उमेर तीस वर्ष पुग्दा तिनको नाहोर नाउँको छोरो जन्मियो।
23and Serug lived after he begat Nahor two hundred years, and begat sons and daughters.
23नाहोर जन्मेपछि पनि सरूग दुइ सय वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
24And Nahor lived nine and twenty years, and begat Terah:
24नाहोरको उमेर उन्तीस वर्ष पुग्दा तिनको तेरह नाउँको छोरो जन्मियो।
25and Nahor lived after he begat Terah a hundred and nineteen years, and begat sons and daughters.
25तेरह जन्मेपछि पनि नाहोर एक सय उन्नाइस वर्षसम्म बाँचे अनि त्यस अवधिमा तिनका अरू छोरा-छोरीहरू जन्मे।
26And Terah lived seventy years, and begat Abram, Nahor, and Haran.
26तेरहको उमेर सत्तरी वर्ष पुग्दा तिनका अब्राम, नाहोर र हारान नाउँका छोराहरू जन्मे।
27Now these are the generations of Terah. Terah begat Abram, Nahor, and Haran. And Haran begat Lot.
27तेरह परिवारको इतिहास यही हो। तेरह अब्राम, नाहोर र हारानका बुबा थिए। हारान लूतका बुबा थिए।
28And Haran died before his father Terah in the land of his nativity, in Ur of the Chaldees.
28हारान बाबेलको ऊरमा मरे अनि त्यस समय तिनका बुबा तेरह जीवित नै थिए।
29And Abram and Nahor took them wives: The name of Abram's wife was Sarai; and the name of Nahor's wife, Milcah, the daughter of Haran, the father of Milcah, and the father of Iscah.
29अब्राम र नाहोरले विवाह गरे, अब्रामको पत्नीको नाउँ साराई र नाहोरकी पत्नीको नाउँ मिल्का थियो। मिल्का हारानकी छोरी थिईन र हारान मिल्का र इस्काका बुबा थिए।
30And Sarai was barren; She had no child.
30साराईबाट कुनै सन्तान भएन कारण ऊ बाँझी थिईन।
31And Terah took Abram his son, and Lot the son of Haran, his son's son, and Sarai his daughter-in-law, his son Abram's wife; and they went forth with them from Ur of the Chaldees, to go into the land of Canaan; and they came unto Haran, and dwelt there.
31तेरहले आफ्नो छोरो अब्राम, उसको नाति लूत, बुहारी सराई-अब्रामकी पत्नी, लिएर कल्दीहरूको ऊर शहर छाडी कनान देशमा जान हिंडे। तर तिनीहरू हारानसम्म गई त्यही बसो-बास गर्न थाले।
32And the days of Terah were two hundred and five years: and Terah died in Haran.
32तेरह दुइ सय पाँच वर्षसम्म बाँचेर हारानमा मरे।