1And Jehovah visited Sarah as he had said, and Jehovah did unto Sarah as he had spoken.
1परमप्रभुले सारालाई दया गर्ने प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभु आफ्नो प्रतिज्ञा अनुसार साराप्रति दयालु हुनुभयो।
2And Sarah conceived, and bare Abraham a son in his old age, at the set time of which God had spoken to him.
2सारा गर्भवती भइन अनि तिनले बृद्धाअवस्थामा अब्राहामको निम्ति एउटा छोरा जन्माइन्। ठीक समयमा परमेश्वरले जे वचन दिनु भएको थियो त्यो पुरा भयो।
3And Abraham called the name of his son that was born unto him, whom Sarah bare to him, Isaac.
3साराले तिनको निम्ति एउटा छोरो जन्माएकी थिइन् उसको नाउँ अब्राहामले इसहाक राखे।
4And Abraham circumcised his son Isaac when he was eight days old, as God had commanded him.
4परमेश्वरको आज्ञा अनुसार त्यो बालक आठ दिनको हुँदा अब्राहामले उसको खतना गराए।
5And Abraham was a hundred years old, when his son Isaac was born unto him.
5अब्राहाम एक सय वर्ष पुग्दा उसको छोरो इसहाक जन्मियो।
6And Sarah said, God hath made me to laugh. Every one that heareth will laugh with me.
6अनि साराले भनिन्, “परमेश्वरले मेरो निम्ति हाँसो ल्याउनु भएको छ, प्रत्येक मानिस जसले यो सुन्छ मसँग हाँस्नेछ।
7And she said, Who would have said unto Abraham, that Sarah should give children suck? For I have borne him a son in his old age.
7कसैले पनि त्यो सोचेको थिएन अब्राहामको बुढेसकालमा साराले तिनलाई एउटा छोरो जन्माउनेछिन्। तर मैले बूढो अब्राहामको निम्ति छोरो जन्माइ दिएँ।”
8And the child grew, and was weaned. And Abraham made a great feast on the day that Isaac was weaned.
8इसहाक लगातर बढी रह्यो र चाँडै खँदिलो खाना खान शुरू गर्ने भयो। यसर्थ अब्राहामले एउटा ठूलो भोज खुवाए।
9And Sarah saw the son of Hagar the Egyptian, whom she had borne unto Abraham, mocking.
9एकजना मिश्रकी कमारी हागारले अब्राहामको पहिलो छोरो जन्माएकी थिइन्। सारा दिक्क भइन जब उनले हागारको छोरासित आफ्नो छोरा इसहाकलाई खेल्दै गरेको देखिन्।
10Wherefore she said unto Abraham, Cast out this handmaid and her son. For the son of this handmaid shall not be heir with my son, even with Isaac.
10साराले अब्राहामलाई भनी, “त्यो कमारी स्त्री र उसको छोरोलाई खेदि दिनु होस्, तिनीहरूलाई टाढा पठाउनु पर्छ। जब हामी मर्छौ हामीसँग जे छ हाम्रो छोरो इसहाकले पाउनेछ। म चाँहदिन कमारी स्त्रीको छोरो हाम्रा छोरो इसहाकको अंशको हकदार होस्।”
11And the thing was very grievous in Abraham's sight on account of his son.
11यसले अब्राहामलाई अत्यन्तै दुःखी बनायो र तिनी आफ्नो छोरा इश्माएलको निम्ति चिन्तित भए।
12And God said unto Abraham, Let it not be grievous in thy sight because of the lad, and because of thy handmaid. In all that Sarah saith unto thee, hearken unto her voice. For in Isaac shall thy seed be called.
12तर परमेश्वरले अब्राहामलाई भन्नुभयो, “त्यो केटा र कमारी स्त्रीको विषयमा तिमी चिन्ता नगर। जे साराले चाहन्छे त्यही गर, इसहाक मात्र तिम्रो उत्तराधिकारी हुनेछ।
13And also of the son of the handmaid will I make a nation, because he is thy seed.
13तर म तिम्रो कमारी स्त्रीको छोरालाई पनि आशीर्वाद दिनेछु। उ पनि तिम्रो पुत्र हो र उनले पनि आफ्नो परिवारबाट एउटा विशाल राष्ट्र बनाउने छ।”
14And Abraham rose up early in the morning, and took bread and a bottle of water, and gave it unto Hagar, putting it on her shoulder, and [gave her] the child, and sent her away. And she departed, and wandered in the wilderness of Beer-sheba.
14अर्को दिन बिहानै अब्राहामले केही खाने कुरा र पानी ल्याए र हागारलाई दिए। हागारले ती कुराहरू लिई अनि आफ्नो छोरा लिएर हिंडी। हागारले त्यो ठाउँ छोडी अनि बेर्शेबाको मरूभूमिमा यता उता घुमी हिंड्न थालिन्।
15And the water in the bottle was spent, and she cast the child under one of the shrubs.
15केही समयपछि मशकको पानी सिद्धियो र पिउने पानी पनि थिएन। यसर्थ उनले आफ्नो छोरोलाई पोथ्रोमुनि राखिन्।
16And she went, and sat her down over against him a good way off, as it were a bowshot. For she said, Let me not look upon the death of the child. And she sat over against him, and lifted up her voice, and wept.
16तब तिनी गइन् अनि आफ्नो छोरादेखि केही पर बसिन्। तिनले आफैलाई यस्तो भनिन्, म मेरो छोरालाई तिर्खाले मर्दै गरेको देख्न चाहन्न। आफ्नो छोराको मृत्यु शोक सही नसक्नु हुनेवाला थियो, तिनी आफ्नो छोराको लागि नराम्रो घतले रून थालिन्।
17And God heard the voice of the lad. And the angel of God called to Hagar out of heaven, and said unto her, What aileth thee, Hagar? Fear not. For God hath heard the voice of the lad where he is.
17परमेश्वरले हागारको छोरो रोएको सुन्नु भयो। अनि र्स्वगबाट परमेश्वरका स्वर्गदूत हागार कहाँ आए। उनले सोधे, “हागार तिमीलाई के कष्ट छ? परमेश्वरले बालक रोएको सुन्नुभयो।
18Arise, lift up the lad, and hold him in thy hand. For I will make him a great nation.
18जाऊ, अनि बालकलाई सहायता गर उसको हात समात अनि सगँ-संगै हिंडाऊ। म उसलाई धेरै धेरै मानिसहरूको पिता बनाउनेछु।”
19And God opened her eyes, and she saw a well of water. And she went, and filled the bottle with water, and gave the lad drink.
19परमेश्वरले हागारको आँखा यसरी उघारी दिनु भयो उनले एउटा पानीको कूवा देखिन्। यसर्थ पानीको कूवामा तिनी गइन् अनि पानीको मशक पहिले भरिन् त्यपछि छोरोलाई पानी पिउन दिइन्।
20And God was with the lad, and he grew. And he dwelt in the wilderness, and became, as he grew up, an archer.
20जबसम्म हागारको छोरो ठूलो भएन परमेश्वर ऊसंग नै रहनु भयो। इश्माएल मरूभूमिमा नै बस्यो र त्यहाँ एक शिकारी भयो। उनले तीर चलाउन राम्ररी सिकेको थियो।
21And he dwelt in the wilderness of Paran. And his mother took him a wife out of the land of Egypt.
21उसको आमाले मिश्र देशबाट उसको निम्ति एउटी दुलही ल्याई दिइन्। इश्माएल पारान मरूभूमिमा बसो-बास गर्न थाल्यो।
22And it came to pass at that time, that Abimelech and Phicol the captain of his host spake unto Abraham, saying, God is with thee in all that thou doest.
22त्यही समय अबीमेलेक र उसको सेनापतिले अब्राहामसित कुरा गरे। तिनीहरूले अब्राहामलाई भने, “तिमी जे पनि गर्छौ परमेश्वरले तिमीलाई सघाउनु हुन्छ।
23Now therefore swear unto me here by God that thou wilt not deal falsely with me, nor with my son, nor with my son's son. But according to the kindness that I have done unto thee, thou shalt do unto me, and to the land wherein thou hast sojourned.
23यसर्थ परमेश्वरको नाउँमा मलाई वचन देऊ तिमी म र मेरा नानीहरूसित राम्रो व्यवहार गर्नेछौ। वचन देऊ तिमी, म अनि धर्ती प्रति जहाँ तिमी बाहिरको मानिस जस्तो भएर बसेका छौ दयालु हुने छौ। कसम् पनि खाऊ तिमी म प्रति दयालु हुने छौ जस्तो म तिमीप्रति छु।”
24And Abraham said, I will swear.
24अब्राहामले भने, “म शपथ दिन्छु तिमीले मसित जस्तो व्यवहार गरेका छौ त्यही व्यवहार म पनि तिमीसित गर्नेछु।”
25And Abraham reproved Abimelech because of the well of water, which Abimelech's servants had violently taken away.
25तब अब्राहामले अबीमेलेकसित नालिश गरे। उनले नालिश गरे कारण अबीमेलेकका नोकरहरूले एउटा पानीको कूवा खोसेका थिए।
26And Abimelech said, I know not who hath done this thing. Neither didst thou tell me, neither yet heard I of it, but to-day.
26तर अबीमेलेकले भने, “म जान्दिन कसले यस्तो काम गर्यो, तिमीले यस विषयमा मलाई भनेका थिएनौ, नत्र मैले आज भन्दा पहिला नै थाहा पाएँ।”
27And Abraham took sheep and oxen, and gave them unto Abimelech. And they two made a covenant.
27यसकारण अब्राहाम र अबीमेलेकले एउटा सम्झौता गरे। यस सम्झौताको चिन्ह स्वरूप अब्राहामले अबीमेलेकलाई केही भेडाहरू र गाई वस्तुहरू दिए।
28And Abraham set seven ewe lambs of the flock by themselves.
28अब्राहामले सातवटा पाठी अबीमेलेकअघि राखि दिए।
29And Abimelech said unto Abraham, What mean these seven ewe lambs which thou hast set by themselves?
29अबीमेलेकले अब्राहामलाई सोधे, “तिमीले यी सातओटा पाठीहरू चाँहि किन अलग्गै राखेका छौ?”
30And he said, These seven ewe lambs shalt thou take of my hand, that it may be a witness unto me, that I have digged this well.
30अब्राहामले भने, “जब तिमीले मबाट यी सातवटा पाठीहरू लिन्छौ तब यो प्रमाण हुन्छ त्यो कूवा मैले खनाएको हो।”
31Wherefore he called that place Beer-sheba. Because there they sware both of them.
31यसकारण यस घटनापछि त्यस कूवाको नाउँ बर्शेबा भयो। तिनीहरूले यस कूवाको नाउँ यस्तो राखे किन भने यस भूमिमा जहाँ तिनीहरूले एक अर्कालाई वचन दिएका थिए।
32So they made a covenant at Beer-sheba. And Abimelech rose up, and Phicol the captain of his host, and they returned into the land of the Philistines.
32यस प्रकारले अब्राहाम र अबीमेलेकले बर्शेबामा सम्झौता गरेका थिए। त्यसपछि अबीमेलेक अनि उनको सेनापति पलिश्तीहरूको देशतिर फर्किए।
33And [Abraham] planted a tamarisk tree in Beer-sheba, and called there on the name of Jehovah, the Everlasting God.
33अब्राहामले बर्शेबामा एक विशेष रूख रोपे। त्यस भूमिमा अब्राहामले परमप्रभु परमेश्वर जो संधै जीवित हुनुहुन्छ उहाँसित प्रार्थना गरे। 34अनि अब्राहाम बाहिरको मानिस जस्तो भएर धेरै वर्षसम्म पलिश्तीहरूको देशमा बसे।
34And Abraham sojourned in the land of the Philistines many days.
34[This verse may not be a part of this translation]