1And it came to pass at that time, that Judah went down from his brethren, and turned in to a certain Adullamite, whose name was Hirah.
1त्यस समय यहूदा आफ्नो दाज्यू-भाइहरूलाई छोडी हीरा नाउँको मानिससित बस्न गए। हीरा अद्दुलाम शहरको थियो।
2And Judah saw there a daughter of a certain Canaanite whose name was Shua. And he took her, and went in unto her.
2यहूदाले त्यहीं कनानी केटीलाई भेट्यो अनि उसलाई विवाह गर्यो। त्यस केटीको बाबुको नाउँ शूआ थियो।
3And she conceived, and bare a son; and he called his name Er.
3त्यस कनानी केटीले एउटा छोरो जन्माई। उनले उसको नाउँ एर राखी।
4And she conceived again, and bare a son; and she called his name Onan.
4पछि फेरि अर्को छोरो पाई र उसको नाउँ ओनन राखी।
5And she yet again bare a son, and called his name Shelah: and he was at Chezib, when she bare him.
5पछि फेरि उनले अर्को छोरो जन्माई अनि उसको नाउँ उनले शेलह राखीन्। उसको तेस्रो छोरो जन्मँदा यहूदा कजीबामा थियो।
6And Judah took a wife for Er his first-born, and her name was Tamar.
6यहूदाले आफ्नो छोरो एरको विवाह गराउँनको निम्ति एउटी केटीलाई रोज्यो। त्यस केटीको नाउँ तामार थियो।
7And Er, Judah's first-born, was wicked in the sight of Jehovah. And Jehovah slew him.
7तर एरले अत्यन्तै नराम्रो काम गर्यो। परमप्रभु ऊसंग प्रसन्न हुनुभएन। यसकारण परमप्रभुले उसलाई मार्नु भयो।
8And Judah said unto Onan, Go in unto thy brother's wife, and perform the duty of a husband's brother unto her, and raise up seed to thy brother.
8त्यसपछि यहूदाले एरको भाइ ओनानलाई भने, “जा अनि मरेको दाइको पत्नीसित सुत। तँ उसको लोग्ने जस्तै बनिनु। यदि नानीहरू जन्मे ती तेरो दाइ एरका नानीहरू हुन्छन्।”
9And Onan knew that the seed would not be his; and it came to pass, when he went in unto his brother's wife, that he spilled it on the ground, lest he should give seed to his brother.
9ओनानलाई थाहा थियो तामार र ऊबाट जो नानीहरू हुन्छन् ती सबै उसका हुँदैनन्। ओनानले तामारसित सहवास गर्यो। तर उनले आफ्नो गर्भधारण हुन दिएन।
10And the thing which he did was evil in the sight of Jehovah: and he slew him also.
10यस विषयमा परमप्रभु क्रोधित हुनु भयो। यसकारण परमप्रभुले ओनानलाई पनि मार्नु भयो।
11Then said Judah to Tamar his daughter-in-law, Remain a widow in thy father's house, till Shelah my son be grown up; for he said, Lest he also die, like his brethren. And Tamar went and dwelt in her father's house.
11त्यसपछि आफ्नी बुहारी तामारलाई यहूदाले भन्यो, “तँ आफ्नो बाबुको घर फर्केर जा, त्यही बस अनि तबसम्म विवाह नगर्नु जबसम्म मेरो छोरा शेलह ठूलो हुँदैन।” यहूदालाई डर थियो कतै शेलह पनि उसको दाज्यूहरू झैं मारिन्छ। तामार आफ्नो बाबुको घरमा फर्केर गइन्।
12And in process of time Shua's daughter, the wife of Judah, died; and Judah was comforted, and went up unto his sheep-shearers to Timnah, he and his friend Hirah the Adullamite.
12पछि शूआकी छोरी यहूदाकी पत्नी मरी। यहूदाको शोक समय बितेपछि, त्यो अद्दुलामबाट आफ्नो साथी हीरासित तिम्ना गए। भेडाबाट काटिएको ऊन लिन यहुदा तिम्ना गए।
13And it was told Tamar, saying, Behold, thy father-in-law goeth up to Timnah to shear his sheep.
13उसको ससुरा यहूदा भेडाको ऊन लिन तिम्ना गएको कुरा तामारले चाल पाई।
14And she put off from her the garments of her widowhood, and covered herself with her veil, and wrapped herself, and sat in the gate of Enaim, which is by the way to Timnah; for she saw that Shelah was grown up, and she was not given unto him to wife.
14तामारले संधै विधवाले लगाउने लुगा लाउने गर्द थिइ। यसर्थ उनले भिन्दै केही लुगा लगाई अनि आफ्नो अनुहार पर्दाले छोपी। त्यसपछि तिम्ना शहरको नजिक एनैम जाने बाटोको मुन्तिर बसी। तामारले थाहा पाई यहूदाको छोरो शेलह अब ठूलो भइसकेको छ। तर यहूदाले ऊसित विवाह गर्ने कुनै योजना बनाउने छैन।
15When Judah saw her, he thought her to be a harlot; for she had covered her face.
15यहूदा त्यही बाटो हिंडेर गए। उनले तामारलाई देख्यो तर त्यो वेश्या हो भनेर सोच्यो। उनले आफ्नो अनुहार वेश्याहरूले जस्तै पर्दाले ढाकेकी थिई।
16And he turned unto her by the way, and said, Come, I pray thee, let me come in unto thee: for he knew not that she was his daughter-in-law. And she said, What wilt thou give me, that thou mayest come in unto me?
16यसर्थ यहूदा तिनी भएको ठाउँमा गए अनि भन्यो, “तँसित शारीरिक सम्बन्ध गर्नदे।” यहूदाले थाहा पाएन ऊ आफ्नी बुहारी तामार थिई। उनले भनी, “तिमीले मलाई के दिन्छौ?”
17And he said, I will send thee a kid of the goats from the flock. And she said, Wilt thou give me a pledge, till thou send it?
17यहूदाले उत्तर दियो, “म मेरो भेडाको हुलबाट एउटा भेडा पठाइ दिनेछु।” उनले उत्तर दिई, “यसमा म राजी छु। तर तिमीले मलाई भेडा नपठाउञ्जेलसम्म राख्नलाई केही दिनु पर्छ।”
18And he said, What pledge shall I give thee? And she said, Thy signet and thy cord, and thy staff that is in thy hand. And he gave them to her, and came in unto her, and she conceived by him.
18यहूदाले सोध्यो, “मैले भेडा नपठाउञ्जेलसम्म के बन्धक राख्न चाहन्छौ?” तामारले उत्तर दिई, “तिमीले आफ्नो चिट्ठी पठाउँदा प्रयोग गर्ने मोहर र डोरी देऊ। अनि तिमीले टेक्ने लट्ठी पनी देऊ।” यहूदाले यी सब चीजहरू उसलाई दिएर तामारसित सहवास गरे। तामार गर्भवती भइन्।
19And she arose, and went away, and put off her veil from her, and put on the garments of her widowhood.
19तामार घर गई अनि उनले आफ्नो मुखबाट पर्दा हटाएर फेरि त्यही आफूलाई विधवा देखाउने लुगा पहिरीन्।
20And Judah sent the kid of the goats by the hand of his friend the Adullamite, to receive the pledge from the woman's hand: but he found her not.
20त्यसपछि यहूदाले वेश्यासित प्रतिज्ञा गरे अनुसार हीरालाई एउटा सानो बाख्रा दिएर एनैम पठाए। यहूदाले उसलाई आफ्नो मोहर र लट्ठी फर्काएर ल्याउनुँ भन्यो। तर हीराले तामारलाई भेट्न सकेन।
21Then he asked the men of her place, saying, Where is the prostitute, that was at Enaim by the wayside? And they said, There hath been no prostitute here.
21हीराले एनैम शहरका केही मानिसहरूलाई सोध्यो, “बाटोको छेऊमा बस्ने वेश्या कहाँ छे?” मानिसहरूले जवाफ दिए, “यहाँ कोही वेश्या थिइन।”
22And he returned to Judah, and said, I have not found her; and also the men of the place said, There hath been no prostitute here.
22यसर्थ यहूदाको साथी तिनीकहाँ गए र भने, “मैले आइमाईलाई भेट्न सकिन। जब मैले त्यस ठाउँका मानिसहरूलाई सोधें, तिनीहरूले मलाई बताए त्यस ठाउँमा कोही वेश्या थिइन।”
23And Judah said, Let her take it to her, lest we be put to shame: behold, I sent this kid, and thou hast not found her.
23यसकारण यहूदाले भने, “त्यसलाई ती चीजहरू राख्न देऊ। म चाँहदिन मानिसहरू ममाथि हाँसुन्। मैले त्यसलाई बाख्रा दिन खोजें तर उसलाई भेटिएन, त्यही नै पर्याप्त छ।”
24And it came to pass about three months after, that it was told Judah, saying, Tamar thy daughter-in-law hath played the harlot; and moreover, behold, she is with child by whoredom. And Judah said, Bring her forth, and let her be burnt.
24प्रायः तीन महीनापछि कसैले यहूदालाई भने, “तिम्रो बुहारीले वेश्याले जस्तै काम गरी। अनि अहिले उ वेश्यावृतिले गर्दा गर्भवती छे।” तब यूहदाले भन्यो, “उसलाई बाहिर निकाल, उसलाई मार अनि उसको शरीर जलाई दे।”
25When she was brought forth, she sent to her father-in-law, saying, By the man, whose these are, am I with child: and she said, Discern, I pray thee, whose are these, the signet, and the cords, and the staff.
25यहूदाका मानिसहरू तामारलाई मार्न गए। तर तामारले आफ्नो ससुरालाई समाचार पठाई। तामारले भनी, “जुन मानिसले मलाई गर्भवती बनायो त्यसैका यी चीजहरू हुन्। तब उनले मोहर, डोरी अनि टेक्ने लट्ठी देखाई। यी चीजहरू हेर यी सब कसका हुन्? यी कसका विशेष मोहर, डोरी र टेक्ने लट्ठी हो?”
26And Judah acknowledged them, and said, She is more righteous than I; forasmuch as I gave her not to Shelah my son. And he knew her again no more.
26यहूदाले ती चीजहरू चिन्यो अनि भने, “उनले ठीक भनी। म नै भूलमा थिएँ। मैले आफ्नो प्रतिज्ञा अनुसार उसको विवाह आफ्नो छोरा शेलहसित गर्न दिइनँ।” अनि यहूदा फेरि तिनीसित सुतेनन्।
27And it came to pass in the time of her travail, that, behold, twins were in her womb.
27तामारको सुत्केरी हुने समय आइपुग्यो अनि उनले थाहा पाई जुम्लयाह नानीहरू हुनेछन्।
28And it came to pass, when she travailed, that one put out a hand: and the midwife took and bound upon his hand a scarlet thread, saying, This came out first.
28जुन समयमा उनले नानी जन्माँउदै थिई एउटा नानीको एउटा हात बाहिर निस्कियो। सुँडेनीले त्यो नानीको हातमा रातो धागो बाँधेर भनी, “यो नानी पहिले जन्मन्छ।”
29And it came to pass, as he drew back his hand, that, behold, his brother came out: and she said, Wherefore hast thou made a breach for thyself? Therefore his name was called Perez.
29तर त्यस नानीले आफ्नो हात फेरि भित्र पसायो। त्यसपछि दोस्रो नानी पहिले जन्मयो। त्यस बखत सुँडेनीले भनी, “तँ नै पहिले बाहिर आउन समर्थ भइस्।” त्यसकारण उनले त्यस नानीको नाउँ पेरेस राखी।
30And afterward came out his brother, that had the scarlet thread upon his hand: and his name was called Zerah.
30त्यसपछि अर्को नानी जन्मियो। त्यस नानीको हातमा रातो धागो थियो। उनले त्यस नानीको नाउँ जेरह राखि।