1And Joseph was brought down to Egypt; and Potiphar, an officer of Pharaoh's, the captain of the guard, an Egyptian, bought him of the hand of the Ishmaelites, that had brought him down thither.
1जुन व्यापारीले यूसुफलाई किन्यो उनले यूसुफलाई मिश्र देशमा लिएर गए। उनले यूसुफलाई फिरऊनको अगंरक्षकहरूको सेनापतिलाई बेचिदियो।
2And Jehovah was with Joseph, and he was a prosperous man; and he was in the house of his master the Egyptian.
2तर परमप्रभुले यूसुफलाई सहायता गर्नु भयो। यूसुफ एउटा सफल मानिस भयो। यूसुफ आफ्नो मिश्री मालिक पोतीफरको घरमा बस्यो।
3And his master saw that Jehovah was with him, and that Jehovah made all that he did to prosper in his hand.
3पोतीफरले थाहा पायो परमप्रभुले यूसुफलाई सहायता गर्नु भएको छ। उनले यो पनि थाहा पायो यूसुफले जे गर्छ त्यसमा उसलाई सफल पार्न परमप्रभुले सहायता गर्नु भएको हुन्छ।
4And Joseph found favor in his sight, and he ministered unto him: and he made him overseer over his house, and all that he had he put into his hand.
4यसकारण यूसुफलाई पाएर पोतीफर अत्यन्तै खुशी थियो। पोतीफरले उसलाई आफ्नो काम गराउन तथा घरमा व्यवस्था मिलाउने काममा लगायो। पोतीफरको प्रत्येक कुरोमा उसको अधिकार थियो।
5And it came to pass from the time that he made him overseer in his house, and over all that he had, that Jehovah blessed the Egyptian's house for Joseph's sake; and the blessing of Jehovah was upon all that he had, in the house and in the field.
5जब यूसुफ पोतीफरको घरमा प्रत्येक चीजको अधिकारी बनियो तब परमप्रभुले पोतीफरको घरमा रहेको प्रत्येक चीजमा आशीर्वाद दिनुभयो। परमप्रभुले यूसुफको कारणले यसो गर्नु भयो अनि पोतीफरको खेतीमा उब्जने प्रत्येक चीजलाई परमप्रभुले आशीर्वाद दिनु भयो।
6And he left all that he had in Joseph's hand; and he knew not aught [that was] with him, save the bread which he did eat. And Joseph was comely, and well-favored.
6यसैले पोतीफरले यूसुफलाई आफ्नो घरको प्रत्येक चीजको जिम्मावारी लगायो। पोतीफरले कुनै कुराको चिन्ता गर्दैनथ्यो ऊ खाली आफ्नो भोजनको विषयमा मात्र चिन्ता गर्दथ्यो। यूसुफ अत्यन्तै सुन्दर र राम्रो थियो।
7And it came to pass after these things, that his master's wife cast her eyes upon Joseph; and she said, Lie with me.
7केही समयपछि यूसुफको मालिककी पत्नीले उसलाई प्रेम गर्न थालीन्। एकदिन उनले भनिन्, “मसँग सुत्।”
8But he refused, and said unto his master's wife, Behold, my master knoweth not what is with me in the house, and he hath put all that he hath into my hand:
8तर यूसुफ मानेन। उनले भने, “मेरो मालिक यस घरको प्रत्येक चीजको निम्ति मलाई विश्वास गर्छन। उनले यस घरको प्रत्येक चीजको लागि मलाई जिम्मावारी दिएका छन्।
9he is not greater in this house than I; neither hath he kept back anything from me but thee, because thou art his wife: how then can I do this great wickedness, and sin against God?
9मेरा मालिकले मलाई आफू समान सम्झन्छन्। तर मैले उसकी पत्नीसित सुत्नु हुँदैन। यो उचित होइन। यो परमेश्वरको बिरूद्धमा पाप हो।”
10And it came to pass, as she spake to Joseph day by day, that he hearkened not unto her, to lie by her, [or] to be with her.
10त्यो स्त्रीले प्रत्येक दिननै यूसुफसित कुरा गर्थी। तर यूसुफले ऊसित सुत्न अस्वीकार गर्दथियो।
11And it came to pass about this time, that he went into the house to do his work; and there was none of the men of the house there within.
11एक दिन यूसुफ आफ्नो कामको निम्ति घरभित्र पसेको थियो। त्यस बेला लोग्ने मानिस त्यस घरमा ऊ मात्रै थियो।
12And she caught him by his garment, saying, Lie with me: and he left his garment in her hand, and fled, and got him out.
12उसका मालिककी पत्नीले यूसुफको लुगा समाती अनि उसलाई भनी, “तिमी मसित ओछ्यानमा आऊ।” तर यूसुफ त्यहाँबाट यति चाँडो भाग्यो कि उसको लुगा मालिककी पत्नीको हातमा नै रह्यो।
13And it came to pass, when she saw that he had left his garment in her hand, and was fled forth,
13त्यस मानिसकि पत्नीले देखी उसको लुगा उसैको हातैमा थियो अनि यूसुफ घरदेखि बाहिर भागेर गए। यसर्थ उनले निश्चय गरी जे भएको थियो त्यस विषयमा झूटो प्रचार गर्नुपर्छ।
14that she called unto the men of her house, and spake unto them, saying, See, he hath brought in a Hebrew unto us to mock us: he came in unto me to lie with me, and I cried with a loud voice:
14ऊ बाहिरका मानिसहरूलाई बोलाउन गई। उनले भनी, “हेर, यो हिब्रू कमारा हाम्रो बेइज्जत गर्न यहाँ आएको थियो। ऊ भित्र आयो अनि मसित सुत्ने कोशिश गर्यो, तर म साह्रै चिच्याएँ।
15and it came to pass, when he heard that I lifted up my voice and cried, that he left his garment by me, and fled, and got him out.
15म चिच्चाएकोले गर्दा त्यो डरायो अनि यहाँबाट भाग्यो। तर उनले आफ्नो कोट मसितै छोडेर गयो।”
16And she laid up his garment by her, until his master came home.
16यसकारण उनले आफ्नो लोग्ने घर फर्कुन्जेलसम्म त्यो लुगा आफूसँगै राखी।
17And she spake unto him according to these words, saying, The Hebrew servant, whom thou hast brought unto us, came in unto me to mock me:
17अनि उनले आफ्नो लोग्नेलाई त्यही कथा सुनाई। उनले भनिन, “तिमीले ल्याएको हिब्रू दासले मसित ब्यभिचार गरेर लज्जित पार्यो।
18and it came to pass, as I lifted up my voice and cried, that he left his garment by me, and fled out.
18जब ऊ मकहाँ आयो म चिच्चाएँ अनि त्यो भाग्यो तर त्यसले आफ्नो लुगा छोडेर गयो।”
19And it came to pass, when his master heard the words of his wife, which she spake unto him, saying, After this manner did thy servant to me; that his wrath was kindled.
19जति बेला यूसुफको मालिकले कथा सुने, तिनी साह्रै नै रिसाए।
20And Joseph's master took him, and put him into the prison, the place where the king's prisoners were bound: and he was there in the prison.
20त्यहाँ एउटा झ्यालखाना थियो अनि त्यसमा राजाका शत्रुहरूलाई राखिन्थ्यो। पोतीफरले यूसुफलाई त्यही झ्यालखानामा राख्यो अनि यूसुफ त्यही बसिरह्यो।
21But Jehovah was with Joseph, and showed kindness unto him, and gave him favor in the sight of the keeper of the prison.
21तर परमप्रभु यूसुफसित हुनुहुन्थ्यो। उहाँ संधै ऊसंग दयालु हुनुहुन्थ्यो।
22And the keeper of the prison committed to Joseph's hand all the prisoners that were in the prison; and whatsoever they did there, he was the doer of it.
22उहाँले अरू कैदीहरूको प्रमुख यूसुफलाई बनाए अनि एक रक्षकबाट गरिनु पर्ने प्रत्येक कुरो तिनलाई गर्न लगाए।
23The keeper of the prison looked not to anything that was under his hand, because Jehovah was with him; and that which he did, Jehovah made it prosper.
23रक्षकहरूका अधिकारीले झ्यालखानको सबै कुराहरूमा यूसुफमाथि विश्वास गर्थे। यस्तो यसकारण हुने भयो कारण परमप्रभुले यूसुफलाई सहायता गर्नुहुन्थ्यो। यूसुफले जे गर्थ्यो परमप्रभुले उसलाई सफल गराउनु हुन्थ्यो।