American Standard Version

Nepali

Hosea

3

1And Jehovah said unto me, Go again, love a woman beloved of [her] friend, and an adulteress, even as Jehovah loveth the children of Israel, though they turn unto other gods, and love cakes of raisins.
1त्यसपछि परमप्रभुले मलाई फेरि भन्नुभयो, “गोमेरका धेरै प्रेमीहरू छन्। तर तिमीले उसलाई प्रेम गरिरहनु पर्छ। किन? किनभने तिम्रो व्यवहार परमप्रभुको जस्तो हुनु पर्छ। परमप्रभुले इस्राएलका मानिसहरूलाई माया गर्नु हुन्छ अनि गरिरहनु हुन्छ। तर तिनीहरू चाहिँ अरू देवताहरूलाई पूजा गरिरहन्छन्। अनि तिनीहरू दाखको रोटी खानु रूचाउँछन्।”
2So I bought her to me for fifteen [pieces] of silver, and a homer of barley, and a half-homer of barley;
2यसैकारण मैले गोमेरलाई पन्ध्र सिक्क चाँदी र नौ बुशल जौ दिएर किनेर ल्याएँ।
3and I said unto her, Thou shalt abide for me many days; thou shalt not play the harlot, and thou shalt not be any man's wife: so will I also be toward thee.
3तब मैले उसलाई भने, “तिमी मेरो घरमा धेरै दिन बस्नेछौ। तिमी वेश्या जस्तो हुनेछैनौ। तिमी अर्को लोग्ने मानिससित बस्नेछैनौ। अनि म तिम्रो पती हुनेछु।”
4For the children of Israel shall abide many days without king, and without prince, and without sacrifice, and without pillar, and without ephod or teraphim:
4यही प्रकारले, इस्राएलका मानिसहरू धेरै दिनसम्म राजा र नेता बिना रहनेछन्। तिनीहरू बिना बलि र बिना स्मृति-पत्थर नै रहनेछन। तिनीहरूसित न एपोद न कुलदेवता नै रहनेछन्।
5afterward shall the children of Israel return, and seek Jehovah their God, and David their king, and shall come with fear unto Jehovah and to his goodness in the latter days.
5त्यसपछि इस्राएलका मानिसहरू फर्किने छन। तब परमप्रभु आफ्ना परमेश्वरको र राजा दाऊदको खोजीमा लाग्नेछन्। अन्तमा तिनीहरू परमप्रभु र उहाँको उद्धारतातिर आउँनेछन्।