American Standard Version

Nepali

Isaiah

21

1The burden of the wilderness of the sea. As whirlwinds in the South sweep through, it cometh from the wilderness, from a terrible land.
1मरूभूमिको समुद्रको बारेमा दुखको सन्देश मरूभूमिबाट केही आइरहेछ, यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ, यो भयानक देशबाट आइरहेछ।
2A grievous vision is declared unto me; the treacherous man dealeth treacherously, and the destroyer destroyeth. Go up, O Elam; besiege, O Media; all the sighing thereof have I made to cease.
2मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।
3Therefore are my loins filled with anguish; pangs have taken hold upon me, as the pangs of a woman in travail: I am pained so that I cannot hear; I am dismayed so that I cannot see.
3मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।
4My heart fluttereth, horror hath affrighted me; the twilight that I desired hath been turned into trembling unto me.
4मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।
5They prepare the table, they set the watch, they eat, they drink: rise up, ye princes, anoint the shield.
5मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ। मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।” सैनिकहरू पनि भन्दैछन्, “रक्षकहरू पठाऊ। अधिकारीहरू उठ अनि आफ्नो ढाल चम्काऊ।”
6For thus hath the Lord said unto me, Go, set a watchman: let him declare what he seeth:
6मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नौ पर्छ।
7and when he seeth a troop, horsemen in pairs, a troop of asses, a troop of camels, he shall hearken diligently with much heed.
7यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थाप्नु पर्दछ।”
8And he cried as a lion: O Lord, I stand continually upon the watch-tower in the day-time, and am set in my ward whole nights;
8तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ, “मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु। म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु। तर...
9and, behold, here cometh a troop of men, horsemen in pairs. And he answered and said, Fallen, fallen is Babylon; and all the graven images of her gods are broken unto the ground.
9हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।” तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”
10O thou my threshing, and the grain of my floor! that which I have heard from Jehovah of hosts, the God of Israel, have I declared unto you.
10“मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”
11The burden of Dumah. One calleth unto me out of Seir, Watchman, what of the night? Watchman, what of the night?
11दूमा बारे एक दुखको सन्देश कसैले मलाई एदोम देखि डाक्यो। उनले भने, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!”
12The watchman said, The morning cometh, and also the night: if ye will inquire, inquire ye: turn ye, come.
12प्रहरीले जवाफ दिन्छ, “बिहान हुँदैछ तर फेरि रात आउने नै हो। यदि तिमीलाई केही सोध्नु छ भने फर्केर आऊ र सोध।”
13The burden upon Arabia. In the forest in Arabia shall ye lodge, O ye caravans of Dedanites.
13अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।
14Unto him that was thirsty they brought water; the inhabitants of the land of Tema did meet the fugitives with their bread.
14तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।
15For they fled away from the swords, from the drawn sword, and from the bent bow, and from the grievousness of war.
15ती मानिसहरू जो मारिनलाई तयार थिए तरवारबाट भागि रहेका थिए। तिनीहरू धनुबाट भागि रहेका थिए। जो छोडिनलाई तयार थिए, तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।
16For thus hath the Lord said unto me, Within a year, according to the years of a hireling, all the glory of Kedar shall fail;
16परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।
17and the residue of the number of the archers, the mighty men of the children of Kedar, shall be few; for Jehovah, the God of Israel, hath spoken it.
17त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।