American Standard Version

Nepali

Isaiah

45

1Thus saith Jehovah to his anointed, to Cyrus, whose right hand I have holden, to subdue nations before him, and I will loose the loins of kings; to open the doors before him, and the gates shall not be shut:
1आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ। “म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।”
2I will go before thee, and make the rough places smooth; I will break in pieces the doors of brass, and cut in sunder the bars of iron;
2“कोरेस, तिम्रा सेनाहरूले अघि बढनेछन् अनि म तिम्रो अघाडी जानेछु। म पर्वतहरू मैदान तुल्य पारिदिनेछु। म शहरका काँसाका प्रवेशद्वारहरू भत्काइदिनेछु। म फलामका ढोकाको बारहरू काटिदिनेछु।
3and I will give thee the treasures of darkness, and hidden riches of secret places, that thou mayest know that it is I, Jehovah, who call thee by thy name, even the God of Israel.
3म तिमीलाई त्यो धन दिनेछु जसले अन्धकारमा बचाउनेछ। म तिमीलाई ती गुप्त स्थानमा जम्मा गरेको धन दिनेछु। म यसो गर्ने छु ताकि तिमीहरूले म परमप्रभु भनेर जान्नेछौ। म इस्राएलको परमेश्वर हुँ, अनि म तिमीलाई तिम्रो नाउँले बोलाउने छु।
4For Jacob my servant's sake, and Israel my chosen, I have called thee by thy name: I have surnamed thee, though thou hast not known me.
4म यी कुराहरू मेरो दास याकूबको लागि गर्छु। म यी कुराहरू मैले चुनेको इस्राएलको लागि गर्छु। कोरेस, म तिमीलाई नाउँले बोलाउनेछु। तिमी मलाई जान्दैनौ। तर म तिमीलाई जान्दछु त्यसैले नाउँले बोलाउनेछु।
5I am Jehovah, and there is none else; besides me there is no God. I will gird thee, though thou hast not known me;
5म परमप्रभु हुँ। म मात्र परमेश्वर हुँ। म बाहेक अरू परमेश्वर छैन्। मैले तिमीलाई बलसँगै लुगा लगाइदिएँ। तर अझै तिमी मलाई बुझ्दैनौ।
6that they may know from the rising of the sun, and from the west, that there is none besides me: I am Jehovah, and there is none else.
6यी कुराहरू गर्छु ताकि सारा मानिसहरूले म नै परमेश्वर हुँ भनेर जानुन्। पूर्वदेखि पश्चिम सम्मका मानिसहरूले म परमप्रभु हुँ भनेर जानुन्, अनि त्यहाँ म बाहेक अरू कुनै परमेश्वर छैन।
7I form the light, and create darkness; I make peace, and create evil. I am Jehovah, that doeth all these things.
7मैले उज्यालो बनाएँ अनि मैले अंध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ।
8Distil, ye heavens, from above, and let the skies pour down righteousness: let the earth open, that it may bring forth salvation, and let it cause righteousness to spring up together; I, Jehovah, have created it.
8माथिआकाश बाट पृथ्वीमा पण्टा र्बसिन्छ जसरी बादलबाट पानी र्बसिन्छ। पृथ्वी खोलिन्छ अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ साथ-साथै सद्भावना बढ्छ। म परमप्रभुले नै यी सब बनाएँ।
9Woe unto him that striveth with his Maker! a potsherd among the potsherds of the earth! Shall the clay say to him that fashioneth it, What makest thou? or thy work, He hath no hands?
9“यी मानिसहरूलाई हेर! कसले तिनीहरूलाई सृष्टि गरे त्यसबारे उसित तर्क गरिरहेकाछन्। तिनीहरूलाई हेर मसँगै तिनीहरू वहश गरिरहेका छन्। तिनीहरू माटोको फुटेको भाँडा जस्ता छन्। मानिसले, भिजेको गिलो माटो भाँडा बनाउन प्रयोग गर्छ अनि गिलो माटोले सोध्दैन, ‘मानिस, तिमी के गरिरहेकाछौ?’ चीजहरू जो बनाइन्छन। ती चीजहरूमा त्यो शक्ति हुदैन कि जसले बनायो उसलाई सोधोस्। मानिसहरू पनि गिलो माटो जस्तै हुन्।
10Woe unto him that saith unto a father, What begettest thou? or to a woman, With what travailest thou?
10एकजना पिताले नानीहरूको जन्म गराउँछ। अनि नानीहरूले सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जीवन दिइरहनु भएकोछ?’ नानीहरूले आफ्नी आमालाई सोध्न सक्तैनन्, ‘तपाईंले किन हामीलाई जन्म दिइरहनु भएको छ?”‘
11Thus saith Jehovah, the Holy One of Israel, and his Maker: Ask me of the things that are to come; concerning my sons, and concerning the work of my hands, command ye me.
11परमप्रभु परमेश्वर एकमात्र इस्राएलको परमपवित्र हुनुहुन्छ। उहाँले इस्राएल बनाउनु भयो। अनि परमप्रभु भन्नुहुन्छ, “मेरा छोराहरू, तिमीहरूले मलाई ‘चिन्ह दिनुहोस्’ भनेर भन्यौ। तिमीहरूले मलाई मैले गरेका कामहरू देखाउनु होस् भन्यौ।
12I have made the earth, and created man upon it: I, even my hands, have stretched out the heavens; and all their host have I commanded.
12यसकारण हेर। मैले पृथ्वी बनाएँ अनि मैले सारा मानिसहरूलाई यसमा जीवन दिएँ। मैले आफ्नै हातहरूद्वारा आकाशहरू बनाए। अनि मैले सारा तारामण्डललाई आकाशमा आदेश दिए।
13I have raised him up in righteousness, and I will make straight all his ways: he shall build my city, and he shall let my exiles go free, not for price nor reward, saith Jehovah of hosts.
13मैले कोरेसलाई शक्ति प्रदान गरे ताकि उसले राम्रो काम गरोस। अनि मैले उसको कामहरू सहज पारिदिए। कोरेसले मेरो शहर पुननिर्माण गर्नेछ। अनि उसले मेरा मानिसहरू स्वतन्त्र पार्नेछ। कोरेसले मेरा मानिसहरू मलाई बेच्नेछैन्। मैले उसलाई ती कुराहरू गर्नलाई त्यसको मूल्य तिर्नु पर्नेछैन्। मानिसहरू स्वतन्त्र हुनेछन् अनि मेरो लागि त्यसको मूल्य केही पनि होइन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
14Thus saith Jehovah, The labor of Egypt, and the merchandise of Ethiopia, and the Sabeans, men of stature, shall come over unto thee, and they shall be thine: they shall go after thee, in chains they shall come over; and they shall fall down unto thee, they shall make supplication unto thee, [saying], Surely God is in thee; and there is none else, there is no God.
14परमप्रभुले भन्नुहुन्छ, “मिश्र र कूश धनी छन् तर इस्राएल, तिमीले ती धनहरू पाउनेछौ। शबाईका अग्ला मानिसहरू तिम्रा हुनेछन्। तिनीहरूको गर्दन वरिपरि बाँधिएको साङ्गलोसितै तिनीहरू तिम्रो पछि पछि हिंडनेछन्। तिनीहरू तिमी समक्ष झुक्नेछन्। अनि तिनीहरूले तिमीसित प्रार्थना गर्ने छन्।” अनि त्यहाँ अन्य कोही परमेश्वर हुनेछैन्। इस्राएलका, परमेश्वर तिमीसँग हुनुहुन्छ।
15Verily thou art a God that hidest thyself, O God of Israel, the Saviour.
15परमेश्वर, तपाईं सर्वशक्तिमान् हुनुहुन्छ, मानिसहरूले देख्न सक्तैनन्। तपाईं इस्राएलको उद्धारक हुनुहुन्छ।
16They shall be put to shame, yea, confounded, all of them; they shall go into confusion together that are makers of idols.
16धेरै मानिसहरूले झूटा देवताहरू बनाउँछन्। तर ती मानिसहरू निराश हुनेछन्। ती सारा मानिसहरू लज्जित हुनेछन्।
17[But] Israel shall be saved by Jehovah with an everlasting salvation: ye shall not be put to shame nor confounded world without end.
17तर इस्राएल परमप्रभुद्वारा बचाईनेछ। त्यो उद्धार कार्य सदा-सर्वदा रहनेछ। कहिल्यै पनि इस्राएल लज्जित हुनेछैन्।
18For thus saith Jehovah that created the heavens, the God that formed the earth and made it, that established it and created it not a waste, that formed it to be inhabited: I am Jehovah; and there is none else.
18परमप्रभु नै परमेश्वर हुनुहुन्छ। उहाँले आकाशहरू र पृथ्वी बनाउनु भयो। परमप्रभुले पृथ्वीलाई यसको ठाउँमा राख्नु भयो। परमप्रभुले यस पृथ्वीलाई खाली गर्न चाहनुहुन्न, जुन उहाँले बनाउनु भयो! उहाँले पृथ्वी बस्नका लागि बनाउनु भयो! “म परमप्रभु हुँ, म बाहेक अरू कोही परमेश्वर छैन।
19I have not spoken in secret, in a place of the land of darkness; I said not unto the seed of Jacob, Seek ye me in vain: I, Jehovah, speak righteousness, I declare things that are right.
19“म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाइँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्।”
20Assemble yourselves and come; draw near together, ye that are escaped of the nations: they have no knowledge that carry the wood of their graven image, and pray unto a god that cannot save.
20“त्यसकारण, हे मानिसहरू हो, तिमीहरू भेला हौऊ। तिमीहरू अर्का राष्ट्रहरूबाट उम्केका छौ। मानिसहरू जान्दैनन् तिनीहरू के गरिरहेका छन्। जब तिनीहरू काठको मूर्तिहरू बोक्छन् तिनीहरू जान्दैनन कि तिनीहरू ती देवताहरूलाई प्रार्थना गर्छन जसले तिनीहरूलाई सहायता गर्न सक्तैनन्।
21Declare ye, and bring [it] forth; yea, let them take counsel together: who hath showed this from ancient time? who hath declared it of old? have not I, Jehovah? and there is no God else besides me, a just God and a Saviour; there is none besides me.
21यी मानिसहरूलाई भन, मकहाँ आऊ। तिनीहरूका आफ्ना मामला प्रस्तुत गर्दै ती कुराहरूका छलफल तिनीहरूलाई देऊ। “कसले तिमीहरूलाई ती कुराहरू बताए जुन धेरै वर्ष अघि घटेका थिए? कसले धेरै वर्षहरूदेखि यी कुराहरू लगातार भने? म, परमप्रभुले, मात्र यी कुराहरू भनें। म मात्र परमेश्वर हुँ। त्यहाँ के म जस्तो अन्य कोही देवता छ? के त्यहाँ अन्य असल देवता छ? के त्यहाँ अन्य कोही देवता छ जसले आफ्ना मानिसहरूलाई बचाउँदछ? अँह! त्यहाँ अन्य देवता छैन्।
22Look unto me, and be ye saved, all the ends of the earth; for I am God, and there is none else.
22टाढामा भएका सारा मानिसहरूले ती झुटा देवताहरू पछ्याउन छोडनु पर्छ। तिमीहरूले मलाई पछ्याउनु पर्छ र बाँच्ने छौ। म परमेश्वर हुँ। त्यहाँ अन्य देवता छैन्। म परमेश्वर हुँ।
23By myself have I sworn, the word is gone forth from my mouth [in] righteousness, and shall not return, that unto me every knee shall bow, every tongue shall swear.
23“मेरो आफ्नै शक्तिद्वारा यो प्रतिज्ञा गर्छु। अनि जब प्रतिज्ञा सत्य हो। जुन कुरा विषयमा म वचन दिँन्छु त्यो हुने नै छ। अनि म वचन दिँदछु कि प्रत्येक मानिस मेरो समक्ष झुक्नेछ। अनि प्रत्येक मानिसले मलाई पछ्याउने प्रतिज्ञा गर्नेछ।
24Only in Jehovah, it is said of me, is righteousness and strength; even to him shall men come; and all they that were incensed against him shall be put to shame.
24मानिसहरूले भन्नेछन्, “धार्मिकता र शक्ति परमप्रभुबाटै मात्र आउने छ।”‘ कतिपय मानिसहरू परमप्रभुसित कोधित छन्। तर परमेश्वरको साक्षी आउनेछ र परमप्रभुले गर्नु भएको कुराहरूको विषयमा बताउनु हुनेछ। यसकारण ती क्रोधित मानिसहरू लज्जित हुनेछन्।
25In Jehovah shall all the seed of Israel be justified, and shall glory.
25असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्।