American Standard Version

Nepali

Jeremiah

16

1The word of Jehovah came also unto me, saying,
1परमप्रभुको यो सन्देश मकहाँ आयो
2Thou shalt not take thee a wife, neither shalt thou have sons or daughters, in this place.
2“यर्मिया, यहाँ तिमीले विवाह गर्न हुँदैन्। तिमीसँग यस ठाउँमा कुनै छोरा-छोरी हुनु हुँदैन।”
3For thus saith Jehovah concerning the sons and concerning the daughters that are born in this place, and concerning their mothers that bare them, and concerning their fathers that begat them in this land:
3परमप्रभुले ती छोरा-छोरीहरूको विषयमा भन्नुभयो जो यहूदाको भूमिमा जन्मिएका छन्। अनि परमेश्वरले ती नानीहरूका आमा-बाबुहरूको बारेमा त्यस्तो भन्नुभयो
4They shall die grievous deaths: they shall not be lamented, neither shall they be buried; they shall be as dung upon the face of the ground; and they shall be consumed by the sword, and by famine; and their dead bodies shall be food for the birds of the heavens, and for the beasts of the earth.
4“ती मानिसहरूले डरलाग्दो मृत्यु मर्ने छन्। कोही पनि तिनीहरूका लागि रूने छैन। कसैले पनि तिनीहरूलाई दफन गर्ने छैन। तिनीहरूको शरीरहरू गोबरहरू जस्तो भूइँमा लडिरहनेछ। ती मानिसहरू शत्रुहरूको तरवारले मर्नेछन्, अथवा भोकले मर्नेछन्। तिनीहरूका मृत शरीरहरू आकाशमा उड्ने चराहरू र पृथ्वीमा बस्ने जनावरहरूको लागि भोजन हुनेछ।”
5For thus saith Jehovah, Enter not into the house of mourning, neither go to lament, neither bemoan them; for I have taken away my peace from this people, saith Jehovah, even lovingkindness and tender mercies.
5यसर्थ परमप्रभु भन्नुहुन्छ “यर्मिया, तिमी त्यो घरमा नजाऊ जहाँ मृत मानिसको अन्त्येष्टीको भोज भैरहेको छ। मृतकको लागि विलाप गर्नु अनि रूनु नजाऊ कारण मैले त्यस मानिसबाट मेरो शान्ति, आशिर्वाद, मेरो माया अनि दया फर्काएको छु,” परमप्रभु भन्नुहुन्छ।
6Both great and small shall die in this land; they shall not be buried, neither shall men lament for them, nor cut themselves, nor make themselves bald for them;
6“यहूदाको भूमिमा ठूलो तथा साना सबै मानिसहरू मर्नेछन्। कसैले पनि तिनीहरूलाई दफ्नाउने छैन, न त तिनीहरूका निम्ति रूने नै छन्। कसैले पनि तिनीहरूका निम्ति केश तथा दाह्री खौरने छैनन्।
7neither shall men break [bread] for them in mourning, to comfort them for the dead; neither shall men give them the cup of consolation to drink for their father or for their mother.
7शोक गर्नेहरूलाई कसैले भोजन दिने छैनन्। तिनीहरूका बाबु अथवा आमा मर्दा सान्त्वना दिनलाई कसैले तिनीहरूलाई एक प्याला दाखरस पनि दिने छैनन्।
8And thou shalt not go into the house of feasting to sit with them, to eat and to drink.
8“यर्मिया, त्यस्तो घरमा नजाऊ जहाँ मानिसहरू उत्सव मनाई रहेका हुन्छन्। त्यो घरमा पिउन, खान र बस्न नजाऊ।
9For thus saith Jehovah of hosts, the God of Israel: Behold, I will cause to cease out of this place, before your eyes and in your days, the voice of mirth and the voice of gladness, the voice of the bridegroom and the voice of the bride.
9सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यी कुराहरू भन्नुहुन्छ ‘अति शीध्र नै तिमीले आफ्नो जीवनकाल नै देख्नेछौ कि म यो ठाउँमा आनन्दको ध्वनिहरू र दुलहा-दुलहीको आवाजहरू बन्द गरिदिनेछ।’
10And it shall come to pass, when thou shalt show this people all these words, and they shall say unto thee, Wherefore hath Jehovah pronounced all this great evil against us? or what is our iniquity? or what is our sin that we have committed against Jehovah our God?
10“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई यी कुराहरू भन अनि मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘किन परमप्रभुले त्यस्ता डरलाग्दो कुराहरू हामीलाई भन्नु भएको छ? हामीले के भूल गरेका छौ? हामीले हाम्रो परमेश्वरको विरूद्ध के पाप गरेकाछौ?’
11Then shalt thou say unto them, Because your fathers have forsaken me, saith Jehovah, and have walked after other gods, and have served them, and have worshipped them, and have forsaken me, and have not kept my law;
11तब तिमीले ती मानिसहरूलाई यी कुराहरू भन्नै पर्छ ‘कारण तिम्रा पिता-पुर्खाहरूले मलाई त्यागेकाछन्।’ परमप्रभुले घोषणा गर्नु हुन्छ, ‘अनि अन्य देवताहरूको अनुसरण गरी तिनीहरूको सेवा गरे अनि अर्चना गरे। तिनीहरूले मलाई त्यागिदिए अनि मेरा व्यवस्थाहरू मान्न अस्वीकार गरे।
12and ye have done evil more than your fathers; for, behold, ye walk every one after the stubbornness of his evil heart, so that ye hearken not unto me:
12तिम्रा पिता-पुर्खाहरूले भन्दा तिमीहरूले अझ बढी पाप गरेकाछौ। तिमीहरू अत्यन्त हठी छौ अनि तिमीहरूले त्यस्ता कुराहरू मात्र गर्यो जुन तिमीहरूका मनले सुझाव दियो। तिमीहरूले मेरो आज्ञा पालन गरेका छैनौ।
13therefore will I cast you forth out of this land into the land that ye have not known, neither ye nor your fathers; and there shall ye serve other gods day and night; for I will show you no favor.
13यसकारण म तिमीहरूलाई देशबाट निकाली दिनेछु। म तिमीहरूलाई तिमीहरू तथा तिमीहरूका पिता-पुर्खाहरूले पनि नदेखेको विदेशमा जानु बाध्य गराउनेछु। त्यस देशमा तिमीहरू रात-दिन अरू देवताहरू पूज्नेछौ। म तिमीहरूलाई कहिल्यै सहायता गर्ने छैन।’
14Therefore, behold, the days come, saith Jehovah, that it shall no more be said, As Jehovah liveth, that brought up the children of Israel out of the land of Egypt;
14“मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ।’ उहाँले मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई बाहिर निकालेर ल्याउनु भयो।’ तर समय आउँदैछ जति बेला मानिसहरूले यी वचनहरू भन्नेछैनन्।” यो सन्देश परमप्रभुबाट आएको हो।
15but, As Jehovah liveth, that brought up the children of Israel from the land of the north, and from all the countries whither he had driven them. And I will bring them again into their land that I gave unto their fathers.
15“मानिसहरूले शपथ ग्रहण गर्नेछन्, ‘परमप्रभु जसरी बाँच्नु हुन्छ। परमप्रभु जसले इस्राएलका मानिसहरूलाई भूमिको उत्तरी भाग र अन्य सबै भागहरूबाट ल्याउनु भएको हो, तिनीहरू त्यहाँबाट धपाइएका थिए।’ मानिसहरू ले यी वचनहरू भन्नेछन् किनभने मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको जमीनमा म तिनीहरूलाई फर्काई ल्याउनेछु।
16Behold, I will send for many fishers, saith Jehovah, and they shall fish them up; and afterward I will send for many hunters, and they shall hunt them from every mountain, and from every hill, and out of the clefts of the rocks.
16“परमप्रभु भन्नुहुन्छ, म धेरै जालहारीहरूलाई पठाउँनेछु।” “तिनीहरूले यहूदाका मानिसहरूलाई समात्नेछन्। तब म धेरै शिकारीहरूलाई पठाउनेछु, जसले तिनीहरूलाई पहाडमाथि प्रत्येक पर्वत अनि चर्केको चट्टानहरूमा शिकार गर्नेछन्।
17For mine eyes are upon all their ways; they are not hid from my face, neither is their iniquity concealed from mine eyes.
17तिनीहरूले गर्ने प्रत्येक कुरा म हेर्छु। यहूदाका मानिसहरूले कुनै कुरा म देखि लुकाउन सक्तैनन्। तिनीहरूले मबाट पाप लुकाउन सक्तैनन्।
18And first I will recompense their iniquity and their sin double, because they have polluted my land with the carcasses of their detestable things, and have filled mine inheritance with their abominations.
18म यहूदाका मानिसहरूले गरेका अधर्म कामहरूका निम्ति पुन क्षतिपूर्ण गर्नेछु। म तिनीहरूलाई प्रत्येक पापको दोबर दण्ड दिनेछु। म तिनीहरूलाई त्यसो गर्नेछु किनभने तिनीहरूले मेरो भूमि घृणित मूर्तिहरूद्वारा दूषित पारि दिए अनि तिनीहरूले मेरो देश तिनीहरूका घृणित मूर्तिहरूले भरिदिए।”
19O Jehovah, my strength, and my stronghold, and my refuge in the day of affliction, unto thee shall the nations come from the ends of the earth, and shall say, Our fathers have inherited nought but lies, [even] vanity and things wherein there is no profit.
19हे परमप्रभु, तपाईं मेरो बल र मेरो संरक्षण हुनुहुन्छ। तपाईं संकटको बेलामा दौडेर जाने एक सुरक्षित ठाउँ हुनुहुन्छ। सारा पृथ्वीका कुना-कुनारीट जातिहरू तपाईंकहाँ आउँछन्। तिनीहरू भन्छन्, “हाम्रा पिता-पुर्खाहरूकहाँ झूटा देवताहरू थिए। तिनीहरूले ती महत्वहीन मूर्तिहरू पूजे, जुन मूर्तिहरूले तिनीहरूलाई मद्दत गर्दैन।”
20Shall a man make unto himself gods, which yet are no gods?
20के कुनै मानिसले वास्तविक देवताहरू बनाउनुसक्छ? अहँ तिनीहरू वास्तविक देवताहरू होइनन्।
21Therefore, behold, I will cause them to know, this once will I cause them to know my hand and my might; and they shall know that my name is Jehovah.
21परमप्रभु भन्नुहुन्छ, “यसर्थ जसले मूर्तिहरू बनाउँछन्। तिनीहरूलाई अघिबाटै म मेरो शक्ति र बल विषयमा बताउनेछु। तब तिनीहरूले जान्नेछन कि मेरो नाउँ परमप्रभु हो।”