1In the beginning of the reign of Jehoiakim the son of Josiah, king of Judah, came this word unto Jeremiah from Jehovah, saying,
1यहूदामा सिदकियाहको शासनकालको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ अयो। सिदकियाह योशिहका छोरो थिए।
2Thus saith Jehovah to me: Make thee bonds and bars, and put them upon thy neck;
2परमप्रभुले भन्नुभयो, “यर्मिया, यी फीता र डण्डहरूबाट एउटा जुवा बनाऊ र तिम्रो काँधमा लगाऊ।
3and send them to the king of Edom, and to the king of Moab, and to the king of the children of Ammon, and to the king of Tyre, and to the king of Sidon, by the hand of the messengers that come to Jerusalem unto Zedekiah king of Judah;
3त्यसपछि एदोम, मोआब, अम्मोन, सोर र सीदोमका राजाहरूकहाँ यी राजाहरूका दूतहरू जो यहूदाका राजा सिदकियाहलाई भेट्न यरूशलेममा आएका छन् तिमीहरूको माध्यम यी समाचार पठाऊ।
4and give them a charge unto their masters, saying, Thus saith Jehovah of hosts, the God of Israel, Thus shall ye say unto your masters:
4तिनीहरूका मालिकहरूलाई यी खबरहरू पुर्याऊ भनी तिनीहरूलाई भन तिनीहरूलाई भन, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरले भन्नुहुन्छ तिम्रा मालिकहरूलाई भन कि
5I have made the earth, the men and the beasts that are upon the face of the earth, by my great power and by my outstretched arm; and I give it unto whom it seemeth right unto me.
5मैले पृथ्वीमा सारा पशुहरू बनाएँ। यो मैले मेरो महान शक्ति र बलिष्ठ पाखुराले गरें। म यो पृथ्वी जसलाई चाहन्छु त्यसैलाई दिन सक्छु।
6And now have I given all these lands into the hand of Nebuchadnezzar the king of Babylon, my servant; and the beasts of the field also have I given him to serve him.
6अहिले तिमीहरूका सबै देशहरू मैले बाबेलका राजा नबूकदनेस्सरलाई दिएको छु। उनी मेरा दास हुन। मैले जङ्गली पशुहरू सम्मलाई पनि उसको आज्ञा पालन गर्ने बनाउँछु।
7And all the nations shall serve him, and his son, and his son's son, until the time of his own land come: and then many nations and great kings shall make him their bondman.
7सारा जातिहरूले नबूकदनेस्सर, उनको छोरो र उनको नातिको सेवा गर्नेछन्। त्यसपछि बाबेल परास्त हुने समय आउनेछ। धेरै राज्यहरू र महान राजाहरूले बाबेललाई आफ्नो कमारो बनाउँनेछन।
8And it shall come to pass, that the nation and the kingdom which will not serve the same Nebuchadnezzar king of Babylon, and that will not put their neck under the yoke of the king of Babylon, that nation will I punish, saith Jehovah, with the sword, and with the famine, and with the pestilence, until I have consumed them by his hand.
8“‘तर अहिले केही जातिहरू यस्ता हुनेछन् कि तिनीहरू बाबेलका राजा नबूकदनेस्सरलाई सेवा गर्न अस्वीकार गर्नेछन्। यदि कुनै जातिले आफ्नो घिच्रोमा जुवा राख्न अस्वीकार गरे म त्यसलाई तरवार, अनिकाल र डरलाग्दो बीमारहरू मार्फत सजाय दिनेछु,”‘ यो परमप्रभुबाट आएको सन्देश हो। “‘जब सम्म त्यो जातिलाई उसको पक्षबाट ध्वंश पार्दिन तब सम्म म यसो गर्नेछु।
9But as for you, hearken ye not to your prophets, nor to your diviners, nor to your dreams, nor to your soothsayers, nor to your sorcerers, that speak unto you, saying, Ye shall not serve the king of Babylon:
9यसर्थ तिमीहरू अगमवक्ताहरू जोखना हेर्नेहरू, दर्शन देख्नेहरू, ज्योतिषिहरू र जादूगरी गर्नेहरू जसले तिमीहरूलाई भन्छन्, “तिनीहरूले बाबेलका राजाको सेवा गर्नेछैनौ,” तिमीहरूलाई ध्यान नदेऊ।
10for they prophesy a lie unto you, to remove you far from your land, and that I should drive you out, and ye should perish.
10तर ती मानिसहरूले तिमीहरूलाई झूटो अगमवाणी दिनेछन् यसले गर्दा म तिमीहरूलाई तिनीहरूका देशबाट टाढो लखेट्नेछु र तिमीहरू मनेछौ।
11But the nation that shall bring their neck under the yoke of the king of Babylon, and serve him, that [nation] will I let remain in their own land, saith Jehovah; and they shall till it, and dwell therein.
11“‘ती जातिहरू ज-जसले बाबेलका राजाको सार्वभौमिकतालाई ग्रहण गर्नेछ। अनि उसको सेवा गर्नेछ, जब सम्म चाहन्छन् म तिनीहरूलाई तिनीहरूकै भूमिमा विकास हुन दिन्छु,”‘ परमप्रभुले घोषणा गर्नुहुन्छ।
12And I spake to Zedekiah king of Judah according to all these words, saying, Bring your necks under the yoke of the king of Babylon, and serve him and his people, and live.
12“‘मैले सिदकियाह यहूदाका राजालाई भनें, “सिदकियाह तिमीले बाबेलका राजाको जुवा तिम्रो घिच्रोमा राख्नै पर्छ, यदि तिमीले बाबेलका राजा र उसको मानिसहरूका अस्वीकार गर्यौ भने तिमी बाँच्नेछौ।
13Why will ye die, thou and thy people, by the sword, by the famine, and by the pestilence, as Jehovah hath spoken concerning the nation that will not serve the king of Babylon?
13यदि तिमीले बाबेलका राजालाई सेवा गर्न राजी भएनौ भने तिमी र तिम्रा मानिसहरू शत्रुको तरवार भोक अनि भयानक रोगहरूबाट मर्नेछौ। बाबेलका राजालाई सेवा गर्न अस्वीकार गर्ने कुनै पनि जातिको सम्बन्धमा परमप्रभुले यसो भन्नुभयो।
14And hearken not unto the words of the prophets that speak unto you, saying, Ye shall not serve the king of Babylon; for they prophesy a lie unto you.
14तर तिमीहरूलाई झूटो अगमवक्ताहरूले भनिरहेका छन् तिमीहरू बाबेलका राजालाई सेवा गर्नेछैनौ। “‘तिनीहरू तिमीहरूसित झूटो बोलिरहेकाछन्। यसकारण तिमीहरूले तिनीहरूको कुरा नसुन।”
15For I have not sent them, saith Jehovah, but they prophesy falsely in my name; that I may drive you out, and that ye may perish, ye, and the prophets that prophesy unto you.
15परमप्रभु भन्नुहुन्छ, “मैले त्यस्ता अगमवक्ताहरूलाई पठाएको होइन, तर तिनीहरू मेरो नाउँमा झूटो अगमवाणी कहिरहेका छन्। यसकारण यहूदाका मानिसहरूलाई सुदूर ठाँउमा पठाँउनेछु। तिमीहरू सड्नेछौ अनि त्यसरी नै ती अगमवक्ताहरू जसले तिमीहरूकहाँ अगमवाणी कहने तिनीहरू पनि नष्टछन्।”
16Also I spake to the priests and to all this people, saying, Thus saith Jehovah: Hearken not to the words of your prophets that prophesy unto you, saying, Behold, the vessels of Jehovah's house shall now shortly be brought again from Babylon; for they prophesy a lie unto you.
16तब मैले ती पूजाहारीहरू अनि ती प्रजालाई सूचना दिएँ, “परमप्रभु भन्नुहुन्छ ‘ती झूटा अगमवक्ताहरूको कुरा नसुन जसले बाबेलबाट परमप्रभुको मन्दिरमा जम्मै समानहरू झट्टै फर्काईंदैछ।’ तिनीहरूले झूटो बोलिरहेका छन्।
17Hearken not unto them; serve the king of Babylon, and live: wherefore should this city become a desolation?
17ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ। बाबेलका राजालाई सेवा गर अनि बाँच। यो शहर किन ध्वंस होस?
18But if they be prophets, and if the word of Jehovah be with them, let them now make intercession to Jehovah of hosts, that the vessels which are left in the house of Jehovah, and in the house of the king of Judah, and at Jerusalem, go not to Babylon.
18यदि ती मानिसहरू अगमवक्ता हुन भने अनि परमप्रभुको वचन तिनीहरूसँग छ भने, तिनीहरूले परमप्रभुलाई, राजाको महलमा रहेका, परमप्रभुको मन्दिरमा रहेका, र यरूशलेममा रहेका जुन चीजहरू अहिले सम्म छोडिएकाछन् बाबेलमा ल्याउन नसकियोस भनी प्रार्थना गरून्।”
19For thus saith Jehovah of hosts concerning the pillars, and concerning the sea, and concerning the bases, and concerning the residue of the vessels that are left in this city,
19सेनाहरूका परमप्रभु भन्नुहुन्छ ती चीजहरूको बारेमा जुन अझै यरूशलेममा छाडिएका छन् त्यहाँ मन्दिरमा विशाल काँसाको स्तम्भहरू, गुडने आधारहरू र अन्य चीजहरू छन्। बाबेलका राजा नबूकदनेस्सरले ती सबैहरू यरूशलेममा छाडे।
20which Nebuchadnezzar king of Babylon took not, when he carried away captive Jeconiah the son of Jehoiakim, king of Judah, from Jerusalem to Babylon, and all the nobles of Judah and Jerusalem;
20बाबेलका राजा नबूकदनेस्सरले जब यहोयाकीमको छोरा यहूदाका राजा यहोयकीन र यहूदा र यरूशलेमका जम्मै भारादारहरूलाई देश निष्कासन गरी बाबेलमा लगेका थिए, त्यस समय ती समानहरू बाबेल लगेनन्।
21yea, thus saith Jehovah of hosts, the God of Israel, concerning the vessels that are left in the house of Jehovah, and in the house of the king of Judah, and at Jerusalem:
21सेनाहरूका, परमप्रभु, इस्राएलका परमेश्वर, परमेश्वरका मन्दिरमा छाडिएका अनि राजाका महल र यरूशलेममा छाडिएका चीजहरूको बारेमा भन्नुहुन्छ ती सम्पूर्ण समानहरू पनि बाबेल तर्फ लगिए।
22They shall be carried to Babylon, and there shall they be, until the day that I visit them, saith Jehovah; then will I bring them up, and restore them to this place.
22ती सारा समानहरू बाबेलमा लगिन्छ र जब सम्म तिनीहरूको निम्ति आउँदिन तब सम्म ती समानहरू त्यही रहन्छ।” यो सन्देश परमप्रभु भन्नुहुन्छ, “तब म ती समानहरू फर्काई ल्याउँनेछु। म ती समानहरू यो ठाउँमा फर्काई राख्नेछु।”