American Standard Version

Nepali

Jeremiah

7

1The word that came to Jeremiah from Jehovah, saying,
1यो यर्मियालाई परमप्रभुको सन्देश हो
2Stand in the gate of Jehovah's house, and proclaim there this word, and say, Hear the word of Jehovah, all ye of Judah, that enter in at these gates to worship Jehovah.
2यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर “हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन।
3Thus saith Jehovah of hosts, the God of Israel, Amend your ways and your doings, and I will cause you to dwell in this place.
3सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ। ‘तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।
4Trust ye not in lying words, saying, The temple of Jehovah, the temple of Jehovah, the temple of Jehovah, are these.
4कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।”
5For if ye thoroughly amend your ways and your doings; if ye thoroughly execute justice between a man and his neighbor;
5यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा इमान्दार हुन पर्छ।
6if ye oppress not the sojourner, the fatherless, and the widow, and shed not innocent blood in this place, neither walk after other gods to your own hurt:
6तिमीहरू परदेशीहरूसँग इमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्न पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुयायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्।
7then will I cause you to dwell in this place, in the land that I gave to your fathers, from of old even for evermore.
7यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैं भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु।
8Behold, ye trust in lying words, that cannot profit.
8“‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।
9Will ye steal, murder, and commit adultery, and swear falsely, and burn incense unto Baal, and walk after other gods that ye have not known,
9के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ?
10and come and stand before me in this house, which is called by my name, and say, We are delivered; that ye may do all these abominations?
10यदि तिमीहरूले त्यस्ता पापहरू गर्यौ भने, मेरो समक्ष मेरो घरमा जुन मेरो नाउँले डाकिन्छ त्यहाँ उभिन सक्छौं भनेर सम्झिन्छौ? के तिमीहरू समझन्छौ कि मेरो समक्ष उभिएर यसो भन्न सक्छौ, “हामी सुरक्षित छौं,” त्यस्ता डरलाग्दा दुष्टयाईं गरिरहनलाई?”
11Is this house, which is called by my name, become a den of robbers in your eyes? Behold, I, even I, have seen it, saith Jehovah.
11यो मन्दिर मेरो नाउँद्वारा डाकिन्छ। के यो घर तिमीहरूका लागि डाकाहरू लुक्ने ठाउँ बाहेक केही होइन जस्तो लाग्छ? म तिमीहरूलाई नियाली रहेछु।”‘ यो सन्देश परमप्रभुबाट आएको थियो।
12But go ye now unto my place which was in Shiloh, where I caused my name to dwell at the first, and see what I did to it for the wickedness of my people Israel.
12“यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरे।
13And now, because ye have done all these works, saith Jehovah, and I spake unto you, rising up early and speaking, but ye heard not; and I called you, but ye answered not:
13किनभने तिमीहरूले यी सब गरयौ,” परमप्रभु भन्नुहुन्छ। “किनभने मैले तिमीहरूलाई तत्कालै भने, तर तिमीहरूले ध्यान दिएनौ अनि मैले बोलाएँ तर जवाफ दिएनौ।
14therefore will I do unto the house which is called by my name, wherein ye trust, and unto the place which I gave to you and to your fathers, as I did to Shiloh.
14यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं ध्वंस पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा डाकिन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।
15And I will cast you out of my sight, as I have cast out all your brethren, even the whole seed of Ephraim.
15म तिमीहरूलाई मेरो नजरबाट जबरजस्ती हटाउनेछ, जसरी मैले तिमीहरूका दाज्यू-भाइहरू, एप्रैमका सबै मानिसहरूलाई गरें।”
16Therefore pray not thou for this people, neither lift up cry nor prayer for them, neither make intercession to me; for I will not hear thee.
16“सम्मान, यर्मिया यहूदाका मानिसहरूका लागि प्रार्थना नगर। तिनीहरूको निम्ति बिन्ती अथवा प्रार्थना नगर। तिनीहरूका सहायताका निम्ति मलाई अन्तर बिन्ती नगर। म तिनीहरूका निम्ति तिम्रो प्रार्थना सुन्ने छैन।
17Seest thou not what they do in the cities of Judah and in the streets of Jerusalem?
17यहूदाका शहरहरू र यरूशलेमका गल्लीहरूमा तिनीहरूले के गरिरहेका छन् तिमी देख्न सक्तैनौ?
18The children gather wood, and the fathers kindle the fire, and the women knead the dough, to make cakes to the queen of heaven, and to pour out drink-offerings unto other gods, that they may provoke me to anger.
18छोरा-छोरीहरूले दाउरा बटुल्छन् अनि बाबुहरू आगो सल्काउछन्। स्वर्गकी रानीलाई मिठो रोटी चढाउँन स्त्रीहरू पिठो मुसिरहेका छन्। अरू देवताहरूलाई खुशी पार्न अर्घबलि चढाउन छन् मलाई रीस उठाउन तिनीहरू यसो गर्छन्।
19Do they provoke me to anger? saith Jehovah; [do they] not [provoke] themselves, to the confusion of their own faces?
19तर म त्यो होइन जसलाई यहूदाका मानिसहरूले चोट पुर्याइरहेका छन्।” यो सन्देश परमेश्वरबाट आएको हो, “तिनीहरू आफैलाई चोट पुर्याका छन्। तिनीहरूले आफैलाई लज्जित तुल्याइरहेका छन्।”
20Therefore thus saith the Lord Jehovah: Behold, mine anger and my wrath shall be poured out upon this place, upon man, and upon beast, and upon the trees of the field, and upon the fruit of the ground; and it shall burn, and shall not be quenched.
20यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ “म यो ठाउँमा, यहाँका मानिसहरू, पशुहरू, खेतका वृक्षहरू अनि अन्नहरू माथि मेरो रीस पोखाउने छु। मेरो रीस बलिरहेको आगो जस्तै हुनेछ। त्यो कसैले निभाउनु सक्नेछैन।”
21Thus saith Jehovah of hosts, the God of Israel: Add your burnt-offerings unto your sacrifices, and eat ye flesh.
21सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ “तिमीहरूका बलिदानहरूमा तिमीहरूका होमबलि थप अनि उत्सर्गमा चडाएका मासुहरू खाऊ।
22For I spake not unto your fathers, nor commanded them in the day that I brought them out of the land of Egypt, concerning burnt-offerings or sacrifices:
22मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउनु अथवा बलि चढाउन भनिन नता केही आज्ञा दिइन।
23but this thing I commanded them, saying, Hearken unto my voice, and I will be your God, and ye shall be my people; and walk ye in all the way that I command you, that it may be well with you.
23मैले केवल तिनीहरूलाई आज्ञा दिएँ, ‘मेरो आज्ञा पालन गर अनि म तिमीहरूको परमेश्वर हुनेछु अनि तिमीहरू मेरो मानिसहरू हुनेछौ तिमीहरूको हितका निम्ति मेरा सबै आज्ञाहरू पालन गर।’
24But they hearkened not, nor inclined their ear, but walked in [their own] counsels [and] in the stubbornness of their evil heart, and went backward, and not forward.
24“तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुराको वास्ता गरेनन्। तिनीहरू हठी थिए अनि तिनीहरूको दुष्ट हृदयले जे मन परायो त्यही गरे। तिनीहरू अघि बढेनन वरू पछि सरे।
25Since the day that your fathers came forth out of the land of Egypt unto this day, I have sent unto you all my servants the prophets, daily rising up early and sending them:
25तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए।
26yet they hearkened not unto me, nor inclined their ear, but made their neck stiff: they did worse than their fathers.
26तर तिमीहरूका पिता-पुर्खाहरूले मेरो कुरा सुन्दै सुनेनन्। तिनीहरू अत्यन्त हठी थिए अनि आफ्ना पिताहरूले भन्दा नीच भन्दा नीच कामहरू गरे।
27And thou shalt speak all these words unto them; but they will not hearken to thee: thou shalt also call unto them; but they will not answer thee.
27“यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्।
28And thou shalt say unto them, This is the nation that hath not hearkened to the voice of Jehovah their God, nor received instruction: truth is perished, and is cut off from their mouth.
28यसकारण तिमीले तिनीहरूलाई यी कुराहरू भन्नेछौ यो यस्तो राज्य हो जहाँ मानिसहरूले परमप्रभु आफ्नो परमेश्वरको आज्ञा पालन गर्दैनन्। तिनीहरूले परमेश्वरले भने अनुशासन ग्रहण गरेनन्। सत्य सडेको छ, तिनीहरूको ओठबाट यो अलग गरिएको छ।
29Cut off thy hair, [O Jerusalem], and cast it away, and take up a lamentation on the bare heights; for Jehovah hath rejected and forsaken the generation of his wrath.
29“यर्मिया, आफ्नो केश काट र त्यसलाई फ्याकिदेऊ। पहाडको थुम्कामा चढ र शोक गीत गाऊ। किनभने परमेश्वरले यो वंश जसले उहाँलाई रीस उठायो त्यसलाई अस्वीकार र त्याग गर्नु भएको छ।
30For the children of Judah have done that which is evil in my sight, saith Jehovah: they have set their abominations in the house which is called by my name, to defile it.
30त्यसै गर किनभने यहूदाका मानिसहरूले पाप कामहरू गरिरहेको मैले देखेको छु।” यो सन्देश परमेश्वरबाट आएको हो “तिनीहरूले आफ्नो मूर्तिहरू स्थापित गरेका छन्। अनि म ती मूर्तिहरू घृणा गर्दछु। तिनीहरूले मूर्तिहरू मेरो नाउँद्वारा डाकिने घरमा स्थापित गरे। तिनीहरूले मेरो घर ‘अशुद्ध’ पारे।
31And they have built the high places of Topheth, which is in the valley of the son of Hinnom, to burn their sons and their daughters in the fire; which I commanded not, neither came it into my mind.
31यहूदाका मानिसहरूले बेंसीमा भएको उपत्यकामा तोपेतको उच्च स्थानहरू बनाए। ती जग्गाहरूमा मानिसहरूले आफ्ना छोरा छोरीहरूलाई मारे-तिनीहरूले बलिको रूपमा तिनीहरूलाई जलाए। यस्तो आज्ञा मैले कहिल्यै गरिनँ। यस्तो कुराहरू मेरो मनभित्र कहिल्यै पसेको थिएन।
32Therefore, behold, the days come, saith Jehovah, that it shall no more be called Topheth, nor The valley of the son of Hinnom, but The valley of Slaughter: for they shall bury in Topheth, till there be no place [to bury].
32यसर्थ, म तिमीहरूलाई चेताउनी गर्छु। दिनहरू आइरहेछ,” यो सन्देश परमेश्वरबाट आएको हो, “जब मानिसहरूले यस ठाउँलाई तोपेत अथवा बेन-हिन्नोनको उपत्यका भनेर डाक्ने छैन। होइन्, तिनीहरूले यसलाई हत्याको बेंसी भनेर डाक्नेछन्। तिनीहरूले यो नाउँ दिने छन। जब सम्म त्यहाँ एउटा चिहानको लागि मात्र पनि जग्गा रहनेछैन तब सम्म मानिसहरूले लाशहरू तोपेतमा गाडनेछन्।
33And the dead bodies of this people shall be food for the birds of the heavens, and for the beasts of the earth; and none shall frighten them away.
33लाशहरू चरा चुरूङ्गी र जंगली पशुहरूको खाद्य बनिनेछ। त्यहाँ चराहरू र जानवरहरूलाई धपाउनु कोही पनि जीवित रहनेछैन।
34Then will I cause to cease from the cities of Judah, and from the streets of Jerusalem, the voice of mirth and the voice of gladness, the voice of the bridegroom and the voice of the bride; for the land shall become a waste.
34म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा र्हष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।”