1These things spake Jesus; and lifting up his eyes to heaven, he said, Father, the hour is come; glorify thy Son, that the son may glorify thee:
1यति कुराहरू भनिसके पछि येशूले स्वर्गातिर हेर्नुभयो र प्रार्थना गर्नुभयो, “पिता ठीक समय आइपुग्यो। यसकारण तपाईंको पुत्रलाई महिमा प्रदान गर्नु होस् ताकि पुत्रले तपाईंलाई महिमा दिन सकोस्।
2even as thou gavest him authority over all flesh, that to all whom thou hast given him, he should give eternal life.
2तपाईंले सबै मानिसहरू भन्दा माथि पुत्रलाई शक्ति दिनुभयो ताकि पुत्रले सबैलाई अनन्त जीवन दिन सकोस् जुन तपाईंले तिनलाई दिनुभएकोछ।
3And this is life eternal, that they should know thee the only true God, and him whom thou didst send, [even] Jesus Christ.
3यो अनन्त जीवन होः मानिसहरूले तपाईंलाई मात्र साँचो परमेश्वर भनेर चिनुन् र येशू ख्रीष्टलाई चिनुन् जसलाई तपाईंले पठाउनु भयो।
4I glorified thee on the earth, having accomplished the work which thou hast given me to do.
4जुन काम तपाईंले मलाई सुम्पिनु भएको थियो त्यो मैले पूर्ण गरें। पृथ्वीमा तपाईंको महिमा ल्याएँ।
5And now, Father, glorify thou me with thine own self with the glory which I had with thee before the world was.
5अनि अब पिता, मलाई महिमा प्रदान गुर्नहोस् तपाईंसंग। मलाई त्यो महिमा दिनु हवस् तपाईंको जो मसंग संसार बनिनु पहिल्यै थियो।
6I manifested thy name unto the men whom thou gavest me out of the world: thine they were, and thou gavest them to me; and they have kept thy word.
6“तपाईंले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईं को हुनुहुन्छ देखाई सकेकोछु। ती मानिसहरू तपाईंकै हुन् र मलाई दिनुभयो। तिनीहरूले तपाईंको वचन पालन गरे।
7Now they know that all things whatsoever thou hast given me are from thee:
7अब तिनीहरूले बुझे कि सबै थोक जुन मलाई दिनु भयो ती तपाईंबाट आएका हुन।
8for the words which thou gavest me I have given unto them; and they received [them], and knew of a truth that I came forth from thee, and they believed that thou didst send me.
8मैले ती मानिसहरूलाई तपाईंले मलाई दिएकै वचनहरू दिएकोछु। तिनीहरूले ती वचनहरू स्वीकारे तिनीहरूले बुझे कि म साँच्चि नै तपाईंबाट नै आएको हुँ अनि तिनीहरूले विश्वास गरे कि तपाईंले नै मलाई पठाउनु भएको हो।
9I pray for them: I pray not for the world, but for those whom thou hast given me; for they are thine:
9तिनीहरूकै निम्ति अब म प्रार्थना गर्दछु। म तिनीहरूका निम्ति प्रार्थना गरिरहेको छैन जो संसारमा छन्। तर म तिनीहरूका निम्ति प्रार्थना गरिरहेकोछु जो तपाईंले मलाई दिनुभयो। किनभने तिनीहरू तपाईंकै हुन्।
10and all things that are mine are thine, and thine are mine: and I am glorified in them.
10जे ममा छ त्यो सबै तपाईंकै हो, अनि जे जति तपाईंकोमा छ त्यो मेरै हो। अनि ती मानिसहरूले मेरो लागि महिमा ल्याउँछन्।
11And I am no more in the world, and these are in the world, and I come to thee. Holy Father, keep them in thy name which thou hast given me, that they may be one, even as we [are].
11अब म तपाईंकहाँ आईरहेछु। म अब संसारमा बस्ने छैन। तर ती मानिसहरू संसारैमा रहनेछन्। हे पवित्र पिता, तिनीहरूलाई सुरक्षा गर्नु हवस। तिनीहरूलाई तपाईको नामको शक्तिद्वारा सुरक्षित राख्नु हवस (नाउँ जुन मलाई दिनुभयो), तब तिनीहरू एक हुनेछन्, तपाईं र म जस्तै एक।
12While I was with them, I kept them in thy name which thou hast given me: and I guarded them, and not one of them perished, but the son of perdition; that the scripture might be fulfilled.
12जब सम्म म तिनीहरूसंग थिएँ मैले तिनीहरूलाई सुरक्षित राखें। मैले तिनीहरूलाई तपाईंको नामको शक्तिबाट सुरक्षित राखें जुन तपाईंले मलाई दिनुभयो। मैले तिनीहरूलाई जोगाएँ। अनि तिनीहरू मध्ये एकजना मात्र लुप्त भयो। उनी लुप्त हुनलाई आफै छानिएका थिए। ऊ लुप्त भयो जसबाट धर्मशास्त्रमा लेखिएको कुरा पूर्ण भयो।
13But now I come to thee; and these things I speak in the world, that they may have my joy made full in themselves.
13“म तपाईं कहाँ आइरहेछु। तर जब सम्म म यस संसारमा हुनेछु म तिनीहरूका निम्ति प्रार्थना गर्नेछु। यी कुराहरू म भन्दछु ताकि तिनीहरूले मेरो आनन्द प्राप्त गरून्। म तिनीहरूले सबै मेरा आनन्द पाउन भन्दछु।
14I have given them thy word; and the world hated them, because they are not of the world, even as I am not of the world.
14मैले तिनीहरूलाई तपाईंको सबै वचनहरू दिएं र संसारले तिनीहरूलाई घृणा गर्यो, किनभने तिनीहरू यस संसारका होइनन् जस्तै म यो संसारको होइन।
15I pray not that thou shouldest take them from the world, but that thou shouldest keep them from the evil [one].
15मैले तपाईंसंग तिनीहरूलाई संसारबाट लगिदिनुहोस् भनेर भनिरहेको छैन। तर तिनीहरूलाई दुष्टाबाट जोगाई राख्नुहोस् चाँहि भनिरहेछु।
16They are not of the world even as I am not of the world.
16तिनीहरू संसारका होइनन् जस्तो कि म पनि यस संसारको होइन।
17Sanctify them in the truth: thy word is truth.
17तपाईंको सत्यद्वारा तिनीहरूलाई आफ्नो सेवामा राख्न तयार पार्नुहोस्। तपाईंको वचन सत्य हो ।
18As thou didst send me into the world, even so sent I them into the world.
18जसरी तपाईंले मलाई संसारभित्र पठाउनु भयो त्यसरी नै मैले तिनीहरूलाई संसारभित्र पठाएकोछु।
19And for their sakes I sanctify myself, that they themselves also may be sanctified in truth.
19अब म स्वयंलाई सेवा गर्न तयार पारिरहेछु। यो म तिनीहरूकै लागि गर्छु ताकि साँचो रूपमा तिनीहरू तपाईंको सेवा गर्न तयार होउन्।
20Neither for these only do I pray, but for them also that believe on me through their word;
20“म ती मानिसहरूका लागि प्रार्थना गर्छु अनि म प्रत्येकको लागि प्रार्थना गरिरहेछु जसले मलाई उनीहरूको वचनको कारणले विश्वास गर्छन्।
21that they may all be one; even as thou, Father, [art] in me, and I in thee, that they also may be in us: that the world may believe that thou didst send me.
21हे पिता, म प्रार्थना गर्छु कि जसले म मा विश्वास गर्छन्, तिनीहरू एक होऊन्। जसरी तपाईं ममा हुनुहुन्छु, म तपाईंमा। म प्रार्थना गर्छु ताकि तिनीहरू हामीमा एक होऊन्। संसारले यो विश्वास गर्नछ कि तपाईंले नै मलाई पठाउनु भएको हो ।
22And the glory which thou hast given me I have given unto them; that they may be one, even as we [are] one;
22तपाईंले दिनु भएको महिमा मैले तिनीहरूलाई दिएकोछु। मैले त्यो महिमा दिएँ ताकि तिनीहरू एक होऊन, जसरी तपाईं र म एक हौ।
23I in them, and thou in me, that they may be perfected into one; that the world may know that thou didst send me, and lovedst them, even as thou lovedst me.
23जस्तो म तिनीहरूमा अनि तपाईं ममा तिनीहरू एकरूपले एक होऊन् तव त्यसबाट संसारले जान्नेछ कि मलाई तपाईंले पठाउनु भएको हो अनि संसारले जान्ने छ तपाईंले तिनीहरूलाई प्रेम गर्नुहुन्छ जस्तो तपाईंले मलाई प्रेम गर्नुहुन्छ।
24Father, I desire that they also whom thou hast given me be with me where I am, that they may behold my glory, which thou hast given me: for thou lovedst me before the foundation of the world.
24“पिता, म जहाँ हुन्छु तिनीहरू, जो तपाईंले मलाई दिनु भएकोछ, मसंग नै होऊन। म यो इच्छा गर्छ तिनीहरूले मेरो महिमा देखुन्। यो महिमा तपाईंले मलाई दिनुभएको हो किनभने संसार बनिनु भन्दा अगाडि तपाईंले मलाई प्रेम गर्नु हुन्थ्यो।
25O righteous Father, the world knew thee not, but I knew thee; and these knew that thou didst send me;
25हे धार्मिक पिता, संसारले तपाईलाई चिन्दैन, तर म तपाईंलाई जान्दछु। अनि यी मानिसहरूले मलाई तपाईंले पठाउनु भएको हो भनेर जान्दछन्।
26and I made known unto them thy name, and will make it known; that the love wherewith thou lovedst me may be in them, and I in them.
26[This verse may not be a part of this translation]