American Standard Version

Nepali

John

2

1And the third day there was a marriage in Cana of Galilee; and the mother of Jesus was there:
1दुइदिन पश्चात् गालीलको काना भन्ने शहरमा विवाह समारोह भइरहेको थियो। येशूकी आमा त्यहाँ हुनुहुन्थयो।
2and Jesus also was bidden, and his disciples, to the marriage.
2येशू अनि उहाँका चेलाहरूलाई पनि त्यहाँ निम्तिाइएको थियो।
3And when the wine failed, the mother of Jesus saith unto him, They have no wine.
3विवाह समारोहमा प्रशस्त दाखरस थिएन। दाखरस जति सकिसके पछि येशूकी आमाले उहाँलाई भनिन् “तिनीहरूसंग अरु दाखरस छैन।”
4And Jesus saith unto her, Woman, what have I to do with thee? mine hour is not yet come.
4येशूले उत्तर दिनुभयो, “प्रिय नारी, मैले के गर्नु पर्छ, मलाई नभन मेरो समय अझ आई सकेको छैन।”
5His mother saith unto the servants, Whatsoever he saith unto you, do it.
5येशूकी आमाले नोकरहरूलाई भनिन् “उहाँले जे भन्नु हुन्छ त्यही गर।”
6Now there were six waterpots of stone set there after the Jews' manner of purifying, containing two or three firkins apiece.
6त्यहाँ ढुंगाका ठूल-ठूला छ वटा पानीका घ्याम्पाहरू थिए। यहूदीहरूले आफ्ना शुद्धी धर्मानुष्ठानमा ती पानीका घ्याम्पाहरू चलाउने गर्दथे। प्रत्येक घ्याम्पाहरू बीस अथवा तीस गेलेन परिमाणको थियो।
7Jesus saith unto them, Fill the waterpots with water. And they filled them up to the brim.
7येशूले नोकरहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तब नोकरहरूले मुखसम्मै घ्याम्पाहरूमा पानी भरिदिए।
8And he saith unto them, Draw out now, and bear unto the ruler of the feast. And they bare it.
8तब येशूले नोकरहरूलाई भन्नुभयो, “अब केही पानी घ्याम्पाबाट निकाल र लगेर समारोहका अध्यक्षक कहाँ पुर्याऊ।” तिनीहरूले त्यसै गरे।
9And when the ruler of the feast tasted the water now become wine, and knew not whence it was (but the servants that had drawn the water knew), the ruler of the feast calleth the bridegroom,
9विवाह समारोहका मुखियाले चाखे, पानी दाखरस भइसकेको थियो। दाखरस कहाँबाट आयो तिनलाई थाहा भएन। तर यो विषय नोकरहरालाई मात्र थाहा थियो जसले पानी ल्याएका थिए। तब मुखियाले बेहुलालाई बोलाउन पठाए र
10and saith unto him, Every man setteth on first the good wine; and when [men] have drunk freely, [then] that which is worse: thou hast kept the good wine until now.
10उनले बेहुलालाई भने, “मानिसहरूले पहिले राम्रो दाखरस संधैं बाँडछन्। पछि पाहुनाहरू गएपछि अलिक सस्तो दाखरस बाँडन थाल्दछन्। तर तिमीले अहिलेसम्म राम्रो दाखरस जोगाएर राखेका रहेछौ।”
11This beginning of his signs did Jesus in Cana of Galilee, and manifested his glory; and his disciples believed on him.
11येशूले सर्वप्रथम गालीलको काना शहरमा गर्नु भएको चमत्कार यही थियो। येशूले आफ्नो महानता देखाउनु भयो। अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12After this he went down to Capernaum, he, and his mother, and [his] brethren, and his disciples; and there they abode not many days.
12त्यसपछि येशू कफर्नहुम शहर तर्फ जानु भयो। उहाँकी आमा, भाइहरू अनि चेलाहरू उहाँसंगै गए। तिनहरू केही दिनको लागि मात्र कफर्नहुममा बास बसे।
13And the passover of the Jews was at hand, and Jesus went up to Jerusalem.
13यहूदीहरूको निस्तार चाड अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो।
14And he found in the temple those that sold oxen and sheep and doves, and the changers of money sitting:
14यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए।
15and he made a scourge of cords, and cast all out of the temple, both the sheep and the oxen; and he poured out the changers' money, and overthrew their tables;
15येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो।
16and to them that sold the doves he said, Take these things hence; make not my Father's house a house of merchandise.
16येशूले ती ढुकुरह्ररू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।”
17His disciples remembered that it was written, Zeal for thy house shall eat me up.
17यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः “तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।” भजनसंग्रह 699
18The Jews therefore answered and said unto him, What sign showest thou unto us, seeing that thou doest these things?
18यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।”
19Jesus answered and said unto them, Destroy this temple, and in three days I will raise it up.
19येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।”
20The Jews therefore said, Forty and six years was this temple in building, and wilt thou raise it up in three days?
20यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस र्वष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?”
21But he spake of the temple of his body.
21वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसंग थियो।
22When therefore he was raised from the dead, his disciples remembered that he spake this; and they believed the scripture, and the word which Jesus had said.
22मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
23Now when he was in Jerusalem at the passover, during the feast, many believed on his name, beholding his signs which he did.
23यहूदीहरूको निस्तार चाडको समय येशू यरूशलेममा हुनुहुन्थ्यो। उहाँको चमत्कारहरू देखइसके पछि धेरै मानिसहरूले उहाँमाथि विश्वास गर्न थाले।
24But Jesus did not trust himself unto them, for that he knew all men,
24तर यशूले तिनीहरूमाथि भरोसा राख्नु भएन। किन त्यसो गर्नु भयो? किनभने ती मानिसहरूले उहाँप्रति के सोचिरहेका हुन्थे,
25and because he needed not that any one should bear witness concerning man; for he himself knew what was in man.
25कसैले मानिसहरूको विषयमा उहाँलाई भन्नु पर्ने आवश्यक थिएन किनभने उहाँले मानिसको हृदयमा के छ जान्नु हुन्थ्यो।