1And Jehovah spake unto Moses, saying,
1परमप्रभुले मोशालाई भननुभयो,
2Speak unto the children of Israel, and say unto them, I am Jehovah your God.
2“इस्राएलीहरूलाई भन म तिमीहरूका परमेश्वर हुँ।
3After the doings of the land of Egypt, wherein ye dwelt, shall ye not do: and after the doings of the land of Canaan, whither I bring you, shall ye not do; neither shall ye walk in their statutes.
3बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।
4Mine ordinances shall ye do, and my statutes shall ye keep, to walk therein: I am Jehovah your God.
4तिमीहरूले मेरो विधि-विधानहरू मान्नुपर्छ र ती विधानहरूको अनुसरण गर। किन? किनभने, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
5Ye shall therefore keep my statutes, and mine ordinances; which if a man do, he shall live in them: I am Jehovah.
5यसकारण, तिमीहरूले मेरो विधि-विधानहरू पालन गर्नैपर्छ। जुन मानिसले यी विधि-विधानहरू पालन गर्छ, यहाँ तिनीहरू यस द्वारा बाँच्ने छौ।
6None of you shall approach to any that are near of kin to him, to uncover [their] nakedness: I am Jehovah.
6“तिमीहरूले आफ्नो नजिक को आफन्तहरुसंग सहवास गर्नु हुँदैन। म परमप्रभु हुँ।
7The nakedness of thy father, even the nakedness of thy mother, shalt thou not uncover: she is thy mother; thou shalt not uncover her nakedness.
7“तैले तेरी आमासित लैंगिक सम्बन्ध राख्नु हुँदैन। यसले तेरा बुबालाई लाजमर्दो बनाउनेछ। तिनी तेरी आमा हुन् यसकारण तैंले तिनीसंग लैंगिक सम्बन्छ गर्नु हुँदैन।
8The nakedness of thy father's wife shalt thou not uncover: it is thy father's nakedness.
8यदि उनी तिम्री आमा नभए पनि तिम्रा बाबुकी स्वास्नी भएकीले तिमीले उनीसित सहवास गर्नु हुँदैन। किन? किनभने त्यो तिम्रा बाबुसित सहवास गरे जस्तै हो।
9The nakedness of thy sister, the daughter of thy father, or the daughter of thy mother, whether born at home, or born abroad, even their nakedness thou shalt not uncover.
9बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।
10The nakedness of thy son's daughter, or of thy daughter's daughter, even their nakedness thou shalt not uncover: for theirs is thine own nakedness.
10“तिम्री नातिनी तिम्रै परिवारको एउटा अंश हो यसर्थ तिमीले ऊसँग लैंगिक सम्बन्ध राख्नु हुँदैन।
11The nakedness of thy father's wife's daughter, begotten of thy father, she is thy sister, thou shalt not uncover her nakedness.
11“तिम्रा बाबु र उनकी स्वास्नीकी छोरी भए ऊ तिम्री बहिनी हो, तिमीले ऊ सित सहवास गर्नु हुँदैन।
12Thou shalt not uncover the nakedness of thy father's sister: she is thy father's near kinswoman.
12“तिम्रा बुबाकी दिदी-बहिनी उनको नजिककी आफन्त हुन्। यसर्थ तिनीहरूँग तिमीले लैंगिक सम्बन्ध राख्नु हुँदैन।
13Thou shalt not uncover the nakedness of thy mother's sister: for she is thy mother's near kinswoman.
13तिम्री आमाकी बहिनी-दिदी उनको अति नजिकको सम्बन्धी हुन्, यसर्थ उनीसित तिमीले सहवास गर्नु हुँदैन।
14Thou shalt not uncover the nakedness of thy father's brother, thou shalt not approach to his wife: she is thine aunt.
14तिमीले तिम्रा बुबाका दाज्यू-भाईलाई उनकी स्वास्नीसित लैंगिक सम्बन्ध राखेर अपमान गर्नु हुँदैन किनभने तिनी तिमीहरूकी काकी हुन्।
15Thou shalt not uncover the nakedness of thy daughter-in-law: she is thy son's wife; thou shalt not uncover her nakedness.
15“तिमीले तिम्री बुहारीसित लैंगिक सम्बन्ध राख्नु हुदैन तिनी तिम्रो छोराको स्वास्नी हुन्। तिमीले ऊसित लैंगिक सम्बन्ध राख्नु हुँदैन।
16Thou shalt not uncover the nakedness of thy brother's wife: it is thy brother's nakedness.
16“तिमीले आफ्नो भाउज्यूसित लैंगिक सम्बन्ध राख्नु हुँदैन, कारण यसो गर्छौ भने यो तिमीले आफ्नो दाज्यू भाईसित लैंगिक सम्बन्ध राखेको जस्तो हुनेछ।
17Thou shalt not uncover the nakedness of a woman and her daughter; thou shalt not take her son's daughter, or her daughter's daughter, to uncover her nakedness; they are near kinswomen: it is wickedness.
17“आमा र उसकी छोरीसित तिमीले सहवास नगर। अनि यी आमाकी नातिनी हो चाहे उसको छोराकी छोरी होस्। ऊसित सहवास नगर। नातिनीहरू तिनको नजिकको सम्बन्धी हुन् र तिनीहरूसित सहवास गर्नु हुँदैन। उनीहरूसित सहवास गर्नु गलत हो।
18And thou shalt not take a wife to her sister, to be a rival [to her], to uncover her nakedness, besides the other in her life-time.
18“जब तिम्री स्वास्नी अझै जीवित नै छिन् भने तिमीले उसकी दिदी बहिनीसित सहवास गर्नु हुँदैन, आफ्नी स्वास्नी जीवित रहे उसकी बहिनीलाई बिहे गर्नु हुँदैन कारण ती दिदी-बहिनीमा शत्रुता हुन्छ।
19And thou shalt not approach unto a woman to uncover her nakedness, as long as she is impure by her uncleanness.
19“तिमीले रजस्वला भएको समयमा एकजना स्रीसँग शारिरिक सम्बन्ध राख्न तिनको छेउमा जानु हुदैन किनभने त्यस समयमा तिनी अशुद्ध हुन्छिन्।
20And thou shalt not lie carnally with thy neighbor's wife, to defile thyself with her.
20“अनि तिमीले आफ्नो छिमेकीकी स्वास्नीसित पनि सहवास गर्नु हुँदैन यसले तिमीलाई अशुद्ध बनाउँछ।
21And thou shalt not give any of thy seed to make them pass through [the fire] to Molech; neither shalt thou profane the name of thy God: I am Jehovah.
21“तिमीले आफ्नो छोरा-छोरी आगोद्वारा मोलेकलाई नचढाऊ। यदि तिमीले यसो गर्छौ भने यसले बुझाउछ कि तिमीले आफ्ना परमेश्वरको नाउँलाई बदनाम गरिरहेका छौ। म तिम्रो परमप्रभु हुँ।
22Thou shalt not lie with mankind, as with womankind: it is abomination.
22“तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
23And thou shalt not lie with any beast to defile thyself therewith; neither shall any woman stand before a beast, to lie down thereto: it is confusion.
23“कुनै पशुसित सम्भोग नगर। यसले तिमीलाई अशुद्ध पार्छ। स्त्री जातिले पनि पशुसित सम्भोग गर्नु हुँदैन कारण यो अस्वाभाविक दुराचार हो।
24Defile not ye yourselves in any of these things: for in all these the nations are defiled which I cast out from before you;
24“तिमीहरू आफैं त्यस्ता अधर्म कर्महरू नगर कारण म त्यस्ता अधर्म कर्म गर्नेहरूलाई तिनीहरूको देशबाट निकाल्दैछु।
25And the land is defiled: therefore I do visit the iniquity thereof upon it, and the land vomiteth out her inhabitants.
25तिनीहरूले आफ्नो भूमिलाई त्यसरी अशुद्ध बनाएको कारण अहिले त्यो भूमिले आफ्ना मानिसहरूलाई उच्छेद गरिरहेछ।
26Ye therefore shall keep my statutes and mine ordinances, and shall not do any of these abominations; neither the home-born, nor the stranger that sojourneth among you;
26“यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।
27(for all these abominations have the men of the land done, that were before you, and the land is defiled);
27त्यो भूमि अशुद्ध भएको छ कारण त्यहाँ पहिलेका बासिन्दाहरूले त्यस्ता घोर पाप कर्महरू गरेका थिए।
28that the land vomit not you out also, when ye defile it, as it vomited out the nation that was before you.
28यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।
29For whosoever shall do any of these abominations, even the souls that do them shall be cut off from among their people.
29यदि कुनै मानिसले त्यस्तो घोर पाप कर्म गरे त्यस मानिसलाई उसको आफन्तहरूबाट अलग गरिनेछ।
30Therefore shall ye keep my charge, that ye practise not any of these abominable customs, which were practised before you, and that ye defile not yourselves therein: I am Jehovah your God.
30अन्य मानिसहरूले त्यस्तो अधर्म पाप कर्म गरेका थिए। तर तिमीहरू मेरो विधि-विधानहरू पालन गरेर बस अनि त्यस्ता अधर्म पाप कर्महरू कुनै पनि नगर। ती पाप कर्महरू गरेर आफैंलाई अशुद्ध नपार, म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”