American Standard Version

Nepali

Micah

2

1Woe to them that devise iniquity and work evil upon their beds! when the morning is light, they practise it, because it is in the power of their hand.
1मानिसहरुमाथि यस्तो बिपत्ति आइपर्नेछ, जो पापपूर्ण योजनाहरु बनाउँछन्। यस्ता मानिसहरु ओछ्यानमा सुति-सुति षड्यन्त्र रच्दछन्, अनि बिहान उज्यालो हुने बित्तिकै आफ्नो षड्यन्त्रमा हिंड्न थाल्दछन्। किन? त्यसो गर्ने सामर्थ तिनीहरुसँग छ।
2And they covet fields, and seize them; and houses, and take them away: and they oppress a man and his house, even a man and his heritage.
2तिनीहरुले जमीनको चाहना गर्छन् भने तिनीहरुलाई लिन्छन्। तिनीहरुले घरहरु लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरुले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरुले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरु लिनेछन्।
3Therefore thus saith Jehovah: Behold, against this family do I devise an evil, from which ye shall not remove your necks, neither shall ye walk haughtily; for it is an evil time.
3यसकारण परमप्रभु यी कुराहरु भन्नुहुन्छ, “हेर म तिमीहरुमाथि विपत्ति ल्याउने योजना बनाउँदैछु। तिमी आफ्नो सुरक्षा गर्न सक्दैनौ। तिनीले आफैंले आफैंलाई यो कष्टमा सहायता गर्न सक्दैनौ। किन? किनभने नराम्रो समय आउँदैछ।
4In that day shall they take up a parable against you, and lament with a doleful lamentation, [and] say, We are utterly ruined: he changeth the portion of my people: how doth he remove [it] from me! to the rebellious he divideth our fields.
4त्यस समय मानिसहरु तिमीमाथि हाँस्नेछन्। तिम्रो बिषयमा बिलापको गीत तिनीहरुले गाउँनेछन्। अनि भन्नेछन्, ‘हामी नष्ट भयौं, परमप्रभुले हाम्रा मानिसहरुको जमीन खोसेर अरू मानिसहरुलाई दिनुभयो। हो उहाँले मेरो जमीन हाम्रो शत्रुहरुलाई बाँडिदिनु भयो।
5Therefore thou shalt have none that shall cast the line by lot in the assembly of Jehovah.
5जब त्यो भूमि परमप्रभुका मानिसहरुको सभामा चिठ्ठाहालेर बाँडिन्छ प्रतिनिधिको रुपमा सेवा गर्ने तिम्रो कोही हुनेछैन।”‘
6Prophesy ye not, [thus] they prophesy. They shall not prophesy to these: reproaches shall not depart.
6मानिसहरु भन्छन्, “तिमीले हामीलाई उपदश नदेऊ, उनीहरुले यस्तो गर्नु हुँदैन थियो, हामीमाथि कुनै पनि नराम्रा कुराहरु आईपर्ने छैनन्।”
7Shall it be said, O house of Jacob, Is the Spirit of Jehovah straitened? are these his doings? Do not my words do good to him that walketh uprightly?
7याकूबका मानिसहरुले भन्छन्, “के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरु यी हुन्? के धार्मिक जीवन जीउनेहरुको लागि उहाँले असल चिजहरु गर्नुहुन्न र?
8But of late my people is risen up as an enemy: ye strip the robe from off the garment from them that pass by securely [as men] averse from war.
8तर अहिले मेरो आफ्नै मानिसहरु मेरो शत्रु भएका छन्, जसले आफू सुरक्षित छौं भनि सम्झन्छन्। तिमीहरु उनीहरुको खाष्टो चोर्छौ जस्तो कि तिनीहरु युद्ध बन्दीहरु हुन्।
9The women of my people ye cast out from their pleasant houses; from their young children ye take away my glory for ever.
9मेरो मानिसका स्त्रीहरुलाई तिमीहरुले घरबाट निकालेर जानको निम्ति बिवश बनायौ,जुन घरहरु राम्रो र आरामदायी थिए तिमीले उनीहरुको सा-साना नानीहरुलाई मेरो आशिष देखि बन्चित गरायौ।
10Arise ye, and depart; for this is not your resting-place; because of uncleanness that destroyeth, even with a grievous destruction.
10उठ, अनि यहाँबाट भाग! त्यो विश्राम गर्ने ठाउँ हैन। किनभने यो ठाउँ पवित्र छैन्, यो नष्ट भएर गयो, यो डरलाग्दो विनाश हो।
11If a man walking in a spirit of falsehood do lie, [saying], I will prophesy unto thee of wine and of strong drink; he shall even be the prophet of this people.
11यो सम्भव हुन्छ कि एकजना झुटा-अगमवक्ता आउँछ अनि झुटो बोल्छ। उसले भन्न सक्छ, “यस्तो एउटा समय आउनेछ जब त्यहाँ प्रशस्त मद हुनेछ।” यस प्रकारका अगमवक्ता तिनीहरु चाहन्छन्।
12I will surely assemble, O Jacob, all of thee; I will surely gather the remnant of Israel; I will put them together as the sheep of Bozrah, as a flock in the midst of their pasture; they shall make great noise by reason of [the multitude of] men.
12हो, हे याकूब म निश्चयनै तिमीहरु सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पर्नेछु। म तिनीहरुलाई गोठका भेडा बाख्राहरु र र्खकका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरुको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।
13The breaker is gone up before them: they have broken forth and passed on to the gate, and are gone out thereat; and their king is passed on before them, and Jehovah at the head of them.
13तिनीहरु मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सकनेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरु मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरुसँग जानेछन्। परमप्रभु मानिसहरुसँग हुनुहुनेछ।