American Standard Version

Nepali

Numbers

11

1And the people were as murmurers, [speaking] evil in the ears of Jehovah: and when Jehovah heard it, his anger was kindled; and the fire of Jehovah burnt among them, and devoured in the uttermost part of the camp.
1जब मानिसहरूले परमप्रभु अघि एकदमै गनगनाउन थाले, परमप्रभु त्यो सुनेर उहाँ क्रोधित हुनु भयो र तिनीहरूको विरूद्धमा आगो पठाउनु भयो। अनि त्यस आगोले छाउनीको केही किनाराहरू पनि जलायो।
2And the people cried unto Moses; and Moses prayed unto Jehovah, and the fire abated.
2मानिसहरूले मोशालाई सहायता मागे अनि मोशाले परमप्रभुको प्रार्थना गरेर आगो निभाए।
3And the name of that place was called Taberah, because the fire of Jehovah burnt among them.
3यसर्थ मानिसहरूले त्यस ठाँउको नाम ‘तबेरा’ राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।
4And the mixed multitude that was among them lusted exceedingly: and the children of Israel also wept again, and said, Who shall give us flesh to eat?
4इस्राएलीहरूसंग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला?”
5We remember the fish, which we did eat in Egypt for nought; the cucumbers, and the melons, and the leeks, and the onions, and the garlic:
5हामीले मिश्रमा हुँदा बिना मूल्य माछा खाएको सम्झना आँउछ। साग-पातहरू, काँक्रा, खरबुजा, हरियो साग सब्जी, प्याज अनि लसूनहरूको सम्झना आँउछ।
6but now our soul is dried away; there is nothing at all save this manna to look upon.
6तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।”
7And the manna was like coriander seed, and the appearance thereof as the appearance of bdellium.
7देख्दा मन्न धनिंयाको मसिनो दाना जस्तो हुन्छ र यसको रंग रूखको चोप जस्तो देखिन्छ।
8The people went about, and gathered it, and ground it in mills, or beat it in mortars, and boiled it in pots, and made cakes of it: and the taste of it was as the taste of fresh oil.
8मानिसहरूले मन्न बटुलेर ढुङ्गाले पिध्थे र भाँडामा पकाउँथे अथवा यसलाई धूलो पारेर फुरौलो बनाउँथे। यसको स्वाद भद्राक्षको तेलमा पकाएको फुलौरोको जस्तो थियो।
9And when the dew fell upon the camp in the night, the manna fell upon it.
9जब राती भूँइ शीतले भिज्छ मन्न भूँईमा झथ्यो।
10And Moses heard the people weeping throughout their families, every man at the door of his tent: and the anger of Jehovah was kindled greatly; and Moses was displeased.
10प्रत्येक परिवारका मानिसहरू आ-आफ्नो पालको प्रवेशद्वारमा बसेर गनगनाई रहेका थिए। यसले परमप्रभुलाई अत्यन्तै रीस उठायो अनि मोशा पनि दुःखीत भए।
11And Moses said unto Jehovah, Wherefore hast thou dealt ill with thy servant? and wherefore have I not found favor in thy sight, that thou layest the burden of all this people upon me?
11मोशाले परमप्रभुलाई भने, “तपाईंको दासलाई किन कष्ट दिनु भयो? मैले तपाईंलाई किन सन्तुष्ट पार्न सकिन जसले गर्दा यी मानिसहरूको जिम्मावारी म माथि थप्नु भयो?
12Have I conceived all this people? have I brought them forth, that thou shouldest say unto me, Carry them in thy bosom, as a nursing-father carrieth the sucking child, unto the land which thou swarest unto their fathers?
12के मैले गर्भ धारण गरेर यी मानिसहरूलाई जन्माएको हुँ र? तपाईंले यिनीहरूका पुर्खाहरूसित प्रतिज्ञा गरेर दिन्छु भनेको भूमिमा एउटी रोगी-सेविकाले नानी बोकेर हिंडे झैं यी मानिसहरूलाई छात्तीमा राखेर लैजानु भन्नुहुन्छ।
13Whence should I have flesh to give unto all this people? for they weep unto me, saying, Give us flesh, that we may eat.
13जब यी मानिसहरू हामीलाई मासु खान दिनु भन्दै मसंग रून्छन्, ‘त मैले यिनीहरूलाई खुवाउने मासु कहाँ पाउनु?’
14I am not able to bear all this people alone, because it is too heavy for me.
14यी मानिसहरूको हेरचाह गर्न म आफै योग्य छैन् कारण ममाथि जिम्मावारी एकदमै बेशी भयो।
15And if thou deal thus with me, kill me, I pray thee, out of hand, if I have found favor in thy sight; and let me not see my wretchedness.
15यदि तपाईं मसित यस्तै व्यवहार गर्नुहुन्छ र तपाईंले मलाई मन पराउनु हुन्छ भने बरू मलाई मारिदिनोस ताकि मैले आफ्नै कष्ट भोग्नु पर्दैन।”
16And Jehovah said unto Moses, Gather unto me seventy men of the elders of Israel, whom thou knowest to be the elders of the people, and officers over them; and bring them unto the tent of meeting, that they may stand there with thee.
16परमप्रभुले मोशालाई भन्नुभयो, “सत्तरी जना बूढा-प्रधानहरूलाई जम्मा गर जसलाई तिमीले बूढा-प्राधानहरू अनि मानिसहरूको अगुवा जस्तै सम्मान गरेका छौ अनि तिनीहरूलाई म भए कहाँ भेट हुने पालमा ल्याऊ।
17And I will come down and talk with thee there: and I will take of the Spirit which is upon thee, and will put it upon them; and they shall bear the burden of the people with thee, that thou bear it not thyself alone.
17अनि म तल आएर त्यहाँ तिमीसंग कुरा गर्नेछु। अनि तिमीमा भएको केही शक्तिको आत्मा लिनेछु र यसलाई तिनीहरूमाथि हाली दिनेछु। अनि तिनीहरूले पनि तिमीहरूसित मानिसहरूलाई डोर्याउने भारहरू लिन सहायता गर्नेछ, ताकि तिमी एक्लै त्यो सबै सहनु पर्दैन।
18And say thou unto the people, Sanctify yourselves against to-morrow, and ye shall eat flesh; for ye have wept in the ears of Jehovah, saying, Who shall give us flesh to eat? for it was well with us in Egypt: therefore Jehovah will give you flesh, and ye shall eat.
18“अनि मानिसहरूलाई भन तिमीहरूले आफैलाई पवित्र बनाएर राख भोलि तिमीहरूले मासु खानेछौ। ‘हामी मासु खान चाहन्छौ! हाम्रो लागि मिश्रमा नै राम्रो थियो।’ भनी तिमीहरू रोएको परमप्रभुले सुन्नु भएको थियो। यसर्थ अब परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र खान सक्ने छौ।
19Ye shall not eat one day, nor two days, nor five days, neither ten days, nor twenty days,
19तिमीहरूले एक दिन, अथवा दुई दिन, अथवा पाँच दिन मात्र होइन दश दिन अथवा बीस दिन भन्दा बढी मासु खानेछौ।
20but a whole month, until it come out at your nostrils, and it be loathsome unto you; because that ye have rejected Jehovah who is among you, and have wept before him, saying, Why came we forth out of Egypt?
20तिमीहरूले महीना भरि मासु खाने छौ। तिमीहरूले मासु खाने छौ जब सम्म तिमीहरू यसको लागि बिमार हुनेछौ। तिमीहरूलाई यस्तो हुनेछ किनभने तिमीहरूले परमप्रभुको विरूद्ध आरोप लगायौ। परमप्रभु तिमीहरूको माझमा रहनुहुन्छ अनि तिमीहरूलाई के आवश्यक छ जान्नु हुन्छ। तर रोयौ अनि उहाँलाई आरोप लगायौ तिमीहरूले भन्यो हामी किन मिश्रमा सदा रहेनौ?”‘
21And Moses said, The people, among whom I am, are six hundred thousand footmen; and thou hast said, I will give them flesh, that they may eat a whole month.
21तब मोशाले भने, “अहिले मसित पैदल हिडने 600,000 मानिसहरू छन् अनि तपाईं भन्नुहुन्छ, ‘म तिनीहरूलाई पुरै एक महीना मासु खान दिन्छु।’
22Shall flocks and herds be slain for them, to suffice them? or shall all the fish of the sea be gathered together for them, to suffice them?
22के यी सबै भेडा तथा बाख्राको बगाल तथा गाई-गोरूको बथान मार्दा पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र? के समुद्रका सबै माछाहरू मारे पनि तिनीहरूको निम्ति प्रर्याप्त हुन्छ र?”
23And Jehovah said unto Moses, Is Jehovah's hand waxed short? now shalt thou see whether my word shall come to pass unto thee or not.
23परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”
24And Moses went out, and told the people the words of Jehovah: and he gathered seventy men of the elders of the people, and set them round about the Tent.
24यसकारण मोशा बाहिर आए अनि परमप्रभुले तिनलाई भन्नु भएको कुरा मानिसहरूलाई भने। अनि इस्राएलका बूढा-प्रधानहरूबाट सत्तरी जना भेला पारेर तिनीहरूलाई पालको वरिपरि उभ्याए।
25And Jehovah came down in the cloud, and spake unto him, and took of the Spirit that was upon him, and put it upon the seventy elders: and it came to pass, that, when the Spirit rested upon them, they prophesied, but they did so no more.
25तब परमप्रभु बादलमा तल आउनु भयो र मोशालाई भन्नुभयो। तब परमप्रभुले केही आत्मा जो मोशा माथि थियो लिएर ती इस्राएलीहरूको 70 जना बूढा प्रधानहरू माथि हालि दिनु भयो तिमीहरूले अगमवाणी बोल्न शुरू गरे। त्यही समय मात्र थियो कि यी मानिसहरूले यस्तो गरे, उनीहरू माथि पवित्र आत्मा आए पछि।
26But there remained two men in the camp, the name of the one was Eldad, and the name of the other Medad: and the Spirit rested upon them; and they were of them that were written, but had not gone out unto the Tent; and they prophesied in the camp.
26त्यहाँ छाउनी भित्र दुईजना व्यक्ति एलदाद र मेदाद थिए। तिनीहरूको नाम 70 जना बूढा प्रधानहरूको सूचीमा हालिएको थियो। तर तिनीहरू छाउनी बाहिर गएका थिएनन्। तापनि आत्मा तिनीहरूमाथि पनि आयो र तिनीहरूले अगमवाणी गरे।
27And there ran a young man, and told Moses, and said, Eldad and Medad do prophesy in the camp.
27एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”
28And Joshua the son of Nun, the minister of Moses, one of his chosen men, answered and said, My lord Moses, forbid them.
28युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”
29And Moses said unto him, Art thou jealous for my sake? would that all Jehovah's people were prophets, that Jehovah would put his Spirit upon them!
29तर मोशाले उसलाई भने, “के तिमी मेरो डाह गर्छौ? म इच्छा गर्छु कि परमप्रभुले उहाँको आत्मा सबै मानिसहरूलाई आफ्नो हुनेछ यसकारण सबै अगमवक्ताहरू हुन सकुन्।”
30And Moses gat him into the camp, he and the elders of Israel.
30त्यसपछि मोशा अनि सबै इस्राएलका बूढा-प्रधानहरू छाउनीमा फर्के।
31And there went forth a wind from Jehovah, and brought quails from the sea, and let them fall by the camp, about a day's journey on this side, and a day's journey on the other side, round about the camp, and about two cubits above the face of the earth.
31परमप्रभुबाट बतास चल्न थाल्यो र समुद्रबाट बट्टाई चराहरू ल्याएर छाउनीको वरिपरि छरिदियो। यसरी ती बट्टाईहरू यति बिघ्न थिए कि तिनीहरू बाटोमा एकजना मानिसले दिन भरिमा हिडी सक्ने लम्बाईमा र जमीनदेखि तीन फुट बाक्लो थियो।
32And the people rose up all that day, and all the night, and all the next day, and gathered the quails: he that gathered least gathered ten homers: and they spread them all abroad for themselves round about the camp.
32तिनीहरूले दिन अनि रात भरि बट्टाई चरा बटुले अनि सब भन्दा कम्ती बटुल्नेले पनि पुग नपुग दश होमर बटुल्यो। मानिसहरूले घाममा मासु सुकाउन छाउनी वरिपरि फिंजाए।
33While the flesh was yet between their teeth, ere it was chewed, the anger of Jehovah was kindled against the people, and Jehovah smote the people with a very great plague.
33यद्यपि तिनीहरूको दाँतले मासु चपाउँदै थिए र तिनीहरूले यो खाई सक्नु अघि परमप्रभु तिनीहरूसित अतिनै क्रोधित हुनुभयो र परमप्रभुले तिनीहरूमाथि डर लाग्दो हैंजा फैलाइदिनु भयो।
34And the name of that place was called Kibrothhattaavah, because there they buried the people that lusted.
34यसकारण त्यस ठाँउको नाम किब्रोथ-हत्तावा राखियो किन भने तिनीहरू मासु खान धेरै लालची भएका थिए र हैंजाले तिनीहरू मरे।
35From Kibrothhattaavah the people journeyed unto Hazeroth; and they abode at Hazeroth.
35किब्रोथ-हत्तावाबाट हसेरोत तिर लागे जहाँ तिनीहरू बास बसे।