American Standard Version

Nepali

Numbers

9

1And Jehovah spake unto Moses in the wilderness of Sinai, in the first month of the second year after they were come out of the land of Egypt, saying,
1इस्राएली मानिसहरूले मिश्र देश छोडेको दोस्रो वर्षको पहिलो महीनामा सीनै पहाडको मरूभूमिमा परमप्रभु मोशासित यसो भन्दै बोल्नुभयो,
2Moreover let the children of Israel keep the passover in its appointed season.
2“इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ।
3In the fourteenth day of this month, at even, ye shall keep it in its appointed season: according to all the statutes of it, and according to all the ordinances thereof, shall ye keep it.
3तिमीहरूले यस चाडलाई यसै महिनाको चौधौं दिनको गोधुली समयमा मान्नु पर्छ। तिमीहरूले सबै नियम र विधि-विधानहरू पालन गरेर यो चाड मनाउनु पर्छ।”
4And Moses spake unto the children of Israel, that they should keep the passover.
4यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए।
5And they kept the passover in the first [month], on the fourteenth day of the month, at even, in the wilderness of Sinai: according to all that Jehovah commanded Moses, so did the children of Israel.
5तिनीहरूले पहिलो महीनाको चौधौं दिन गोधुली वेलामा सीनैको मरूभूमिमा निस्तार चाड मनाए। इस्राएलका मानिसहरूले परमप्रभुले मोशालाई आज्ञा दिनु भए बमोजिम नै मनाए।
6And there were certain men, who were unclean by reason of the dead body of a man, so that they could not keep the passover on that day: and they came before Moses and before Aaron on that day:
6तर केही मानिसहरूले त्यस दिन निस्तार चाड मनाउन सकेनन् कारण तिनीहरूले मान्छेको लाश छुएका थिए। यसर्थ ती मानिसहरू त्यस दिन मोशा तथा हारून भएकहाँ गए।
7and those men said unto him, We are unclean by reason of the dead body of a man: wherefore are we kept back, that we may not offer the oblation of Jehovah in its appointed season among the children of Israel?
7ती मानिसहरूले मोशालाई भने, “हामीले मान्छेको लाश छोएर अशुद्ध भएको कारण पूजाहारीले हामीलाई तोकिएको समयमा परमप्रभुलाई उपहार चढाउन दिएनन्। यसर्थ हामीले तोकिएको समयमा अरू मानिसहरूसित निस्तार चाड मनाउन सकेनौं र अब हामीले के गर्नु पर्ने हो।”
8And Moses said unto them, Stay ye, that I may hear what Jehovah will command concerning you.
8मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।”
9And Jehovah spake unto Moses, saying,
9[This verse may not be a part of this translation]
10Speak unto the children of Israel, saying, If any man of you or of your generations shall be unclean by reason of a dead body, or be on a journey afar off, yet he shall keep the passover unto Jehovah.
10“इस्राएलका मानिसहरूलाई यसो भन। यो नियम तिनीहरू र तिनीहरूका भावी सन्तानहरूका निम्ति हो। यदि कसैले एउटा मुर्दालाई छुन्छ अनि अपवित्र हुन्छ अथवा कोही टाडा गएका छन् यस्तो दुवै अवस्थामा पनि उसले यो निस्तार चाढ मनाउनु पर्छ।
11In the second month on the fourteenth day at even they shall keep it; they shall eat it with unleavened bread and bitter herbs:
11तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ।
12they shall leave none of it unto the morning, nor break a bone thereof: according to all the statute of the passover they shall keep it.
12तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्।
13But the man that is clean, and is not on a journey, and forbeareth to keep the passover, that soul shall be cut off from his people; because he offered not the oblation of Jehovah in its appointed season, that man shall bear his sin.
13तर यदि कुनै मानिस शुद्ध छ अनि टाडा पनि गएको छैन अनि अझ उसले निस्तार चाड मनाउँदैन भने, रातको समयमा उसले परमप्रभुलाई बलिदान नचढाएको खण्डमा उसलाई उसको मानिसहरूबाट बहिष्कार गर्नु पर्छ। त्यस्तो व्यक्तिले उसको पापको निम्ति दण्ड पाउनेछ।
14And if a stranger shall sojourn among you, and will keep the passover unto Jehovah; according to the statute of the passover, and according to the ordinance thereof, so shall he do: ye shall have one statute, both for the sojourner, and for him that is born in the land.
14“यदि कुनै विदेशी तिमीहरूसित स्थायी रूपले बसोबास गरिरहेको छ अनि उसले पनि निस्तार चाड मनाउन चाहन्छ भने उसले मनाउन सक्छ, तर त्यस व्यक्तिले निस्तार चाडको नियम पालन गर्नु पर्छ। त्यो प्रत्येकको निम्ति नियम हो।”
15And on the day that the tabernacle was reared up the cloud covered the tabernacle, even the tent of the testimony: and at even it was upon the tabernacle as it were the appearance of fire, until morning.
15पवित्र वास स्थान, करारको पाल खडा गरेको दिन परमप्रभुको बादलले त्यसलाई ढाक्यो। पवित्र स्थान माथिको बादल राती आगो जस्तो देखियो।
16So it was alway: the cloud covered it, and the appearance of fire by night.
16सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो।
17And whenever the cloud was taken up from over the Tent, then after that the children of Israel journeyed: and in the place where the cloud abode, there the children of Israel encamped.
17जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिंडथे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे।
18At the commandment of Jehovah the children of Israel journeyed, and at the commandment of Jehovah they encamped: as long as the cloud abode upon the tabernacle they remained encamped.
18जब परमप्रभुले आज्ञा गर्नु भयो मानिसहरू हिंडे र जब वहाँले आज्ञा दिनुभयो मानिसहरू हिडन बन्द गरे र तिनीहरूले छाउनी स्थापित गरे। जबसम्म पवित्र पालमाथि बादल रहन्थ्यो मानिसहरू छाउनी भित्र रहन्थे।
19And when the cloud tarried upon the tabernacle many days, then the children of Israel kept the charge of Jehovah, and journeyed not.
19कोही समय बादल पवित्र पालमाथि लामो समयको निम्ति रहन्थ्यो। इस्राएलीहरूले परमप्रभुको आज्ञा पालन गरेर कतै सर्दैन थिए।
20And sometimes the cloud was a few days upon the tabernacle; then according to the commandment of Jehovah they remained encamped, and according to the commandment of Jehovah they journeyed.
20कहिले काही बादल पवित्र पाल माथि केही दिनको लागि रहन्थ्यो। परमप्रभुको आज्ञामा तिनीहरू छाउनी बसाल्थे र परमप्रभुकै आज्ञामा तिनीहरू सर्थे।
21And sometimes the cloud was from evening until morning; and when the cloud was taken up in the morning, they journeyed: or [if it continued] by day and by night, when the cloud was taken up, they journeyed.
21अनि कोही बेला साँझदेखि बिहान सम्मै अडिन्थ्यो, र बिहान बादल सरे पछि तिनीहरू पनि हिडथे।
22Whether it were two days, or a month, or a year, that the cloud tarried upon the tabernacle, abiding thereon, the children of Israel remained encamped, and journeyed not; but when it was taken up, they journeyed.
22दुई दिन, एक महिना अथवा पुरै एक वर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।
23At the commandment of Jehovah they encamped, and at the commandment of Jehovah they journeyed: they kept the charge of Jehovah, at the commandment of Jehovah by Moses.
23परमप्रभुको आज्ञा अनुसार तिनीहरूले शिविर हाले अनि परमप्रभुकै आज्ञा अनुसार यात्रा शुरू गरे। मोशाद्वारा तिनीहरूले परमप्रभुको आज्ञा पालन गरे।