1A wise son [heareth] his father's instruction; But a scoffer heareth not rebuke.
1एक ज्ञानी छोरोले आफ्नो बाबुको कुरा राम्ररी सुन्छ, तर घमण्डी मानिसले हप्काइलाई ग्रहण गर्दैन।
2A man shall eat good by the fruit of his mouth; But the soul of the treacherous [shall eat] violence.
2तिनीहरूले भनेका कुराहरूको लागि असल मानिसहरू पुरस्कृत हुन्छन्, तर दुष्ट मानिस सधैं खराब काम मात्र गर्न चाहान्छन्।
3He that guardeth his mouth keepeth his life; [But] he that openeth wide his lips shall have destruction.
3एकजना मानिस जसले आफ्नो मुखलाई काबुमा राख्छ उसले आफ्नै जीवनलाई रक्षा गर्छ। तर जो मानिस केही नसम्झी अथवा बेफिक्री धेरै बोल्छ त्यसले आफैंमाथि विपत्ति र विनाश ल्याउँछ।
4The soul of the sluggard desireth, and hath nothing; But the soul of the diligent shall be made fat.
4अल्छे मानिसको धेरै चाहनहरू हुन्छन् तर उसले केही पाउँदैन तर परिश्रमी मानिस सँग उसले चाहे भन्दा ज्यादा चीज हुन्छ।
5A righteous man hateth lying; But a wicked man is loathsome, and cometh to shame.
5धर्मी मानिसहरूले झूटलाई घृणा गर्छन्। तर दुष्ट मानिसहरूले शर्मलाग्दो अनि बेइज्जतीपूर्ण व्यवहार गर्छन्।
6Righteousness guardeth him that is upright in the way; But wickedness overthroweth the sinner.
6इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।
7There is that maketh himself rich, yet hath nothing: There is that maketh himself poor, yet hath great wealth.
7यस्ता मानिसहरू छन् जो धनी छौ भनी बहाना गर्छ, तर उनीहरूसँग केही पनि हुँदैन, अनि यस्ता मानिसहरू छन् जो गरिब भएको वहान गर्छन् तर उनीहरूसँग धेरै सम्पत्ति हुन्छ।
8The ransom of a man's life is his riches; But the poor heareth no threatening.
8धनी मानिसले आफ्नो ज्यान जोगाउनुलाई धेरै धन खर्च गर्ला, तर गरीब मानिसलाई त्यस्तो अवस्था कतै आइलाग्दैन।
9The light of the righteous rejoiceth; But the lamp of the wicked shall be put out.
9एकजना धर्मी मानिस उज्यालोमा चम्कने दीप जस्तै हो तर दुष्ट मानिस प्रकाश नभएको दीप जस्तै हो।
10By pride cometh only contention; But with the well-advised is wisdom.
10घमण्डले झगडा मात्र बढाउँछ, तर जो मानिस नम्रतापूर्वक अरूको उपदेश सुन्छ त्यो ज्ञानी हुन्छ।
11Wealth gotten by vanity shall be diminished; But he that gathereth by labor shall have increase.
11यदि कसैले पैसा ठग्छ भने उसको पैसा चाँडै शेष हुन्छ, तर जसले आफ्नो परिश्रमले एक-एक पैसा गर्दै कमाउँछ उसको धन बढेर जान्छ।
12Hope deferred maketh the heart sick; But when the desire cometh, it is a tree of life.
12पूरा नभएको र स्थगित रहेको आशाले मन दुःखित बनाउँछ, तर इच्छा पूरा हुनु एउटा जीवनको वृक्ष जस्तो हो।
13Whoso despiseth the word bringeth destruction on himself; But he that feareth the commandment shall be rewarded.
13मानिस जसले अर्तीलाई आदर गर्दैन उसले आफैंमा दुःख ल्याउँछ, तर जसले आज्ञालाई आदर गर्छ ऊ पुरस्कृत हुनेछ।
14The law of the wise is a fountain of life, That one may depart from the snares of death.
14बुद्धिमानी मानिसको शिक्षा जीवनको मूल हो, यसले मानिसहरूलाई मृत्युको पासोबाट फर्काउँछ।
15Good understanding giveth favor; But the way of the transgressor is hard.
15बुद्धिमानीले दया पाउछ तर बेईमानको बाटो तिनीहरूको नाश हो।
16Every prudent man worketh with knowledge; But a fool flaunteth [his] folly.
16प्रत्येक समझदार मानिसले आफ्नो ज्ञानद्वारा कर्म गर्छ। तर मूर्खले भने आफ्नो मूर्खता मात्र प्रदर्शन गर्छ।
17A wicked messenger falleth into evil; But a faithful ambassador is health.
17सन्देशवाहक अविश्वासनीय छ भने त्यसले कष्ट उब्जाउँछ, तर त्यही सन्देशवाहक विश्वासी भए उसले शान्ति ल्याउँछ।
18Poverty and shame [shall be to] him that refuseth correction; But he that regardeth reproof shall be honored.
18जसले अर्तीलाई ध्यान दिदैन उसले लाज र दरिद्रताको सामना गर्नु पर्छ। तर जसले शिक्षालाई स्वीकार्छ उसले सम्मान पाउँछ।
19The desire accomplished is sweet to the soul; But it is an abomination to fools to depart from evil.
19यदि कुनै मानिसले उसले चाहेको केही चिज पाउँछ भने ऊ आनन्दित हुन्छ। तर मूर्खहरू दुष्टता र खराब कर्महरूबाट फर्कन घृणा गर्छन्।
20Walk with wise men, and thou shalt be wise; But the companion of fools shall smart for it.
20जो ज्ञानीको सँगतमा छ ऊ ज्ञानी हुन्छ। तर जो मूर्खसित मित्रता गर्छ उसले दु;ख पाउँछ।
21Evil pursueth sinners; But the righteous shall be recompensed with good.
21पापीहरू जहाँ गए पनि कष्टले पछ्याउँछ, तर असल चिजहरू धर्मी मानिसहरूको लागि एउटा इनाम को रूपमा आउँछन्।
22A good man leaveth an inheritance to his children's children; And the wealth of the sinner is laid up for the righteous.
22इमान्दार तथा सज्जन मानिसले आफ्नो छोरा तथा नाति-नातिनाहरूको लागि सम्पत्ति छोडेर जान्छ, तर एउटा पापीले संचय गरेको समपत्ति धर्मीको हुन्छ।
23Much food [is in] the tillage of the poor; But there is that is destroyed by reason of injustice.
23गरीब मानिसले आफ्नो खेतबाट प्रशस्त बाली उब्जाउन सक्छ तर जब त्यहाँ न्याय हुँदैन भने त्यो बाली खोसिन्छ।
24He that spareth his rod hateth his son; But he that loveth him chasteneth him betimes.
24जुन मानिसले आफ्नो छोरा-छोरीलाई सजाय दिंदैन उसले तिनीहरूलाई माया पनि गर्दैन, तर जुन मानिसले आफ्नो छोरालाई प्रेम गर्छ उसलाई अनुशासनमा राख्छ।
25The righteous eateth to the satisfying of his soul; But the belly of the wicked shall want.
25एकजना धर्मी मानिसको प्रचुर मात्रमा खाने कुरा हुन्छ, तर दुष्ट मानिसहरूको पेट भर्न प्रयाप्त खाने कुरा हुँदैन।