1Boast not thyself of tomorrow; For thou knowest not what a day may bring forth.
1तिमीलाई ज्ञान छैन भोलि के हुने हो, यसर्थ भविष्यमा हुने कुरा लिएर शेखी नगर।
2Let another man praise thee, and not thine own mouth; A stranger, and not thine own lips.
2आफ्नो प्रशंसा अरूले गरोस्, आफैंले होइन।
3A stone is heavy, and the sand weighty; But a fool's vexation is heavier than they both.
3ढुङ्गा गह्रौं हुन्छ, बलुवा ओसार्नु अप्ठेरो पर्छ तर क्रोधित मूर्खले गराएको कष्ट सहनु त्यो भन्दा अझ गाह्रो हुन्छ ।
4Wrath is cruel, and anger is overwhelming; But who is able to stand before jealousy?
4रिस निर्दयी हुन्छ अनि क्रोध एउटा बाढी झैं हुन्छ, तर डाहको सामुने को खडा हुन सक्छ?
5Better is open rebuke Than love that is hidden.
5लुकेको माया भन्दा खुल्ला आलोचना राम्रो।
6Faithful are the wounds of a friend; But the kisses of an enemy are profuse.
6साथीले तिमीलाई कुनै बेला कडा शब्द भन्ला उसको उदेश्य नराम्रो होइन। तर शुत्रको चुम्बनहरू झूटा हुन्छन्। उसले तिमीलाई दया नै देखाओस, तर उसको हृदयमा तिमीप्रति शत्रुताले नै बास गरेको हुन्छ।
7The full soul loatheth a honeycomb; But to the hungry soul every bitter thing is sweet.
7अघाएको बेला मह पनि मीठो हुँदैन, तर भोकाएको मानिसको लागि सबै तीतो चीज पनि मीठो हुन्छ।
8As a bird that wandereth from her nest, So is a man that wandereth from his place.
8आफ्नो घर छाडे पछि गुँडबाट निस्केको चरा जस्तै भौतारिन्छ।
9Oil and perfume rejoice the heart; So doth the sweetness of a man's friend [that cometh] of hearty counsel.
9अत्तर तथा सुगन्धित वस्तुहरूले मनमा आनन्द ल्याउँछ। अनि एकजना मानिसको साथीको आनन्ददायता हृदय देखि दिएको सल्लाहबाट आउँछ।
10Thine own friend, and thy father's friend, forsake not; And go not to thy brother's house in the day of thy calamity: Better is a neighbor that is near than a brother far off.
10आफ्नो साथी अनि बाबुको साथीलाई कहिल्यै नभूल्नु। आपद आइलागेको समयमा भाइ भनी टाडो सहायता माग्न नजानु कारण टाडाको भाइ भन्दा छिमेकी नै उपयोगी हुन्छ।
11My son, be wise, and make my heart glad, That I may answer him that reproacheth me.
11हे मेरो छोरो! तिमी बुद्धिमान् भएर मेरो मन खुशी पारिदेऊ ताकि, जसले मलाई घृणागर्छ त्यसलाई म जवाफ दिन सकुँ।
12A prudent man seeth the evil, [and] hideth himself; [But] the simple pass on, [and] suffer for it.
12बुद्धिमानी मानिस आपत आईलाग्ने चाल पाए, सुरक्षाको निम्ति शरण लिन्छ तर अज्ञानीमानिस शिरहरू सीधा पारेर यसै आपततिर जान्छ अनि दुःख पाउँछ।
13Take his garment that is surety for a stranger; And hold him in pledge [that is surety] for a foreign woman.
13एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।
14He that blesseth his friend with a loud voice, rising early in the morning, It shall be counted a curse to him.
14प्रभात स्वागतको लागि जसले छिमेकीको निंन्द्रा बिच्काउन जान्छ उसले श्राप पाउँछ।
15A continual dropping in a very rainy day And a contentious woman are alike:
15एउटा कचकचे, झगडालु, पत्नी वर्षाको दिनमा पानी चुहुने छाना जस्ती हो।
16He that would restrain her restraineth the wind; And his right hand encountereth oil.
16उसलाई रोक्न कोशीष गर्नु हावा चल्नुबाट रोक्न प्रयास गर्नु जस्तै अथवा हातहरूले तेल समात्न प्रयास गर्नु जस्तै व्यर्थ हो।
17Iron sharpeneth iron; So a man sharpeneth the countenance of his friend.
17जसरी फलामको सानो टुक्राले फलाम कै छुरी तथा हतियारहरू उध्याइन्छ त्यसरी नै मानिसहरूले पनि एक-आर्काबाट ज्ञान सिक्छन्।
18Whoso keepeth the fig-tree shall eat the fruit thereof; And he that regardeth his master shall be honored.
18जसले अञ्जीरको रूख रेखदेख गर्छ उसले त्यसको फल खानु पाउँछ, त्यसरी नै जसले मालिकको खुब सेवा गर्छ उसले पुरस्कार पाउँछ।
19As in water face [answereth] to face, So the heart of man to man.
19जब मानिसले पानीमा हेर्छ उसले त्यहाँ आफ्नो अनुहारको प्रतिबिम्बि देख्छ, त्यसरी नै एकजना मानिसको हृदय कस्तो छ उसको व्यवहारबाट चाल पाइन्छ।
20Sheol and Abaddon are never satisfied; And the eyes of man are never satisfied.
20जसरी चिहान कहिल्ये भरिदैन, मानिसको आँखा पनि कहिल्ये तृप्त हुँदैन।
21The refining pot is for silver, and the furnace for gold; And a man is [tried] by his praise.
21सुन र चाँदी आगोद्वारा जाचिन्छ, त्यसरी नै एकजना मानिसलाई उसको यशबाट जाँचिन्छ।
22Though thou shouldest bray a fool in a mortar with a pestle along with bruised grain, Yet will not his foolishness depart from him.
22मूर्खलाई जाँतोमा पिंधेर धूलो पिठो बनाई सक्दा पनि उसको मूर्खताले उसलाई छोडदैन।
23Be thou diligent to know the state of thy flocks, [And] look well to thy herds:
23तिमी निश्चित हौ की तिम्रो भेडाहरूको अवस्था तिमी जान्दछौ अनि तिम्रो बथानहरूलाई राम्रो ध्यान देऊ।
24For riches are not for ever: And doth the crown endure unto all generations?
24सम्पत्ति कसै सित पनि स्थायी भई बस्दैन। राजमुकुट पनि एउटा वंशको टाउकोमा बसिरहँदैन।
25The hay is carried, and the tender grass showeth itself, And the herbs of the mountains are gathered in.
25[This verse may not be a part of this translation]
26The lambs are for thy clothing, And the goats are the price of the field;
26[This verse may not be a part of this translation]
27And [there will be] goats' milk enough for thy food, for the food of thy household, And maintenance for thy maidens.
27[This verse may not be a part of this translation]