1Bless Jehovah, O my soul. O Jehovah my God, thou art very great; Thou art clothed with honor and majesty:
1हे मेरो आत्मा परमप्रभुको प्रशंसा गर। हे परमप्रभु मेरो परमेश्वर, तपाईं महान् हुनुहुन्छ! तपाईं आदर र महिमाले सजिएको हुनुहुन्छ।
2Who coverest thyself with light as with a garment; Who stretchest out the heavens like a curtain;
2तपाईं ज्योति पहिरनु हुन्छ जसरी मानिसहरू पोशाक पहिरिन्छन्। तपाईं पर्दा जस्तै आकाशहरू फैलाउनु हुन्छ।
3Who layeth the beams of his chambers in the waters; Who maketh the clouds his chariot; Who walketh upon the wings of the wind;
3परमेश्वर, तपाईंले तिनीहरूमाथि आफ्नो घर बनाउनु भयो। तपाईंले बाक्लो बादलहरू रथ सरह चलाउनु भयो, अनि बतासको पखेंटाहरूमा आकाश तरेर चढनुभयो।
4Who maketh winds his messengers; Flames of fire his ministers;
4परमेश्वर, तपाईंले आफ्ना स्वर्गदुतहरू बतास जस्ता अनि आफ्ना दासहरू आगो जस्तो बनाउनु भयो।
5Who laid the foundations of the earth, That it should not be moved for ever.
5हे परमेश्वर, तपाईंले यसको आधारमा पृथ्वी बनाउनु भयो, यसैले यो ध्वंश हुने छैन।
6Thou coveredst it with the deep as with a vesture; The waters stood above the mountains.
6तपाईंले यसलाई वस्त्रले जस्तै पानीले ढावनु भयो। पानीले पर्वतहरू छोपीए।
7At thy rebuke they fled; At the voice of thy thunder they hasted away
7तपाईंले आज्ञा दिनुभयो, अनि पानी आतूरी गर्दै निष्कियो। परमेश्वर, तपाईं पानीमा चिच्याउनु भयो, अनि पानी आतूरी गर्दै निस्कियो।
8(The mountains rose, the valleys sank down) Unto the place which thou hadst founded for them.
8पानी पर्वतहरूबाट तल र्झन थाल्यो, खडीहरूमा झर्दै र त्यसपछि ती ठाउँहरू तर्फ लाग्यो जुन तपाईंले बनाउनु भयो।
9Thou hast set a bound that they may not pass over; That they turn not again to cover the earth.
9तपाईंले समुद्रहरूको सीमा तयार पार्नु भयो ताकि पानी कहिल्यै पृथ्वी तर्फ उर्लेर ढाक्ने छैन।
10He sendeth forth springs into the valleys; They run among the mountains;
10हे परमेश्वर, तपाईंले पानीलाई झरनाहरूबाट नदीहरूतिर बहने बनाउनु भयो। यो पर्वतहरूको जलस्रोतबाट तलतिर बहन्छ।
11They give drink to every beast of the field; The wild asses quench their thirst.
11नदीहरूको पानी सारा जंङ्गली जनावरहरूको निम्ति हो अनि यहाँसम्म कि जंङ्गली गधाहरु पनि यहाँ पानी पिउन आउँछन्।
12By them the birds of the heavens have their habitation; They sing among the branches.
12जङ्गली चरा-चुरूङ्गीहरू पोखरी भए तिर बस्न आउँदछन्। तिनीहरू छेउकै रूखका हाँगामा बसेर गाउँदछन्।
13He watereth the mountains from his chambers: The earth is filled with the fruit of thy works.
13परमेश्वरले वर्षालाई पर्वतहरूमा पठाउनु हुन्छ। चीचहरू जुन परमेश्वरले सृष्टि गर्नुभयो र पृथ्वीलाई दिनु भयो ती त्यसैको आवश्यकता हुन्।
14He causeth the grass to grow for the cattle, And herb for the service of man; That he may bring forth food out of the earth,
14परमेश्वरले पशुहरूको आहारको निम्ति घाँस उमार्नु भयो। उहाँले हामीलाई सागपातहरू रोप्नलाई दिनुभयो। जसलाई हामी हुर्काउने काम गछौं। ती सागपातहरूले पृथ्वीदेखि हामीलाई भोजन दिन्छन्।
15And wine that maketh glad the heart of man, [And] oil to make his face to shine, And bread that strengtheneth man's heart.
15परमेश्वरले हामीलाई दिनु हुन्छ दाखरस जसले हामीलाई खुशी तुल्याउँछ तेल जसले हाम्रो छाला नरम पार्दछ, अनि भोजन जसले हामीलाई बलियो बनाउँदछ।
16The trees of Jehovah are filled [with moisture], The cedars of Lebanon, which he hath planted;
16लबानोनको विशाल देवदारू रूखहरू परमप्रभुको सम्पत्ति हुन्। परमप्रभुले ती रूखहरू रोप्नु भयो अनि त्यसलाई आवश्यकता भरि पानी दिनु भयो।
17Where the birds make their nests: As for the stork, the fir-trees are her house.
17चरा-चुरूङ्गीहरूले त्यसैमा गुँड लगाउँछन् अनि त्यहाँ बस्छन्। सल्लाका रूखहरूमा सारसहरू फिंजिएर बस्दछन्।
18The high mountains are for the wild goats; The rocks are a refuge for the conies.
18उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्।
19He appointed the moon for seasons: The sun knoweth his going down.
19परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ।
20Thou makest darkness, and it is night, Wherein all the beasts of the forest creep forth.
20तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई, त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्।
21The young lions roar after their prey, And seek their food from God.
21सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ।
22The sun ariseth, they get them away, And lay them down in their dens.
22त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ अनि विश्राम गर्दछन्।
23Man goeth forth unto his work And to his labor until the evening.
23तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्।
24O Jehovah, how manifold are thy works! In wisdom hast thou made them all: The earth is full of thy riches.
24हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं।
25Yonder is the sea, great and wide, Wherein are things creeping innumerable, Both small and great beasts.
25समुद्रमा हेर। त्यो कति ठूलो छ! अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्।
26There go the ships; There is leviathan, whom thou hast formed to play therein.
26त्यस समुद्रमा लिब्यातान भएको बेला जहाजहरू चल्दछ, समुद्री प्राणी जुन तपाईंले सृष्टि गर्नुभयो समुद्रमा खेल्नलाई।
27These wait all for thee, That thou mayest give them their food in due season.
27परमेश्वर, ती सारा चीजहरू तपाईंमा आश्रित छन् तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ।
28Thou givest unto them, they gather; Thou openest thy hand, they are satisfied with good.
28परमेश्वर, तपाईंले सारा प्राणी जातिहरूलाई तिनीहरूले खाने भोजन दिनुहुन्छ। तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्ठिक भोजन दिनुहुन्छ, अनि तृप्त नहुञ्जेलसम्म तिनीहरू खान्छन्।
29Thou hidest thy face, they are troubled; Thou takest away their breath, they die, And return to their dust.
29जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोकण नै बन्दछन्।
30Thou sendest forth thy Spirit, they are created; And thou renewest the face of the ground.
30तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, तिनीहरू स्वस्थ्य हुन्छन्। अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ।
31Let the glory of Jehovah endure for ever; Let Jehovah rejoice in his works:
31परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्।
32Who looketh on the earth, and it trembleth; He toucheth the mountains, and they smoke.
32परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ। उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ।
33I will sing unto Jehovah as long as I live: I will sing praise to my God while I have any being.
33मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु। जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु।
34Let thy meditation be sweet unto him: I will rejoice in Jehovah.
34भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु।
35Let sinners be consumed out of the earth. And let the wicked be no more. Bless Jehovah, O my soul. Praise ye Jehovah.
35पृथ्वीबाट पापहरू हटी जाओस्। दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन। मेरो प्राणले परमप्रभुको जयजयकार गर्दछ। परमप्रभुको प्रशंसा गर!