1Why do the nations rage, And the peoples meditate a vain thing?
1अन्य राष्ट्रका मानिसहरू किन रिसाउँछन्? किन तिनीहरू मूर्खतापूर्ण योजनाहरू बनाउँदै छन्?
2The kings of the earth set themselves, And the rulers take counsel together, Against Jehovah, and against his anointed, [saying],
2तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए।
3Let us break their bonds asunder, And cast away their cords from us.
3ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं तिनीहरूबाट अलग हौं।”
4He that sitteth in the heavens will laugh: The Lord will have them in derision.
4तर मेरा स्वामी, स्वर्गका राजा ती मानिसहरू प्रति हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरुलाई हाँसोको पात्र बनाउनु हुन्छ।
5Then will he speak unto them in his wrath, And vex them in his sore displeasure:
5[This verse may not be a part of this translation]
6Yet I have set my king Upon my holy hill of Zion.
6[This verse may not be a part of this translation]
7I will tell of the decree: Jehovah said unto me, Thou art my son; This day have I begotten thee.
7अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ।
8Ask of me, and I will give [thee] the nations for thine inheritance, And the uttermost parts of the earth for thy possession.
8यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
9Thou shalt break them with a rod of iron; Thou shalt dash them in pieces like a potter's vessel.
9तिमीहरूले ती देशहरूलाई फलामको डण्डाले माटोको भाँडाहरू टुक्रा पारे झैं नष्ट गर्न सक्ने छौ।”
10Now therefore be wise, O ye kings: Be instructed, ye judges of the earth.
10यसैकारण, राजा र शासकहरु बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्।
11Serve Jehovah with fear, And rejoice with trembling.
11यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
12Kiss the son, lest he be angry, and ye perish in the way, For his wrath will soon be kindled. Blessed are all they that take refuge in him.
12तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्दछन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।