1[A Psalm] of David. Strive thou, O Jehovah, with them that strive with me: Fight thou against them that fight against me.
1हे परमप्रभु, मेरा युद्धहरू लडिदिनु होस्। मेरा रणहरू लडिदिनु होस्!
2Take hold of shield and buckler, And stand up for my help.
2हे परमप्रभु! तपाईंको सानो ढाल र ठूलो कवच उठाउनु होस्। उठ्नु होस् र मलाई सहायता गर्नुहोस्।
3Draw out also the spear, and stop the way against them that pursue me: Say unto my soul, I am thy salvation.
3भाला र बरछा लिनुहोस् अनि मलाई खेदो गर्नेहरूको विरूद्ध लडनु होस्। परमप्रभु, मेरो प्राणलाई भन्नुहोस्, “म तिमीलाई बचाउनेछु।”
4Let them be put to shame and brought to dishonor that seek after my soul: Let them be turned back and confounded that devise my hurt.
4कतिपय मानिसहरू मलाई मार्न तम्सिरहेका छन्। तिनीहरूलाई पछि फर्किएर भाग्ने बनाउनु होस्। तिनीहरूले मलाई नोक्सान गर्ने योजना बनाइरहेका छन्। यसर्थ तिनीहरूलाई जित्नु होस् र लज्जित पार्नु होस्।
5Let them be as chaff before the wind, And the angel of Jehovah driving [them] on.
5तिनीहरूलाई हावाले उडाउने भूस जस्तो बनाउनु होस्। तिनीहरूलाई परमप्रभुको स्वर्गदूतले खेदो गरून्।
6Let their way be dark and slippery, And the angel of Jehovah pursuing them.
6तिनीहरूका बाटाहरू अँध्यारो चिप्ला हुन्। परमप्रभुका स्वर्गदूतले तिनीहरूलाई खेद्न सकुन्।
7For without cause have they hid for me their net [in] a pit; Without cause have they digged [a pit] for my soul.
7मैले अधर्म कर्महरू गरिनँ, तर ती मानिसहरूले मलाई पासोमा पार्ने कोशिश गरे। कुनै कारण नै बिना तिनीहरूले मलाई पासोमा पार्न खोजे।
8Let destruction come upon him unawares; And let his net that he hath hid catch himself: With destruction let him fall therein.
8यसैकारण, हे परमप्रभु! तिनीहरूलाई आफ्नै पासोमा फस्न दिनुहोस्। तिनीहरूलाई आफ्नै जालोहरूमा पछारिन दिनुहोस्। तिनीहरूलाई अज्ञात संकटहरूले पक्रोस्।
9And my soul shall be joyful in Jehovah: It shall rejoice in his salvation.
9तब म परमप्रभुमा र्हषित रहनेछु। जब उहाँले मलाई बचाउनु हुनेछ म र्हषित हुनेछु।
10All my bones shall say, Jehovah, who is like unto thee, Who deliverest the poor from him that is too strong for him, Yea, the poor and the needy from him that robbeth him?
10मेरो सम्पूर्ण शरीर र आत्माले भन्नेछ, “हे परमप्रभु! तपाईं परमेश्वर जस्तो हुनुहुन्छ, तपाईं ती बलिया मानिसहरू माझका कमजोर मानिसहरूलाई बचाउनु होस् तपाईंले ती बलिया मानिसहरूबाट सामानहरू थुतेर ती खाँचोमा परेका गरीब मानिसहरूलाई दिनुभयो।”
11Unrighteous witnesses rise up; They ask me of things that I know not.
11झूटो बोल्ने समुदायका साक्षीहरूले मलाई कष्ट दिने योजनाहरू तयार पारिरहेछन्, म केही पनि जान्दिनँ भनेर ती मानिसहरूले मलाई सोधिरहेछन्।
12They reward me evil for good, [To] the bereaving of my soul.
12मैले असल कुराहरू मात्र गरें। तर ती मानिसहरूले मेरो लागि नराम्रा कामहरू गर्नेछन्। हे परमप्रभु, मलाई मेरो योग्यता अनुसारको असल कुराहरू दिनुहोस्।
13But as for me, when they were sick, my clothing was sackcloth: I afflicted my soul with fasting; And my prayer returned into mine own bosom.
13जब ती मानिसहरू बिमारी हुन्थे, म तिनीहरूका लागि दुःखी हुन्थे। मैले उपवास बसेर आफ्नो शोक प्रकट गरें। के तिनीहरूका निम्ति प्रार्थना गर्नाले मैले यही पाएको हुँ?
14I behaved myself as though it had been my friend or my brother: I bowed down mourning, as one that bewaileth his mother.
14मैले ती मानिसहरूका लागि उदास पोशाकहरू लगाएँ, ती मानिसहरूलाई साथी-भाइहरू जस्तो व्यवहार गरें। कुनै मानिसकी आफ्नो आमा मर्दा ऊ रोएको जस्तो अवस्था म उदास थिएँ। मैले आफ्नो उदासीनता देखाउनका लागि कालो पोशाक लगाएको थिएँ। म आफ्नो शरीर झुकाएर उदास भई हिंड्दथें।
15But in mine adversity they rejoiced, and gathered themselves together: The abjects gathered themselves together against me, and I knew [it] not; They did tear me, and ceased not:
15तर जब मैले भूल गरें। ती मानिसहरू ममाथि हाँसे। तिनीहरू साँच्चै नै मेरा मित्रहरू थिएनन्, म तिनीहरूलाई चिन्दा पनि चिन्दैन थिएँ। तर तिनीहरूले मलाई धेरैपल्ट आक्रमण गरे।
16Like the profane mockers in feasts, They gnashed upon me with their teeth.
16तिनीहरूले गाली गरे र मेरो खिसी गरे। तिनीहरूले म तर्फ आफू रिसाएको आफ्ना दाँतहरू किटेर दर्शाए।
17Lord, how long wilt thou look on? Rescue my soul from their destructions, My darling from the lions.
17मेरा स्वामी, कहिलेसम्म तपाईं हेरिरहनु हुन्छ त्यस्ता नराम्रा घटनाहरू घटेका? तिनीहरूले मलाई नष्ट गर्न खोजिरहेका छन्। परमप्रभु! ती दुष्ट मानिसहरूबाट जो हिंस्रक सिंह जस्तै छन्। मेरो जीवनको रक्षा गर्नुहोस्, मेरो प्यारो जीवनको रक्षा गर्नु होस्।
18I will give thee thanks in the great assembly: I will praise thee among much people.
18हे परमप्रभु, जब म शक्तिशाली मानिसहरूसँग हुनेछु, महासभामा म तपाईंको स्तुति गाउने छु।
19Let not them that are mine enemies wrongfully rejoice over me; Neither let them wink with the eye that hate me without a cause.
19मेरो झूटा बोल्ने शत्रुहरू वास्तवमा ममाथि हाँसिरहने छैनन्। निःसन्देह मेरा शत्रुहरूले आफ्ना गुप्त योजनाहरूको दण्ड पाउनेछन्।
20For they speak not peace; But they devise deceitful words against them that are quiet in the land.
20मेरो शत्रुहरूले वास्तवमा शान्तिको लागि योजनाहरू तयार गरिरहेका हुन्छन। तिनीहरू गुप्त प्रकारले यस देशमा शान्तिसँग बसिरहेका मानिसहरू प्रति अधर्म कामहरू गर्नलाई योजनाहरू तयार पारिरहेछन्।
21Yea, they opened their mouth wide against me; They said, Aha, aha, our eye hath seen it.
21मेरा शत्रुहरूले मेरो विषयमा नराम्रो कुराहरू भनिरहेका छन्। तिनीहरू झूटो बोल्दछन् भन्छन् “आहा! हामी जान्दछौ तिमी के गरिरहेका छौ।”
22Thou hast seen it, O Jehovah; keep not silence: O Lord, be not far from me.
22हे परमप्रभु, के भइरहेछ वास्तवमा तपाईंले देख्न सक्नु हुन्छ, यसैले मौन नबस्नुहोस्। मलाई छाडेर नजानुहोस्।
23Stir up thyself, and awake to the justice [due] unto me, [Even] unto my cause, my God and my Lord.
23हे परमप्रभु, जाग्नुहोस्! उठनुहोस्! मेरो परमेश्वर, मेरो परमप्रभु, मेरो लागि लडाइँ गर्नुहोस्। अनि मलाई न्याय ल्याई दिनुहोस्।
24Judge me, O Jehovah my God, according to thy righteousness; And let them not rejoice over me.
24हे मेरो परमप्रभु परमेश्वर, तपाईंको धार्मिकता अनुसार मलाई न्याय गर्नुहोस्। तिनीहरूलाई ममाथि उपहास गरेर हाँस्न नदिनुहोस्।
25Let them not say in their heart, Aha, so would we have it: Let them not say, We have swallowed him up.
25मानिसहरूलाई भन्न् नदिनुहोस्, “हामी जे चाहन्थ्यौं सो हामीले पायौं। हामीले उसलाई ध्वंश पारिदियौं!”
26Let them be put to shame and confounded together that rejoice at my hurt: Let them be clothed with shame and dishonor that magnify themselves against me.
26म आशा गर्छु मेरा सम्पूर्ण शत्रुहरूले निन्दित अनुभव गर्नेछन् अनि लाजमा पारिनेछन्। जब ममाथि हानिकारक घटना हुन्छ तब तिनीहरू खुशी हुन्छन्। तिनीहरू सोच्दछन् मभन्दा तिनीहरू उत्तम छन्! यसकारण ती मानिसहरू लाज र अपमानले ढाकिएर जाऊन।
27Let them shout for joy, and be glad, that favor my righteous cause: Yea, let them say continually, Jehovah be magnified, Who hath pleasure in the prosperity of his servant.
27कतिपय मानिसहरू मप्रति राम्रो कुराहरू होस् भनेर चाहन्छन्। भरोसा गर्दछु तिनीहरू खुशी हुनेछन्। तिनीहरू सधैं भन्दछन्, “परमप्रभु महान् हुनुहुन्छ। उहाँ आफ्ना दासको लागि के उत्तम हो त्यही गर्ने इच्छा गर्नुहुन्छ।”
28And my tongue shall talk of thy righteousness [And] of thy praise all the day long.
28यसकारण परमप्रभु! म तिनीहरूलाई भन्दछु, तपाईं कति धार्मिक हुनुहुन्छ। म प्रत्येक दिन तपाईंको प्रशंसा गर्छु।